झरी सुनेथे उसले तिम्रो अङग अङग देख्यो रे एक्लेइ पारी आधा बाटो लुकामारी खेल्यो रे तिमी तेस्तै रहेछौ जानी जानी छाडयोउ छाता मौका पारी आज तेस्ले बेमौसमा चुट्यो रे कस्तो रहेछ पापी तिमीसँग खेल्न रमाउने दो बाटोमा छानी छानी लाजका गहना छोयो रे जती कराएनी हत्केला छाता बन्न सकेनछ हास्दै रमाउदै केसबाट तप्प तप्प झर्यो रे कस्तो रहेछ छिलिएको बेमौसमे झरी पनि गर्नु नगर्नु उनिलाई लछार पछार पार्यो रे हजार तारा माझ एउटै जुनको चर्चा चले जस्तो हजार तारा माझ एउटै जुनको चर्चा चले जस्तो मेरो पनि चर्चा चलोस् उनको चर्चा चले जस्तो स्वाभिमानी बस्तीहरु उती स्वार्थी हुनन् होला आधुनिक शहर भरी नुनको चर्चा चले जस्तो समाजिक सदभाव नखल्बलियोस् सदा यहाँ ईराक र अफ्गानमा खुनको चर्चा चले जस्तो विश्व भरी सन्हाई र बासुरीले झ्याली पिटोस कुना कुना भाइलेन धुनको चर्चा चले जस्तो दुनियाँका मान्छेहरु अती स्वार्थी बन्दै गए पापिष्ठको चर्चा चल्छ गुणको चर्चा चले जस्तो सस्तिदै गाछौ अरे Telecom को मूल्य जस्तो सस्तिदै गाछौ अरे जे माग्यो त्यही दिने Google तिमि भाछौ अरे आफूतिर तान्न सब लाई low rate राखिदिदा Facebook जस्तै ह्वातै सबको सामु छाछौ अरे जस्लाई पायो त्यही सित लस्कि मस्कि हिँडिदिदा मनोरन्जन को सस्तो साधन you tube नाम पाछौ अरे नाम दाम कामाउन आँखा चिम्लि अघि बढ्दा Internet जगतको निलो साइट आछौ अरे publicity कमाउन सबै सित नाता गाँस्दा Yahoo को password जस्तो लिक हुन लाछौ अरे Telecom को मूल्य जस्तो सस्तिदै गाछौ अरे जे माग्यो त्यही दिने Google तिमि भाछौ अरे
neta no 101 · Dec 17, 2012 9:46 PM · 308 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion