आमा र हजुरबाको फोटो हेर्दै धुरुधुरु रोइन श्रुतीकी छोरी ● मिलन बगाले अंग्रेजी नयाँ बर्षको एकाबिहानै सामाजिक सञ्जालको भित्तामा एउटी स्यानी बच्ची रोइरहेकी देखे । बुझ्ने रहर जाग्यो । फोटो ठूलो पारेर हेरे । कठै ! ति बच्ची गिर्वाणी रहिछिन् । स्वर्गीय राजकुमारी श्रुतीकी छोरी गिर्वाणी ! आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी । तिनको आँसुले मेरो मन बेस्सरी अमिलो भो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रसम्बन्धी फोटो प्रर्दशनी गरेका रहेछन पूर्व शाहीचिकित्सक डा. खगेन्द्र श्रेष्ठले । त्यही प्रदर्शनी हेर्दै गिर्वाणी रोईरहेकी रहिछिन् । यतिविघ्न मन छुने र मन रुने फोटो खिच्नेलाई धेरै धन्यवाद । गिर्वाणी र उनकी बहिनी सुरंगनाले आफ्नी आमा र हजुरबालाई राम्ररी देख्न पाएनन् । दरबार हत्याकाण्ड हुँदा दुबै साना थिए । अहिले कुरो बुझ्ने भईसके । आमा मारिएपनि उनीहरुका बा गोरख भाग्यले बाचे । नमारिएका भए यिनीहरुका हजुरबा अहिले ६८ बर्षका हुने थिए । पुस १४ गते नेपाली जनताले यिनका हजुरबालाई फेरि सम्झिए । मनमनै पूजा गरे । श्रद्धाका फूलपाती चढाए र बेस्सरी थक्थकाए । वीरेन्द्र बाचेका भए ! ज्ञानेन्द्र—पारस राजा र युवराजजस्ता नभइदिएकाले छदाँखादाँको राजसंस्थै फाल्नपर्‍यो हामीले । गिर्वाणीका हजुरबा ज्ञानी थिए । आफ्ना बाबुले लादेको नराम्रो ब्यवस्था यिनले निकैबर्ष धाने । पञ्चायत धान्नु हुदैनथ्यो पढेलेखेका राजाले । परम्पराबादी घेरोले उनलाई बाध्यो । उनी पनि बाधिन रुचाए । आन्दोलन चर्किएपछि २०३६ सालमा जनमतसंग्रह गराए । जालझेलका कृपाले त्यतिबेला पञ्चायत धानियो । २०४६ सालमा धानिएन । शासन सत्ताको साँचो जनताका मान्छेलाई बुझाएर खोपाको देउता बन्न यिनी राजी भए । २०४६ सालपछि नै वीरेन्द्र जनताको मनमन्दिरमा बास गरेका हुन् । पञ्चायतमा यिनलाई बमले उडाउन खोजिएको थियो । ‘वीरे चोर, देश छोड’को नाराले काठमाडौं घन्किएको थियो अरे । इतिहासका किताब पढेर थाहा पाएको हु मैले । संवैधानिक राजालाई जनताले बढी सम्मान गदौरैछन भन्ने भेउ वीरेन्द्रले बलियोसग महसुस गरे क्यार, मृत्युपर्यन्त लक्ष्मणरेखा नाघ्ने रहर गरेनन । अनि सर्वत्र पूजिए । २०४६ सालको जनआन्दोलनपछि वीरेन्द्र खोपाको देउता त बने, तर खोपामा बन्दुक पनि साथै राखे । उनी परम सेनाधिपति थिए । सेना ‘शाही’ थियो । उनको घरको भित्तो अग्लो थियो । भित्ताका ठाउँठाउँमा बडेबडे बन्दुक बोकेका सिपाहीले पहरा दिन्थे । भित्तोमुनि हिड्ने अधिकार कसैलाई थिएन । भित्तोतिर हेर्ने अधिकार पनि कसैलाई थिएन । भित्तो हेरे आखै फुक्लिने डर । सास फेरे सासै फुक्लिने डर । डरैडरको घरभित्र बन्दुकको भर मानेर गिर्वाणीका हजुरबा बसेका थिए । जनतासग अलग्गीएर बन्दुकको आडमा अग्लो पर्खालभित्र बस्नु राजा वीरेन्द्रको भयंकर गल्ती थियो गिर्वाणी । अग्लो पर्खालभित्र राजा वीरेन्द्रका शत्रुमात्रै थिए अरे । कोही ‘बाउको शासन मास्यो’ भनेर हप्काउथे अरे । कोही तेस्सै डराएर कांग्रेस -कम्युनिष्टलाई देश बुझाईस’ भन्थे अरे । कोही ‘बाउले झै फेरि उपध्रो गरेर शासन खोस’ भन्थे अरे । हप्काउनेका कुरा उनले सुनेनने अरे । पर्खालबाहिर भने यिनका शुभचिन्तक मात्रै थिए । सप्पैले मन पराउथे । देख्न खोज्थे । हेर्न खोज्थे । सुन्न खोज्थे । छुन खोज्थे । उनी बेलाबेलामा आईदिन्थे । हासिदिन्थे । बोलीदिन्थे । राजा जनता देखेर दंग पर्थे । जनता राजा देखेर । गजबको मेल थियो राजा -जनताको । जनताको आस्थाले राजसंस्था बाचेको थियो । बाहिर सुखी देखिएका राजा वीरेन्द्र र उनका परिवार दरबार नामको एम्बुसभित्र गुम्सिएर बसेका थिए । जन्मजात बानी परेकाले उनी एम्बुसभित्रै रमाइरहेका थिए । एम्बुसमा रमाउनु एक्काईसौ शताब्दीका पठित राजाको ठूलो भूल थियो, नेपाली जनताका लागी ठूलो क्षति । एउटा कालो राता आयो २०५८ जेठमा । त्यो रात आत्मघाती एम्बुस पडकियो र ३ हजारभन्दा बढी सेनाले घेरिएका राजाको परिवार नष्ट गर्‍यो । पर्खाल अग्लो थियो । पर्खाल होचो भइदिएको भए जनता भित्र पसेर राजाको उद्धार गर्ने थिए । रानीको उद्धार गर्ने थिए । गिर्वाणीकी आमालाई पनि बचाउने थिए । देउता खोपामा थिए । खोपाका वरिपरि हतियारका खपटा थिए । हतियारका खपटा छिचोलेर आफ्ना देउतासामू नेपाली जनता पुग्नै पाएनन । गिर्वाणी , तिमी हतियारलाई घृणा गर । हतियारले तिम्री आमा खाइदियो । आमाको न्यानो काख र हजुरबाको प्यारो काधबाट तिमी र तिम्री बहिनीलाई सदाको लागी बन्चीत तुल्याइदियो । नेपाली जनताका प्यारा राजालाई खाइदियो । तिम्रा आसुँले हत्यारा र हतियारलाई बेस्सरी पोल्नेछ । तिमी ज्ञानी बन्नु । श्रुतीकी छोरी र वीरेन्द्रकी नातिनीको रुपमा नेपाली जनताले तिमीलाई सधैं माया गर्नेछन् । नानी, तिम्रो सधैं जय होस् । फेसबुकमा उनकोना ब्यक्त मलाई मन परेको दिघ श्रेष्ठको प्रतिक्रिया गिर्वाणी , तिमी हतियारलाई घृणा गर । हतियारले तिम्री आमा खाइदियो । आमाको न्यानो काख र हजुरबाको प्यारो काधबाट तिमी र तिम्री बहिनीलाई सदाको लागी बन्चीत तुल्याइदियो । नेपाली जनताका प्यारा राजालाई खाइदियो । तिम्रा आसुँले हत्यारा र हतियारलाई बेस्सरी पोल्नेछ । तिमी ज्ञानी बन्नु । श्रुतीकी छोरी र वीरेन्द्रकी नातिनीको रुपमा नेपाली जनताले तिमीलाई सधैं माया गर्नेछन् । नानी, तिम्रो सधैं जय होस् । (सामाग्रिमनपरेरशब्दचित्रडटब्लगस्पटडटबीईबाटसाभारगरिएकोहो । तर यो सामाग्रि त्यस ब्लगमा भने ‘बन्दुक, पर्खाल र गिर्वाणीका आँसु’ शिर्षकमा प्रकाशित थियो ।)
cybernepali · Jan 2, 2013 9:19 AM · 17,445 views
Happy New Year Sweet Sister!! We always loved your family & forever wil ... Best Wishes 2013
Sujhab · Jan 2, 2013 9:49 AM
Such a lovely pic. I almpst cried.
facebook · Jan 2, 2013 12:06 PM
she is so adorable and so lovely, so was her later mother. yesto lagyo, we Nepalese get our princess back. God bless her.
sojoketo · Jan 2, 2013 12:30 PM
All the best little princes.
old jeans · Jan 2, 2013 12:59 PM
she is so adorable, exactly resembels shruti. godbless her
kittys · Jan 2, 2013 1:21 PM
politicians and so called leaders in Nepal bent over for big globalist cock, and they seem to like it so far, hence the condition of Nepal now, deplorable.
sajhaguy69 · Jan 2, 2013 3:04 PM
WOW.....such a lovely picture. Truly looks like a princess. Please accept my salutation princess.
freedom2012 · Jan 2, 2013 3:45 PM
Sometimes, I think with the demise of King Birendra,one age, that was more stable and responsible came to an end. Though, I hesitate to say it was golden age,after his demise we gradually headed toward disintegrated, instable and more corrupt society. After 12 years of his demise we can see and experience the state of our Narion.
rakeshkc · Jan 6, 2013 11:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion