कथा, कोपिला को

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

&nbsp;&quot;कोपिला, कोपिला फुल को टोपीला &quot;&nbsp; गीत गाउदै एउटा ५-६ वर्ष को बच्ची मेरो नजिकै आइ के हो तिम्रो नाम नानु ? &quot;कोपिला&quot; चकलेट खान्छेउ&nbsp; कोपिला ? &quot;खान्छु&quot; अनि&nbsp; तिम्रो भाई बैनी छन् ? &quot;छ एउटा सानो&nbsp; भाई&quot; ल यो चकलेट तिम्लाई अनि&nbsp; यो तिम्रो भाई लाई देउ है ? &quot;हुन्छ&quot; &quot;कोपिला, कोपिला फुल को टोपीला &quot; भन्दै उ आफ्नो घर तिर लागि चन्दनपुर् हो यो गाउँ को नाम . नजिक को बस स्टप पुग्न ४ घण्टा हिड्न पर्छ. त्यहाँ बाट ६ घण्टा बस चढेपछि ठुलो सहर पुगिन्छ&nbsp; एउटा माध्यमिक बिध्यलाय, एउटा स्वास्थ्य चौकी अनि&nbsp; एउटा लघु बिद्दुत, तेही हो चन्दनपुर् बासी ले पाएको बिकास, जनसंख्या करिब ५&nbsp; हजार . खेति र रेमिट्यान्स ले धाने को छ चन्दनपुर बासी को जिबन.&nbsp; दुइ वर्ष भो माध्यमिक बिध्यालय खुलेको , म माध्यमिक बिध्यालय &nbsp;को हेड मास्टर . हुने खाने ले &nbsp;TV &nbsp;राख्या छन् तर&nbsp; केवल&nbsp;&nbsp; TV &nbsp;&nbsp;आइ पुगेको छैन यो गाउ मा, रेडियो नै सर्बसाधारण को मनोरंजन को साधन बनेको छ. भाजुलाल साहु&nbsp;&nbsp;&nbsp; यो गाउँ को सबै भन्दा धनि मान्छे हो जस्तो लाग्छ , उसको&nbsp; व्यापार र घर को&nbsp; आकार हेर्दा . अरब जान होस् कि अरु काम चलाउन होस्&nbsp; गाउले ले&nbsp; ऋण लिने ठाम नै भाजुलाल साहु&nbsp;&nbsp; का हो, गाउँ मा बैंक भए पो हुन त गाउले लाई उसले अरु&nbsp; गुण पानि लगाको छ , शनिबार, शनिबार उ आफ्नो आगन मा सबै लाई सित्तै मा फिल्म देखाउछ, कहिले हिन्दि कहिले नेपाली &nbsp; Video&nbsp; एउटा अग्लो ठाम मा राखेको हुन्छ, साझ परेपछि सबै जान उसको चोक मा झुम्मिन्चन फिल्म हेर्न आज शनिबार बेलुका को ६ बजेको छ, भाजुलाल साहु को चोक मा सिनेमा देखाउने बेला भो. म पनि तेही पुगेको छु&nbsp; फिल्म हेर्न आज नेपाली सिनेमा &quot;दुलही&quot;&nbsp; देखाउने रे &quot;कोपिला कोपिला फुल को टोपीला&quot; भन्दै कोपिला पनि म नजिकै बस्न आइ चकलेट खान्चेउ कोपिला ? &quot;खान्छु&quot; ल लिउ यो चकलेट खुसि हुदै कोपिला चकलेट खान्छे&nbsp; अनि तिमि कहिले स्कूल भर्ना हुने कोपिला ? &quot;बा ले जहिले भर्ना गरिदिनु हुन्छ तेहिले&quot; फिल्म सुरु हुन्छ , सबै चुपचाप , फिल्म सकिञ्छ सबै जना&nbsp; आफ्नो घर लाग्छन XXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; गाउँ मा </sp

timi_mero_sathi · Jan 2, 2013 10:05 AM · 15,227 views

13 Replies

&nbsp;गाउँ मा कतीपए बच्चा हरु स्कुल औदैनान. गाइ बाख्रा चराउनु , कि तास खेलनी अनि&nbsp; अरब जाने हरुले येति कमाए उति कमाए भनेर गफ गर्दै म़ा कतिपय ठिटा ठिटी हरु को दिन बित्छ . म स्कूल म़ा भर्ना संख्या बढाउन धेरै प्रयास गर्दै छु . म हेड मास्टर भएर आएपछि भर्ना संख्या बढेको पनि छ&nbsp; आज पनि म भाजुलाल साहु को पसल मा बसी रहेछु, किनमेल गर्न आउने कसैका बच्चा हरु स्कूल भर्ना भाका छैनन भने उनीहरु लाई सम्झाउछु . &nbsp; &quot;कोपिला, कोपिला फुल को टोपीला&quot; भन्दै कोपिला दौडदै आइ पसल मा , &nbsp;के किन्न आको कोपिला ? &quot;चाउ चाउ&quot; ल एउटा चकलेट खाउ&nbsp; कोपिला, म उसलाई एउटा चकलेट दिन्छु ठुलो भए पछि के बन्छेउ&nbsp; कोपिला ? म&nbsp; त फिलिम को &quot;हिरोनी&quot; हुने To be continued Last edited: 02-Jan-13 12:37 PM

timi_mero_sathi · Jan 2, 2013 10:13 AM

&nbsp;TMS,&nbsp; निकै राम्रो र रसिलो सुरुवात, अरु खोइ त ? छिट्टै राखुम् है - मिले सम्म ।&nbsp; &nbsp;

caliber19 · Jan 2, 2013 10:14 AM

टि एम एस - ल लेख्दै गरम - पढ्ने त हामी छदैछ नि

serial · Jan 2, 2013 10:23 AM

&nbsp;TMS , कथा पुरा भाको त हैन नि है ? बग्दैछ जस्तो लाग्छ . अझै लेखम है . साधा सरल भाषा अनि मन छुने धेय बोकेको हुन्छ हजुरका कथाले .

ThahaChaena · Jan 2, 2013 10:43 AM

&nbsp;क्याली , यो Microsoft &nbsp;word &nbsp;र Google &nbsp;chrome &nbsp;को जोडा नमिलेर हैरान छ, वोर्ड मा लेखेर chrome &nbsp;मा पोस्ट गर्यो के &nbsp;के हुन्छ के के&nbsp; &nbsp;सेरिअल, हिजो आज मेरो रुन्चे कथा हरु को पाठक पाउन कठिन छ , सेरिअल, &nbsp;क्याली ठाने जस्तो दुइ चार जना भएनन् भने&nbsp; खडेरी पर्छा&nbsp; &nbsp;थाने, सकिय छैन क्रमस्ष लेख्न बिर्सेछु , अर्को भाग आउच भोलि सम्म &nbsp;

timi_mero_sathi · Jan 2, 2013 1:33 PM

&nbsp;कोपिला आज किन स्कूल न आको ? अब दुइ वर्ष म़ा त एस एल सी दिनेबेला हुन्छ राम्रो संग पढ्न पर्छ&nbsp; है आउछु सर , एक दुइ दिन घर म़ा काम छ धेरै, तेसै ले न आको&nbsp; XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; ये कोपिला त आज आउन ढिला गरिस नि, म एक घण्टा देखि कुरी रा छु &quot;आउन ला हो बाटो&nbsp; म़ा हेड सर भेटिनु भो क्या, किन स्कूल न आको भनेर भन्दै हुनु हुन्थ्यो&quot; अनि&nbsp; तैले के भनिस त ? &quot;घर&nbsp; म़ा काम छ भनेर ढाते&nbsp; नि ?&quot; के गर्नु पढेर , काम पाउने होइन बरु&nbsp; अहिले नै सानो तिनो काम गरे पैसा त कमैनछ &quot;म सानो तिनो काम गर्दिन, म त फिल्म म़ा &quot;हिरोनी&quot;&nbsp; हुने&quot; उफ्फ़, त आफु लाई निक्कै राम्री थान्छेस &nbsp;&nbsp;हगी ? कती गारो&nbsp; छ हिरोनी बन्न &quot;म एस एल सी पास गर्छु , अनि &nbsp;काठमान्डू जान्छु , नाच्न मलाई आइ हाल्छ , काठमाडौँ गएर कोसिश गर्छु&nbsp;&quot; &nbsp; त नेपाली फिलिम म़ा हिरोनी&nbsp; बन्ने ? नेपाली फिल्म को हिरोनी&nbsp; पनि हिरोनी&nbsp; हो ? हिन्दि फिलिम को हिरोनी&nbsp; पो हिरोनी . &quot;अब हिन्दि फिलिम को हिरानी बन्न के गर्न पर्छ आफु लाई थाहा छैन , कहाँ जान पर्ने हो त्यो पानि थाहा छैन तेसै बन्ने मात्र भनेर हुन्छ ?&quot; अब तलाई हिरोनी बन्ने मन लाग्या हो भने, मेरो काका बम्बै म़ा एक जना नाम चलेको हिरोनी को सुरछ्या गार्ड हो, चौबिसै घण्टा हिरोनी संग हिड्न हुन्छ , सोर्स लगाई दिउ&nbsp; काका को ? &quot;उस, यो मान्छे ले कती गफ गर्न जान्या&nbsp; भन्या&quot; ल तलाई&nbsp; थाहा छैन,&nbsp; मनीषा कोइराला, गायेत्री जोशी, पुजा&nbsp; भट्ट सबै नेपाली त हुन् नि. सुरु सुरु म़ा तिनीहरु मेरो काका कै घर म़ा बस्थे &quot;होला अब भन्दै कोपिला ले जिबन को आँखा म़ा हेरी , उसलाई बिस्वास &nbsp;गरु कि नगरु भई राख्या थ्यो&quot; ल अब जाबो&nbsp; तेती कुरा म़ा पनि धाटुला&nbsp; त म? XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX जान्चेस भने हिड त पनि , काका का लागि दिन्छु, बरू भरे हिरोनी भएपछि मलाई बिर्सने होइन नि फेरी &quot;हरे , म त हिरोनी भए पनि जे भए पनि , तिमि लाई छोडदिन&quot; येस्तै माया लाग्ने कुरा गर्छेस र त म त देखि भुतुक्कै भाको कोपिला मुस्काउछे मात्र XXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; ये कोपिला, के एस एल <span lang="EN-GB" style="font-family: Mangal, ser

timi_mero_sathi · Jan 3, 2013 10:46 AM

&nbsp;ये कोपिला, के एस एल सी एस एल सी भनेर बसेको जाउ हिड बम्बै , मलाई पनि काका ले बोलाउन भा छ &quot;होइन अब ६ महिना त बाकि छ नि एस एल सी को लागि , एस एल सी दिएपछि जाउला नि हुन्न ?&quot; &quot;बरू घर बाट पो के भनेर जाने हो , कि मलाई ब्या गरेर लै जाउ&quot; धन्दा नमान न म छदै छु नि, एस एल सी दिएपछि , कुन college &nbsp;मा &nbsp;भर्ना हुने हो &nbsp;college हेर्न जाने भनेर घर मा भन्नु, एक हप्ता पछि फर्किन्छु भन्नु, ३ दिन मा &nbsp;त बम्बै पुगी हालिन्छ बरू त हिरोनी&nbsp; भएपछि येही गाउ मा आएर धुमधाम संग ब्या गर्न पर्ला&nbsp; उसको कुरा सुनेर कोपिला आफु हिरोनी भाको सपना देख्न थाल्छे XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &quot;मलाई त डर लागि र छ, घर मा कलेज हेर्न जाने भनेर आइयो, अहिले बम्बै जान लागिया&nbsp;&nbsp; छ , म नफर्केपछि आमा बा लाई कति&nbsp; पिर पर्ने होला &quot; त धन्दा नमान बुझिस , बम्बै बाट पैसा कमाएर ल्याए पछि तेरा बाउ आमा खुसि हुन्छन त देखि &nbsp; XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; &quot;ओहो बम्बै कत्रो ठुलो सहर रेछ हगी, हराइने&nbsp; पो हो कि क्या हो यहाँ&quot; कस्तो कुरा गर्छेस त, म चार पाच चोटी आएको छु यहाँ बरु त यहाँ मोटर हेरेर बस, म काका कहाँ हुनु हुन्छ फोन गरेर&nbsp; पत्ता लगाउछु &quot;धेरै टाडा नजानुस है&quot; जान्न, उ त्यो फोन गर्ने ठाम देखिनस तेही गएर फोन गर्नी हो, बरु त कहिँ पनि नजानु XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; मालिकन को दे दो, बोलो कि जिबन आया है नेपाल से ............... ............... &quot;मलिकन अभि अभि आया , बहुत बढिया माल है&quot; ..................... ..................... &quot;कुंवारी है&quot; ................ ................. दो लाख लूँगा इसबार XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX ल हिन कोपिला , मेरो काका फिल्म सुटिंग हुने ठाम मा हिरोनी संगै&nbsp; हुनु हुन्छ&nbsp; रे&nbsp; तेही भेटम ला काका लाई &nbsp; XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; &quot;होइन यो ठाम त एकदम नराम्रो , फोहोरी रेछ, एस्तो ठाम मा पनि फिलिम&nbsp; सुटिंग हुन्छ र ?&quot; यो फिलिम एउटा गरिब हिरोनी को बारेमा हो क्या, तेसैले एस्तो ठाम मा सुटिंग गर्न पर्या उनीहरु गल्लि को एउटा घर भित्र पस्छन ल त यो कोठा मा बसी राख, म&nbsp; माथि काका संग कुरा गरेर<span lang="EN-

timi_mero_sathi · Jan 3, 2013 10:51 AM

&nbsp;ल त यो कोठा मा बसी राख, म&nbsp; माथि काका संग कुरा गरेर आउछु , काका ले हुन्छ भन्नु भो भने तलाई पनि सुटिंग हेर्न लैजाउला +++++++++++++++++++++++++++++++++++++ प्रोब्लम वाली तो नाही ? &quot;नाही सिधे गाउँ से लाया हु &quot; येह तेरे पैसे, पुरे दो लाख है और सुन अभि एक धनवान ग्राहक है उसके लिए मेरे पास, तु जाके लड़किको&nbsp; सम्झादे और उसके बाद&nbsp; गाएब हो जा &quot; ऐसा हि करुन्गा&quot; XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX ल कोपिला त खुब &nbsp;भाग्यमानी &nbsp;रैछिस किन र ? काका लाई भेटेर कुरा गरे , उनीहरु लाई फिलिम मा एकजना गाउले नेपाली केटि चाहिया छ रे एकै छिन मा&nbsp; फिलिम बनाउने एक जना मान्छे त संग कुरा गर्न आउछ , उसले भन्या भन्या एक्टिंग गर्नु, फिलिम मा खेल्न पौछेस. &quot;साचै&nbsp; हो&quot; ल एस्तो कुरा मा पनि म तलाई धाटुला&nbsp; त ?&nbsp; बरु सुन , म बाहिर गएर खाना लेराउछु , संगै खान पर्ला &quot;छिटो आउ है &quot; धन्दा नमान न, एकै छिन मा आउछु XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX &nbsp; कोपिला कोठा मा एक्लै हुन्छे एकछिन पछि कोठा मा एकजना अधबैंसे पुरुष आउछ कोपिला मनमनै सोच्छे आज यो मान्छे ले भने भने को एक्टिंग गर्न सके भने म एक दिन हिरोनी हुन्छु , बच्चै देखि को आफ्नो सपना पुरा हुने भो भनेर कोपिला मख्ह &nbsp;पर्छे.&nbsp; Last edited: 03-Jan-13 10:54 AM

timi_mero_sathi · Jan 3, 2013 10:52 AM

लौ जा त फसायेरै छाडेछ कोपिला लाइ

serial · Jan 3, 2013 11:33 AM

&nbsp;TMS,&nbsp; तपाईंलाई chrome र word को वैरभावले निम्त्याएको 'कष्ट' (हुनत सानो मुख ठुलो कुरा होला, तर तपाइंको लेखन शैलीसँग अपरिचित पाठकहरुका लागी, कथाले फड्को मार्दा कतै-केही छुट्या पो हो कि भन्ने लाग्न सक्छ, तेही 'कष्ट' को कारणले) बाहेक कथा मज्जैले आफ्नो पटरीमा अघी बढेकोछ । यो कथाको 'चिल्लो पात' ले मलाई मन्त्रमुग्ध पारीसक्यो, अती सान्दर्भिक बिषय अनी उस्तै रोचक पस्काइ; लौ है प्रभु, पेल्दै जाम् ।&nbsp;

caliber19 · Jan 3, 2013 11:50 AM

&nbsp;TMS , अझै आउंदै छ भन्ने थाहा हुदा हुदै नि नलेखी रहन सकिन . &nbsp; एउटी मुस्कुराई रहेकी निश्चल गुलाबको फूल&nbsp; सपनामा मस्त ,&nbsp; आफ्नो यौवनमा मक्ख , सुरक्ष्या दिइरहेका काँडाहरुलाइ सपनाका पर्खाल ठान्छे , टाढा धकेल्छे ति पर्खाल , आफ्नालाइ पराया अनि परायालाइ आफ्ना मान्छे , पर बाट आएको त्यो मानवलाइ आफ्नोमा गन्छे , उसले टपक्क टिप्छ , गुलाब सपना पुराहुने आशामा निर्लिप्त भिज्छे , अनि त्यो मानवले एउटा नयाँ भगवानको समू त्यो गुलाब बेचिदिन्छ&nbsp; आफ्ना आकंछ्या , भाकल अनि इक्छ्या पुरा गर्ने धोकोमा&nbsp; त्यो बिहानीको सित खुल्ला हावामा रमेको गुलाब भगवान अनि पुजारीबाट&nbsp; हरेक दिन कुल्चियिन्छ , थिचियिन्छ , भोगिन्छ&nbsp; बिचारी तुसारापात भएका सपना बोकेकी यस्ता कयौं गुलाब मन्दिर भनिने त्यस कुनामा भेटियिन्छ त्यागिए पछि विछिप्त मुटु आधा जीवन र &nbsp;भारि शरीर बोकेर उ फर्किन्छे&nbsp; फर्केर त्यो गुलाब फेरी बोटमा जोडिन सक्दैन , जोडिने खोजे पनि बोटले जोडिन दिदैन , अरु बोटहरुले त्यो ओइलाएको गुलाबलाइ फुल्न दिदैनन&nbsp; बाँच्न त परको कुरा सपनामा झुल्न दिदैनन&nbsp; हरेक स्वासमा प्रश्न गर्छे बिचारी गुलाब&nbsp; कहाँ गल्ति थ्यो मेरो जो मा यस्तो जीवन बचिरहेचु&nbsp; के भूल त्यो मानवको थिएन जसले गुलाब चुडेर भगवान पुज्दै छ&nbsp; मेरो मरे झैँ रहेको शरीरमा अझै जीवित आत्मा आँशुमा रुझ्दै छ&nbsp; के गुलाब हुनु मेरो गल्ति हो ? के हावामा रम्नु मेरो गल्ति हो ? म एउटा गुलाब आज गलित-दुषित छु रे&nbsp; तर म अझै एउटी मुस्कुराई रहेकी निश्चल गुलाबको फूल हूँ .... &nbsp; हजुरको अरु बाँकि कथाको कुराइमा&nbsp; - थाने &nbsp;

ThahaChaena · Jan 3, 2013 12:14 PM

timi_mero_sathi, कथा सकिएको हो? अर्को भाग पनि छ भनेर कुर्दैछु म त, धेरै राम्रो बिषयबस्तुमा लेख्नुभएकोमा तपाइलाइ धन्यबाद! thahachaena को कबिता सार्है मार्मिक लाग्यो कथा र परिस्थिति अनुसारको।

crazy_love · Jan 7, 2013 7:32 AM

&nbsp; आज चाई &nbsp;मैले छयाम माग्नै पर्ने हुञ्छ साथी हरु संग . कथा सकियो . समाप्त भनेर लेख्न बिर्से. प्रतिक्रिया पढे पछि अलिकती थप थाप पारेर अर्को भाग लेखु कि नलागेको चै &nbsp;होइन तर फेरी किन हो मन ले मानेन. तेसकारण &nbsp;छ्य्माप्रर्थी छु&nbsp; क्याली , चिल्लो पात लाई अरु हुर्काउन सकिएन &nbsp;तेसैले कथा अन्त मा नपुगी सकिएको जस्तो लाग्छ , तर के भने happily &nbsp;lived &nbsp;ever &nbsp;after &nbsp;बाहेक को कथा प्रस्तुति गर्न खोजेको , अब अर्को प्रस्तुति गर्दा तपैले भने जस्तै गोलमाल नहुने किसिम ले confuse &nbsp;नहुने गरेर टस्नु पर्ला&nbsp; थाने ह्रिदयेस्पर्सि कविता , कथा चाई &nbsp;सकियो. येस्तै हुन्छ भन्या कथा लेख्न सुरु गर्यो कहाँ बाट &nbsp;कहाँ पुग्छ , पात्र हरु मेरो चाहना भन्दा बाहिर गैदिञ्छन , नियेंत्रण गर्न सक्दिन ,तेसैले मेरा कथा हरु नचाहदा नचाहदै &nbsp;नाच्दै अचम्म &nbsp;संग टुङ्गिञ्छन क्रेजी तपैले समसमिएक भन्नु भो नभन्दै उस्तै उस्तै एउटा &nbsp;सत्य घटना छापियो पत्रिका मा &nbsp;ल पढ्नुस&nbsp; &nbsp; &nbsp; धनबहादुर खड्का-&nbsp;हाम्रो भेट चार वर्षअघि भएको थियो। ऊ मोडलिङको सानदार दुनियाँमा पाइला सार्दै थिई, म पत्रकारितामा बामे सर्दै थिएँ। शुक्रवार निस्कने एक श्यामश्वेत साप्ताहिकको अन्तिम पृष्ठमा 'फरक पाटो' भन्ने कोलममा नवप्रवेशी मोडल/गायिकाको अन्तर्वार्ता लिन्थेँ म। यसैमा छापिदिन उसैको गाउँको मेरो साथीले चिनाएको थियो। त्यो दिन बागबजारको एउटा क्याफेमा मम खाँदै गर्दा त्यो साथीले भनेको थियो, 'ओई, पत्रकार यसको इन्टरभ्यू छाप् न।' के भनेर छाप्ने? 'मोडल हो नि। अस्ति भर्खर याक एन्ड यतिमा भएको फेशन शोमा हिँडेकी थिई,' उसले भन्यो। अनुहार ठीकै थियो, तर जिउडाल चाहिँ असाध्यै मिलेको थियो। गजबको थियो बान्की। मैले अन्तर्वार्ता गर्ने मोडलले कम्तीमा दुइटासम्म म्युजिक भिडियोमा अभिनय गरेको हुनैपर्थ्याे। त्यसैले म सरी भनेर पन्छिएँ। छुट्टिने बेला उसले भनेकी थिई, 'एकदिन मेरो अन्तर्वार्ता लिन तपाईंले टाइम नपाएर हैरान हुनुपर्नेछ।' उसले हाकाहाकी चुनौती दिई। मैले हात हल्लाउँदै 'अल द बेस्ट' भनेँ। वास्तवमा मैले त्यति मह&OElig;वाकांक्षी र आत्मविश्वासी नवप्रवेशी भेटेको थिइनँ। एक वर्ष यसै बित्यो। एक दिन एक गायकको एल्बम लन्च कार्यक्रममा उसलाई भेटेँ। उक्त गायकको भिडियोमा सहायक मोडलका रूपमा देखिएकी रहिछ ऊ। एक्टिङ, डान्स सबै सिकिरहेकी छु भन्थी। त्यसको केही दिनपछि पुतलीसडकमा भेटेर एउटा अन्तर्वार्ता लिएँ। अन्तर्वार्ता छापिएन। तर, 'चम्किँदै ...' भनेर समाचार छापियो। ऊ खुशी भई। केही निर्माता/निर्देशकले फोन गरेछन्। भिडियोमा पनि अफर आएछ। त्यसपछि भने निरन्तर मेरो सम्पर्कमा रही। यही खुशीयालीमा एक दिन दरबारमार्गमा डिनरको निम्तो दिई। पहिलोपल्ट उसलाई मैले साँच्चीकै मोडल देखेको थिएँ। रातो वान्पिसमा साँच्चै सुन्दर देखिएकी थिई ऊ। उसैले खाना अर्डर गरी र भनी, 'अबको एक वर्षमा म को हुन्छु थाहा छ?' मैले जिस्क्याउने पाराले भनेँ, 'रेखा थापा।' नेपालमा चलेकी स्टार उनै थिइन्। उसले होइन भन्ने संकेतमा टाउको हल्लाई। पछि भनी, 'तपाईंलाई मन पर्ने त्यो बलिउडकी नायिका छ नि कैटि्रना कैफ, हो त्यस्तै हुन्छु।' म उसको 'ओभरएम्बिसन'ले आतंकितजस्तै भएँ। 'तिमी असाध्यै मह&OElig;वाकांक्षी भयौ,' मैले उसलाई सचेत गराउन चाहेँ, 'अतिले खति गर्छ भन्ने सुनेकी छौ नि?' उसको अडान कायम थियो, 'सुपरस्टारमा हुनुपर्ने सबै कुरा छन् मसँग। नाच्न, अभिनय गर्न र फाइट गर्न जान्ने भइसकेकी छु।' मेरो फिल्म पत्रकारिता अनुभवले नेपालमा स्टार हुन सजिलो छैन भन्ने बताउँथ्यो। मैले उसलाई सबै बेलिविस्तार लगाएँ। ऊ भन्थी, 'सोझासाझा केटी हुन् त्यसरी फस्ने।' त्यसको एक वर्षपछि पनि उसले कुनै फिल्म गरिन। दुइटा फिल्ममा अफर आएको बताई, यो बीचमा। एउटाको उसले कथा भन्नेबित्तिकै मैले नै नगर भनिदिएँ। अर्काे चाहिँ उसले डाइरेक्टरसँग झगडा गरेर छाडिछ। दशैँ शुरु हुनुभन्दा अघि नै म घर गएँ। उसको चाहिँ घरमा जुठो परेकाले दशैँ छैन भन्थी। म मेरो घर (बाजुरा) मै हुँदा एकपटक फोन गरेकी थिई, 'दाइ, मैले राम्रो फिल्म पाएँ नि' भन्दै। मैले बधाइ र शुभकामना दिएँ। फिल्ममा कुनै स्टार कलाकार नभएकाले लिड रोलमा आफू नै छु भन्थी। तिहारलगत्तै सुटिङ शुरु हुने पनि सुनाएकी थिई। तिहारपछि सम्पर्क गरिन। मैले सोचेँ सुटिङमा व्यस्त होली। काम पनि थिएन। मंसिर अन्तिम साता हो क्यारे। त्यस्तै बिहानको सात बजेको हुँदो हो। म चिया खाँदै पत्रिका पढिरहेको थिएँ। उसको फोन आयो। यसअघि उसले बिहान कहिल्यै फोन गरेकी थिइन। उठाएँ। उताबाट बोली, 'दाइ नमस्कार।' मैले पहिलोपल्ट उसको ऊर्जाहीन आवाज सुनेको थिएँ। मैले नमस्कार फर्काएँ। तर, उसको ऊर्जाहीन आवाजबारे कुनै प्रतिक्रिया दिइनँ। हालखबर सोधेँ। हालखबर खराब भएको बताई। 'के भयो?' मैले सोधेँ। ऊ रोईमात्र। काठमाडौँ आएपछि सविस्तार बताउने तर त्यो लेख्न नपाउने शर्त राखी। मैले सहमति जनाएँ।&nbsp; त्यही दिन दिउँसोको फ्लाइटमा काठमाडौँ आई तर दुई हप्ता मोबाइल स्विच अफ गरेर बसी। तेस्रो हप्ताको शुक्रवार उसैले फोन गरेर भेटौँ भनी। पुतलीसडकको कुमारी क्याफेमा भेट्यौँ। कालो रङको बाक्लो लङ कोट र कालै जिन्स पाइन्टमा आएकी थिई। कपाल राम्ररी मिलाएकी थिइन। पहिलोपल्ट मेकअपहीन उसको अनुहार मेरोसामु हाजिर थियो। मभन्दा बढी बोल्ने उसले पहिलोपल्ट आवाजबिना नमस्कार गरी तर भनिन, 'मेरो छोटे डन दाइ'। ऊ मलाई जहिल्यै 'छोटे डन दाइ' भनेर जिस्क्याउँथी। शुरुमा मन पर्थेन, पछि पचाउनै पर्&zwj;यो पचाएँ। बिस्तारै यो शब्द प्रिय लाग्न थालेको थियो।&nbsp; यसपटक मैले नै अगाडि मुख खोल्नुपर्&zwj;यो। उसले जब मुख खोली, एक घण्टा रोकिइन। उसले फाँद लाई, तिहार सकिएको पर्सिपल्ट ऊ पोखरा गएकी थिई, एउटा फिल्मको सुटिङका लागि। उसँग डिल गर्ने निर्माताका अनुसार निर्देशक पोखरामै थिए, अन्य युनिट गाडीमा गए पनि निर्माताले उसलाई प्लेनको व्यवस्था गरेका थिए। यसका साथ बीस हजार रुपैयाँ साइनिङ एमाउन्ट भनेर दिएका थिए। असी हजारमा फिल्म खेल्ने टुंगो लागेको थियो । स्त्रि्कप्ट पाएकी थिइन। साउदीतिर काम गर्न जाने नेपाली दिदीबहिनीको कथामा फिल्म बन्ने निर्माताले बताएका थिए। शुरुमा निरीह भएर त्यहाँ पुग्ने, उसले पछि गुन्डालाई रामधुलाई गरेर त्यहाँ दुःख पाएका सबै चेलीको उद्धार गर्नुपर्ने कथा थियो। मुख्य पात्र आफैँ भएकाले पहिलो फिल्ममै काम देखाउन सक्ने ठाउँ थियो। पोखरामा सात दिन वर्कसप गरेर स्याङ्जा एउटा गाउँबाट फिल्म सुटिङ थाल्ने र दुबईमा पुगेर सकाउने योजना ती निर्माताले बताएका थिए। ऊ निर्माता भन्नेको निर्देशनअनुसारै पोखरा पुगी। उसले बुक गरेको होटलमा गई। अरू निर्माण युनिट बाटोमा रहेको निर्माताले फोनमा बताइरहेका थिए। त्यसैले ढुक्क भएर बसी।&nbsp; बेलुकाको सात बजेको हुँदो हो, हस्याङफस्याङ गर्दै निर्माता आइपुग्यो, 'अरू युनिट बाटोमै छ, तिमीलाई न्यास्रो लाग्योहोला' भन्दै। कहिलेकाहीँ खुशीमा अलिकति पिउने गर्थी ऊ। त्यो दिन पनि खुशी थिई। अरू नआउन्जेल ड्रिंक्स गरेर बस्ने निर्माताको आग्रह टार्न सकिन। ती पुरुष बेला-बेला फोन गर्थे, गाडी कहाँ आइपुग्यो भनेर। 'गाडी बिग्रियो, ढिला हुन्छ रे,' निर्माताले जानकारी दियो। दुवैले खाना खाए। सँगै उसको रुममा गएर एकछिन टिभी हेरे। उसले केही शंकै गरेकी थिइनँ। जब उसलाई निद्रा लाग्न थाल्यो, 'तपाईं आफ्नो कोठामा जानुस्' भनी त्यसपछि ती पुरुष जिस्किन थाले। एकछिनमा उनका बलिष्ठ पाखुराले उसलाई कब्जामा लिए। त्यसपछि उसको चित्कार सुन्ने टिभीमात्रै थियो। त्यो पनि ठूलो आवाजमा बोलिरहेको!&nbsp; त्यो रात त्यो पुरुषले उसलाई प्रयोग गरिरह्यो। भोलि बिहानै ऊ बेपत्ता भयो। एसाथीको सहारामा उसको घर खोजी उसले। तर, ठेगाना गलत थियो। पछि थाहा पाई, ऊ त दशैँतिहार मनाउनमात्रै नेपाल आउने रहेछ। भोलिपल्टको फ्लाइटमा विदेश पुगिसकेछ। प्रहरीलाई खबर गर्दा झन् आफ्नै बदनाम हुने ठानेर चुप लागिछ। पत्याउनै नसकिने कथा भनिरहँदा ऊ थोरै रोई, धेरैपल्ट आक्रोशित भई। यस्तो लाग्थ्यो, यसअघिसम्म ऊ बेहोसीको दुनियाँमा बाँचिरहेकी थिई। 'हो रहेछ दाइ, सजिलो रहेनछ स्टार हुन,' उसले मानौँ ब्रह्मज्ञान पाएकी थिई।&nbsp; 'अकुपाई बालुवाटार' आन्दोलन चलिरहेको छ। ऊ त्यहाँ दिनहुँ पुग्छे र नारा लगाउँछे। (Source:www.nagariknews.com/friday/51983-2013-01-13-10-28-59.html)

timi_mero_sathi · Jan 14, 2013 1:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all