त्रास !! अनायस जन्मियो | दिन थियो कि रात, मिर्मिरे कि साँझ कसको गर्भबाट .. कसको बीज एक घडी .. चैतमास .... चिसोले हान्यो, टुसारोले छोयो हीउको हल्ला .... मैनबत्तीको राँको.... सुर्य सल्कियो .. सुनामीको छाल आयो, नतमस्तक भई सबले ओढे | ऊ हुर्कियो | खेल्न थाल्यो .. दगुर्न थाल्यो मान्छे थलिए.... आफ्ना , आफैसँग न रगतले रोक्यो न हाडले टोक्यो आत्मा सम्मको दहमा कस्तो डर उसको उपस्थितिको कस्तो भय.. आफ्नो नालायीकीको !! पर्खन थाले ... बुढो हुने प्रतिक्षामा धैर्य खोतलेर भलादम पोतेर .. कल्पनामा गल्न थाले .. एउटा पुरै सभ्यता सीधीयो यो बुढो भएन मान्छे सिद्धिय मान्छेका मान्छे सिद्धिय ऊ बुढो भएन क्या बात !!! उसले पिएको अमृतको खोजि हुन थाल्यो | फर्सी जत्रा टाउकाहरुको मल्ल युद्द शास्त्र देखि क्षेप्यास्त्रसम्मको प्रयोग | तर यो रोग .(??).. केही सिप नलाग्नु पनि समस्याको निदान हो | सम्झौताका खाकाहरु कोरिए बुँदाहरु धारा...उपधाराहरु अस्तीत्व नै छैन भन्नेहरु कति त्रसित छन् भन्ने प्रमाणित भयो ! आज उसको जन्मोत्सव .. हरेक दिन उसको मात्र उत्सव !!! Last edited: 07-Jan-13 11:29 PM
jhaukiri · Jan 5, 2013 11:36 PM · 8,204 views
झ्यौकिरी जी, निकै राम्रो कविता हजुरको तर एकछिन त भानाक्कै पो भो पढेर ... कस्तो याब्स्त्र्याक्त कविता .... .......दोहराएर पढें अनि अलिक बुझेको हो कि जस्तो मात्र भो .... तर पनि हैन बुझ्याछैना जस्तो नि भो....
ThahaChaena · Jan 7, 2013 11:23 AM
खिइनेछ चोइटिनेछ टुक्रा टुक्रा भइ मिल्किनेछ कहिले सम्म गर्ला त यसले राज ? जन्मे पछि मृत्‍यु निश्चित सबैको एउटा यही बाँकी छ आश !
Geology Tiger · Jan 7, 2013 7:29 PM
हामी सबै एउटा - एउटा त्रासमा लिएर हिडेका छौ | कहाँबाट आयो ...र केहीले जान्छ ....त्यही प्रतिक्ष्यमा नै जीवन बेतित हुन्छ/ भैरहेको छ | मूल अर्थ यही नै हो साथी | हाहा ...अलि त्रासदी पूर्ण स्थितिमा थिए के "thahachaena मित्र |
jhaukiri · Jan 7, 2013 11:08 PM
geology tiger दाई एकदम दामी हाहा अनि सन्चै हुनु हुन्छ ???
jhaukiri · Jan 9, 2013 10:17 PM
मलाई चै यो राजनीतिक त्रास को अभिबेक्ति सारै राम्रो लाग्यो नेपाल मा अहिले येस्तै त हो मेरो तर्फा बाट पनि केहि थपि दिए कसै लाई बाच्न नपाइएला भन्ने त्रास कसै लाई धेरै बाच्दा को त्रास कसै लाई आफ्नो बोलीकै त्रास कसै लाई भोलि को त्रास कसैलाई आज को छाट को त्रास कसै लाई हिजो को ढाट को त्रास
timi_mero_sathi · Jan 14, 2013 2:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion