धान्यपूर्णे बराबर योमरी पुन्ही

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 Reposting धान्यपूर्णे बराबर योमरी पुन्ही तेजेश्वरबाबु ग्वंगः      धानबाट चामल, चामलबाट भात, भुजा ज्युनार गर्ने हामी नेपाली । धानखेती  नेपालीका मूलखेती । धानबाली नेपाली खेतीका मुख्य उत्पादन । नेपाली किसानका  शान यसैमा महान । यतिन्जेल पनि हामी यसैमा अभ्यस्त छौं । मानौं हामी सब  किसान हौं । लागिपरेका छौं, निरन्तर हामी यसैमा । भन्नुहोला तँ किसान  होइनस् । लौ म पनि किसान होइन, किन र ? हामीलाई किन निसान बनायौ ? म भन्छु.  हामी सब भात, भुजा, ज्युनार मनपराउँछौं, रुचाउछौं, भोजन गछौं । अनि ? प्रश्न गर्नुस्, आफैंसित । किसानी व्यवसायबाट उत्पादित धान, चामल,  भात,भुजा, ज्युनारलाई अनार भावक किसान नभए के त नि ! चित्त बुझाउनैपर्ला अब  । किसनी वृत्तिबाट उब्जेबाट उब्जे उब्जाइएको धान फसलपछिको हेमन्त ऋतु ।  हेमन्त ऋतुको पहिलो पूणिर्मा बराबर योमरी पुन्ही । भनौं योमरी पुन्ही बराबर  धान्यपूर्णे । धानका भकारी, धानका कुठी । कोठीलाई सादर भाव व्यक्तयाउनु  पूर्णे मनाउनुहुन्छ । आदर भाव व्यक्तयाउन क्यै न क्यै उपकरण चाहिएको हुन्छ ।  केही साधन सामग्री चाहिएकै हुन्छ । ती साधन सामग्रीलाई उपयुक्त विधि  अपनाएर कुनै न कुनै वस्तु बनाइनुपर्छ । धान्यपूर्ण मनाउन नेवार समुदाय  "योमरी" बनाउँछन् । योमरी धान्यपूर्णे मनाउने प्रतीकात्मक वस्तु बन्छ ।  योमरी सांस्कृतिक विम्बबोधक वस्तु बन्छ । योमरी सांस्कृतिक भोजन पदार्थ पनि  । साधन एक उपकरण । चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषा/नेपाल  भाषामा पो/प्व भनिन्छ । चामलको पिठो पोचुं । चुं भन्नु चूर्ण अनुकण । चामल  लस्सादार हुनुपर्छ । मेरो तन्नेरीपनमा तौली चामल पाइन्थ्यो । नितान्त  लस्सादार चामल । अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ । यसकै उपयोग  हुन्छ अहिले । अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११०  डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ,  मुछिन्छ उस्तै । हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले  छोपिनुपर्छ । यी भए प्रविधि र साधनका संक्षेप । अब सीपका कुरा । मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ । पिठोलाई आकार दिँदा  योमरीको रूप बन्छ । योमरी बनाउने काम सिपालु काम । सीपविना योमरी बन्दैन ।  जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ । पिठोको  डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औंला शुद्ध खानेतेलले रसाइ पिठो  छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो  डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ । बीचमा झन्दै वाइन ग्लासको जस्तै  खोक्रो ठाउँ बन्न पुग्छ । त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको  मिश्रण हालिन्छ । त्यस्तो आकारको योमरीलाई "बायो" भनिन्छ । 'बायो' आकार  विम्बात्मक छ । विम्बले अमूर्त अर्थ बोकेको हुन्छ । तिनै अमूर्त अर्थलाई  तान्त्रिक मन्त्र भन्ने गछौं हामी । 'बायो' तान्त्रिकमात्र नभएर शारीरिक  अङ्गबोधक पनि ठहर्छ । प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ । योमरीको अर्को आकार त्रिकोणात्मक हुन्छ । त्यसलाई "मायो" भनिन्छ । बनाउने  तरिका र प्रविधि एकै हो । सीपले आकारमा ढाल्छ, त्रिकोण बन्छ । त्रिकोण पनि  विम्बबोधक बन्छ । मायोभित्र तिलचाकु मिश्रण हालिन्न । त्यसमा पिँधेको मासका  बाक्लो लेदो डल्लो भरिन्छ । मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ ।  मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ । कुनै पनि शारीरिक अवस्थालाई  सुपाच्य रहन्छ । अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन  पकाएर मुगीसुप/रस पिउँछौँ । मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब  बन्छ । चाडबाड खानपिनका जोरजाममात्र कहाँ हो र ? त्यसभित्र अनेक आयाम  अन्तरनिहित छन् । अन्तरनिहित चेतन विम्बलाई आस्थामय उजागर गर्नुको स्वाद  योमरीको भन्दा स्वादिलो कतिकति । योमरी चाख्दाचाख्दै मन बहलिन्छ । यो त मौसमी पदार्थ बनाउने, चाख्ने अवसर  बन्छ । पृथ्वीले फलाएका धान, तिल, मास, मुगी, उखु र उखुबाट बनाइएको चाकुलाई  परिस्कार गरेर पृथ्वीकै पूजा, आराधना, सम्मान सगर्व गर्ने योमरी पूर्णेको  अर्को पाटो खुल्छ । योमरी धरतीप्रतिको आस्था अर्पण । पृथ्वीमा फलेका  पदार्थका परिस्कृत पृथ्वीप्रतिकै नतमस्तक चढाई/अर्पण । क्या अपार अर्पण,  श्रद्धा समर्पण ! नेवार समुदायलाई मात्र होइन, अरू समुदाय पनि यस  प्रवृत्तिउन्मुख रहेका छन् । प्रत्येक मानव समुदाय यस प्रवृत्तिदेखि  टाढिएका छैनन्, हुन्नन् । प्रायः सबैले यसलाई अपनाएका हुन्छन् । हाम्रा  चेतमय चैतन्य दृष्टि ब्रह्म त्यहाँसम्म नपुगेको हुनसक्छ । पहाड, खोँचमा  'न्वाङ्गी' खाइन्छ । 'न्वाङ्गी' नवअन्न अङ्गीकार गरिने प्रथा/नयाँ बाली  चामलमा दूध, मह मिसाउँदै घोलेर सेवन गर्ने प्रथा । त्यही प्रथा त हो, सबका  सबले अङ्गीकार गर्दा संस्कार बन्न पुग्छ । निरन्तर पालन गर्दा त्यही  संस्कृति बन्नपुग्छ, कालान्त्तरमा । संस्कृति र संस्कार जुनै समुदायले मनाइरहेका होउन्, ती सबै हाम्रै विश्व  सम्पदाका सरोकार बन्छन् । संस्कार र संस्कृतिमा लाजगाज त्याज्य रहन्छ ।  लघुताभाष संस्कार संस्कृतिको आर्यघाट ठहर्छ । आफ्ना संस्कृति सबैलाई जिउँदो  ज्यान बनेर पनि उपचार बेला-बेलामा चाहिएकै हुन्छ । थला नपरे पनि जसरी  दैनिक स्याहारसम्भारले ज्यान तन्दुरुस्त बन्छ, त्यसरी नै संस्कृतिलाई हरपल  जोगाड गरिरहनु सम्पदा सुरक्षण बन्छ । लालनपालन र आवृत्त-निवृत्त सम्पदा  जोगाउको एक पहल बनेको छ । सम्पदा संरक्षणनिम्ति सांस्कृतिक चाडपर्व  मनाएरमात्र पुग्दैन । त्यसभित्र लेखिएका गुढ रहस्य उजागर गरिरहनुपर्छ । गुढ  रहस्य उजागर गर्न सांस्कृतिक विम्बका रहस्य खोल्ने प्रयास नगरिहुन्न ।  मलाई भने यतै रमाइरहन मन लागिरहन्छ । योमरी पूर्णेको अवसर सांस्कृतिक सम्पदा जोगाड पर्व होइन, कसरी कुन आधारमा  भनौं । संस्कृतिलाई जीवन सम्पदा मानेर मनाएर हामी पुस्तानतरन गर्छौं । साना  नानीहरू घरका आमा, काकी, फुपू र दिदीहरूबीच बसेर संस्कारगत तालिम पाउँछन् ।  साना नानीहरू हेर्दै अभ्यास गर्दै सिक्छन् । चाडबाडको अवसरे घरआँगन  अनौपचारिक शिक्षालय बन्छ । प्रायः सांस्कृतिक शिक्षालय सबै-सबैका अनौपचारिक  शिक्षालय रहन्छन्, रहेका छन् । चाहे उन्नत पाश्चात्य मुलुक होउन् या अरू  नै, सबैतिर यस्तै अनुभव बटुल्न पाएको छु । आफ्नै आफ्नुमा मैले आफैं बिलाउन  नपरोस् ! सम्पदा संरक्षण आफैंबाट हुनसक्छ । यसतिर पर्यटन व्यवसायीहरूको  चनाखो मन कुड्नुपर्छ । भाषण र भोजभन्दा अरू नै उपयुक्त क्रियाकलाप छन्,  जसले प्रत्येक नेपाली चाडको स्वादलाई अन्तर्राष्ट्रसम्म सजिलै उतार्न  सकिन्छन् । योमरी पूर्णेको साँझ बालबालिकाहरू टोल-टोलमा जमातका जमात भएर घरदैलो  कार्यक्रम चलाउँछन् । उनीहरू एकगठ्ठा भएर आफ्ना टोलका घर-घर डुल्छन् । उनका  बोलमा माग हुन्छन् । भन्दै हिँड्छन्ः "कुरुवा अथवा माना सही दिनु नि योमरी गोटा दुई नयाँ बाली भित्रिसक्यो दिनु नि है ! थाप्छौं पोल्टो । दिए तन्नेरी सुकुमारी केटी, नदिए ख्याउटी, सिकुटी बूढी मानो कुरुवाले झुस्से दे नौलो सामा (बाली) घर भित्रे पोषिलो मीठो योमरी दे । अचेल यो प्रथा विसर्जित हुनथालेका छन् । उजागर गर्दा हामीसित चाड बाँच्छ ।  गर्न नसक्दा हामीसित चाड मर्छ । चाड मर्नु संस्कृति मर्नु बराबर हुन्छ ।  चाडबाडसित संस्कृति बाँच्छ । संस्कृतिसित मान्छे बाँच्छ । मान्छेसित समाज  बाँच्छ । समाजसित राष्ट्र बाँच्छ । योमरीसित परिकार बाँच्छ । परिकारसित  स्वाद बाच्छ । योमरीसित मौसमी परिकार जीवन्त रहन्छ । रहोस् !  

_____ · Dec 28, 2012 8:09 AM · 1,828 views

2 Replies

 Yomari Khane parba ai sakyo hai. Bay Area kasko kitchen ma yomari pakira hola ta..... 

riddle · Dec 28, 2012 11:48 AM

योमरी चवामु, उके दुने हामु बयु-म लयासी, मबयु-म बुरी बुरी

atomic · Dec 28, 2012 2:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all