अमेरिका नेपाल सोसाईटी द्वारा निबन्ध प्रतियोगिता र गीता छोएर सपथ ग्रहण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                अमेरिका नेपाल सोसाईटी द्वारा निबन्ध प्रतियोगिता र गीता छोएर सपथ ग्रहण   अमेरिका ,पौष २२ ,गते डिसी महानगर क्षेत्रमा सन् १९६७ मा नेपाललाई औधि माया गर्ने र नेपाल भ्रमण गरि सकेका अमेरिकन नागरिक तथा कुटनैतिकहरु द्वारा स्थापना गरिएको उत्तर अमेरिकाको सबैभन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी(समाज )को तत्वधानमा नेपालको पर्यटनलाई प्रबर्धन गर्ने हेतुले एक बृहत निबन्ध प्रतियोगिताको आयोजना गरियो l   नेपालको पर्यटनलाई सहयोग र प्रचार गर्ने हेतुले आयोजना गरिएको उक्त निबन्ध प्रतियोगितामा नेपाली समुदाय तथा यहि जन्मिएका नेपालीहरुका बालबालिकाहरुलाई सहभागी गराईएको थियो भने कक्षा ७ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई उक्त प्रतियोगितामा सहभागी हुन् लागि आब्हान गरिएको थियो lस्तरीय बनाउने हेतुले कक्षा ७-९ सम्म लाई' क 'वर्गमा र कक्षा १० -१२ सम्म लाई 'ख 'वर्गमा विभाजित गरिएको उक्त प्रतियोगिताको शिर्षक ' नेपाल भ्रमण गरौ र एक पटकले पुग्दैन ' राखिएको थियो lउक्त निबन्ध लेखन अंग्रेजी भाषामा लेख्नु पर्ने र १००० शब्द भन्दा ज्यादा नबढाई प्रतियोगीहरुले लेख्न सक्ने नियम तय गरिएको थियो l र उक्त प्रतियोगिताको लागि डिसी ,भर्जिनिया र म्यारील्याण्ड राज्यका बिद्यार्थीहरुको सहभागी हुने भने बमोजिम सोहि राज्यहरुबाट मात्रै प्रतियोगीहरु सहभागी भएका थिए l   प्रथम ,द्वितीय ,तृतीय र चौथा हुने प्रतियोगीहरुलाई क्रमस :$ ४००.०० ,$ २००.०० ,$ १००.०० र $ ५०.०० डलर नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो भने जम्मा दुई समुह मिलाएर ३६ जनाको सहभागी रहेको थियो l 'क' समुह ७-९ कक्षा सम्म २० जना सहभागी थिए भने  'ख 'समुहमा १० -१२ कक्षा सम्म १६ जना मिलाएर ३६ जना नेपाली बिद्यार्थीहरुले भाग लिएका थिए l 'क' समुहमा बिजयी हुनेहरुमा क्रमश प्रथम .अनमोल सिटौला ,द्वितीय .तेजस्वी पाण्डे .तृतीय अनिश दवाडी चौथा लता गौडेल भएका थिए र ख समुह ( १०-१२ कक्षा )मा प्रथम ,आर्या दाहाल ,द्वितीय श्रीष्टि कंडेल ,तृतीय बिशाका धमला तथा चौथो स्थानमा ओजस्वी पाण्डे भएकी थिइन् lनगद पुरस्कार तथा प्रमाण पत्र अधक्ष्य डा ठाकुर पुडासैनी  तथा प्रथम उपाधक्ष्य जीवन तिवारीले वितरण गर्नु भएको थियो l   निबन्ध प्रतियोगिताका निर्णायक मण्डलीहरुमा क्रमस ,समाज सेवी ,कृष्ण सब ,हरि कुमार पुडासैनी ,शिक्षक तथा हरि बंश दुलाल ,बिश्व बैंकका परामर्शकर्ता रहनु भएको थियो lनिबन्ध सम्बन्धि नियमबारे कृष्ण सबले जानकारी गराउनु भएको थियो भने मन्तब्य क्रममा महामहिम राजदूतले यस्तो कार्यक्रमले बिद्यार्थीहरुले नेपाल सम्बन्धि  जानकारी पाउने र शुभकामना दिनु  भएको थियो l दुई बर्ष सम्म कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा बधाई दिदै दूताबासको तर्फबाट नया कार्यकारी समितिलाई सहयोग गर्ने र बिगतमा पनि ए एन एस संग मिलेर काम गरेको जानकारी गराउनु भएको थियो l   निबन्ध प्रतियोगिताको आयोजना साथै गत अक्टोबर २७ ,२०१२ मा निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रमको आयोजनाको साथै उत्तर अमेरिकाको सबै भन्दा जेठो संस्था अमेरिका नेपाल समाजको डिसी महानगर क्षेत्रमा कस्तो भूमिका रहनु पर्ने ,सल्लाह र सुझाब लिने हेतुले सोहि अवसरमा उपस्थित ए एन एस सल्लाहकारहरुलाई मन्तब्य राख्न अवसर दिइएको थियो l,   कार्यक्रमको समुद्घाटन राष्ट्रिय गीत बजाई गरिएको थियो भने अमेरिका नेपाल सोसाईटीका संस्थापक मानार्थ अधक्ष्य स्व : एल्सवर्थ बंकरको तस्बिरमा पुष्प गुच्छा श्रद्धा भक्ति अर्पण गरिएको थियो lसंस्थापक नेपालका लागि पुर्व राजदूत हुन् र उनको नेपालसंग बिसेष साईनो भएको हुनाले उनि भियतनाम युद्धमा हुदा पनि नेपाललाई सम्झी नेपालको हितको निम्ति डिसीमा नेपाल अमेरिका सोसाईटी खोलि नेपाल र अमेरिका बीच कुटनैतिक सम्बद्ध अझ प्रगाढमा ल्याउन मदत पुगेको  र वहाको सद्भावले यो संस्था अझ पनि ओजस्वी कायम रही रहेको जानकारी उद्घोषक विजय थापाले गराएका थिए l   उक्त कार्यक्रममा अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महत तथा क्यालिफोर्नियाका लागि नेपाल सरकारको तर्फबाट संयोगबस डिसी आई पुगेको अवसरमा बाणिज्य दुत पुन्नाखर ऋषी ढकाल लाई मन्तब्य राख्न दिइएको थियो lमहा बाणिज्य दुत प्रेम राजा महतले नया समितिलाई शुभकामना दिनु भएको थियो भने क्यालिफोर्नियाका बाणिज्य दुत ढकालले अमेरिकाको पुरानो संस्था अमेरिका नेपाल समाजलाई धन्यबाद दिदै ईतिहासमा यसबाट केहि आफुहरुले जानकारी लिएको संस्मरण गर्दै नया कार्यकारी समितिलाई शुभकामना दिनु भएको थियो l   नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कृष्ण सबले नव निर्वाचित अधक्ष्य  डा ठाकुर पुडासैनीलाई सपथ ग्रहण गीता पुस्तकमा हात राखी सपथ गराउनु भएको थियो lप्रमाण पत्र तथा खादा ओढाई महामहिम राजदूत डा शंकर प्रसाद शर्माले सम्मान गर्नु भएको थियो lअरु सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई अधक्ष्यले पुडासैनिले सपथ ग्रहण हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ गीतामा हात राख्दै सपथ ग्रहण गराउदै प्रमाण पत्र वितरण प्रमुख निर्वाचन तथा राजदूतले द्वयले गराउनु भएको थियो l कार्यक्रमको सभापतित्व नगेन्द्र पौडेलले गर्नु भएको थियो भने वहाले अधक्ष्यको अन्तिम मन्तब्य ब्यक्त गर्दै आफुले गरेको कार्यको मुल्यांकन समुदायले गर्ने र नया कार्यकारी समितिले नया नया कार्य गर्ने छ भन्दै बिचार व्यक्त गर्नु भएको थियो l   नब निर्वाचित अधक्ष्य डा ठाकुर पुडासैनीले मन्तब्य व्यक्त गर्दै आफुले नेतृत्वलाई सुवर्ण अवसरमा लिएको र समुदाय प्रति कर्तब्य निष्ट हुने बिचार पोख्नु भएको थियो l रक फेलरले भनेका कुरा सोच्नु केवल कर्तब्य मात्र नभई एउटा विशेषाधिकार हुन्छ भन्दै कर्तब्य मात्र नभएर सम्मान पनि हो भन्दै अधक्ष्यको मन्तब्य राख्नु भएको थियो l   कार्यक्रमलाई दुई चरणमा विभाजित गरिएको थियो भने पहिलो चरणको कार्यक्रम पुर्व महासचिब विजय थापाले गर्नु भएको थियो भने निबन्ध प्रतियोगिताको कार्यक्रम संचालन महासचिब श्याम लिम्बुले गर्नु भएको थियो lपहिलो चरण कार्यक्रम मै अधक्ष्य डा ठाकुर पुडासैनीले आफ्नो कार्यकाल २०१३-२०१४ को लागि सल्लाहकारहरुमा बिभिन्न महानुभावहरुलाई नियुक्ति गरेको घोषणा गर्नु भएको थियो l    दोश्रो चरणको कार्यक्रमलाई मसलादार बनाउने हेतुले बिद्यार्थीहरु निबन्ध लेखनमा व्यस्त भएको समयलाई सदुपयोग गर्दै साना साना बाल बालिकाहरुको नृत्य पनि राखिएको थियो lमहासचिब श्याम लिम्बुले कार्यक्रम संचालन गर्दै संचारकर्मी तथा अन्य महानुभावहरुलाई धन्यबाद दिनु भएको थियो भने उक्त कार्यक्रममा सचिब मुकुन्द दाहालले पनि बेला बेलामा कार्यक्रम संचालन गर्नु भएको थियो lद्वितीय उपाधक्ष्य सीता पाण्डेले पनि पुरानो समितिले सबैलाई निर्वाचनको लागि ढोका खोलि दिएको र अझ राम्रो कार्यक्रम ल्याउन सकिने हुनाले सबैको सहयोगको अपेक्षा गरेको विचार राख्नु भएको थियो lजनसम्पर्क समिति भर्जिनिया शाखाका सभापति केसव बराल तथा आर के धमलाले संस्थालाई केहि सुझाब राख्नु भएको थियो भने सल्लाहकार विजय थापाले ए एन एसले १ प्रतिसत मात्र अमेरिकन लाई नेपाल लान सके ठुलो उपलब्धि हुने ,अमेरिकन राजदूताबास कै नेपालबारे जानकरी गराउनु पर्ने ,अन्तरक्रिया कार्यक्रम ए एन एस गर्नु पर्ने ,मुख पत्र त्रैमासिक रुपमा निकाल्नु पर्ने र अरु काम छोडेर संस्था नवीकरण र आन्तरिक राजस्व बिभागको काम पहिला गर्नु पर्ने सुझाब राख्नु भएको थियो l   उक्त कार्यक्रममा डिसी महानगरका संघ तथा संस्थाका प्रतिनिधि ,समाज सेवी ,ब्यापारी ,संचारकर्मी ,अधिकारकर्मी तथा उल्लासमय समुदायका सदश्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने नव निर्वाचित पदाधिकारीहरुमा क्रमस :अधक्ष्य ,ठाकुर पुडासैनी ,प्रथम उपाधक्ष्य ,जीवन तिवारी ,द्वितीय उपाधक्ष्य सीता पाण्डे ,महासचिब श्याम लिम्बु ,सचिब मुकुन्द राज दाहाल ,संचार निर्देशक ,सुशील कुमार रेग्मी तथा कोषाधक्ष्य मनमाया दाहाल हुनु हुन्थ्यो l   सहभागी हुने सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो lकार्यक्रमको अन्त्यमा सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन अधक्ष्य डा ठाकुर पुडासैनीले गर्नु भएको थियो l   विजय थापा भर्जिनिया ,अमेरिका

ANATEXAS · Jan 7, 2013 2:36 AM · 1,732 views

1 Reply

Speaking about taking oath on Geeta, Tulsi Gabbard from Hawaii became the first congresswoman to take oath on Geeta during her inaugural: http://www.deccanherald.com/co... I respect the fact that she didn't find it necessary to convert to any other religion to get into American politics. Remember Jindal or Nikki Haley?

Kiddo · Jan 7, 2013 9:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all