नवपालुवा मुनाउन नपाउदई निमोथिएको जस्तो तापमा तपेको कसौंडीको छड़कीरहेको ढकनी जस्तो धुबको बेजोड चमकले तर्सिएको मानसपटल जस्तो कृत्रिम औपचारिकतामा अल्झिएको भावना अटल जस्तो त्यसै फ्याकिएको प्लास्टिकको खोल नारीको अस्मिता जस्तो म मा सुरु अनि अन्त्य भएको मानवता एउटा बिस्मिता जस्तो खै कस्तो कस्तो यो जीवन त खै कस्तो मरेका आत्माहरुको जिउँदा शरीरहरुमा आधिपत्य भए जस्तो दिनहुँ पुजिने अनि ताल्चा भित्र चिसो मन्दिरमा थुनिने भगवान जस्तो प्रायोग पश्चात त्यागिएको कुच्चिएको चाहुरिएको त्यो सजल अनुहार जस्तो बन्द ओठ व्यथासरिताले टम्म भरिएको मन तर विनोदी जीवन जस्तो इश्वोराग्यामा इश्वरलाइ नै अर्को इश्वोर्ले लछार-पछार गरे जस्तो हिजोले आजलाइ भड्काएर पड्काएर भोलिलाइ सल्काए जस्तो खै कस्तो कस्तो यो जीवन त खै कस्तो गौरबको टाउको अहंको जलपले झिल्मिलाये जस्तो बिबेकले आदर्शलाइ धुवाबनाइ सन्तोष मनाए जस्तो सौन्दर्य खोज्दै भमरा सरि कमल भित्र बिलिन भए जस्तो येश्वोर्यको बाक्लो तुवाँलो भित्र सिर्जना रुमल्ले जस्तो जीवनको रिसानी भाग्यको बिर्सना जस्तो डुबेको एउटाले चुडिएको डोरी थमाई माथि उत्र भने जस्तो खै कस्तो कस्तो यो जीवन त खै कस्तो असिद्धि तिर्सना अगस्थी चाहना मुढ सपना जस्तो नामले विशेषणको लागि सर्वनाम त्यागे जस्तो अनित्य पल ददिप्यामान आशाको परिबन्दमा भासिए जस्तो निरभ नयनले केहि कहिँ नुतन निश्छलताको पदाभाश पाए जस्तो दानवताले मानवताको आवरण ओढे-ओढे जस्तो प्रत्यक दुलोहरुबाट एउटा निसास्सिएको सास रोए-रोए जस्तो खै कस्तो कस्तो यो जीवन त खै कस्तो दबेका बेदना चाहना अनि भोकको रापमा पिल्सिए जस्तो मुटुहरुमा बुझो लगाउदै हरेक दिन एउटा नाटक जिए जस्तो प्रश्नले प्रश्नलाइ प्रश्न गर्दा जवाफ प्रश्नै पाए जस्तो मान्छेले मान्छेलाइ मान्छे बनाउन काल हातमा थमाए जस्तो मानिस आज क्रुद्ध छ , मौनतामा बिलिन बुद्ध छ नैतिकताको बाटोमा धेरै तोड अनि मोड छ , अगि बढ्ने होड छ खै कस्तो कस्तो यो जीवन त खै कस्तो .... लेख्ने कोशीश गरेको छु , गलती औन्ल्याइदिनु हुन्छ र मलाई प्रेरणा दिनुहुन्छ भन्ने आशा छ - थाने
ThahaChaena · Jan 2, 2013 10:41 AM · 18,246 views
सबै साझा का लेखक हरु लाइ निरन्तर प्रोत्साहन दी रहने थाने को कविता पढ्न पाउदा खुशी लाग्यो. कुनै कुनै शब्द त बुझिन मैले ( :P ), तर धेरै राम्रो प्रस्तुति. भविस्य मा अरु पनि लेख पढ्न पाइयोस.
durbarmargnepal · Jan 2, 2013 10:52 AM
खै कस्तो कस्तो जिन्दगी ? कन्फुस माथि कन्फुस भएँ. साह्रै मन छोयो . अलिकति हिज्जे र वाक्यमा शब्दको संग्रह र बिग्रह मा ध्यान दिने गर्नु पर्र्यो . सुनमा सुगन्ध हुने छ . त्यसो त नेपाली व्याकरणमा बिभक्तिलाई नाम सर्वनाम संग जोडेर लेख्ने गरिन्छ तर हिन्दीमा भने निपाट जस्तै छुट्याएर लेखिने गरिन्छ . तर मेरो व्यक्तिगत बिचार हो , कारक र बिभक्ति लाई निपाट जस्तै शब्द संग नजोडीदा पढ्न सजिलो हुने रहेछ .
rahulvai · Jan 2, 2013 11:17 AM
वाह ! थाने वाह ! क्या बात !! मलाई तपाईंको कुनै पूर्ण कृती पढ्ने भोक उहिले देखिको हो, मैले बिन्ती पनि चढाउंदै आ'कोथें र त्यो मेरो धोकोलाई यहाँले उपहारको पछील्लो भागमा पुरा पनि गर्दिनु भाथ्यो - तेस्कालागी नतमश्तक छु; तर उताको प्रतिकृया उतै दिम्ला भनेर बसेकोथें, आज यहाँ भने आफुलाई रोकी राख्नै सकिन । शिलै न हो बगरको त्यो, तेइ शालिग्राम माने तिमीलाई जीवनको सार निश्सार जस्तो, नहोस् है थाने तिमीलाई छोडिदेउ मुट्ठी र मानाका कुरा, दिल यो मुरिको तिमीलाई नहेर सानो ढोको र आंगन, स्वागत यो धुरिको तिमीलाई उछिनी अघी बढ्नेछन् धेरै, साथ हिन्ने छायां होस् तिमीलाई लाएर छिर्के लडाउलान् कोही, हात दिने माया होस् तिमीलाई बैरी हुन् साना ईश हुन् दाइना, सुख सागर सरीको तिमीलाई प्रगती-पथमा पदचाप हुन् तिम्रा, यश जगत भरीको तिमीलाई नेपाली व्याकरणमा त म गोबर-गणेश नै हो, त्यसकारण ठुल्दाइका सुझावहरु नै मार्गदर्शक हुनेछन् भन्ने आशा छ । हुन त केही आधारभुत नियम बाहेक अन्य अंकुश लाइदिंदा रचैताको अभिव्यक्ती सिमित हुनजान्छ भन्ने पनि एक जमातको मान्यता छ र छन्दबद्द भन्दा छन्दमुक्त पद्यमा यो अभ्यास प्रचुर मात्रामा भैरहेको पनि पाईन्छ । छायावादिहरुको ठीक उल्टो ध्रुवलाई टेकेर, नया प्रयोगको नाममा कतिले त अब रस र अलंकारलाई पनि नजर-अन्दाज गर्न थालेकाछन् तर कविता पढ्दा थोरै भएनी कविता पढेजस्तो लाग्यो भने मलाई चाइं मजा आउंछ, त्यो कुनै सम्वाद वा विवरण जस्तो मात्र नहोस् । बांकी रह्यो तपाईंको कविताको कुरो; यो ज्यानलाई त निकै मन पर्‍यो, धन्यवाद तेस्कालागी । मलाई त र्यापरसँग कहिले मत्लव हुन्न, त्यो भित्रको चक्लेट मिठो भएसी पुग्यो ! जीवनको खोजाइ र दांजाइका पंक्तिहरुले केही भावुक पनि बनाए । आगामी दिनहरुमा अंझै पस्कंदै जानुहुनेछ भन्ने आशा छ ।
caliber19 · Jan 2, 2013 12:36 PM
काइँला, कबि , लेखक लाई मात्र हैन कसैको अभिव्यक्तिलाई अंकुश लाउन हुदैन भन्ने मान्छे मा पनि परें. भावनालाई कैद गर्न सकिन्न , कैदी अभिव्यक्ति कुञ्जिएकै हुन्छ . तर सामान्य व्याकरण र आधारभूत हिज्जे चाहि मिलाउनै पर्छ . गजल नियम कानून मा बाँधिएर लेखिने भएकोले मैले लेखेका केही कबिताहरु गज़ल हैनन् भन्छन , विद्वान महाशयहरु . गज़ल न भनोस , गाज़ल नै बनोस तर भाव र मर्म मा अंकुश लगाउन सक्दिन. रोजी र रोटी को लागि स्वतन्त्रता बन्धकी राख्न हुन्न भन्ने आदर्श सानै देखि बोकेको छु , आफ्नो लेखाइ मा पनि रुपान्तरित गर्दै आएको छु .
rahulvai · Jan 2, 2013 1:11 PM
वाह वाह ठाने, को भन्दा को कम , थाने को रचना, हिलो ले छोपिए को योबना जस्तो थाने को सोचना, कस्तुरी मृग को खोजी जस्तो
timi_mero_sathi · Jan 2, 2013 1:27 PM
nikkai ramro prastuti, ati uttam
kittys · Jan 2, 2013 1:33 PM
ठुल्दाइ, सोर्है आना ठीक हजुरको कुरा । हामी मोचेहरु कहीं-कतै गलत गैएछ-भैएछ भने पुच्छर निमोठ्ने काम नि ठुल्दाइ कै भो है । म त आलु छु दाई एस्ता कुरामा, त्यसैले पनि हजुरबाट संधै सहयोग र समालोचनाको अपेक्षा रहने छ ।
caliber19 · Jan 2, 2013 1:44 PM
Durbari <<कुनै कुनै शब्द त बुझिन मैले>> --- ला मैले त नेपालीमै लेख्या हो त गाँठे , तेस्तो गारो भो र भन्या . हुन त त्यो फलामे ढोकाबाट निस्कदा झन्नै फेल पार्द्या थे नेपालीमा....धन्न एउटी साथीले सार्न दि र काटियो .... हजुरको प्रेरणामयी शब्दका लागि फनक्क घुमेर बुन्ग्रुंग लडेर जुरुक्क उठेर फेरी थचक्क बसेर मुटुमा च्याप्प समातेर धन्याबाद भन्न चाहन्छु ठुल्दाई <<अलिकति हिज्जे र वाक्यमा शब्दको संग्रह र बिग्रह मा ध्यान दिने गर्नु पर्र्यो>> --- कोशिश गर्दै अगाडी धकेलिंदै छु आफुलाई , हजुरको मार्गदर्शन पाईरहूँ . तेस्मथी यो मोरा युनिकोड हो कि नेपालीभाषालै गोद हो भेन्नेले सप्पै बिगार्यो भन्या , ह्रस्व दिर्घ मा एक त म गोबर तेस्मथी समयको काइ ले सप्पै बाइ बाइ गरायो भन्या हेर्स्यो न कहिला दाइ हजुरका मधुर हरफले मेरो कवितामा अझै धेरै सुन्दरता थपिदियो , मोरी अब झन् कति मक्ख हुने हो शान बढ्ने हो , भो त छुन सकिने भो त मोरी लै अब ........ <<जीवनको खोजाइ र दांजाइका पंक्तिहरुले केही भावुक पनि बनाए>> -- दाइ जीवनमा खोज्ने , पाउने , दाँज्ने अनि चित्त नबुझेर बाझ्ने मै त जीवन अड्केको छ , यहाँ जिउन साएद सप्पैले भुलेको छ . हगि दाइ ? TMS र Kittys साथी हजुरहरुले मनपराएर केहि शब्द खर्चिनु भो , हृदये देखि आभारी छु... सम्पूर्ण मौन पाठकमा पनि मन देखि धन्यबाद टक्र्याउन चाहन्छु . - थाने
ThahaChaena · Jan 3, 2013 9:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion