डिसीमा पत्रकार ,समाजसेवी तथा खेलाडी सम्मानित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                             डिसीमा पत्रकार ,समाजसेवी तथा खेलाडी सम्मानित  अमेरिका ,म्यारिल्याण्ड ,पौष १४ गते l वाशिंगटन डिसी महानगर गैथर्सबर्ग नेपाली  समुदायको अगुवाईमा पौष १४ गते आयोजित नया बर्ष २०१३ मनाउने अवसरमा वाशिंगटन डिसी महानगर क्षेत्रबाट बिधुतिय पत्रिका संचालन गर्नु हुने पत्रकारहरु ,नेपालका पूर्व खेलाडी तथा प्रशिक्षक तथा समाजसेवीलाई एक भब्य कार्यक्रमका बीच सम्मान गरियो l उक्त कार्यक्रमको मुख्य उदेश्य सम्मान कार्यक्रम र अमेरिकामा बसोबास गर्दै आउनु भएका नेपालका पूर्व राष्ट्रिय खेलकूद परिषदसंग सम्बन्धित खेलाडी ,सदस्य तथा पदाधिकारीहरु बीच पुनर्मिलन गर्नु रहेको थियो lकार्यक्रमको पहिलो सत्रमा सम्मान कार्यक्रम राखिएको थियो भने दोश्रो सत्रमा नया बर्ष २०१३ मनाउन सांगीतिक साँझ आयोजना गरिएको थियो l उक्त कार्यक्रमको आयोजना गर्ने मुख्य जिम्मेबार लिनु हुने वरिस्ठ कवियत्री ,साहित्यकार तथा समाज सेवी सीता पाण्डेको बिसेष पहल तथा म्यारिल्याण्डका स्थानीय समुदायले गरेका थिए भने सीता पाण्डे नै यस कार्यक्रमकी संयोजक रहेकी थिईन l संचार क्षेत्रमा सम्मानित हुनेहरुमा वाशिंगटन डिसी महानगर क्षेत्रबाट इस्वी सन् २००६ बाट संचालित डिसी नेपाल डटकमका प्रधान सम्पादक प्रमुख रामहरी सुबेदी , जनवरी १ ,२०१२ देखि संचालनमा ल्याईएको ईनेपालिज़ डटकमका प्रधान सम्पादक तथा रिपोर्टर्स कल्बका सस्थापक कोषाधक्ष्य विश्व राज थापा ,यसै गरि बाल्टिमोरबाट संचालित ग्लोब नेपाल डटकमका प्रधान सम्पादक तथा नेपाल अमेरिका पत्रकार संघका वरिस्ठ उपाधक्ष्य गौतम दाहाल  र बिधुतिय पत्रिकाका लागि कलम चलाई रहने लेखक ,समाज सेवी तथा स्वतन्त्र पत्रकार विजय थापा हुनु हुन्थ्यो l अरु बिबिध क्षेत्रमा सम्मानित हुनेहरुमा नेपालका ख्याती प्राप्त पुर्व वरिस्ठ कराते खेलाडी तथा गुरु थानेश्वर राईलाई आजीवन (जीवन काल )पुरस्कारबाट सम्मान गरिएको थियो भने नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन )का वर्तमान अधक्ष्य तथा समाज सेवी बिष्णु कुमारी थापा ,नेवाः संगठन अमेरिकाका अधक्ष्य सिजन श्रेष्ठ तथा युवा प्रतिभा सम्मान स्वरुप नेपालबाट भर्खर अमेरिका आएकी ओजस्वी पाण्डेलाई एक भब्य कार्यक्रमका बीच सम्मान गरिएको थियो lउक्त कार्यक्रममा वाशिंगटन डिसी , नेपाली दूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले सबैलाई बधाई दिदै प्रशंसा पत्र प्रदान गर्नु भएको थियो lउक्त कार्यक्रममा उपस्थित हुनु भएकी संचार कर्मी तथा पुर्व नेपाल टेलीभिजनकि समाचार वाचिका तथा हाल अमेरिका नेपाल टेलीभिजनकि कि कार्यकारी प्रमुख रमा सिंहलाई पनि सम्मान गरिने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक सीता पाण्डेले अवगत गराउनु भएको थियो l मुलुकमा एकता हुन् नसकेको हुनाले राष्ट्रिय खेलकूद परिषदसंग सम्बन्धित पुर्व खेलाडी तथा सदस्यहरु बीच अमेरिका पुनर्मिलनको गठनबारे प्रख्यात खेलाडी प्रकाश थापाले जानकारी गराए भने खेलकूद परिषदका युवराज लामाको संदेश पनि सुनाईएको थियो l सम्मानित हुनेहरुलाई पनि छोटो मन्तब्य व्यक्त गर्ने मौका दिईएको थियो र मन्तब्य ब्यक्त गर्नु हुनेहरुमा स्वतन्त्र पत्रकारितामा प्रवेश गर्नु हुने विजय थापाले सम्मान भएकोमा गौरब गरेको ,आयोजक तथा सिता पाण्डेलाई कृतज्ञता ज्ञापन गर्दै संचार क्षेत्रमा लाग्ने पत्रकारले अध्यारोमा तिर नहान्नु हुने र अध्ययन गरेर कलम चलाउनु पर्ने कुरामा जोड दिनु भएको थियो l संसार भरि आफ्नो सामग्री प्रकाशित हुने जानकारी दिनु भएको थियो l कराते खेल नेपालमा भित्राउने अग्रज खेलाडी तथा प्रशिक्षक गुरु थानेश्वर राईले आफु अमेरिका आए पनि खेल जीवनबाट सन्यास नलिई खेललाई जगाई राख्न र नेपाल र नेपाली समुदायको हितको निम्ति संघको स्थापना गरेको र यसै मार्फत सहयोग गर्दै आएको कुरा उल्लेख गर्नु भएको थियो l नेवा संगठन अमेरिकाका अधक्ष्य सिजन श्रेष्ठले पनि धन्यबाद दिदै संगठन बारे छोटो जानकारी दिदै संस्कृतिको सम्बर्धन गर्न संगठन क्रियाशील रहेको जानकारी दिदै अमेरिकाको अन्य राज्यमा शाखा खोलेको खुलाशा गर्नु भयो भने अर्का सम्मानित हुने समाजसेवी बिष्णु कुमारी थापाले आफुलाई सम्मान गरेकोमा हर्ष व्यक्त गर्दै १५ बर्ष अगाडी नेपाली समुदायमा हुने कार्यक्रमा आफु खोजि खोजि सहभागी भएको संस्मरण गर्नु भएको थियो l मन्तब्य कै क्रममा लामो समय देखि नेपाल र अमेरिकामा पनि पत्रकरितामा संलग्न रहनु भएका ग्लोब नेपलम डटकम का प्रधान सम्पादक गौतम दाहाले आफु त्यहा उपस्थित वरिस्ठ पत्रकार योगेश उपाध्याय को सामुन्ने आफु केहि नभएको भन्दै नाम लिदै सम्मान गर्नु भएको र कार्यक्रम संयोजक सीता पाण्डेलाई  कृतज्ञता ज्ञापन गर्नु भएको थियो भने कसरि नेपाल ,भारत हुदै आफु अमेरिका पसेकोबारे संक्षेपमा मन्तब्य  राख्नु भएको थियो l डिसी नेपाल डटकमका संचालक रामहरी सुबेदी अनुपस्थित हुनु हुन्थ्यो l ६ महिना अगि मात्र नेपालबाट अमेरिका आएकी बैनी तेजस्वी पाण्डेले अमेरिका आउदा रमाएको तर जीवन ब्यस्त देख्दा निरास लागेको भन्दै सबैलाई रमाईलो वातावरण बनाई दिएकी थिईन lकुनै पनि मानिसमा प्रतिभा हुन्छ र त्यसलाई बाहिर निकाल्नु पर्छ भनीन lछोटो समयमा नै डिसी क्षेत्रमा नाम चलाउन सफल तथा र हरेक कार्यक्रममा पुग्न भ्याउने ईनेपालीज डटकमका प्रमुखले विश्व राज थापाले धन्यबाद ज्ञापन गर्दै बिधुतिय पत्रिका बारे छोटकरीमा जानकारी दिनु भएको थियो l   प्रमुख अतिथिको मन्तब्य दिदै नेपाली राजदूतावासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले आयोजक लाई धन्यबाद दिदै दूताबास तथा आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नया बर्षको शुभकामना दिनु हुदै सम्मानित हुनेहरुलाई बधाई दिदै यसबाट सबैले सिक्नु पर्ने र सम्मानित हुनेहरुबाट समाजमा केहि योगदान मिल्ने छ भन्दै मन्तब्य टुंग्याउनु भएको थियो l धन्यबाद ज्ञापन गर्दै नेपालका पुर्व राष्ट्रिय खेलाडी तथा गैर आवाशीय संघ ( राष्ट्रिय समन्वय समिति )अमेरिकाका मिलन राईले १९८३ मा मलेसियामा भएको खेलमा आफु र त्यहाँ उपस्थित भएकाहरुको संस्मरण सुनाउदै एन आर एन एन अमेरिकाले नेपालमा जल बिद्युतमा लगानी बारे जानकारी दिनु भएको थियो भने हाल बिदेशमा बसेका नेपालीहरुलाई नागरिकतालाई निरन्तरता दिनु पर्ने कुराको आवाज संघले उठाई रहेको जानकारी गराउनु भएको थियो l उक्त कार्यक्रमको सभापतित्व सन् १९६७ मा नेपाल प्रति अगाध श्रद्धा राख्ने द्वारा स्थापित उत्तर अमेरिका कै जेष्ठ गैर मुनाफा सामजिक संस्था अमेरिका नेपाल समाजका भर्खरै नव निर्वाचित हुनु भएका डा ठाकुर पुडासैनीले गर्नु भएको थियो भने वहाले मन्तब्य ब्यक्त गर्दै नेपाली समुदाय अमेरिकामा तिब्र गतिमा बृद्दि भै रहेको र हाल अझ नेपाली समुदाय राम्रो अवस्थामा रहेको छ भन्दै 'सम्पूर्ण सदैब खण्ड खण्ड भन्दा बृहत हुन्छ ' भन्दै उक्त संदेश दिनु भएको थियो l कार्यक्रमको दोश्रो चरणमा सांगीतिक साँझको श्री गणेश जुम्बा नृत्य तानिया फिलिप्सले गराएकी थिईन lनेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु द्वारा पनि उक्त नया बर्ष हर्षो उल्लासका साथ् सम्पन्न भएको थियो  lभलिवलका पूर्व राष्ट्रिय खेलका प्रख्यात खेलाडी तथा टोलि प्रमुख सुनिल चौधरीले राम कृष्ण ढकालको रिसाउदा पनि आफ्नै र मन पराउने हजार गरि दूई गीत गाएका थिए भने लोक गायक रामप्रसाद खनालले वर्तमान अवस्थामा देश र नेपालीहरुको खुट्टा तान्ने प्रवृति बारे चित्रण गर्दै कस्तो चलन हो ,केहि गर्न  नहुने र हो कि हैन हो गीत गाउनु भयो lपप सम्राट ' ओम बिक्रम बिस्ट ' ले पनि नचाउने गीत गाउनु भएको थियो र अन्य नव प्रतिभाकलाकारहरुले पनि आफ्नो कला प्रदर्शन गरेका थिए l कार्यक्रम संचालन सिता पाण्डेले गर्नु भएको थियो भने उक्त कार्यक्रमको लागि भर्जिनिया ,वाशिंगटन डिसी र म्यारिल्याण्डबाट बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि,संचारकर्मी तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको गरिमा उपस्थिति रहेको थियो l

ANATEXAS · Dec 30, 2012 8:26 AM · 3,150 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all