धरान अमेरिका समाजमा नेतृत्व परिवर्तन र समाज सेवामा ध्यान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                    धरान अमेरिका समाजमा नेतृत्व परिवर्तन र समाज सेवामा ध्यान   डिसेम्बर २३ ,२०१२ का दिन अमेरिकाको भर्जिनिया राज्यको मनाससमा धरान अमेरिका समाजको बार्षिक अधिवेशन भब्य कार्यक्रमको साथ सम्पन्न भयो lधरान अमेरिका समाज अमेरिकाको भर्जिनियामा ईस्वी सन् २०१० मा स्थापना भै अमेरिकी सरकारबाट गैर मुनाफा संस्था  ५०१ (सी )३ प्राप्त गर्ने एक सामाजिक संस्था हो र मूलत नेपालमा सामाजिक सेवा गर्ने अभिप्रायले स्थापित संस्था कार्यक्रम माथि कार्यक्रम भन्दा सेवा प्रति समर्पित हुने लक्ष्य राखेको छ lआज एक कार्यक्रम बीच नया कार्यकारी समितिको घोषणा प्रमुख निर्वाचन आयुक्त समाजसेवी तथा अमेरिका नेपाल सोसाईटीका पुर्व अधक्ष्य खेम भट्टचनले गर्नु भयो भने नया पदाधिकारीलाई खादा ओढाई स्वागत गरिएको थियो l कार्यक्रमको संचालन महासचिब आर के धमलाले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाधक्ष्य बिमल आचार्यले गर्नु भएको थियो र यिनै उपाधक्ष्य नब निर्वाचित अधक्ष्य भएका थिए l   मन्तब्य गर्नेहरुमा अमेरिका नेपाल सोसाईटीका ,वाशिंगटन डिसीक नवनिर्वाचित अधक्ष्य ठाकुर पुडा सैनीले शुभकामना दिदै समुदायको कार्यलाई प्राथमिकता दिनु पर्ने र सामुदायिक कार्य प्राप्ति गर्दै जानु पर्छ भन्ने विचार पोख्नु भयो lकार्यक्रमलाई संक्षिप्त बनाउन वक्ताहरु कम राखिएको थियो भने संस्थाका संस्थापक अधक्ष्य तथा वर्तमान ए एन ए (दि एसोसिए सन् अफ नेपालिज इन अमेरिका )का अन्तरिम महासचिब विजय थापाले धरान अमेरिका समाज किन र कसरि जन्मिएको हो र के के काम गर्न सफल भएको बारे जानकारी संस्थापकको हैसियतले गराउनु भएको थियो lप्रारम्भिक चरणमा धरान अमेरिका समाज नामाकरण गर्दा टिका टिप्पणी उठेकाले अमेरिकामा नामको पछाडी व्यक्ति लाग्नु र समय खर्च गर्नु भन्दा उक्त संस्थाले समाज सेवामा कतिको भूमिका निर्वाह गरि रहेका छन् भन्ने तिर लाग्नु बुद्धिमानी हुने कुरा गर्दै सबैको ध्यानाकर्षण गराउनु भएको थियो l संस्थापक अधक्ष्य विजय थापाले अमेरिकाका ख्यात्ति प्राप्त अमेरिकन पत्रकारकारहरु र आन्तरिक राजश्व कर बिभागसंग धरान अमेरिका समाज नाम परिवर्तनबारे भलाकुसारी गरेको प्रशंग उल्लेख गर्दै हामी आफ्नो कुरामा बढ्ता ध्यान दिन पर्ने र अमेरिकामा अरुको चियो चर्चो तिर समय खेर नफाल्नु भन्दै फलानाको नाम भएन अर्को परिवर्तन गर्नु पर्यो आदि ईत्यदिमा कदापी समय फाल्न नहुने भन्नु भयो l   हामी अरुको दर्ता भएको संस्थाको नामलाई लिएर अमेरिकामा रहेर नेपाल जस्तै सोच लिएर टिका टिप्पणी गर्ने हामीलाई केहि अधिकार नभएको र कसले अधिकार दियो भन्दै यस्तो कुराले अमेरिकन माटोमा विभेदको प्रश्न हुने हुनाले सबै विद्वत वर्गलाई कुनै पनि संस्था जन्मन्छ भने स्वागत गर्नु पर्ने भन्दै यस्तो सोचाई नल्याउनु हुन् अनुरोध गर्नु भयो lए एन एनको अन्तरिम महासचिबको तर्फबाट बिचार व्यक्त गर्दै ए एन ए ले जहिले पनि साना संस्थालाई उच्च स्थान दिने गरेको र बिशेष ध्यान दिने गरेको उल्लेख गर्दै गत जुलाईमा टेक्सास ए एन ए सम्मेलनमा आफुले करिब ३५० भन्दा ज्यादा ठुला तथा साना संस्थाहरुलाई निमंत्रना पठाएको जानकारी दिनु भएको थियो lए एन ए नेपाल ग्रामिण बिकाश परियोजना बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो lप्रमुख अतिथि तथा प्रमुख निर्वाचन आयुक्त खेम भट्टचनले नव निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गर्नु अगि सारगर्भित मन्तब्य दिदै धरान अमेरिका समाजको खुब प्रसंशा गर्दै सानो संस्था भनेर हिच किचाउनु नहुने भन्नु भयो lधरान अमेरिका समाजका सदश्य डा सुदिप श्रेष्ठ जो करौडौको परियोजना लिई नेपालको धरानमा बस्दै नेपाल सरकारका उप प्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि नारायण काजी श्रेष्ठ र कृषि मन्त्रालय र मुख्य सचिबसंग सरल रुपमा भेटघाट गरि रहनु भएको भन्दै धरान समाजको आफ्नै गौरब छ भन्नु भयो l कसरि डा सुदिप श्रेष्ठले आफ्नो परियोजना सुरुवात गर्नु भयो भन्ने बारेमा पनि जानकारी गराउनु भएको थियो l   सानो संस्था आपत बिपतमा ठुला संस्थाहरु एकत्रित हुन् नसक्ने तर साना साना संस्थामा छिटो छरितो रुपमा ऐक्यबद्दता हुने हुदा उदाहरण सहित केहि बर्ष अगि नेपालका प्रशिद्ध पौडी खेलाडीको अमेरिकामा मृत्यु हुदा ठुला संस्थाले सानो आर्थिक रकम जुट्न सकेको तर गुरुङ समाज जस्तो संस्थाले २० लाख भन्दा बढ्ता पैसा उठाई उद्दार गरेको उदाहरण दिनु भएको थियो l वहाले थप हौसला प्रदान गर्दै अप्ठ्यारो पर्दा यस्तै साना संस्थाहरुले मदत गर्ने छ भनि भन्दा उपस्थित सबैले कान ठाडो पारेका थिए lवहाले पनि सानो संस्था भन्दा त्यो संस्थाले गरेको क्रियाकलाप र समाज सेवालाई हेर्नु पर्ने कुरामा जोड दिनु भयो l आफु म्याग्दी निवासी तर धरान अमेरिका समाजले प्रमुख निर्वाचन आयुक्त तथा प्रमुख अतिथि बनाएकोमा हर्ष व्यक्त गर्दै धरान अमेरिका समाजलाई धन्यबाद दिनु भयो l    प्रमुख निर्वाचन आयुक्त खेम भट्टचन संघ तथा संस्थामा लामो समय देखि आबद्द रहनु भएको ,जापानमा पनि सामाजिक संस्थामा क्रियाशील भै नेतृत्व समेत दिई सक्नु भएको खारिएको र योग्य ब्यक्ति ठहर गर्दै उक्त पदमा नियुक्ति गरेको थियो lसमाजले वहालाई कृतज्ञता ज्ञापन गरेको थियो l धरान अमेरिका समाजलाई उल्लेखनीय योगदान गर्नु हुने पदाधिकारी तथा शुभ चिन्तकहरुलाई प्रमुख अतिथिले प्रमाण पत्र वितरण गर्नु भएको थियो l कार्यक्रममा वाशिंगटन डिसी महानगरीय क्षेत्र वरिपरिका अतिथिगणहरु क्रमस अ ने सा स ( अन्तरराष्ट्रिय नेपाली साहित्य समाज )का संस्थापक होमनाथ सुबेदी ,जनसम्पर्क समिति भर्जिनिया शाखाका सभापति केशब बराल ,अ ने सा स डिसी शाखाका अधक्ष्य प्रकाश नेपाल ,अमेरिका नेपाल समाजका अधक्ष्य ठाकुर पुडासैनी ,पुर्व सचिब मुक्ति दवाडी तथा अन्य लब्ध प्रतिष्ठित ब्यक्तिहरुको पनि उपस्थित रहेको थियो l   धरान अमेरिका समाजका अधक्ष्य श्याम लिम्बुले अहिले सम्म गरेका कार्यहरु बाल आश्रम ,बृद्द आश्रम र यातायात मजदूर संगठन द्वारा संचालित शिपमुलक कार्यक्रमलाई लुगा सिउने यन्त्र दिएको कुरा उल्लेख गर्दै नेपालका नेताहरुको क्रियाकलापबाट बितृष्णा जागेको विचार व्यक्त गर्नु भयो भने उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो l कार्यक्रम समापन साथै जलपान समारोहको आयोजनाको गरिएको थियो l   नव निर्वाचित पदाधिकारीहरुको नामावली :   1.बिमल आचार्य - अध्यक्षका  2.प्रकाश कटुवाल - ऊपाध्यक्ष 3 राधाकृष्ण धमला - महा-सचिव   4.होम बहादुर आले- सचिबका   5.सुमन मानन्धर -कोषाधक्ष्य  6.दिपक गौतम - सह-कोषाधक्ष्य (कोलोराडो )     कार्यकारी समितिका सदस्यहरु :    7. पशुपति घिमिरे (Richmond)  8.राजेन्द्र राज भण्डारी  9.भरत पौडेल  10.मोहन उप्रेती  11.मोहन घिमिरे  

ANATEXAS · Dec 24, 2012 5:12 PM · 2,935 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all