http://www.ekantipur.com/nep/2... पत्रकार डेकेन्द्रलाई ज्यूदै गाडेको अभियुक्तको बयान प्रहरी समक्ष अभियुक्तको हाँसीहाँसी बयान दिए 'जिल्ला हेडक्वार्टर'को नीति बमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेका हौं । हत्यामा संलग्न भए पनि डेकेन्द्रको आत्माले चिरशान्ति पाउनका लागि सजाय भोग्न तयार छु : अभियुक्त लक्षीराम घर्ति (0 Votes) 1 2 3 4 5 प्रकाश अधिकारी ० दैलेख, पुस २२ - सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओवादीले अपहरणपछि पत्रकार डेकेन्द्रराज थापा लाई ज्यूँदै गाडेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । हत्या काण्डका एक अभियुक्त लक्षीराम घर्तीले प्रहरी र सरकारी वकिलसमक्ष भनेका छन्, 'नाडी सुस्त चलेपछि गाड्न मैंले नै खाल्डो खनें । गाड्दा ऊ (डेकेन्द्र) ज्यूँदै थियो । नौ जनाले गाडेका हौं ।' द्वारी गाविस-१ का ४५ बर्षीय घर्तीले बयानमा हत्या को वास्तविकता बताउन आफू पहिल्यैदेखि आतुर भएको बताएका छन् । द्वारीमै बसेको माओवादीको जिल्ला कमिटीको बैठकले डेकेन्द्रलाई यातना दिएर छानविन गर्ने निर्देशन दिएको उनले बताए । 'जिल्ला हेडक्वार्टर'को नीति बमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेका हौं' घर्तीले सरकारी वकिल डम्बर काफ्लेसमक्ष भनेका छन्,'गाड्नुअघि स्कूल छेवैको मेरो घरमा डेकेन्द्रले पानी भनेर कराएपछि मैले पानी खुवाएँ ।' हत्या मा संलग्न भए पनि डेकेन्द्रको आत्माले चिरशान्ति पाउनका लागि आफू सजाय भोग्न तयार भएको घर्तीको भनाई छ । द्वारीस्थित नेपाल राष्ट्रिय निमाविको कक्षा कोठाको तेस्रो बिममा झुण्ड्याएर लौरी, सिस्नुपानीले दुई दिनसम्म यातना दिएर नमरेपछि ज्यूँदै गाडिएको ५ वटै अभियुक्तले बताए । पक्राउ परेका अभियुक्तले हाँसीहाँसी बयान दिएको र हत्या मा आफ्नो संलग्नता भएको स्विकारेको प्रहरीले जनायो । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले पक्राउ परेकालाई थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको जनाए । खानेपानीसम्बन्धी वार्तामा बोलाइएका डेकेन्द्रलाई २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ गते हत्या गरेका थिए । हत्या को चार वर्षपछि पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोगले थापाको चिहान उत्खनन् गरेपछि परिवारले कंकालको दाहसंस्कार गरेका थिए । प्रहरीले हत्या अभियोगमा नेकपा-माओवादीका भेरी कर्णली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर, जिल्ला सदस्य लक्षीराम घर्ती र एकिकृत माओवादीका जिल्ला सदस्य विरबहादुर केसीलाई शनिबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । एकिकृत माओवादी र नेकपा-माओवादीले विज्ञप्तिमार्फत निर्दोष कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ,'शान्ति प्रक्रियालाई भाड्ने मनसायले जनयुद्धको मुद्दा उठाएर प्रहरीले द्वन्द्व सिर्जना गर्न खाजेको छ ।' डेकेन्द्र हत्या का अभियुक्तलाई कानुनी कठघरामा उभ्याएर दण्डहिनताको अन्त्य गर्न माग राख्दै सदरमुकामबासीले प्रर्दशन गरेका छन् । प्रर्दशनमा स्थानीयका साथै पीडित परिवार, नागरिक अगुवा, पत्रकार, मानवअधिकारकर्मीको समेत सहभागिता थियो । प्रहरीलाई दबाबरहित रुपले घटनाको अनुसन्धान गर्न नदिए माओवादीविरुद्ध आफूहरु खनिने प्रदर्शनकारीको चेतावनी छ । नेपाल पत्रकार महासंघ लगायतका विभिन्न संघसंगठनले माओवादी दबाबको घोर भत्र्सना गरेका छन् । प्रहरीले पक्राउ गरी अनुसन्धान थालेकोमा अभियुक्तलाई छुटाउन एमाओवादी र नेकपा-माओवादीका स्थानीय नेता कार्यकर्ताले प्रहरीलाई दवाव दिएको र स्थानीय सञ्चारकर्मीलाई समेत हतोत्साहित गराउने प्रकारका गतिविधि गरिएको प्रति बाँकेका अधिकारकर्मीले बिरोध जनाएका छन् । पत्रकार महासंघ बाँकेसहित पुनरावेदन वार, मानवअधिकार संगठन, इन्सेक, एड्भोकेशी फोरम, हिमराईट्सलगायतका संघसंस्था विज्ञप्ती जारी गर्दै कुनै पनि निकायको दवावमा नपरी स्वतन्त्र अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरिएको छ ।
_____ · Jan 6, 2013 11:44 AM · 1,561 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion