ए एन ए द्वारा कृषि बिशेषज्ञ तथा कृषि मन्त्रालयमा अन्तरक्रिया काठमाडौँ ,यहि पौष ३ गते ,२०६९ ए एन ए नेपाल ग्रामिण बिकाश परियोजनाका प्रमुख सुदिप श्रेष्ठ (पी एच डि ) को नेतृत्वमा ए एन ए नेपाल ग्रामिण बिकाश परियोजनाको प्राथमिक चरणमा कृषि क्षेत्रमा कार्य सम्पादन गर्ने उदेश्य अनुरुप व्यापक प्रचार तथा प्रसार गर्ने हेतुले कृषि क्षेत्रका बिशेषज्ञ तथा कृषि मन्त्रालयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो l ए एन ए नेपाल ग्रामिण बिकाश परियोजनाबारे तथ्य तथा गहन जानकारी लिने उदेश्यले ए एन ए लाई कृषि मन्त्रालयमा आमन्त्रित गरिएको थियो l 'नेपाल ग्रामिण बिकासको लागि विश्व ब्यापी लगानी' मूल नारा तय गरिएको उक्त परियोजनामा ए एन ए नेपाल र अमेरिकाको भर्जिनियामा स्थापना भएको विश्व समुदाय बिकाशको सयुक्त लगानीमा यो गुरु योजना हाल नेपालमा भित्रि सकेको छ l कृषि मन्त्रालयमा कृषि बिशेषज्ञ तथा कृषिसंग सम्बन्धित बिशेष व्यक्तित्वहरुसंग बृहत छलफल भएको र कृषि मन्त्रालयले ए एन ए अमेरिकन परियोजनालाई मन्त्रालय तथा सम्पूर्ण निकायबाट सहयोग हुने जानकारी दिईयो l ए एन ए परियोजनाका प्रमुख श्रेष्ठको प्रस्तुतिकरण अन्तरक्रियात्मक रहेकों जानकारी दिए भने उपस्थित सबैले यो परियोजनाको कोशे ढुंगा साबित हुने बिश्वास गरे lयो परियोजनालाई अझ जीवन्तता दिने उदेश्य अनुरुप ए एन ए का पूर्व अधक्ष्य ,सिमन ढुंगानाको भूमिका सराहनीय रहेको थियो र नेपालबाट नै यसलाई नजिकबाट हेरी रहेका छन् l ३० बर्ष अगाडी अमेरिकाको न्यु योर्कमा जन्म भै ,वाशिंगटन डिसीमा गैर मुनाफा संस्थाको रुपमा स्थापना भएको यो संस्था अमेरिकाको रास्ट्रिय स्तरको सबै भन्दा पुरानो संस्था हो lहाल यस संस्थाका करिब पांच हजार भन्दा ज्यादा सदश्यहरु रहेका छन् l बिगतमा ए एन ए ले नेपालका दुर्गम क्षेत्रका जेहन्दार तथा प्रतिभावान छात्र तथा छात्राहरुलाई छात्रबृद्दि प्रदान गरेको पनि ईतिहास छ l मातृभूमि प्रति केहि गर्ने उदेश्य अनुरुप ए एन ए नेपाल ग्रामिण विकास परियोजनाका प्रमुख सुदिप श्रेष्ठ (पी एच डि )परियोजना कै उद्गम स्थलमा तैनाथ छन् भने हालसालै उप प्रधान मन्त्रि तथा परराष्ट्र मन्त्रि नारायण काजी श्रेष्ठ संग पनि ए एन एन नेपाल ग्रामिण बिकाश परियोजनाबारे सिंह दरबारमा भित्र एक अन्तर क्रियात्मक कार्यक्रम राख्न सफल भएको थियो l विजय थापा भाजिनिया ,अमेरिका
ANATEXAS · Dec 19, 2012 7:41 PM · 3,085 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion