पप सम्राट ' ओम बिक्रम बिस्ट ' ले डिसीबासीलाई नचाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                      पप सम्राट ' ओम बिक्रम बिस्ट ' ले डिसीबासीलाई नचाए    वाशिंगटन डिसी ,डिसेम्बर २२ , पृथ्वी महाप्रलय हुने भविष्य बाणी असत्यमा परिणत भएको खुशीयाली र क्रिसमस( ईशाई पर्व )को संघारमा वाशिंगटन डिसी महानगरीय क्षेत्र सेरोफेरोमा रहेका नेपालीहरुले पप सम्राट ' ओम बिक्रम बिस्ट' साँस्कृतिक साँझ हर्षो उल्लासका साथ मनाए l उक्त साँस्कृतिक साँझलाई मसलादार बनाउने हेतुले नेपाली ,लोक  अंग्रेजी गीतलाई समेत प्राथमिकता दिई स्थानीय नव प्रतिभा कलाकारहरुलाई पनि उच्च स्थान दिईएको थियो l    सांगीतिक माहौलको भरपुर आनन्द मिलोस भन्ने हेतुले औपचारिक कार्यक्रमलाई किनारा लगाउदै सांगीतिक साँझ कार्यक्रम कि प्रमुख नेतृत्व लिनु भएकी समाज सेवी बिष्णु कुमारी थापाले सबैलाई स्वागत गर्दै कार्यक्रमबारे संक्षिप्त जानकारी दिनु भयो l पृथ्वी समाप्त नभएकोमा हर्ष व्यक्त गर्दै हामी सबै जीवित हुन् सकेको खुशियालीमा मनोरंजन दिन पप सम्राट सांगीतिक साँझ राखिएको भन्नु भयो l स्थानीय कलाकार सरिता प्रधानले टाडा टाडा नजाउ गीतबाट सांगीतिक साँझको श्री गणेश गर्नु भएको थियो भने पप सम्राटको गीतलाई तीन श्रेणीमा विभाजित गर्दै कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले गीत प्रस्तुत गरेका थिए lपप सम्राटले  आफ्नी प्रिय अर्धांगिनीको केहि बर्ष अगाडी निधन भएको जानकारी दिदै वहाको सम्झनामा समर्पित नया गीत ओ मेरी प्रिय गीतबाट सुरुवात गर्दै म मौनतामा ,सुनचांदी भन्दा अत्यधिक चर्चित गीत प्रस्तुत गर्नु भयो l   नव प्रतिभाहरुमा ईना रेग्मी तथा स्मृति कणेलले एउटा नेपाली र एउटा अंग्रेजी गीत प्रस्तुत गरेका थिए भने ,भलिवलका पूर्व राष्ट्रिय खेलका प्रख्यात खेलाडी तथा टोलि प्रमुख सुनिल चौधरीले राम कृष्ण ढकालको रिसाउदा पनि आफ्नै र मन पराउने हजार गरि दूई गीत गाएका थिए भने भर्जिनिया कै ई नेपालीज डटकमका प्रधान सम्पादक विश्व राज थापा ,कराते खेलका प्रख्यात पूर्व खेलाडी तथा अन्तर राष्ट्रिय निर्णायक आनन्दु लामा तथा संचार कर्मी अंकुश नेपालले प्रेम ध्वज प्रधानको घुम्तीमा नआऊ है भन्ने गीत बासुरीको धूनमा प्रस्तुत गरेका थिए l    पप सम्राटले दोश्रो चरणमा याद गर ति दिनहरु ,न भनि देउ  भन्दा गाउनु भएको थियो भने र सुनचांदी भन्दा महँगो यो ज्यानलाई सरिता प्रधानले साथ दिनु भएको थियो भने चलचित्र के घर के डेरा को सु -प्रसिद्द गीत को हो त्यो गीत बारे संक्षिप्त जानकारी दिदै उक्त गीत कलकत्ता मा अभिलेखन (रेकर्ड ) गर्न गएको रोचक कथा सुनाउनु भएको थियो l दोश्रो चरणको गीत समाप्ति पश्च्यात अमेरिका मै रहनु भएका लोक गायक रामप्रसाद खनालले वर्तमान अवस्थामा देश र नेपालीहरुको खुट्टा तान्ने प्रवृति बारे चित्रण गर्दै कस्तो चलन हो ,केहि गर्न  नहुने र हो कि हैन हो गीत गाउनु भयो l   नेपाली दूतावासका उप नियोग प्रमुख अर्जुन कान्त मैनाली तथा बिष्णु कुमारी थापाले आयोजकहरु वरिस्ट समाजसेवी तथा ए एन एस का पूर्व अधक्ष्य खेम भट्टचन ,मदन थापा, समाजसेवी राजेश श्रेष्ठ तथा अन्य आयोजकहरुको समुपस्थितिमा पप सम्राट ओम बिक्रम बिस्टलाई वहाले नेपाली संगीतको क्षेत्रमा गरेको अतुलनीय योगदानलाई उच्च कदर गर्दै सम्मान गरिएको थियो lअन्तिम चरणमा पूर्व नेपाल टेलि भिजन कि समाचार वाचिका तथा हाल अमेरिका नेपाल टेलिभिजनकि प्रमुख कार्यकारी अधिकृत रमा संघकी सुपुत्री सुबु सिंहले एउटा अंग्रेजी गीत प्रस्तुत गरिन भने आयोजक समितिकि प्रमुख बिष्णु कुमारी थापाको सुपुत्र आदर्श श्रेष्ठले पनि अंग्रेजी गीत प्रस्तुत गरेका थिए l   कार्यक्रमको अन्त्यमा पप सम्राटले नया तथा नचाउने प्रकारका गीतहरु प्रस्तुत गरि दर्शक रमाउदै नृत्यमा साथ दिइएका थिए भने सरिता प्रधानले दर्शकको अनुरोधमा हिन्दि चलचित्रका उत्कृष्ठ गीत गाउनु भएको थियो l कार्यक्रमको प्रारम्भमा पप सम्राट ओम बिक्रम बिस्ट तथा कार्यक्रम सचालिका रमा सिंहको परिचय विजय थापाले दिनु भएको थियो भने कार्यक्रमको उद्घोषण रमा सिंहले गर्नु भएको थियो l   पप सम्राट ' ओम बिक्रम बिस्ट ' ले  पुराना सर्बाधिक लोकप्रिय गीत र नया गीत प्रस्तुत गरि कलाकारलाई सम्मान दिन उपस्थित दर्शक मन थाम्नै नसकी झुम्न पुगेका थिए l नेपालमा पप गीत गाउने र पप  गीत लाई प्रवेश गराउने श्रेय ओम बिक्रम बिस्टलाई जान्छ र वहालाई पप सम्राटले चिनिन्छ l हाल सम्म वहाले ४०० वटा भन्दा गीत गाई सक्नु भएको छ भने ,३ पटक जीवनकाल पुरस्कार , छिन्नमस्ता पुरस्कार ,इस्वी सन् २००० भन्दा अगावै सहश्राब्दी पुरस्कार स्व : दिपेन्द्र शाहको बाहुलीबाट ,१३ बर्षको उम्मेरमा बिद्यालय स्तर संगीत प्रतियोगितामा प्रथम स्थान भएकोमा स्व :महेन्द्र राजाबाट पुरस्कार ,नेपाल प्रतिभा पुरस्कार , पप सम्राट पुरस्कार पटक पटक तथा २०११ मा टुंडिखेलमा सुक्मित गुरुङ संगै पप सम्राटको उपाधि द्वारा सम्मान गरिएको थियो भन्ने वहा अनगिन्ती पुरस्कारबाट विभूषित हुनु हुन्छ l  

ANATEXAS · Dec 23, 2012 9:12 AM · 13,382 views

4 Replies

yeso video hernna paye hunthiyo om dai ko? sarai fan thiye hami pani kun jamana ma , nepal ko first pop singer.

wiscon · Dec 23, 2012 4:21 PM

http://youtu.be/2PW7yDWjBmQ

mazzarella · Dec 24, 2012 9:44 AM

https://www.youtube.com/watch?...

mazzarella · Dec 24, 2012 9:45 AM

I keep seeing AnaTexas initiated thread, has ANA dissolved into ANA Texas? I don't see the old ANA website either.

Kiddo · Dec 24, 2012 2:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all