उपहार (कथा) भाग १ आज बेतोड्ले काम गरियो । कसम खाएर भन्नुपर्दा म ऊतिसारो काम ठग्ने मान्छे नि होइन तर हिंजो-आज मेरो काम गराइमा अलिकती स्वार्थ पनि लुकेको छ । एस्पाला क्रिश्मस अन्तै मनाउने कि भन्ने योजना तर्जुमा भाकोले छुट्टीको अर्जी हाल्याथें, तेस्कै कार्यन्वयनको लागी भे नि काम गरे जस्तो देखाउनै परो ! हरेक १५ मिनेट - आधी घण्टामा मार्ल्बोरो फुक्नु पर्ने यो ज्यानका खिल्लिहरुले, धेरै नै राहतको साश लिएका छन् क्यारे आजभोलि ! तर एती हुंदा हुंदै पनि बेला मौकामा फाट्ट-फुट्ट साझाको चौतारीमा कमेन्ट हान्न भ्याइहाल्थें म । आजको सेरोफेरो सतबिउमा केन्द्रित रह्यो; आफ्ना पितृ सम्झें, डांडा पारीका घाम-जुन सम्झें - मन कस्तो कस्तो भएर आयो । कुनै चाड-पर्व वा विशेष तिथी-मिती को बेलामा त सब्कुरा चट्याक चुटुक छोडेर नेपाल नै हान्निम् कि जस्तो लाग्छ मलाई तर देशको बारेमा अनलाइन खबर पढ्दा पढ्दै आफ से आफ नेल हत्कडीमा कैद हुनपुग्छु । हुन त यहाँबाट फर्किएका दाजुभाइ-दिदिबैनिले नेपालमा राम्रै गरिखाको सुसमाचारहरु एदाकदा सुन्न पाईन्छ, तेस्ले मन्मा हर्ष नि पैदा गर्छ; हौशला पनि । तर कथित परीबन्धले आफ्नो लाज छोप्दै हामी बुढाबुढी एतै खुम्चिराछम्; छोराछोरी एतै हुर्किंदैछन्, हामीले केही दु:ख सहीदिंदा भावी सन्ततीको त भविश्य सुनिश्चित होलाकी भन्ने तुक वा बेतुकको बैशाखीले खोच्याउंदै । अब यो सुनिश्चितताको अर्थ पाठक वर्गको आ-आफ्नै शब्दकोषलाई जिम्मा लाएं - पैसाको गणना, पेशाको तुलना, विध्याको आर्जन, विलाशिताको भोग वा सायद अरु केही । मेरो चिन्जानका एकजना मदिरे (प्राय मदिरापान कै क्रममा भेटघाट हुने) मित्र छन् यहाँ अर्को फ्ल्याटमा । आफ्नो आधी जसो पे चेक क्यासिनो तिरै बुझांछन् । आज नजुम हो । म झिंजो मान्दै भन्छु कहिलेकाँहीं week-end मा । लु न त क्वाटर ऊछालुम् । ऊनी पच्चिस पैशो रेडी पार्छन् । head आए जाने, tail आए नजाने शर्तमा सिक्का ऊछालिन्छ । tail आएको खण्डमा ऊन्को सदाझैं सत्वाणी जुञ्जिन्छ; राजा, अघी त ख्याल-ख्यालको भयो, अब "सांच्चै" को जोखाना हेरुम् ल । सुधाले मलाई 'राजा' भन्ने हुंदा ऊनिनी राजा नै भन्छन् र अन्तिममा "सांच्चै" को head आएसी घिच्याउंउंदै लान्छन् पनि । मैले यहाँ "सांच्चै" लाई किन जोड दिन खोजेको हुँ भने, हाम्रा राजनेताहरुले अहिले ठ्याक्कै तेस्तै चरितार्थ जग्जाहेर गर्दैछन्; राष्ट्रपतिले "सांच्चै" को चुनाव म्याद थप गर्दा नि ऊनिहरुले "सांच्चै" सहमती जुटाउन सकेनन् र फेरी पटक-पटक चिल्लो चाप्लो घस्दै पनि भनी राका छन् कि अब त राष्ट्रपतिले अन्तिम पटक "सांच्चै" को म्याद थपिदिए हामी "सांच्चै" को सहमती जुटाउंछौ ! रात रहे अग्राख् पलाउंछ भन्छन्, एही राजनैतीक खिचातानीको समिकरणले हाम्रा सर्व गुण सम्पन्न नेताजिहरुले के समाधान निकाल्लान् त्यो भोलीका दिनले देखाउला नै; अहिले चाहीं म अलिकती मपाइं व्याख्यान गरिहालुम है त । मेरो जन्म पुर्वाञ्चल, धरानको, लक्ष्मी चोकमा भएको रे; विधालयको अभिलेख र नगरपालिकाको ढड्डामा नि तेइ छ । तर, चुरोट फुक्ने बाहेक लक्ष्मी बाजेका कुनै पनि सत्गुण यो ज्यानमा छैन बरु जुंगाका रेखी बस्दै गर्दा ममा कता-कता दुर्बाशा ऋषीका लक्षणहरु देखिन थालेका थिए । राङा चोकमा कोदोको २-४ तोङ्बा लाएसी भोटेपुलका ब्रो हरुसँग कट्टी प्रदर्शनी समारोहमा सामेल भैहालिन्थ्यो प्राय: । धार्मिक आस्था नभएनी पञ्च कन्या र दन्तकालीतिर पुर्याउंथ्यो गुरु, देवी दर्शन र चिलिम मार्न; कहिलेकाइं ऊतै पनि र्याङ-ठ्याङ नमिल्ने - सानोतिनु धर्मयुद्ध सुरु भैहाल्थ्यो । मैले एकबाजी त बुढासुब्बाका एक ज्योतिष बालाई नि छोडिन, राम्रै लछार-पछार गरियो । आजभोलि निषेध गर्याछन् तर बुढासुब्बा बाको धनुष मानिने टुप्पा नभाको बांसमा ऊबेला नाम लेख्यो भने त्यो जोडीको पिरती अमर र अजर हुन्छ भन्ने विश्वास त्योबेला थियो, हामी नि लेख्थिम् । भुत्राको हुनु ! अर्कोचोटी जांदा फेरी अर्कै ठिटिको नाम लेख्नुपर्ने बाध्यता हुन्थ्यो ! एकचोटि सानीमाकी छोरी शौरभी धरान घुम्न आकी थि । मेरो मनाहिको बावजुद पनि शौरभीले ज्योतिष बालाई हात हेराइ । झुस्स दारी पालेका र कलेजी रंगको दौरा सुरुवाल, कालो इश्टकोट, प्याजी ढाकाको टोपी लाएका ज्योतिष बा हर्षित देखिए । निधारमा लामो पंहेलो टिका थियो, चन्दन हो कि बेसन हो मैले ठम्याउन सकिन, अगाडि फिंजाइ राखेको गेरु रंगको कपडामा केही वेद-पुराण-अगरबत्ती-रुद्राक्ष माला-फुल-प्रशादी आदी थिए । म साइडमा ऊभिएर कामना गर्दैथें, हे भगवान यिन्ले फेरी तेइ घिसापिटा डाइलग नभनुन् ! तर ज्योतिष बा आफैलाई साडे सातको दशा लाग्या रइछ त्यो दिन ! ओहो ! नानी त कस्ती भाग्यमानी, बत्तिस लक्षणले युक्त, जोडी पनि साह्रै राम्रो जुरेको छ, एही वर्ष लगन नि जुर्ला जस्तो छ, वहाँ बाबुको नि बिदेश योग छ है एइ बर्ष, अब डलर कमाउंदै सुखी जीवन बांच्ने दिन आउंदैछ यहाँहरुको___ ज्योतिष बाको अचुक भविश्यवाणी त छोरा-नाती सम्मै रेडिमेड थ्यो होला, मैले हात्को हेल्मेटले बजाइदी हालें । तेस्पछी त 'दाई के गर्नु भाको, छोड्दिनु न' भन्दै एकातिर शौरभी भावनात्मक रुपले कालो निलो हुनथाली, अर्कोतिर भौतिक रुपले नै ज्योतिष बा कालो निलो हुनथाले । छोरोले कर्म-काण्ड गर्ने पण्डितलाई कुट्यो भनेर पछी मेरी आमैले निराहार व्रत नि बस्नुभाथ्यो । खै ! मेरो पाप कती पखालियो, त्यो त चित्रगुप्त माठ्साब नै जानुन् । SLC पछी सँगैका थुप्रै साथीहरु 'गुर्खा' तिर लागे तर मैले त टराइ नि गरिन, बाबाको कथा झल्झली दिमागमा थियो । दौंतरिको लहै-लहै मा बाबाले नि 'गुर्खा' मा टराइ गर्नुभा रेछ, गल्ला वालाले "ओई बाजे, बाहुनको छोरो भएर नि फौजमा जान खोज्ने हो !" भन्दै झापारेर पठाइदे पछी बल्ल वहाँको पढाईप्रती मोह जागेको रे ! अब आफुले नि जबर्जस्ती मोह जगाउनु पर्ने भयो ! चताराको सेकुवा र भेडेटारको चिकेन चिल्ली संग घरेलु माल्पानी खांदै जसोतसो ISc सक्काइयो । कि त हात्तीसारमा बिटेक गर्ने कि पुर्वाञ्चलमा बिई गर्ने गुरुको र मेरो प्लान थियो तर घरबाट राजधानी खेदाइ छाडे । आफ्नै बलबुतोले हो कि भन्सुनले हो, तेस्मा शंकै छ तर केयु मा भर्ना चाइं पाइयो । सुरुको दिन intro मै बित्यो, थोर बहुत्का थोपडा र ठाउँ-ठेगाना नि दिलमा छापिए तर विश्व सुन्दरी भ्रम पाल्नेहरुले पहिलो भेटमै घांस किन हाल्थे र ? दोश्रो दिन नि आशिलो नजरले हामी पछाडितिर ढुकिराथिम्, एउटी बाला हामीतिरै सोझीईन्, देख्न त हिंजै देख्या हो तर तेत्तिसारो वास्ता गरिएनछ क्यारे । can i seat here ? सानो मिक्की माउससंगै २-४ वोटा चाबी झुण्ड्याएको आफ्नो रातो झोलाले मेरो देब्रेतिरको सिट इंगित गर्दै सोधिन् । yes, please. मैले नि एही भन्ने तर्खरमा थिएं तर गुरु अग्गु भईहाल्यो, भलै उ मेरो दाहिनेतिर बसेको थियो । धन्न प्रभु, कोही त टेम पास मिल्यो भनेर चित्त बुझाएं मैले । जिना नाम रहेछ ऊस्को, मतुवाली थरकी । बाबा इन्डियन आर्मी रे, जन्म र हुर्काइ ऊतै भएछ । टुटे फुटेको नेपाली बोल्थी, ऊसँग बात मार्दा कि हिन्दी कि त अंग्रेजिमा बोल्नुपर्ने भो । अंग्रेजिमा त हालत अलिक टाइट नै थ्यो आफ्नो त्योबेला तर दिलिप साब र स्वर्गिय राजेश खन्नाको फ्यान भएर होला, हिन्दी भाषा काम चलाऊ नै थियो मेरो; ऊस्को र मेरो दोस्ती जम्ला जस्तो भो । तेश्रो दिन पनि हामी ऊसैगरी नैन बिच्छ्याएर बसेकाथेम्, जिना कुनै पुरानो अंग्रेजी ऊपन्यास पढ्दैथी । हिंजो अस्ती नदेखेकी एक नव युवती हाम्रै तिर आइ, गुरुको सत्र पर्ला जस्तो छांट्कांट देखियो । कपाललाई खास्सै मेहनत नगरि डल्फिन जस्तो देखिने निलो कांटाले पछाडि च्यापेकी, स्क्रु जस्तो बटारिएको सुनको नथिया, सानो कालो टिकुली र कालै टप लाएकी त्यो मोरी त नभन्दै गुरुकै छेउमा पो गएर बसी ! मैले पछुतो नजरले एस्सो हेर्दा, गहुंगोरो वर्णकी - हिस्सी परेकी त्यो सुन्दरिको ओंठको चिपिष्टिकमा बल्ल मात्रै ध्यान गयो । गुरुलाई कुहिनो हान्दै डेस्कमुनिको ऊस्को खुट्टामा प्याट्ट लात्तो हिर्काएं, उ अब रत्नाकर डांकाबाट बाल्मिकी भैसक्याथ्यो, झोलाबाट प्रोग्रामिङको किताब निकालेर करीब ३ हप्ता पछी पढ्नुपर्ने एल्गोरिदम आजै पढ्न थाल्यो ! डिस्टर्ब गर्नु ऊपयुक्त छैन भन्ने निश्कर्ष निकालेर नाश्ता ब्रेकको घण्टी बज्नासाथ म एक्लै चमेना गृहतिर लागें, पछी-पछी दौडंदै जिना आइपुगी । ऊस्लाई पाश्चात्य साहित्यको खुबै राम्रो ज्ञान रहेछ, मेरो सामान्य ज्ञानमा पनि हल्का फुल्का गफ दिन भ्याउने खुराक भएकोले चना-तरकारी-समोशा-कोक र चिया सँगै हामी निकै बेर समालोचक भै टोपलिम् । क्लास सक्केपछी हामी बाहिर निक्लिन हतारिंदै थिम्, चुरोट तान्नु जो हतार थियो, रिया; विहानकी नव युवती, ले गुरुलाई रोकी । म बाहिर निस्केर सुर्य तान्दै गुरुलाई पर्खि बसें । don't you think its a bad thing ? जिना मसंगै बसेकी थि, ऊपदेश दिन थाली । may be, but who cares ? मैले फुर्‍र धुवां छोड्दै भनें । exactly. ऊस्ले आफ्नो मिक्की माउसवाला झोलाबाट कुनै बिदेशी ब्राण्डको चुरोट निकालेर पो तान्न थाली, म ट्वां परें ! you too smoke ?? sometime. क्या हो गुरु ? मछ्लीलाई त जाल नि हान्नु पर्याछैन, लौ समात् भनेर पानी बाइर आफै आउंदैछन् हं ! राती सुत्ने तर्खरमा मैले सोधें । किन ? रन आउट भएं भनेर डाहा लाग्यो ? क्रिजमा गएर त जो नि ऊम्मिन्छ बाबु, ब्याटिङ पो गर्न सक्नु पर्‍यो त ! छक्का ठोकिन्छ गुरु, हेर्दै जा न । लु है मेरो शुभकामना, धेरै जोस्सेर बोल्ड नभएस् फेरी । अनी किन रोकेकी रैछे नि रियाले, कतै आजै i love you त भनिन ? तेरो मुखमा .... (चल्तिको चक्किको नाम लियो) यार ! तर आज नोट मात्र मागेकी थि, ऊस्को २ दिन छुटेकोले । नोट त हाम्ले नि सार्याथिम् त बाबै, बाल्मिकीजी कै हेन् राइटिङ किन मन परेछ त ! कृष्णजीलाई पहिलेइ बुक देखेर होलानी ! खान्दानी सपना साकार होलाजस्तो छ त, बाउ लाउरे हुन नसके नि सशुरो बाउ लाउरे परेछन् । चुप्लाग् साले, just friend. २ दिन्मा जस्ट फ्रेन्ड, ४ दिन्मा बेस्ट फ्रेन्ड, १४ दिन्मा बेड फ्रेन्ड ! हजुर त प्रगतिशिल मान्छे, गरामा फाली कैले अड्क्या छ र ? खेत त ऊर्बर नै होला सायद तर खेती गर्ने नै मुड छैन, बुझिस् ? तेसोभे सिजनल खेतिपाती मात्रै हुने भो त ? त्यो नि मन छैन यार, यो बारी बांझै रला' जस्तो छ । नापियो, भोको बिरालोले कैले सम्म मुसा नखाने नाटक गर्दोरेछ - हेरुम्ला । बित्दो समयमा हामी चार जनाबिच प्रगाढ मित्रता झाङ्गिदै थियो, अरु तीन अनुहार पनि सर्कलमा समाहित भए; रुबी, शरु र जीवन । अब optional छान्ने वा alternate राख्ने पनि सौभाग्य प्राप्त भो - लड्का हामी तीन र लड्की ऊनिहरु चार भाकोले । तर धरोधर्म म तेतिन्जेल सम्म नि neutral नै थें, कहीं-कतै 'क्लिक' भईराथेन । कलेज छिर्नु अघी, इन्टर्भल वा घर फर्किने बेला; गेट बाहिरको सानो चिया पसलमा हामी एक-अर्कालाई कुरी बस्थेम्, रामेछापतिरका बुद्दी दाइको चिया पसल थ्यो त्यो । गुरु, म र जीवन गुट्खाको फांको हालेर सुर्य तान्दै कुर्थेम् भने जिना, रिया, रुबी र शरु भने देख्दै पिरो न पिरो होलाजस्तो त्यो रातो तितौरामा जुटेका भेटिन्थे - अनी जिनाको हात्मा ऊस्को बिदेशी ब्राण्ड नि हुन्थ्यो । जिना, wanna try this ? म कहिलेकाहीं सुर्य पास गर्न खोज्थें । no thanku, may be 'lil tough fo'me. अरे ! तुम्ने नेपालमा आएर सुर्य नही खाया तो कुछ नही खाया । जीवन हावा भर्थ्यो प्राय । देखेङ्गे यार, अभी क्युं गले पड् रहे हो ? जिनाको जवाफ हुन्थ्यो । म अलिक फरासिलो मिजासको थिएं, साथीभाइसामु जोक, कविता वा गीत गुनगुनाइ रन्थें । ऐले त stand-up आर्टिष्टका बकाइदा नाम-दाम सहित एल्बम निक्लिन्छ तर त्यो बेला गुमनाम आर्टिष्टका हिन्दी क्यारिकेचरका टेप निक्लिन्थे, मेरा जोकका खुराक तेही हुन्थे, अमिताभ बच्चनको 'नाम दिनानाथ चौहान ..' देखी हेमाजीको 'युं तो मुझे ज्यादा बात कर्नेकी आदत तो है नही ..' सम्म एउटै आर्टिस्टले भ्याएको हुन्थ्यो । गीत-संगीतको माम्लामा चाइं aerosmith र rolling-stone ले दिमाग कब्जा गरेकाथे । अनी कविताको हकमा चाइं, कैलेकांई चक्किहरु न बढी न कम भेर ठीक्क सन्तुलन्मा खाइयारैछ भने, मलाई आँफै फुर्थे । पाठ्यक्रम तन्काउनु पर्दा वा पिरेड सक्काउनुपर्दा; अब त गुरुजन पनि भन्नुहुन्थ्यो, 'ल एउटा इन्टर्नेट जोक भन त' ! कुरा के भाकोथ्यो भने म चुट्कुला सुनाउदै गर्दा, " .. फलानोले त्यस्तो भनेसी ढिस्कानोले के भन्यो भनेर ब्याखा गर्दै जांदा .. ढिस्कानोले पनि एता ऊताको या हु कुरा गर्दै .. " भन्दो रैछु, तेही "या हु" लाई लिएर गुरुजन भन्नुहुन्थ्यो, 'ल एउटा इन्टर्नेट जोक भन त' ! आफुसँग खुराक प्रसश्तै हुन्थ्यो, म नि गएर सुनाइदीहाल्थें । एक दिन कुन्नी के मुड चल्यो युवराज सरको, गीत गाउन भन्नुभो, मैले नि एत्तिकै गाइदिएं ... तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं ... । क्रमश: Last edited: 20-Dec-12 03:44 PM
caliber19 · Dec 15, 2012 12:16 PM · 56,731 views
काहिला दाइ , अन्तिम भाग नि दामी गैराथ्यो एक्कासी १६ बर्ष पछि (हिन्दि फिल्मी स्टाइलमा सोलाह साल बाद ) पो आयो अनि त कथा प्रेमिका भेट्न गाको प्रेमीलाइ कुकुरले लखेटेको जस्तरी दौड्यो .... हुन त काम गर्ने परो....कति एउतै कथामा झुन्दिनी भन्ठान्नुभो होला भन्ने मानेको छु ... तर त्यो जिनाको surprise चै के रैछ ? अनि त्यो सानो बाकसां के रैछ हँ ? <<लेख्दैजाम् गुरु, थानेभित्रको त्यो कवीलाई हर्ष-उल्लासले स्वागत गर्न हामी लालायित छौं । >> - हजुरहरुको प्रेरणाले नै लेख्न सिक्दै छु सुरुवात साझा नै हो ..... धन्य हो हजुरहरु र धन्यबाद हजुरलाई कहिला-दाइ
ThahaChaena · Jan 3, 2013 9:32 AM
कथा अधोपान्त पढियो . एउटा अदृश्य नशा बोकेको कथा, एउटा अव्यक्त वक्तब्य लुकेको कथा, इन्भिजिबल सुगन्ध छरेको कथा . यस्तो राम्रो कथा लेख्ने काइँला बा , कता लुकेर बस्या भन्या यो भन्दा पहिले ? साझा कथा मंच मा काइँला बा ले नयाँ आयाम थप्नु भएको छ . डर लाग्छ अब त्यो उचाइ सम्म पुग्न न सकिएला कि कतै ............
rahulvai · Jan 3, 2013 9:53 AM
Very interesting end. अन्तिम मा पनि खुल्दुली कायेम राख्न सक्नु तपाइको खुबी लाई माने मैले
timi_mero_sathi · Jan 3, 2013 11:08 AM
Superfluous !
old jeans · Jan 3, 2013 11:51 AM
काइला मार्ट्साब - गज्जब को कथा - यो भन्दा राम्रो अन्त यो कथा को नहोलाकी भन्ने मलाइ लागिरहेको छ - धेरै धेरै धन्यबाद र बधाई छ - अर्को कथा को पर्खाइमा
serial · Jan 3, 2013 3:25 PM
गज्जब को काईला दाइ, आज बल्ल फुर्सद भयो पढ्ने.... सानो मुख ले कति नै बयान गर्न सकिन्छ र, त्यसै ले अर्को कथा को पर्तिक्ष्या मा.
baaramaase · Jan 3, 2013 3:36 PM
contrary to most peoples opinion, for me the last part ended rather abruptly. the flow was also super fast like the race of usain bolt. i liked more, earlier part where u described each scene with lots of details full of pulsating feelings. nevertheless, u have agood knack of story telling, i eagerly wait for new story.salute.
Sukuchha · Jan 3, 2013 3:45 PM
ठुल्दाइ, TMS, Old Jeans, लरे माठ्साब, र बार्मासे; लाई धेरै-धेरै धन्यवाद ज्ञापन गर्दछु, मेरो पिठ्युंमा धाप मार्दिनु भै अघी बढ्ने हौसला दिनु भ'कोमा । थाने, र sukuchha मित्रहरुसँग खुला दिलको क्षमा चाहन्छु, यहाँहरुको अपेक्षा अनुरुपको लेख्न नसकेकोमा । यधपी आभार ब्यक्त नगरिरहन सक्दिन, आखिर तपाईंहरुकै सल्लाह र टिप्पणी नै हुन् मैले आफुलाई मज्बुद बनाउदै लाने खुराकहरु, जस्को मलाई संधै खांचो परीरहने छ र जस्लाई म संधै हात फैलाएर स्वागत गरिरहने छु । अलिकती आफ्नै कुरो, ढाइ हप्ता अघी जसो, जतिबेला मैले उपहार सुरु गरें; अहिलेको अलावा अरु ३ वटा अन्त्यहरु विकल्पका रुपमा थिए । १) जिना र म पात्रलाई लिएर अघी बढ्ने - आंशिक वियोगान्त । २) रिया र गुरु पात्रलाई लिएर अघी बढ्ने - पूर्ण वियोगान्त । ३) रिया, गुरु र म पात्रलाई लिएर अघी बढ्ने - त्रिकोणात्मक वियोगान्त । तर नया सालको तात्तातो जोश र उमंगमा किन पाठकलाई मन खिस्रिक्क हुने उपहार पस्कुं भनेर मैले अहिलेको अन्त्य रोजेको हुँ । हुन त अन्त्यले कुनै पनि कथाको कहिले पनि गुणस्तर मापन गर्दैन र गरिनुनी हुंदैन, एसर्थ दोष स्विकार्य छ । विषेश: त अन्तिम भागमा थुप्रै कुराहरुमा लेख्न सकिन्थ्यो होला तर क्लाइमेक्स् अघी एदी म धेरैतिर पोखिएं भनें क्लाइमेक्स्मा जुन स्वाद पस्किम्ला भन्ने मैले सोचेकोथें त्यो बांकी नरहला कि भन्ने मेरो ब्रम्हलाई लागेकोले, थोरै दौडाएर लगेको हुँ; शायद म गलत भएं त्यहांनीर - आगामी दिन्मा याद रहने छ । अरु सम्पूर्ण मौन पाठकहरुलाई नि मुरी-मुरी धन्यवाद; छिट्टै भेट्ने वाचाका साथ ।
caliber19 · Jan 3, 2013 4:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion