http://singhadurbar.com/news/c... झापा – महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा फेरी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । दमक–९ स्थित हिमालय चिया बगानभित्र १९ वर्षीया युवती बलात्कृत भएको प्रहरीले जनाएको छ । ती युवतीलाई बुधबार साँझ ८ बजेदेखि विहान ४ बजेसम्म स्थानीय चार जना युवकले बलात्कार गरेका थिए । बलात्कार गर्नेमध्ये दमक–९ का सचिन भट्टराई, सन्दीप भट्टराई र आशीष दर्नाललाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य एक जना फरार छन् । दमकका प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार, प्रेमीसँग बसिरहेका बेला जबर्जस्ती उठाइ उनीमाथि बलात्कार गरिएको थियो । बलात्कार गर्नुअघि उनीहरुले युवतीका प्रेमीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । पक्राउ परेकाहरुलाई जबर्जस्ती करणीअन्र्तगत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
cybernepali · Jan 3, 2013 10:42 AM · 12,160 views
Tut Chada haru
intelligentguy · Jan 3, 2013 10:22 PM
kasta kastamanche haru, kei virginity for auction , kei rape
chauriGAI · Jan 3, 2013 11:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion