एन डब्लु जी एन (अमेरिका ) ले आमाको घरलाई आर्थिक सहयोग जुटायो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                          एन डब्लु जी एन  (अमेरिका ) ले आमाको घरलाई आर्थिक सहयोग जुटायो                                       अमेरिका ,पौष २१ गते (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तेश्रो सम्मेलन गत अक्टोबर ७ ,२०१२ का दिन अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सफलतापुर्वक सम्पन्न गर्यो र  सम्मेलनको मूल नारा  'सहकारिता र सक्रियताबाद द्वारा महिला सशक्तिकरण ' राखिएको थियो lतेश्रो सम्मेलनको मूल ध्येह नेपाल स्थित आमाको घर अर्थात् समाज सेवी दिलशोभा श्रेष्ठलाई अभिनन्दन गर्ने र आर्थिक सहयोग जुटाउनु रहेको थियो lदिलशोभा श्रेष्ठले टुहुरा ,सडकमा बस्न बाध्य भएका बालबालिकाहरु र हेलाको पात्र तथा आफ्नै सन्तानहरु द्वारा घरबार बिहिन भएका बृद्धहरुको लागि काठमाडौँमा बृद्ध आश्रम बनाउन कल्पना गरेको चाहनालाई सहयोग पुर्याउनु थियो l   (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघले बिगतमा नेपालबाट सपना मल्ल प्रधान तथा मन्दिरा शर्मालाई सम्मेलनमा आमन्त्रण गरि सकेको थियो भने यस पाली अधिकारकर्मीबाट समाज सेवी लाई छनौट गरेको कुरा सघ कि अधक्ष्य बिष्णु कुमारी थापाले एक छापा बिज्ञप्तिमा जनाएकी छिन् lउक्त सम्मेलनमा उपस्थित समाजसेवी ,संचार कर्मी ,संघ तथा संस्थाहरुमा आबद्ध व्यक्तित्वहरु ,उद्योगी तथा ब्यापारीहरुले मन फुकाएर गच्छे अनुसार सहयोग गरेका थिए भने समाज सेवी दिल शोभा श्रेष्ठलाई अमेरिकामा स्थापना भएको एन डब्लु जी एन )विश्व संजाल नेपाली महिलाको अगुवाईमा अमेरिका भ्रमण गराएको उक्त अवसरमा अमेरिकाको विभिन्न राज्यहरु ,क्यालिफोर्निया ,बाल्टिमोर ,क्यानाडा ,वाशिंगटन डिसी तथा न्यु योर्कमा लगाएत राज्यहरुबाट गरि करिब बीस लाख नेपाली रुपैया जुटाउन सफल भएको र यसले बृद्ध आश्रम बनाउन केहि सहयोग हुने छ भनि अधक्ष्य बिष्णु कुमारी थापाले जनाएकी छिन् l   उनले छापा बिज्ञप्तिमा समुदाय सदश्यहरु ,संचारकर्मीहरु तथा मानव सेवा प्रति सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिएकी छिन्  र आर्थिक सहयोग गर्नु हुने चन्दा दाताहरुको नामावली पनि उल्लेख गरिएको उक्त बिज्ञप्तिमा जनाईएको छ lर आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिदै समाज सेवी दिल शोभालाई बोलाई सफलता पुर्वक सम्मेलन गराएकोमा खुशी व्यक्त गरेकी छिन l समाजसेवी दिलशोभा नेपाल पुगेता पनि तेश्रो सम्मेलन देखि निरन्तर संघको पहल द्वारा यति रकम जुटाउन सफल भएको जानकारी बिष्णु कुमारी थापाले दिएकी थिईन l    विजय थापा  हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका  

ANATEXAS · Jan 4, 2013 9:45 PM · 2,979 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all