एन आर एन ,अमेरिकाको नया कार्यकारी समितिको घोषणा र सामुहिक जल बिद्युतमा लगानी गर्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 एन आर एन ,अमेरिकाको नया कार्यकारी समितिको घोषणा र सामुहिक जल बिद्युतमा लगानी गर्ने नयाँ नेपालको सर्बाधिक चर्चा र परिचर्चाको बहसको बिषय सहमति ,सहकार्य र समावेशीलाई व्यवहारिक रुपमा नै उदाहरण बन्ने प्रयास गर्दै एन आर एन, एन सी सी, (गैर आवासीय संघ , राष्टिय समन्वयब समिति )अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनमा समावेशी रुपमा नया अनुहार सहित प्रल्हाद केसीको नेतृत्वमा २०१३ -२०१४  को लागि नया कार्यकारी समितिको घोषणा  गरेको छ l उक्त समावेशी समितिको घोषणा संगै एन आर एन ,अमेरिका सफल भएकोमा एन आर एन का अधक्ष्य जीवा लामिछाने , ए आर एन ,आई सी सी का प्रादेशिक संयोजक मुकेश सिंह ,बिभिन्न संघ /संस्थाहरु तथा बिभिन्न राष्ट्रका एन आर एन  एन सी सी /आइ सी सी द्वारा नेतृत्वलाई बधाई दिनेको ऒईरो लागि रहेको छ lनया  कार्यकारी समितिको गठन भएकोमा प्रशंसा गर्दै प्रगति र उन्नतिको लागि शुभकामना दिएका छन् l   गै आ स ,रा स स ,अमेरिकाले निकै उतार चढाव ,उचनिच ,आर्थिक अनिमियता तथा नेतृत्व सम्बन्धि बिबादास्पदको भुमरीमा जकडिए पनि यी सम्पूर्ण बाधा र अड्चनलाई साहस पुर्वक पन्छ्याउदै अहिले यो अवस्थामा आई पुगेको जानकारी भर्खरै नव निर्वाचित अधक्ष्य प्रलाद केसीले दिए lआफुले नेतृत्वको जिम्मेबार प्राप्त गर्न साथ आफुले एन आर एनलाई कृयाशील र सहभागितामुलक बनाउन अमेरिकाको ३५ वटा राज्यहरुमा दौडाहामा गएको भन्नु भयो l ए आर एन ,अमेरिकालाई मजबूत बनाउन अन्य संघ तथा संस्थाहरुसंग सम्बन्धन गरेको ,नेपाल उद्योग बाणिज्य संघसंग साझेदारी सम्बद्ध स्थापना ,पशुपति बृद्धा आश्रम नेपालमा सामुदायिक सेवा आदि उल्लेखनीय कार्य गरेको बताउनु भयो l   अमेरिकाको चौतर्फी राज्यहरुद्वारा र सामबेशीलाई प्रमुख प्राथमिकता दिदै चयन र आपसमा समझदारीसाथ समितिको चयन भएकोमा हर्ष ब्यक्त गर्नु भयो l यो भन्दा पहिले संचालक समितिमा न्युयोर्क ,वाशिंगटन डिसी वरीपरिकाहरु अत्याधिक समितिमा बोलबाला हुन्थ्यो l बिबादास्पद बुद्ध भगवानको तस्बिरलाई जुत्तामा राखिएको बिषयलाई आफ्नो तर्फबाट पहल गरि हटाउन दबाव सृजना गरेको जानकारी दिदै नेपाल र नेपालीको शिर उच्चा राख्न आफु कम्मर कसेर लाग्ने जानकारी दिनु भयो l   नव निर्वाचित अधक्ष्य प्रलाद केसीले मात्री भुमि नेपाल र नेपाली जनताको लागि सामाजिक र आर्थिक रुपान्तरणमा बिशेष पहल र जोड दिने भन्दै यहि कार्यसूची (एजेन्डा ) लिएर हिड्ने भन्नु भयो l  एन आर एन को सामुहिक जलविद्युत योजनामा  एन आर एन , एन सी सी अमेरिकामा तर्फबाट भारि रकम लगानी गर्ने निर्णय तथा पैसा उठाउन सुरुवात गरि सकेको जानकारी दिदै अमेरिकामा बसोबास गर्ने सम्पूर्ण प्रवाशीहरुसंग हातेमालो गर्दै मुलुकको आर्थिक तथा सामजिक बिकासमा लागि पर्ने जनाउनु भयो l   एन आर एन ,अमेरिकाले दि एसोसिएसन अफ नेपालीज  इन अमेरिका (ए एन ए )का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गरेको थियो  भने यस अघि पनि यिनै  शेर्पालामाले निर्वाचन सफलतापुर्वक गराएका थिए l गैर आवाशीय संघ ( एन आर एन ) एन सी सी ,अमेरिकाको बिधान अनुसार डेलीगेट अर्थात् मतदाता सुची उपलब्ध गराउनु पर्ने प्राबधान रहेकोमा सो उपलब्ध हुन् नसकेको कारण टेनेसी ,राज्य सचिब (स्टेट अफ सेक्रेटरी)संग परामर्श गरि छ महिनाको लागि निम्न पदाधिकारीहरु निर्वाचित भएको घोषणा गरिएको जानकारी प्रमुख निर्वाचन आयुक्त छेवांग शेर्पलामाले दिएका छन्  l छ महिना भित्र उक्त डेलीगेट अर्थात् मतदाता सुची उपलब्ध हुन् नसकेको खण्डमा कार्यकारी समिति स्वत :खारेजी हुनेछ र त्यसपछि सम्पूर्ण अख्तियार निर्वाचन समितिमा निहित हुनेछ lएन आर एन ,एन सी सी ,अमेरिकाको कार्यकारी समितिमा घोषणा भएका निर्वाचित पदाधिकारी यस प्रकार छन् :   1.अधक्ष्य :प्रहलाद केसी , MA 2.वरिस्ठ उपाधक्ष्य  :शिव कुमार राई , NH 3.उपाधक्ष्य : राजेन्द्र खतिवडा , KY 4.उपाधक्ष्य :बृहस्पति लामा , MA 5.महा- सचिब :उपमा कंडेल ,लामा TX 6.सह सचिब : जय मण्डल CA 7. कोषाधक्ष्य :राजेन्द्र सिवाकोटी ,लेखा परीक्षक(सी पी ए ) CA 8.जनसम्पर्क अधिकारी :नारायण गुरुङ OR 9.संचार संयोजक :बनिता कातिला  NY  

ANATEXAS · Dec 15, 2012 12:33 PM · 2,917 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all