केएफसी'मा अवैद्य मासु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://www.ekantipur.com/nep/2... केएफसी'मा अवैद्य मासु थाइल्याण्डबाट मासु ल्याइने भनिए पनि भारतबाट ल्याउने गरिएको खुलासा नेपालमा उत्पादित कुखुराको मासुलाई चाँही 'मापदण्ड नपुगेको' भनिन्थ्यो   (4 Votes)   1 2 3 4 5       पोषनाथ अधिकारी ०       ! धादिङ, मंसिर ३० - अन्तर्राष्ट्रिय फास्ट फुड चेन केएफसीमा प्रयोग हुने मासु अवैद्य भएको खुलासा भएको छ । केएफसीका लागि ल्याइएको कुखुरा धादिङका किसानहरुले धार्केमा नियन्त्रणमा लिएपछि यो तथ्य खुलेको हो । केएफसीले नेपाली मासु मापदण्डविपरीतको भन्दै ब्राजिल र थाइल्याण्डबाट ल्याउने बताउँदै आएको थियो । तर प्रज्ञापनपत्रमा भारतबाट मासु ल्याइएको उल्लेख छ । नियन्त्रणमा लिइएको दुई कन्टेनर कुखुराको मासु नष्ट गर्न स्थानीय किसानले माग गरेपछि धादिङमा प्रहरीले अश्रु ग्याँस चलाएको थियो । काठमाडौंबाट गएको पशु क्वारेन्टटाइमको टोलीले मासुलाई अवैध र खानका लागि उपयुक्त नभएको बताएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं ल्याउने तयारी गरेपछि भएको विवादमा अश्रु ग्याँस प्रहार भएको हो । नेपाल भेटिनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठले पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि जबर्जस्ती काठमाडौं लैजान खोजेपछि फायरिङ गरिएको बताए । उनले प्रहरीले निर्ममतापूर्वक किसानमाथि अश्रु ग्याँस र लाठी चलाएको बताए । किसानले मासु कुनै हालतमा लैजान नदिने अडान लिएपछि साँझ डोजर प्रयोग गरी गाडिएको छ । नेपालमा उत्पादित मासु मापदण्ड पूरा नभएको भन्दै थाइल्याण्डबाट ल्याउने  दाबी गरेको केएफसीले भारतबाट मासु ल्याएपछि धादिङका किसानले धार्केमा दुई कन्टेनर रोकेका थिए । काठमाडौंबाट गएको पशु क्वारेन्टाइनले मासु नष्ट गर्न भने पनि प्रहरीले 'माथिको आदेश' भन्दै पठाउन खोजेपछि तनाव भएको हो । धादिङ प्रहरी प्रमुख विकासराज खनालले मासु काठमाडौं पुर्‍याएरै छाड्ने भन्दै नष्ट गर्न अस्वीकार गरे । किसान अघि बढेपछि प्रहरीले अश्रु ग्याँस र लाठी प्रहार गरेको हो । कन्टेनरमा रहेको मासु सबै कुहिएर प्रयोग नै गर्न नहुने अवस्थामा रहेको पूर्व पशु सेवा निर्देशक डा. रामकृष्ण खतिवडाले जानकारी दिएका छन् । डा. खतिवडाका अनुसार हाम्रो नेपालको कानुनी ऐन विपरीत मासु ल्याइएको र उनीहरुसँग कुनै प्रकारका पनि कागजात पनि छैन । धार्केका किसानहरुले कुखुराको मासु बोकेर ल्याउादै गरेको अवस्थामा एमएच ४३ यु ४३३७ र डिएल १ एम ६५८२ नम्बरका भारतका कन्टेनर  नियन्त्रणमा लिएका हुन् ।    

_____ · Dec 15, 2012 12:42 PM · 1,640 views

1 Reply

  कृषिका निलम्बित, भन्सारका खोई ? अवैध मासु आयात   (3 Votes)   1 2 3 4 5                           सुरज कुँवर २         काठमाडौ, पुस २ - बर्डफ्लु संक्रमित मुलुकको मासु पैठारी गर्न नपाइने नियमविपरीत ११ टन कुखुराको मासुलाई प्रमाणित गरी आयात अनुमति दिने क्वारेन्टाइनका दुई उपसचिवसहित चार प्राविधिक कर्मचारीलाई कृषि मन्त्रालयले आइतबार निलम्बन गरेको छ । तर मासु आयात प्रक्रियासँग जोडिएको अन्य निकाय भन्सार र प्रहरीमा भने यसबारे छानबिन थालिएको छैन । निलम्बनको निर्णय गरे लगत्तै गृह र अर्थसँगको अन्तरक्रियामा कृषिसचिव जयमुकुन्द खनालले समेत यसबारे चासो राखेका थिए । 'मैले मेरा कर्मचारीलाई कारबाही सुरु गरें, तपाईहरूले पनि भेटनरी प्रमाणपत्र नहेरी कन्टेनरलाई नेपाल छिराउन मद्दत गर्ने कर्मचारीलाई भन्सार ऐनअनुसार कारबाही गरिदिनुपर्‍यो,' बैठकमा कृषिसचिव खनालले भन्सार विभागका महानिर्देशकका साथै सशस्त्र र नेपाल प्रहरीका डीआईजीलाई भनेका थिए । मन्त्रालयमा भएको बैठकमा गृह र अर्थ मन्त्रालयका तर्फबाट सहभागी प्रतिनिधिहरूले राजपत्रमा सूचना प्रकाशित भएयता पक्षीजन्य उत्पादन आयत भए/नभएकाबारे छानबिन गरी सघाउने प्रतिबद्धता मात्र जनाएका छन् । कृषिको निलम्बनमा पर्नेमा पशु विभाग मातहतको पर्सास्थित वीरगन्ज क्वारेन्टाइन प्रमुख उपसचिव मुन्नीलाल चौधरी, अधिकृत हरिराम यादव, चितवनको आँपटारीका क्वारेन्टाइन प्रमुख दयाराम चापागाई र केन्द्रीय क्वारेन्टाइनमा कार्यरत उपसचिव मोहनदेव लेखक छन् । उनीहरूलाई मन्त्रालयले आइतबारै निलम्बन गरी बयान लिएको छ । पशु सेवा विभागका महानिर्देशक नरबहादुर रजवारका अनुसार मन्त्रालयले यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव उत्तमकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिले दिने प्रतिवेदनका आधारमा संलग्न कर्मचारीलाई कारबाही गरिने छ । शुक्रबारसम्म समयसीमा भएको समितिले पाँच दिनभित्र कृषिसचिव जयमुकुन्द खनाललाई प्रतिवेदन बुझाइसक्नु पर्ने समितिका सदस्य रामकृष्ण खतिवडाले बताए । यसैबीच कृषिले आइतबार भन्सार विभाग, सीमा सुरक्षाको जिम्मा लिइरहेको सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग बैठक गरी विश्व पशु स्वास्थ्य संगठनले बर्डफ्लु फैलिएको सूचीमा दर्ज गरेको मुलुकबाट जीवित पक्षी, मासु, अण्डालगायत पक्षीजन्य उत्पादनको पैठारी रोक्न निर्देशन दिएको छ । विश्व पशु स्वास्थ्य संगठनले संक्रमणको सूचीमा रोखेको मुलुकको पशुजन्य उत्पादन अर्को मुलुकमा निर्यात नहुने नियम छ । यस संगठनले भारतलाई असोज २६ गते संक्रमित मुलुकको सूचीमा राखेको थियो । यसैबीच नेपालले ०६३ असोज ८ गते राजपत्रमार्फत बर्डफ्लु संक्रमित मुलुकको पक्षीजन्य उत्पादन प्रतिबन्ध गरिसकेको छ । शनिबार धार्केका किसानले नियन्त्रणमा लिएको १० हजार ८ सय ७६ दशमलव ५० किलो कुखुराको मासु पर्साको सर्सिया नाका हुँदै आयात भएको थियो । म्यांगो ट्री इन्टरनेसनल प्रालि र देवयानी इन्टरनेसनल नेपाल प्रालिले भारतबाट दुई ट्रकमा ल्याएको उक्त मासु पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका अधिकृत तुलसीराम गम्पोसहितको टोलीले कुहिएको र बिग्रेको प्रमाणित गरी नष्ट गरेका थिए । उक्त मासु राजधानीमा रहेको अन्तर्राष्ट्रिय फास्ट फुड चेन रेस्टुरेन्ट केएफसीका लागि ल्याइएको थियो । नियन्त्रणमा लिइएका दुवै कन्टेनरमा बेङकिज इन्डिया लिमिटेडको नाममा चलानीपत्र भेटिएको छ । कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको नेपालको मासु केएफसीले गुणस्तर नपुग्ने गरेको बताउँदै लिइरहेको छैन । तर शनिबार धार्केका किसानले विदेशका कुखुरामा अवरोध गरेका थिए । यसैबीच कुखुराको दानाको मूल्य बढाएको विरोधमा राजधानी आसपासका कुखुरापालक किसान पनि आन्दोलनमा छन् ।      

_____ · Dec 17, 2012 5:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all