कोरियाली गायक साईको गङनम स्टाइलले युट्युवमा रेकर्ड ब्रेक गरेलगत्तै एक पाकिस्तानी माछा ब्यापारीको गीतले युट्युवमा तहल्का मच्चाएको छ । पाकिस्तानबाट रोजीरोटीको खोजीमा लण्डन पुगेका साहिद नजिरले माछा बेच्न गाएको गीतले अहिले युट्युवमा ९४ लाखले हेरिसकेका छन् । भिडियो डिसेम्बर १० तारिखमा अपलोड गरिएको हो । ‘कम अ लेडिज, कम लेडिज वान पाउण्ड फिस’ भन्दै पसलमा ग्राहक बोलाउने गीतको ओर्जिनल भर्सन सुन्दा हाम्रो रत्नमपार्कमा लौ आयो सस्तो सस्तो २० रुपैयाँ मोजा, सय रुपैयाँमा पाइन्छ भनेजस्तै सुनिन्छ । उनले माछा सस्तो र राम्रो भएको बखान गर्दै एकपटक हेर्न महिला ग्राहकहरुलाई आग्रह गर्छन् । एकदिन यसैगरि गीत गाएर ग्राहक बोलाइरहेका बेला कोलिन मिलरले यो गीत रेकर्ड गर्छन र युट्युवमा अपलोड गर्छन् । यो गीतले चर्चा पाएसँगै उनका दिन पनि फेरिन थाल्छन् । चार सन्तान र एक श्रीमतीको भबिष्य खोज्दै लण्डनमा संर्घष गरिरहेका यी सामान्य मानिस एकाएक सेलिब्रीटी हुन्छन् । उनले यही गीत गाउँदै रियालीटी सो एक्स फ्याक्टरमा पनि अडिसन दिन्छन् । तर खासै माथि उक्लिन सक्दैनन् ।
vowels2006 · Dec 29, 2012 11:45 AM · 16,078 views
the original version at fish market:
trustworthy · Dec 29, 2012 11:53 AM
deleted due to double post Last edited: 29-Dec-12 11:54 AM
trustworthy · Dec 29, 2012 11:53 AM
I want to puke after watching this video. This is just disgusting and not entertaining at all.
sajhamitra · Dec 29, 2012 3:09 PM
awful song. I could not even finish the whole song. I had to myself stop in the middle of the song.
old jeans · Dec 29, 2012 4:45 PM
is this a comic video?
champak123 · Dec 29, 2012 7:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion