एजेन्सी बैकक - पूर्वयुवराज पारस शाहले १ बर्षदेखि उनी बस्दै आएका अपार्टमेन्ट मालिकलाई १२ लाख थाइ भाट (३४ लाख ५७ हजार रुपियाँ) क्षतिपूर्ति वापत तिरेका छन् । अपार्टमेन्टमा तोडफोड तथा होहल्ला गरेको भन्दै अपार्टमेन्ट व्यवस्थापनले उनीसग क्षतिपूति रकम स्वरुप २० लाख भाट माग दाबी गरेपछि उनले सो रकम बुधबार तिरेका हुन् । अपार्ट मालिकले स्थानिय प्रहरी कार्यालयमा दिएको निवदेन अनुसार पारसले तोडफोडका क्रममा घरका सिसा, सोफा, दराज लगायत विभिन्न सामानमा क्षति पुर्‍याएका थिए । स्थानिय प्रहरीको निकायले रकम तोकेरै क्षतिपूर्ति तिर्नुपर्ने ठहर गरेपछि पारसले बैककको थङलोस्थित प्रहरी चौकीमा एक सामान्य कागज गरि अपार्टमेन्ट व्यवस्थापनको एक महिला प्रतिनिधीलाई सो रकम बुझाएका हुन् । स्रोतका अनुसार रकम बुझाउन पारस एक वकिलसहित चौकी पुगेका थिए । अपार्टमेन्ट व्यवस्थापनले २० लाख भाट दाबी गरेपनि १२ लाखमा समझदारी भएपछि त्यसप्रकारको लेनदेन भएको हो । पारसको अपार्टमेन्ट तोडफोडको मुद्धा सकिएपनि गाँजासँग जोडिएको अर्को मुद्दा अझै जिउदै रहेका बताइन्छ । ३ ग्राम गाँजासहित उनी गत मंसिरमा फुकेटमा पक्राउ परेका थिए ।
cybernepali · Jan 7, 2013 9:02 AM · 2,830 views
money looted from Nepali people.
sajhaguy69 · Jan 7, 2013 4:00 PM
साले चोर पारसेले नेपालीको पैसा बैंककमा मोज गरेर उडायो / ३४ लाखले त यौटा गाउँमा बत्ति बाल्ने turbine हाल्न भ्याउछ / यसको बैंक खाता सबै block गर्नु पर्ने अनि देख्छ साले कुकुरले बाउको बिहे
GwachAquarian · Jan 7, 2013 4:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion