भाषाको चिन्तन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                 भाषाको चिन्तन    सोझो अर्थमा भाषाको ब्याख्या गर्ने हो भने भाषा बिचार बिमर्श गर्ने एक माध्यम हो l भाषाको महत्व दिनहु दिन बढी रहेको हामी सबैले अनुभति गरि रहेका छौ lजनसंख्या बढ्ने क्रमसंगै मुलुकको कहाली लाग्दो धमिलिएको अस्थिर राजनैतिक अवस्थाको कारण असंख्य मानिस देशप्रेम र राष्ट्रियतालाई लत्याउदै बिदेशिदै क्रम खहरे खोला झैँ बढी रहेको छ lयुवा पिढी भनेका भविष्यका कर्णधार हुन् l उनीहरुमा राष्ट्र हाक्ने र निर्माण गर्ने अदम्य साहस र बिबेक निहित हुन्छ lराजनीतिज्ञहरुबाट कुर्सिको लागि प्रदर्शन गरिएको प्रतक्ष्य ताण्डब नृत्य देखि बितृष्णा जागी पलायन हुनु निको सम्झी मात्री भुमि प्रति सद्भाव हुदा हुदै बिदेशीमाटो रोज्न र खोज्न बाध्य हुन्छन l   परदेशी माटोमा रहेर पनि नेपाल आमाका सच्चा सपूत नैराश्यताको साथ आफु जिउदै मरेर पनि लास सरह मुलुकको सम्झनामा र मुलुकले लगाएको गुणको पैचो तिर्न सदैब तैयार हुन्छन lर यिनीहरु जागृति फैलाउने र सन्देस दिने उदेश्य अनुरुप आफ्ना बिचार र भावना पोख्न कविता ,कथा ,गीत र साहित्यलाई हतियार सरह प्रयोग गरि बिरह पोखी रहेका हुन्छन lहामी नेपाली जहाँसुकै ,जुनै मुलुक गएता वा हराएता पनि हामी नेपाली हौ र हामी नेपालीमा नै नेपाली समुदायमासंग बोल्न रुचाउछौ l किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो l हाम्रो पहिचानको खातिर  नेपाली भाषा प्रति गर्व गर्दछौ र मन भित्र गुम्सिएर रहेका बेदनाहरु यसै माध्यमबाट पोख्दछौ l    किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् l नेपाली भाषा बिना त हाम्रो जीवन नै चल्न नसक्ने हुन्छ lहामी हाम्रो राष्ट्र रहे सम्म हाम्रो राष्ट्रिय भाषा र सम्पर्कको भाषा प्रति सदैब सम्मान गर्न चाहन्छौ l नेपाली भाषा र शब्द धनाड्य छ तर भाषाको विकास हेतु मनग्य सापटी लिएर काम चलाईएको छ l जुनसुकै भाषामा पनि अरु देश ,राष्ट्र ,समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ lनेपाली भाषा पनि अछुतो रहन सकेको छैन र यसरि नै निर्माण गरिएको छ l संस्कृत भाषालाई नेपाली भाषाको जननी मानिन्छ l यसै कारण नेपाली भाषामा संस्कृत प्रचुर मात्रामा उधारो लिइएको छ lसंस्कृतबाट नेपालीमा हुबहु मूलरूपमै आएका शब्दलाई तत्सम्‌ शब्दभनिन्छ भने संस्कृतबाट केही परिवर्तित र संशोधित भएर आएका शब्दलाई तद्‌भव भनिन्छ   परदेशमा नेपाली भाषाले गहिरो साईनो लगाई दिन्छ र यो भाषाले सबैको मन प्रफुल्ल बनाई दिन्छ lबिदेशी माटोमा हामीले ज्यादा भन्दा ज्यादा उपयोग गर्न सकियो भने हाम्रा पिढीहरुलाई भाषाको महत्व र मर्म बुझ्ने छन र उनीहरुको ध्यान नेपाली भाषा तिर जान्छ lआफ्ना बालबालिका र सन्तानलाई नेपाली भाषाको ज्ञान र शिक्षा दिनु अपरिहार्य हुन्छ किनभने जस्तो वातावरणमा हुर्कियो नया पिढीहरुले त्यही टिप्छन lहामीले कहिले हिन्दि भाषा सिकेनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोलि रहेका हुन्छौ किनभने बुझे पनि नबुझे पनि निरन्तर हेराई पश्च्यात त्यो बोल्न सक्ने भयौ lयसै गरि हामी आफ्नो घर र घर भित्र आफ्ना परिवार र सन्तानहरुसंग नेपाली भाषा र प्रयोगको भाषालाई प्राथमिकता दियौ भने हाम्रो पहिचान कहिले नअस्ताउने हुन्छ र नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ l   अंग्रेजी भाषा बिना कहिँ पनि बाच्न नसकिने हुन्छ यस अर्थमा जसरि अंग्रेजी भाषाको लागि हामी र हाम्रा सन्तानहरुले उच्च प्राथमिकता दिने गरेका छौ त्यसै गरि हाम्रो भाषा नेपाली भाषालाई पनि सोहि अनुरुप माया मात्र गरे हाम्रो भाषा कहिले पछि नपर्ने हुन्छ lएक जना बिदेशीको उपस्थितिको कारण हामी हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमा ल्याउदा आश्चर्य हुनु स्वाभाविक हुदो रहेछ र विदेशीले पाहुनाले नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु पनि सहि हुन्छ l   संस्कृत नेपाली भाषाको स्रोत होlकुनै पनि भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ।गुरुङ भाषामा -रोधीघर ,नेवारी भाषामा - क्वॉंटी,जुजु धौ ,तामाङ भाषामा - जॉंड-रक्सी र लिम्बू भाषामा - चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादी नेपाली भाषामा प्रयोग भै रहेका छन् l नेपाली भाषालाई समृद्ध बनाउन ठुलो सहयोग पुर्याएका छन् lहाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्ने नारा हामी सबैको साझा नारा हो l सयुक्त राष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक र  सांस्कृतिक संगठन (युनेस्को )ले संसारमा बोलिने ६००० हजार भाषा मध्ये ३००० हजार भाषा लोप भै सकेको जनाएको हुनाले हाम्रो भाषालाई संरक्षण र सम्बर्धन गर्न सकिएन भने केहि भन्न न सकिने हुन्छ l   हामी सबैले यसको रक्षा र सम्बर्धन गर्न एक जूट हुनु पर्ने हुन्छ l बिद्यार्थीलाई अनिवार्य रुपमा अनिवार्य बिषयमा पठन पाठन हाल मुलुकमा गराए जस्तै निरन्तरता दिन सके र अभिभावकले घर भित्र बोल्ने र नेपाली भाषाको शिक्षा दिने अभ्यास गराएमा हाम्रो भाषा कहिले लोप नहुने हुन्छ ल   आगन्तुक शब्दहरु सहर्ष स्वीकार गरि प्रयोग गरिने क्रम बढ्दो हुनाले नेपाली शब्दहरु बिस्थापित हुने  देखिएको छ lसबै भन्दा महत्व भाषा हुन्छ किनभने यसको विकास र विस्तारमा मात्र हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सम्भव हुन्छ l रास्ट्रिय भाषा तथा सम्पर्कको नेपाली भाषालाई सबै मिलेर सम्बर्धन र संरक्षण गरेमा आउने पिढीले हामीले भाषा प्रति गरेको त्याग र तपस्या कहिले भुल्ने छैनन l   विजय थापा  भर्जिनिया ,अमेरिका   

ANATEXAS · Dec 30, 2012 8:25 AM · 2,900 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all