‘राति फुल्ने फूलहरू’ कविता पुस्तक विमोचित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                               ‘राति  फुल्ने फूलहरू’ कविता पुस्तक विमोचित काठमाडौँ ,पुष १५,२०६९ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले कवि प्रकाश नेपालको कवितासङ्ग्रह ‘राति फुल्ने फूलहरू’ को विमोचन कार्यक्रमको आयोजना गर्यो । सो कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो । सो अवसरमा उपकुलपति उप्रेतीले विदेशी भूमिमा बसेर नेपाली साहित्य सिर्जना गर्ने स्रष्टारूको प्रशंसा पनि गर्नुभयो । अध्यक्ष एवं अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक  देवी नेपाल र साहित्यकार शैलेन्द्र  साकारले सो कृतिबारे आ–आफ्नो समालोचकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा पेन नेपालका महासचिव प्रकाश ए राज, बाबु नेपाल, संस्थाका महासचिव सन्ध्या पहाडी र सदस्य यादव भट्टराई लगायतले विमोचित कृतिबारे मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा कविद्वय राजेन्द्र शलभ र मणिराज सिंहले विमोचित कृतिबाट कविता वाचन गर्नु भएको थियो । कबि प्रकाश नेपाल  वाशिंगटन डिसी महानगरीय क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आई रहनु भएको छ भने वहा एक क्रियाशील समाज सेवी पनि हुनु हन्छ lअमेरिका मै अध्ययन पुरा गरि सूचना प्रबिधि क्षेत्रमा संलग्न हुनु हुन्छ lसानै देखि साहित्यमा रुचि राख्ने र वाशिंगटन डिसीमा अ ने सा सले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान भै सक्नु भएका नेपाल वाशिंगटन डिसी महानगरीय शाखाको अधक्ष्य हुनु हुन्छ भने अन्य सामजिक संस्थाहरुसंग आबद्द रहनु भएको छ l विजय थापा   भर्जिनिया ,अमेरिका  

ANATEXAS · Dec 30, 2012 2:06 PM · 2,276 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all