बैँकमा खाता भएको मान्छेको ठूलै प्रतिष्ठा हुने दिन आउन लागेको जस्तो देखिएको छ। किनभने अब बैँकमा खाता खोल्नु चानचुने विषय नरहने भो। ठूलै मेहनत आवश्यक हुन्छ अब। तपाईँले खाता खोल्ने हो भने पहिले पो तपाईँको पासपोर्ट साइजका दुईवटा फोटो र नागरिकताको फोटोकपि भए पुग्थ्यो। अब त तपाईँकी पत्‍नी वा पतिको, आमा, बुबा, बाजे, बज्यै, छोरा, छोरी अनि बुहारीसम्मको नागरिकता लगेर बुझाउनु पर्नेछ। अझ त्यतिले नपुगेर बैँकले इन्टरभ्युसमेत लिन सक्नेछ। नेपाल राष्ट्र बैँकले सबै बैँकलाई नयाँ खाता खोल्दा ग्राहकबाट तत्कालै र पुराना ग्राहकबाट अर्को वर्षको असार मसान्तभित्र यस्तो विवरण लिन निर्देशन दिएको हो। ल हेर्नुस् त, कति झण्झटिलो ! बाजे बज्यैकोसम्म नागरिकता दिनुपर्ने। कसो ज्वाइँको चाहिँ भनेनछ, छोरा-बुहारीसम्मको चाहिने ! मेरो बाजेलाई मेरो बुबाले त राम्रोसँग देख्न पाउनुभएको थिएन रे, अब मैले खाता खोल्नु परे कहाँबाट उहाँको नागरिकता नम्बर ल्याएर दिने होला लौ। बैँकले पनि अब पहिले जस्तो १ रुपियाँमा खाता भन्दै कहाँ खाता खोल्न पाउँछ र। बैंकका कर्मचारीले ग्राहकको घरैमा पुगी घरसम्म पुग्ने नक्सा बनाएर विवरणमा राख्‍नुपर्नेछ। यस्ता निर्देशन नमाने बैँकले १ लाखदेखि ३ लाखसम्म जरिवाना तिर्नुपर्नेछ। सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्नका लागि भन्दै नेपाल राष्ट्र बैँकले यस्तो निर्देशन नेपालका सबै बैँकलाई दिएको हो। source: http://www.mysansar.com/2012/1...
IT_Guy · Dec 18, 2012 6:48 AM · 2,616 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion