माओवादी हिरासत बर्बरताको केन्द्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

&nbsp; माओवादी हिरासत बर्बरताको केन्द्र &nbsp; - अस्मिता खड्का सयौं गैर&ndash;माओवादीको ज्यान लिएको माओवादी हिरासत आफ्नै नेता&ndash;कार्यकर्ताका लागि पनि कम त्रासद थिएन। गैर&ndash;माओवादीका पक्षमा अधिकारकर्मीले आवाज उठाएका छन्, माओवादीका पक्षमा कसैले बोलेका छैनन्। &nbsp; आफ्नै पार्टीको हिरासत मुक्त भएलगत्तै शिवचन्द्र कुशवाह&nbsp;(बसेका बायाँ) देवेन्द्र पराजुली र कल्पना धमला&nbsp;(गैरसैनिक पोशाकमा) &ldquo;चरम यातनापछि नलीहाडमा बेल्ना लगाएर अर्धमृत बनाइएको शरीरलाई भुईंमा लडाएर मेरो मृत्युदण्डबारे कुरा गर्न थाले, कमरेडहरू। समाज बदल्न हिंडेको एउटा सिपाहीले गर्दै नगरेको अपराधका निम्ति आफ्नै पार्टीमा मृत्युको अनुभव गर्नुपरिरहेको थियो।&rdquo;&nbsp; एमाओवादी केन्द्रीय नेता देवेन्द्र पराजुलीको 'जनयुद्धकालीन अनुभव' हो यो। अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्षको कार्यकाल पूरा गरेर पार्टी राजनीतिमा आएका पराजुली क्षेत्रीय ब्युरो सदस्य छँदा २०६१ जेठमा भारतको पटनामा भएको ११ जना माओवादी नेताको गिरफ्तारी प्रकरणमा सुराकी गरेको आशंकामा पार्टी हिरासतमा परेका थिए। पराजुलीसँगै उनकी पत्नी तथा उपब्यूरो सदस्य कल्पना धमलालाई २०६१ मंसीरदेखि १४ महीना हिरासतमा राखेर यातना दिइएको थियो। अहिले दुवै जना केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य छन्। त्यसबेला पराजुली र धमलाको राजनीतिक जीवन नै समाप्त पार्ने गरी 'गद्दारी' को आरोप लगाएर यातना दिनेहरूले त्यो आरोप झुटो सावित हुँदा पनि माफी माग्नुपरेको छैन। यसबाट पार्टीले यातनालाई सिद्धान्त र संस्कारकै रूपमा स्वीकार गरेको सन्देश गएको छ।&nbsp; &nbsp; वैचारिक हिसाबले स्पष्ट मानिने पराजुलीले वर्गीय अधिनायकत्वको नाममा पार्टीभित्र मौलाएको व्यक्तिवादी सोच विरुद्ध आवाज उठाएपछि तत्कालीन भ्याली (काठमाडौं) मा कार्यरत केही केन्द्रीय सदस्यले 'नेतृत्वलाई नटेरेको' भन्दै उनी विरुद्ध फाइल तयार गरेका थिए। कार्यकर्तामाथि लादिने दासत्वको प्रतिवाद गर्दा लठैत प्रवृत्तिका नेताहरूसँग विवाद चुलिएर देवेन्द्र र आफूलाई पटना घटनामा फँसाइएको धमला बताउँछिन्। (हे.बक्स) &ldquo;पार्टीभित्र आउने वैचारिक चुनौतीहरूलाई राजनीतिक रूपमा स्वीकार नगरी त्यसमा वर्गीय फुँदा जोड्दै संगीन खालको आरोपमा कारबाही गरेर थन्क्याउन खोजियो&rdquo;, धमला भन्छिन्, &ldquo;हामी त्यस्तै अकल्पनीय परिस्थिति र यातनाको शिकार भयौं।&rdquo; &nbsp; &nbsp; अझै अनुत्तरित प्रश्न&nbsp; 'जनयुद्धकाल' मा माओवादीले भिन्न विचार राख्नेहरूलाई अपहरण, अमानवीय यातना र बीभत्स हत्या गरेका थुप्रै चर्चित घटना छन्। तर, पार्टी नेतृत्वसँग वैचारिक भिन्नता र अन्तरसंघर्षका क्रममा नेता&ndash;कार्यकर्तामाथि भएको ज्यादतीको कमै चर्चा भएको छ, जबकि हरेक महीना प्रत्येक जिल्लामा पाँचदेखि सात जना नेता&ndash;कार्यकर्ता विभिन्न आरोपमा कारबाहीमा पर्ने गर्दथे। तीमध्ये धेरैजसो व्यक्तिगत प्रतिशोधको शिकार बनेका पीडितहरूको भनाइ छ। &nbsp; &nbsp; धेरैलाई कसैको मनोगत निष्कर्षको आधारमा र सत्यतथ्य पत्ता लगाउने अनुसन्धानको नाममा यातना दिने गरिएको केन्द्रीय सदस्य पराजुली बताउँछन्। अहिलेसम्म माओवादीले विभिन्न आरोपमा गैर&ndash;माओवादीहरूलाई अपहरण गर्ने र यातना दिने गरेका समाचारहरू आएका थिए, तर पराजुलीले भोगेको यातनालाई केलाउने हो भने नेताहरूका गलत कुरा विरुद्ध बोल्ने अन्य कैयौं कार्यकर्ताहरूले यस्तो नियति भोगेको अनुमान गर्न सकिन्छ। नेतृत्वले पार्टीका नेता&ndash;कार्यकर्तामाथि गरेका ज्यादती विरुद्ध पार्टीभित्रै कसैले आवाज उठायो भने उही कारबाहीमा पर्दथ्यो। &nbsp; &nbsp; पार्टी अन्तरसंघर्षको बेला नेतृत्वको नजिक रहेकाहरूले आफू विरुद्ध बोल्ने सहयात्रीहरूलाई सांस्कृतिक र आर्थिक विचलनको नाममा धेरै यातना दिएका थिए। बाराका पूर्व सभासद् जयराम दाहालसहित हरि चौलागाईं, विरोध शर्मा र दीपक खड्काले आर्थिक हिनामिनाको आरोपमा १६ महीना पार्टीको श्रमकैदमा बिताउनु पर्&zwj;योे। हिटलरकालीन नाजी जर्मनीको 'कन्सन्ट्रेशन क्याम्प' (यातना शिविर) को राम्रै झ्ल्को दिने माओवादी हिरासत 'श्रमशिविर' मा अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीदेखि शिक्षामन्त्री दीनानाथ शर्मा र भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलसम्मले कैयौं महीना बिताएका थिए। भट्टराई पत्नी हिसिला भन्छिन्, &ldquo;नेतृत्वसँग फरक मत राख्ने बाबुराम भट्टराईकी श्रीमती भएकैले फुन्टिवाङमा ममाथि कारबाही गरियो।&rdquo; &nbsp; &nbsp; माओवादीमा गलत रिपोर्टिङ र मनोगत निष्कर्षको आधारमा अनुसन्धानमा राखिएका नेता&ndash;कार्यकर्तालाई यातना दिने निर्दिष्ट परिपाटी नै थियो। त्यस्तो निर्देशन दिनेहरूलाई पार्टी नेतृत्वले 'युद्धमा कहिलेकाहीं यस्ता घटना हुन्छन्' भनेर चोख्याएको र कतिपय अवस्थामा त बढुवा समेत गरेको पीडितहरू बताउँछन्। &ldquo;विना कारण कारबाही भोगेकाहरूले आज पनि आवाज उठाइरहेका छन्, तर यो समस्या नेताहरूको स्वेच्छा र दयामायाको विषय बनेको छ&rdquo;, एमाओवादी नेता राम कार्की भन्छन्, &ldquo;आरोप पुष्टि भएन भने कारबाहीको भरपाई कसरी गर्ने? मानसिक आघातको कुनै क्षतिपूर्ति हुँदैन भन्ने कुरा पार्टीले सोच्नुपर्थ्यो।&rdquo;&nbsp; &nbsp; तर, सोचिएन। धेरै नेता&ndash;कार्यकर्ता र जनता युद्धउन्मादी नेताहरूको मनोगत वर्गविश्लेषणको शिकार भए। त्यस्ता नेताहरूको कार्यशैलीको शिकार सरकारी सुरक्षाकर्मी, तिनका परिवार र जनता मात्र हैन, पार्टीकै नेता&ndash;कार्यकर्ता पनि असंख्य छन्। बारा जिल्लाका पार्टी नेता शिवचन्द्र कुशवाह आफ्नै पार्टीको हिरासतमा आफ्नै साथीहरूबाट पाएको यातनाको प्रसङ्ग निस्कँदा अहिले पनि भक्कानिन्छन्। उनलाई पार्टीले विना कसुर बेपत्ताको स्थितिमा १६ महीना हिरासतमा राखेको थियो। उँले र आफन्तहरूले घरमा श्रीमतीलाई 'शिवचन्द्रलाई पार्टीले मारिसक्यो अब काजकिरिया गर्नुपर्छ' सम्म भनेका थिए। &ldquo;त्यस्तो बेला पार्टीका साथीहरूले सही जानकारी दिनुपर्नेमा उल्टो श्रीमतीलाई 'गद्दारकी स्वास्नी' भनेर दुर्व्यवहार गरेछन्&rdquo;, कुशवाह भन्छन्, &ldquo;मानौं त्यो मानव नभएर दानव झुण्ड थियो।&rdquo; (हे.बक्स) &nbsp; &nbsp; महिला मुक्तिको निम्ति काखकी छोरी घरमा छोडेर माओवादी सशस्त्र आन्दोलनमा लागेकी कल्पना धमला पार्टी हिरासतमा बिरामी हुँदा उपचार समेत नपाएको बताउँछिन्। १४ महीना हिरासतमा रहँदा उनलाई हप्तौं आँखामा पट्टी बाँधेर बयान लिइयो, अपमानित गरेर मानसिक यातना दिने नियतले आरोपसँग मेल नखाने प्रश्नहरू सोधिए, हरेक पटक ज्यान लिने धम्की दिइयो र केन्द्रीयस्तरका नेताहरू नै निकृष्ट ढंगले पेश भए। वैचारिक र सैद्धान्तिक धरातल कमजोर भएका नेताहरूले मानसिक दबाब बढाउन आफूलाई 'तेरो बूढो देवेन्द्रलाई जिउँदो छाड्दैनौं' सम्म भन्ने गरेको धमला बताउँछिन्। &ldquo;त्यो बेला पार्टीमा सनकको भरमा चलाइएका कारबाहीहरूको जवाफदेही अहिले कोही हुने कि नहुने? यसको क्षतिपूर्ति कस्तो हुने र कसले दिने?&rdquo; धमला भन्छिन्, &ldquo;पार्टी नेतृत्वप्रति मेरा यी प्रश्नहरू अझ्ै अनुत्तरित छन्।&rdquo;&nbsp; &nbsp; पार्टीकै साथीहरूले पोलेर सेनाको कब्जामा पुगेका कपिलवस्तुका कमल चुदाली दर्जनौं हड्डी भाँच्चिएको शरीर लिएर पार्टीमा फर्कंदा अर्को अन्तरघातको शिकार भए। सैनिक हिरासतबाट अर्धमृत अवस्थामा आएका चुदालीलाई पहिला त 'हिरासतमा के&ndash;के कमजोरी भयो लिखित रूपमा दिनू' भनेर स्पष्टीकरण मागियो। त्यसपछि सम्पर्कको लागि त्यस्तो स्थानमा बोलाइयो, जहाँ प्रहरी चौकी आक्रमणको योजना बनाइएको थियो। पार्टीका साथीहरूले उनलाई चौकी आक्रमण हुँदैछ भन्ने कुरा लुकाएर सरकारी फौजको गोलीबाट मर्नको लागि बोलाएका थिए। (हे.बक्स) &ldquo;साथीहरूले ममाथि जीवनमा कल्पनै नगरेको धोकाघडी गरेका थिए&rdquo;, अहिले अवध&ndash;मधेश राज्य समिति सचिवालय सदस्य रहेका चुदाली भन्छन्, &ldquo;यस्तो धोकाघडी म नवलपरासी र रुपन्देही जिल्लाको सेक्रेटरीको रूपमा काम गरिरहँदा भएको थियो।&rdquo; &nbsp; &nbsp; यातनाको सिद्धान्त र संस्कार &nbsp; कुनै व्यक्तिको सनकमा हुने माओवादीको यातना कति बर्बर र असन्तुलित हुन्थ्यो भन्ने कुराको भुक्तभोगी गुल्मीका प्रदीप नेपाली पनि हुन्। २०५७ सालमा पूर्णकालीन कार्यकर्ता बनेको चार&ndash;पाँच महीनामा उनले राम्रोसँग पार्टी राजनीति बुझ्ेका पनि थिएनन्। नेताहरूको जस्तो झ्ोला र कपडाको रहर लागेर उनले सिर्सेनीदेखि तलको बजारमा एक जना व्यापारीसँग कपडा मागे। जिल्ला नेतृत्वले त्यो कुरा थाहा पाएपछि शुद्धीकरणको नाममा कडा कारबाहीको योजना बनायो। प्रदीपलाई चारपाटा मुडेर त्यही बजार पुर्&zwj;याइयो र अनुहारमा मोसो दलेर पशुलाई झै डोरीले बाँधेर पिट्दै डुलाइयो। &nbsp; &nbsp; &nbsp; नेतृत्वको निगरानीमाः प्रधानमन्त्रीका प्रमुख सल्लाहकार देवेन्द्र&nbsp;पौडेल 'सुनिल' द्वन्द्व कालमा। समाज शुद्धीकरणको नाममा माओवादीका फुच्चे कार्यकर्ताहरू रक्सी खाएको आरोपमा बूढापाकाहरूलाई कान समातेर उठबस गराउँथे, कतिपयको जुँगा उखेलिदिन्थे। यस्तो बर्बरता धेरै ठाउँमा दोहोरिएका छन् र नेतृत्वले 'क्रान्तिमा कहिलेकाहीं यस्तो हुन्छ' भनेर जंगली यातनाको संस्कारलाई अनुमोदन गरिदिएको छ। त्यो बेला जनजाति समुदायका बूढापाकाले रक्सी खाएको र किशोर उमेरका प्रदीपले एउटा जाबो झोला र ज्याकेटको निहुँमा त्यति जलिल हुनुपरेको पार्टीमा अहिले कैयौं नेताहरूले रातारात गरेको आर्थिक चमत्कार भने हेर्न लायक छ। इलम विनाका धेरै नेताले आश्चर्य लाग्ने गरी विलासी जीवनशैली अपनाएका र आफ्ना छोराछोरीलाई स्वदेश र विदेशका महँगा स्कूलहरूमा पढाइरहेका छन्। &nbsp; यस्तै प्रवृत्तिको विरोधमा कार्यकर्ताले गएको साउनमा भृकुटीमण्डपमा भएको सातौं विस्तारित बैठकस्थल नै कब्जा गरेर नारा लगाएका थिए, तर नेताहरूले 'कमरेडहरू, अब हामी भोलिदेखि नै सबै छोडेर जोगी बन्न तयार हुन्छौं' भनेर टारेको टार्&zwj;यै गरेका छन्। &nbsp; &nbsp; 'साधुलाई शूली, चोरलाई चौतारी'&nbsp; कुनै बेला वैचारिक, आर्थिक र सांस्कृतिक विचलनको झुटो आरोपमा श्रमशिविरको यात्रा गरेका नेता&ndash;कार्यकर्ता तथा घाइतेहरू यतिखेर दोहोरो पीडामा छन्― पार्टीमा हावी भएको भ्रष्ट आचरण र आफ्नै आधारभूत आवश्यकता पूर्तिमा भोग्नुपरेको चरम आर्थिक अभाव। तर, सच्चा साथीहरूलाई प्रताडित गर्नेहरूमाथि कारबाहीको त कुरै छाडौं, पार्टीमा रातारात नयाँ&ndash;नयाँ महाजनहरूको उदय भइरहेको छ। &nbsp; &nbsp; पार्टीमा सच्चा साथीहरूमाथि आधारहीन आरोपमा कारबाही भएको बेला आँशु नै झ्रेको बताउने एमाओवादी नेता राम कार्की पार्टीमा अभियोग लगाउने र अभियोग खेप्नेबीच मेलमिलापको नीति नभएकोले विना प्रमाण आफ्नै साथीहरूलाई अनुसन्धानको नाममा प्रताडित गर्नेहरूलाई कमिटिमा माफी मगाउने कामसम्म नभएको बताउँछन्। यसले गर्दा पार्टीमा 'चोरलाई चौतारी र साधुलाई शूली' भएको स्पष्ट गर्दै कार्की भन्छन्, &ldquo;अरू देशका पार्टीहरूले अभियोग लगाउने र खेप्ने बीच मेलमिलापको नीति अपनाएको पाइन्छ, तर हाम्रोमा त्यो छैन।&rdquo; &nbsp; मुख्य नेतृत्वको वरिपरि बसेर अन्य नेतृत्व पंक्तिलाई सिध्याउने एउटा टीम अहिले पनि एमाओवादी पार्टीमा क्रियाशील छ। यस्तो प्रवृत्तिसँग विमति राख्ने नेता&ndash;कार्यकर्ता हिजो पीडित थिए, आज पनि ठगिएकै छन्। &nbsp; (एमाओवादी निकट जनादेश साप्ताहिक की कार्यकारी सम्पादक तथा पार्टीको प्रचार राज्य समिति सदस्य खड्का यसअघिसम्म अरुणा रायमाझी को नाममा लेख्थिन्।)&nbsp; &nbsp; 'साथीहरूले मार्न &nbsp;चाहेका थिए'&nbsp; &nbsp; देवेन्द्र पराजुली&nbsp; सदस्य, महाधिवेशन आयोजक समिति&nbsp; &nbsp; &nbsp; पहिले&ndash;अहिलेः पार्टी हिरासतबाट मुक्त भएलगत्तैको देवेन्द्र&nbsp;पराजुलीको तस्वीर (बायाँ)। बिहारको&nbsp;पटनामा साथीहरू प्रहरी कब्जामा पर्दा होटल बाहिर भएकाले म र मेरी श्रीमती कल्पना जोगियौं। अलपत्र अवस्थामा वामदेव क्षेत्री 'विकल्प'लाई फोन गर्दा मोतिहारी बोलाउनुभयो र त्यहाँबाट रौतहटहुँदै सिन्धुली पुग्यौं। त्यहाँ घटनाबारे छलफलको क्रममा केन्द्रीय सदस्य पवनमान श्रेष्ठले एक्कासी 'सब कुरा बुझ्िएको छ' भन्दा कल्पनाले मलाई सजग गराएकी थिइन्, तर मैले त्यति वास्ता गरिनँ। रामबहादुर थापा 'बादल' ले अनुसन्धानको लागि निलम्बन गरिएको बताउँदा भने आश्चर्यचकित भएँ। हामीले अनुसन्धानमा सहयोग गर्ने जनाउँदै राजीनामा दियौं, तर साथीहरूको नीचता पछि मात्र थाहा भयो। बयान १:&nbsp;'पटनामा नेताहरू समातिंदा हामी कसरी जोगियौं?' सिन्धुलीमा पहिलो बयान लिने पवनमानको शुरूको प्रश्न यही थियो। जवाफ दिंदै जाँदा घटनाको सहज र निष्पक्ष छानबिन हुन्छ भन्ने मेरो बुझ्ाइ मनोगत ठहरिंदै गयो। हामीलाई सैन्य हिरासतमा राख्ने योजना बनिसकेको रहेछ। &nbsp; बयान २: सेनाको 'फर्मेसन' (घेरा) मा उदयपुर पुग्दा बयान लिन पोलिटब्यूरो सदस्य हितमान शाक्य तयार रहेछन्। उनी 'पटना घटना आफूले गराएको होइन भनेर पुष्टि गर' भन्ने ढंगले पेश भए, केही समय चर्काचर्की पर्&zwj;यो। त्यसपछि सोलु पुर्&zwj;याएर कल्पना र मलाई अलग पारियो। &nbsp; &nbsp; बयान ३:&nbsp;सोलुमा आँखामा कालोपट्टी बाँधिदिएर बयान लिंदै सैन्य कमाण्डर वासुदेव घिमिरे 'पावेल'ले 'तँ पार्टीको गद्दार होस्' भनेपछि मेरो धैर्यको बाँध टुट्यो, औंला ठड्याउँदै गद्दार नभन्न चुनौती दिएँ। उनले मेरो हात तल बजार्दै टाउको समातेर भुईंतिर थिचे। &nbsp; मुटु कमाउने चिसो रातमा कमाण्डरहरू स्लिपिङ ब्याग खोसिदिन्थे। दिनहरू यातनामा बिते, बोल्न पनि प्रतिबन्ध लाग्यो। कल्पना कहाँ, कस्तो अवस्थामा थिइन् थाहा भएन। केही समयपछि फेरि उदयपुर लगियो। त्यहाँ हितमान र अमृता थापासँग कुराकानी गर्न पाइने आशा गरेको थिएँ, तर अमृताले देखे पनि नदेखेजस्तो गरिन्। &nbsp; &nbsp; बयान ४:&nbsp;उदयपुर पुगेको भोलिपल्ट दिउँसो चार बजे वस्तीबाट टाढा गोठमा लगेर अपशब्द बोल्दै हातखुट्टा कसे। आँखामा पट्टी बाँधिएकोले कसले बयान लिंदैछ थाहा भएन। उसले 'तँ होइनस् भने को हो भन्?' भन्दै जलिल प्रश्नहरू गर्&zwj;यो। बयान लिने व्यक्ति 'प्रवेश' नामका कमिसार रहेको पछि थाहा पाएँ। &nbsp; &nbsp; बयान ५:&nbsp;त्यो साँझ् गोठ माथि डाँडामा लगेर आँखामा पट्टी बाँधिएकै थियो, कञ्चटमा पेस्तोल राखेर 'गद्दार' लाई सिध्याउने भन्दै मानसिक यातना दिए र मरेको पशुलाई झै खुट्टामा डोरीले बाँधेर गेग्य्रानमा घिसार्दै तल झारे। शरीरको बाहिरी भाग छियाछिया हुँदा पनि साथीहरू रोकिएनन् र 'पटनामा नेताहरूलाई किन गिरफ्तार गराइस्?' भन्दै पालैपालो हिर्काउन थाले। ऐया भन्दा आवाज बन्द गर्न बुटले मुखमा कुल्चिन्थे। मुखमा कपडा खाँदेर पनि कुल्चिए। खुट्टाको नलीहाडमा बेल्ना लगाउँदै अन्तिम इच्छा सोधिंदा भनेको थिएँ― 'मलाई नमार।' &nbsp; &nbsp; मरें भने इतिहासको पानामा 'गद्दार' लेखिनेछु, क्रान्ति सफल वा असफल जे भए पनि घटनाको अनुसन्धान हुनेछ र निर्दोष सावित हुनेछु। पार्टीले घटनाको अनुसन्धानलाई जारी राखोस्। मैले पार्टी हेटक्वाटरलाई पत्र लेख्न पाउँ्क भन्न थालें। केही समयपछि उनीहरूले 'अहिले नमार्ने रे' भने। मलाई मृत्युदण्ड दिनेबारे पार्टीमा छलफल हुँदै रहेछ! &nbsp; तिनै साथीहरूले अर्धमृत अवस्थामा घिसार्दै सुत्ने ठाउँमा ल्याएर फालिदिए। मलमपट्टी गर्ने कोही थिएन। भोलिपल्ट केन्द्रीय सदस्य हिमाल शर्मालाई भेट्टाइदिन आग्रह गर्दा 'ए तैंले हामीलाई नगन्ने, ठूलो नेता खोज्छस् गद्दार!' भन्दै लात्तैलात्ताले हिर्काए। अर्को दिन घायल शरीर घिसार्दै बिहानै हिंड्नुपर्ने भयो। बाटोभरि साथीहरूले भुईंमा लठ्ठी बजारेर तर्साए अनि आफैं 'ऐया... ऐया...' भन्दै जिस्क्याए। &nbsp; &nbsp; यातनाले दायाँ हात चल्न छोड्यो। खाना खाएपछि सेनाको खाना बनाएको भाँडा माझेन भनेर पालैपालो खनिए, देब्रे हातले मुस्किलले माँझ्ें। कल्पनासँग छुट्टिएको सिन्धुलीको गाउँ पुग्दा मेरो अवस्था देखेर गाउँका जनताले 'के भयो सर?' भनेर सोधे। भीरबाट लडेको भनेर पार्टीले दिएको यातना लुकाएँ। तिनै जनताले औषधि ल्याइदिए, दूध&ndash;भात पनि दिए। &nbsp; &nbsp; त्यहाँबाट साथीहरूले गह्रौं भारी बोकाएर हिंडाए, सक्दिनँ भन्दा पिटे। सेनाको टीमलाई खाना बनाउने र भाँडा माझने काम गर्दा कमाण्डरलाई 'म श्रमकैदमा छु कि अनुसन्धानमा?' भनेर सोधेको थिएँ। उसले 'माथिको आदेश छ खुरुखुरु काम गर्ने, नत्र ठीक हँुदैन' भन्यो। 'ठीक हुँदैन' को अर्थ यातना हुन्थ्यो। हातखुट्टा बाँधेर पैतालामा मुंग्रोले हिर्काउँदा सबभन्दा बढी पीडा हुन्थ्यो। साथीहरूले करेन्ट बाहेक यातनाका सबै विधि प्रयोग गरे। खुट्टाको एउटा औंलो यातनाबाटै भाँचियो। अहिले ढाड दुखिरहन्छ। &nbsp; &nbsp; त्यसबेला केही साथीले कमाण्डरको आँखा छलेर 'तपाईं बाबुराम भट्टराईतिर लाग्दा यस्तो भएको हो रे' भनेपछि हरेक पटक जसो 'तेरो गुरुबा को हो?' भनेर सोध्नुको कारण थाहा पाएँ। भट्टराईको पत्तासाफ पार्ने गुरुयोजनाको मुख्य शिकार म बनेछु। &nbsp; &nbsp; मेरो अवस्था देखेर भोजपुर जिल्ला कमिटीका साथीहरूले जिम्मा लिने प्रस्ताव राखेछन्। सेनाको हिरासतबाट त्यहाँ पुगेपछि यातना रोकियो, छलफल गर्ने मौका पनि पाएँ। साथीहरूले अन्तरसंघर्षबारे प्रश्न गर्दा चाहिं मसँग उत्तर हुँदैनथ्यो, आफू अन्तरसंघर्षकै शिकार भएको थाहा पाइसक्दा पनि। &nbsp; &nbsp; आरोप पुष्टि नभएपछि १४ महीनाको हिरासतबाट मुक्त हुँदा सोलुमा कल्पनासँग भेट भयो। स्वागतको लागि तिनै मान्छे बसेका थिए जसले हामीलाई शिकार बनाए। 'ल... स्वागत छ' भन्दै सबभन्दा अगाडि हात बढाउनेमा हितमान शाक्य थिए। मेरो कानमा 'गद्दार' शब्द गुञ्जन थाल्यो। 'मार्न खोज्नुभएको थियो, सक्नुभएन। अहिले केको स्वागत? तपाईं त नेता होइन, हनुमानढोकाको केरकार शाखाको हवल्दार हुनुहुँदोरहेछ' भन्दा उनले भने, 'ल... हेर त, मसँग रिसाएको! त्यो त कृष्णबहादुर महराले भनेर पो गरेकोे त!'&nbsp; &nbsp; <div style="margin: 0px; padding: 0px; border: 0px; font-size: 13.63636302947998px; font: inherit; vertical-align: baseline

_____ · Dec 16, 2012 10:14 AM · 1,451 views

1 Reply

&nbsp;पछि दिल्लीमा पार्टी अध्यक्षले 'हाम्रा कमरेडहरू पञ्चायतकालका प्रधानपञ्च जस्ता पनि रहेनन्, तपाईंहरूले विनासित्ति दुःख पाउनुभयो' भन्नुभयो। मैले 'मनोगत निष्कर्ष निकालेर अनुसन्धानको नाममा यातनाको विधि अपनाउनाले पार्टीमा धेरै साथी अन्यायमा परेका छन्, त्यसलाई तुरुन्तै रोक्नुपर्छ' भन्दा अध्यक्षले सहमति त जनाउनुभयो तर अहिलेसम्म केही भएको छैन। &nbsp; &nbsp; ममाथि लगाइएको मिथ्या आरोपले मेरो राजनीतिक जीवनमा ठूलो घाटा पुर्&zwj;याएको छ, अरूलाई प्रताडित गर्नेहरू चाहिं लगातार माथि आइरहेका छन्। भगौडा र कार्यक्षमता नभएकाहरूले केन्द्र भरिएको छ। नेताको भजन&ndash;कीर्तन गर्नेहरू पार्टी फुटाएर गए। उनीहरू नेतृत्वलाई राक्षसको रूपमा प्रस्तुत गरिरहेका छन्।&nbsp; 'बर्बर यातना दिए' &nbsp; &nbsp; कल्पना धमला&nbsp; सदस्य, महाधिवेशन आयोजक समिति&nbsp; &nbsp; &nbsp; पार्टी हिरासतमै रहँदा कल्पना धमला, महिला कामरेडहरूसँग। मैले वैचारिक प्रतिवाद गरेका रवीन्द्र श्रेष्ठहरू मलाई कतै न कतै लडाउन चाहन्थे। कार्यकर्तालाई केन्द्रको योजना बुझ्ाउन नसक्ने भ्यालीका केही केन्द्रीय सदस्यले त्यही बेला मेरा श्रीमान देवेन्द्र पराजुलीमाथि नेतृत्वले भनेको नमानेको आरोप लगाएका थिए। रवीन्द्र पछि नेतृत्वमा आएका कुलबहादुर केसी 'सोनाम', लोकेन्द्र विष्ट, हितबहादुर तामाड लगायतका नेताहरू देवेन्द्रलाई जसरी पनि पछाडि पार्ने ध्याउन्नमा थिए। &nbsp; संकटकालको बेला, म बिरामी परेकीले उपचारको लागि भारत जाने अनुमति माग्यौं। पार्टी केन्द्रीय समितिको बैठक पनि भारतमै हुँदै थियो। हामी केन्द्रीय सदस्यहरूसँगै पटना पुग्दा चित्रबहादुर श्रेष्ठ, हितबहादुर तामाङ, लोकेन्द्र बिष्ट, दिलीप महर्जन, कुलप्रसाद केसी, तारा घर्तिहरू समातिनुभयो। देवेन्द्रजी र मलाई 'र' का एजेण्टको विल्ला भिराउँदै नेताहरूलाई फँसाएको आरोप लगाइएछ। सिन्धुलीको कार्यकर्ता भेलामा बोलाएर हिरासतमा लिई १९ मंसीर २०६१ देखि आँखामा कालोपट्टी बाँधेर छुट्टाछुट्टै ठाउँमा बयान लिइयो। &nbsp; &nbsp; बयानको क्रममा अत्यन्त निकृष्ट ढंगले मानसिक यातना दिइयो, पटक&ndash;पटक 'तैंले होइन देवेन्द्रले गरेको हो, सबै कुरा बता नत्र देवेन्द्रको सती जान्छेस्' भन्थे। हामीले पार्टीमा पुर्&zwj;याएको योगदानको कत्ति पनि ख्याल नराखी यस्ता मूर्खतापूर्ण बयान लिने केन्द्रीय सदस्यहरू नै थिए। गल्ती मेरो होइन भनेर पार्टीलाई थाहा थियो भने ममाथि किन कारबाही गरियो? नेतृत्वपंक्तिलाई मेरा यी प्रश्न अहिले पनि कायम छन्। &nbsp; &nbsp; देवेन्द्रलाई कुनै हालतमा बाँच्न नदिने कुरा मलाई पटक&ndash;पटक सुनाइयो। म 'विना कसुर मार्ने भए मार, तिमीहरूकै हिरासतमा छु। कम्युनिष्ट आन्दोलनको इतिहासको कुनै मोडमा हाम्रो मूल्यांकन हुनेछ, हाम्रा हाडखोर पक्कै खोजिनेछ' भन्दै आफूलाई दृढ राख्न खोज्थें। सही छानबिन हुनेछ र न्याय पाउनेछु भन्नेमा विश्वस्त भएर बर्बर यातना सहंे। सेनाको 'फर्मेसन' मा हिंड्दा 'यो गद्दारी गरेर आएकी बन्दी हो' भनिंदाको पीडा बयान गर्ने शब्द छैनन्, मसँग। &nbsp; 'अरू साथी गिरफ्तार हुँदा तिमीहरू किन भएनौ?' भनेर बारम्बार लाञ्छना लगाउने केन्द्रीय सदस्यहरूमा त्यो स्तरको विवेक देखियो। उनीहरूले हाम्रो परिवारका सदस्यलाई समेत यातना दिन भ्याएछन्। त्यहीबीच एउटा पत्रिकाले हाम्रो बारेमा लेखेपछि आतंकित परिवारका सदस्यहरूले मानवअधिकारवादी र पत्रकारहरूको सहयोगमा हामीलाई सार्वजनिक गराउने मागको तयारी गरिरहेको बेला हामी हिरासत मुक्त भयौं। रोल्पामा बसेको केन्द्रीय समिति बैठकले १४ महीनामा 'आरोप पुष्टि नभएकोले हिरासत मुक्त गर्ने' निर्णय गरेपछि मात्र देवेन्द्रजीसँग भेट भयो। मलाई सिन्धुली, उदयपुर, खोटाङ र ओखलढुङ्गामा राखिएको थियो।&nbsp; &nbsp; त्यो बेला हामीलाई बेपत्ता पार्दा पार्टीप्रति इमान्दार र वैचारिक रूपमा परिपक्व साथीहरूले सम्मानजनक व्यवहार गरेका र धेरै अप्ठ्याराबाट बचाएका थिए। 'तपाईंलाई नखाएको विष लाग्दैन' भन्ने कति कमरेडले लुकाएर औषधि दिंदै मेरो उपचार गरे। गाउँका जनताले 'तपाईंलाई अपहरण गरेर ल्याएको हो?' भनेर सोध्दा 'श्रीमान् पार्टीमा भएकाले भेट्न आएको' भनेर ढाँट्थें। कति पटक उनीहरूले भुटेर दिएको मकैले प्राण धानें। त्यो बेला माया गरेका सिन्धुलीका केही परिवारसँग अहिले पनि आउजाउ छ। &nbsp; &nbsp; सपनामा परिवारका सदस्यलाई देख्दा विपनामा धेरै आँशु बग्थ्यो। फुकुवा भएपछि छोरीको आवाज सुन्न पाउँदा खुशीले झ्ण्डैझ्ण्डै बेहोश भएँ। हाम्रो अवस्था अज्ञात भएपछि परिवारले छोरीलाई काकाकाकीलाई बाबाआमा भन्न सिकाउनुभएको रहेछ। छोरी हामीलाई अहिले पनि ठूलो बा, ठूली आमा भन्छे, हामीसँग केही माग गर्दिनँ। त्यो बेला छोरीलाई छोडेको पीडा अहिले भोग्दैछौं। हामीले छोरीलाई त्यस बेलाको अवस्था बुझाउन सकेका छैनौं। &nbsp; &nbsp; गद्दार भन्दै हाम्रो बयान लिने मूर्खहरू अहिले अगाडि पर्दा लज्जित हुन्छन्, ठाडो शिर पारेर हात मिलाउन सक्दैनन्। उनीहरूलाई हेर्दा यस्तालाई कसले नेता बनायो होला जस्तो लाग्छ। पछि पार्टी अध्यक्षले 'तपाईंहरूमाथि जे भयो त्यो पार्टीको निर्देशन थिएन, भन्नुस् अब के गरौं' भन्नुभयो। मैले 'हामी आफूलाई टोक्ने कुकुरहरूलाई टोक्न जाँदैनौं, तपाईं नै तिनको उपचार गर्नुस्' भन्दा उहाँ बोल्नुभएन। &nbsp; &nbsp; अहिले पार्टीलाई प्रयोग गर्नेहरू मात्र अगाडि आएका छन्। यस्ता उपयोगवादीलाई अगाडि बढाउने हो भने आन्दोलन र नेतृत्व दुवै खतरामा पर्छ, पार्टीले यस्ता कुराको समीक्षा गर्न जरुरी छ। पहिला सेनाले हिरासतमा लिएका साथीहरूलाई क्षतिपूर्ति दिइएको छ। हामीलाई राजनीतिक जीवनमा दाग लगाउँदै विना कसुर १४ महीना यातना दिएर बेपत्ता अवस्थामा राख्दा त्यसको क्षतिपूर्ति कस्तो हुने र कसले दिने? सनकको भरमा कारबाही चलाउनेहरू त्यसको जवाफदेही हुने कि नहुने? पार्टीले यी प्रश्नको उत्तर खोज्नुपर्छ।&nbsp; &nbsp; 'श्रीमतीलाई भनेछन्, श्रीमानको किरिया गर्नू'&nbsp; &nbsp; शिवचन्द्र कुशवाह 'जमिन'&nbsp; केन्द्रीय सदस्य तथा पूर्व सभासद्&nbsp; &nbsp; &nbsp; आफ्नै पार्टीको हिरासतमा रहँदा शिवचन्द्र कुशवाह। त्यो बेला न मलाई अन्तर पार्टी संघर्षबारे थाहा थियो, न को प्रचण्डको न त को बाबुरामको मान्छे भन्ने नै। मात्र माओवादी पार्टीको एक सिपाही थिएँ। त्यही उत्साहले सिन्धुलीमा हुने प्रशिक्षणमा पुग्दा अग्नि सापकोटा र रामबहादुर थापा 'बादल' ले पटना घटनामा ११ जना साथी गिरफ्तार हुनुभएको छ, तपाईं पनि अनुसन्धानको लागि राजीनामा दिएर जनमुक्ति सेनाको फर्मेसनमा जानुस् भन्नुभयो। ममाथि ठूलो षड्यन्त्र भयो, सही अनुसन्धान गरियोस्, दूधको दूध पानीको पानी हुन्छ भन्दै राजीनामा दिएँ। &nbsp; त्यसपछिको व्यवहार सहज थिएन। एउटा बेकसुर कार्यकर्तालाई पार्टीले १६ महीना सैन्य हिरासतमा राख्यो। हत्कडी थिएन, तर व्यवहार शत्रु पक्षको कैदीकै जस्तो थियो। म तराईको मान्छेलाई पूर्वी पहाडका डाँडाकाँडामा गह्रौं भारी बोकाएर हिंडाइयो। साथीहरूले मुकुण्डो लगाएर बयान लिए। कतिपय प्रश्न कल्पना भन्दा बाहिरका हुन्थे। सेनाको टुकडीलाई 'यो पार्टीको गद्दार हो' भनिएको रहेछ। कम उमेरका साथीहरूले अपमान गरेर बोलेको सुन्दा गाउँलेहरू प्रश्न गर्थे। &nbsp; &nbsp; मलाई पार्टीले हिरासतमा लिएको १० दिनमा दाजुलाई तत्कालीन शाही सेनाले बेपत्ता पार्&zwj;यो। त्यो बेला हाम्रो परिवार कुन मानसिक अवस्थाबाट गुजि्रयो होला? हिरासतमा राखेको १२&ndash;१३ महीनामा पनि परिवारलाई खबर पठाउन दिएनन्। हाम्रो गाउँमा दूध व्यापार गर्ने ओखलढुङ्गाका दाइ रामेछापको साँघुटार ससुराली आउनुभएको रहेछ। त्यहाँ मलाई देख्ने बित्तिकै अँगालो मारेर रुनुभयो। &ldquo;तपाईंलाई आफ्नै पार्टीले मारेर माटोमा गाडिसक्यो भन्ने हल्ला छ, अब गएर 'जमिन' लाई भेटेंभन्दा बारामा कसैले पत्याउँदैनन्&rdquo;, उहाँले भन्नुभयो। &nbsp; &nbsp; आफन्त र गाउँलेहरूले परिवारलाई मेरो किरियाकर्म गरेर चित्त बुझाउन पटक&ndash;पटक सुझाएका रहेछन्। अब ती दाइले मेरो खबर घरमै पुगेर सुनाउने भए, तर संकटकाल भएकोले उनको सुरक्षाका लागि चिट्ठी नलेख्ने सल्लाह भयो। यसबीचमा मेरो खोजी गर्दै श्रीमती चिनेसम्मका पार्टीका साथीहरूको घरदैलो पुगिछन्, तर सही जानकारी दिने कुरा त छोडौं 'गद्दार' की श्रीमती भनेर राम्रो व्यवहार समेत गरेनछन्। पछि गाउँ जाँदा सामान्य चिन्नेहरू त मलाई देखेर बाटोमै रोए भने १६ महीनासम्म बेपत्ता श्रीमान् र बाबुको बाटो कुरेर बसेका श्रीमती&ndash;छोराछोरीको हालत कस्तो भयो होला? &nbsp; आरोप प्रमाणित नभएर हिरासत मुक्त भएपछि पार्टी अध्यक्ष प्रचण्ड र बाबुरामले भारतको चण्डीगढमा बोलाएर 'तपाईंहरूमाथि अन्याय भयो, क्रान्तिमा कहिलेकाहीं यस्तो हुनजान्छ, अब राम्ररी काम गर्नुस्' भने। 'कमरेड, क्रान्तिमा हिंडेको मान्छेले केको लागि सीआईडी गर्ने?' भनेर सोध्दा प्रचण्ड बोल्नुभएन। मेरो यो प्रश्न अद्यापि कायम छ।&nbsp; 'साथीहरूको मार्ने षड्यन्त्र रहेछ'&nbsp; कमल चुदाली 'शिखर'&nbsp; सदस्य, अवध&ndash;मधेश राज्य समिति सचिवालय&nbsp; &nbsp; &nbsp; &nbsp; जनयुद्धको बेला रुपन्देही&ndash;नवलपरासी जिल्ला सेक्रेटरी थिएँ। १० माघ २०५८ मा आफ्नै साथीहरूको गद्दारीबाट तत्कालीन शाही सेनाको कब्जामा परें। सेनाको यातनाले खुट्टाका हड्डी टुटेका छन्। &nbsp; सेनाको यातनाले मलाई कम्युनिष्ट आदर्शप्रति अझ् मजबूत बनायो भन्ने ठानेको थिएँ, तर पार्टीले त्यो ठानेन। 'हिरासतमा के&ndash;के कमजोरी भयो लिखित रूपमा दिनू' भन्दै स्पष्टीकरण मागियो। चित्त दुखे पनि लिखित स्पष्टीकरण दिएँ। १३ भदौ २०६० मा युद्धविराम भङ्ग हुने दिन मलाई सम्पर्क गर्न बोलाइयो। भोलिपल्ट त्यस नजिकैको चौकी आक्रमण भएपछि गाउँ पसेको शाही सेना छापा मार्दै म बसेको घरमा आइपुग्यो। जबकि मलाई साथीहरू नआउञ्जेल ठाउँ नछाड्न भनिएको थियो। घरकी बूढीआमाले खाटमुनि लुकाएर जोगाइन्। मलाई साथीहरूले चौकी आक्रमण हुँदैछ भन्ने कुरा लुकाएर मर्नको लागि छोडिदिएका रहेछन्। &nbsp; &nbsp; पार्टीले काममा फर्काउँदैछ भनेर बसेको मलाई त्यो घटनाले नराम्ररी झ्स्कायो। मेरो पार्टी जीवनमा सबैभन्दा ठूलो अन्तरघात थियो त्यो। मलाई योजनाबद्ध रूपमा चौकी नजिकैको सेल्टरमा राखेर जिम्मेवार कमरेडहरू लिन आउँछन्, त्यो बेलासम्म ठाउँ नछाड्नु भनिएको थियो। त्यो धोकाबाट जोगिंदा मसँग १० रुपैयाँ मात्र भएकोले रातारात हिंडेर कपिलवस्तु घर आएँ। त्यहाँको पार्टी नेतृत्वप्रति धेरै घृणा जागेर आयो। &nbsp;

_____ · Dec 16, 2012 4:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all