पब्लिक फाइन्सका संचालक र कर्मचारी पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://www.onlinekhabar.com/20... पब्लिक फाइन्सका संचालक र कर्मचारी पक्राउ   ९ पुस, काठमाडौं । ठगी मुद्दामा फरार रहेका पब्लिक फाइनान्स कोअपरेटिभ लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । रामनारायण प्रधान, रोशन श्रेष्ठ, प्रताप केसी र रादेशकुमार प्रधानलाई आइतबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सञ्चालक, पदाधिकारी र कर्मचारी रहेका उनीहरुले प्रचलित ब्याजदरभन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेपकर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारी सर्वसधारणलाई झुक्याएर निक्षेप जम्मा गर्न लगाएको फेला परेकेा थियो । २०६० साल भदौमा संस्था नै बन्द गरी संकलित निक्षेप तथा ब्याज समेत फिर्ता नगरी २ करोडभन्दा बढी रकम ठगी गरी उनीहरु फरार थिए । उनीहरुमाथि काठमाडौं जिल्ला अदालतले २०६२ साउनमा बिगो बमोजिम जनही १३ लाख ३७ हजार ५ सय ४७ रुपैंया र एक वर्ष कैद हुने फैसला गरेको थियो । यही कसुरमा फरार प्रतिवादी सरिता श्रेष्ठ २०६७ मंसिरमा पक्राउ परेकी थिइन् ।  

_____ · Dec 24, 2012 9:42 AM · 1,045 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all