एन आर एन ,अमेरिकाले प्रारम्भिक चरणमा दुई करोड भन्दा ज्यादा जल बिद्युतमा लगानी गर्ने घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 एन आर एन ,अमेरिकाले प्रारम्भिक चरणमा दुई करोड भन्दा ज्यादा जल बिद्युतमा लगानी गर्ने घोषणा    यहि डिसेम्बर २८ ,२०१२ (पौष १३ ,२०६९ )का दिन एन आर एन, एन सी सी, (गैर आवासीय संघ ,राष्टिय समन्वयब समिति )अमेरिकाका नव निर्वाचित अधक्ष्य प्रल्हाद केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालमा जल बिद्युतमा सामुहिक लगानीमा प्रारम्भिक चरणमा करिब २ करोड भन्दा बेसीको लगानी गर्ने घोषणा गरेको छ l'भनिछ जहाँ ईक्षा त्यहा उपाय ' आफ्नो मातृभूमिमा लगानी गर्न पाउनु सौभाग्य ठान्दै र सम्भवत ,एन आर एन ,एन सी सी (गैर आवासीय संघ ,राष्टिय समन्वयब समिति मध्ये )अमेरिकाले हाल सम्म कै ठुलो रकम जल बिद्युतमा लगानी गर्न कम्मर कसी सकेको छ l   भर्खरै निर्वाचित हुनु भएका एन आर एन ,अमेरिकाका अधक्ष्य प्रल्हाद केसीले आफ्नो समिति पूर्ण समाबेसी भएकोमा आफु सन्तोष व्यक्त गर्नु हुदै आफु कुर्सीमा बस्ना साथ आफुले एन आर एनको जल बिद्युतको सामुहिक लगानी गर्ने गुरु योजनालाई पूर्ण सफल बनाउन अमेरिकाको ३५ वटा भन्दा राज्यहरुमा घर दैलो अभियान गरि बिभिन्न संघ ,संस्था ,उद्यमी ,ब्यापारी तथा अन्य व्यक्तिसंग भेटघाट गर्दै उत्प्रेरणा गरि यति ठुलो रकम लगानी गर्न सकेकोमा सबैलाई कृतज्ञता ज्ञापान गर्नु भएको छ l    अधक्ष्य केसीले आफुले नेपाल आमा र नेपाली जनताको लागि सामाजिक र आर्थिक रुपान्तरणमा बिशेष जोड दिने पुन दोहोर्याएका छन् l नेपालमा लगानी गर्न एन आर एन अमेरिकाले सामुहिक लगानी समिति अन्जन श्रेष्ठको सम्योजक्तत्व तथा शम्भु ढुंगानाको सह सम्योजक्तत्वमा एक पांच सदस्यीय समिति गठन गरेको उक्त बिज्ञप्तिमा जनाईएको छ र सदस्यहरुमा पुनम रिजाल , सोनाम लामा ,रमाकान्त खरेल ,बृहस्पति लामा तथा तेन्जिंग उक्याब रहेका छन lठुलो रकमलाई लामो समय सम्म नेपालमा भित्राउनको निम्ति सामुहिक लगानी समिति बीच व्यापक बिचार बिमर्श ,छलफल ,कानुनी परामर्श ,सम्पूर्ण जानकारी र सूचना प्राप्त अनुसार अमेरिकामा नेपाल लगानी कम्पनि स्थापना गरिएको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ lछोटो समयमा लगानी कर्ताहरुले देखाएको अभिरुचि र लगानीबाट नेपाल लगानी कम्पनि(प्रतिस्ठान )बाट प्रारम्भिक चरणको लागि करिब दुई करोड २० लाख जति निकास गर्ने निर्यय गरेको उल्लेख गरेको छ भने करिब २५ प्रतिसत रकम नेपाल लगानी कम्पनि नेपालमा हस्तान्तरण गरि सकेको उल्लेख गरिएको छ l    अन्य देशका एन आर एन मित्रहरुले अमेरिका सम्पर्क गरेको र आफुले अमेरिकामा गरेको योजना अनुसार अन्य देशका एन आर एन साथीहरुलाई कम्पनि (प्रतिस्ठान )खोल्न सुझाब र सल्लाह दिएको जानकारी समेत उक्त बिज्ञप्तिमा जनाईएको छ lनेपालमा लगानी गर्न व्यक्तिगत रुपमा धेरैले चाख देखाएको सम्पर्कमा रहेको र अधिकांसले लगानी गरि सकेको जानकारी बिज्ञप्तिमा केसीले दिएका छन् lलगानी गर्न सबै नेपाली समुदायलाई आग्रह गर्दै सबैलाई ढोका खुल्ला रहेको जनाईएको छ l  

ANATEXAS · Dec 28, 2012 9:17 PM · 11,185 views

2 Replies

 Is this a joke? That's like 250k. Gramin jalabidhut yojana ho ki kya ho? kasto chahin jalabidhut yojana ho yo 2 crore ko? 2 mw? 

riddle · Dec 28, 2012 9:49 PM

 I hope they mean it in $$ not Rs....If indeed they are talkin abt Rs 2 crore then I must say "God Bless ANA" for pretending that they are really serious of the energy crisis of Nepal and investing Rs 2 crore....What a joke !!! Last edited: 29-Dec-12 06:29 AM Last edited: 29-Dec-12 06:30 AM

mythought · Dec 28, 2012 10:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all