बालविवाह गरेको आरोपमा विवाह मण्डपबाटै बेहुला–बेहुली पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२९ मंसिर, पाँचथर । बालविवाह गरेको आरोपमा प्रहरीले बेहुला–बेहुलीलाई जग्गेबाटै पक्राउ गरेको छ । फिदिम-२ का धनकुमार धमलाका १७ वर्षीय छोरा बेहुला राजन धमला र लुमफावुङ ५ बस्ने नरेन्द्र घिमिरेका १७ वषिर्या छोरी बेहुली सुमित्रासहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुलाका बाबु, हजुरबुबा अमृतमान, काका हजुरबुबा मित्रमान, दिदी रिता र पुरोहित कृष्ण गदाल छन् । उनीहरुलाई बालविवाह अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । ‘बाल क्लब जिल्ला संजालका सल्लाहकार सुन्दर लावतीले उजुरी दिएपछि स्थानीय बाल समाजले उजुरी गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हौं ।’ प्रहरी निरीक्षक गोपाल ढकालले अनलाइनखबरसँग भन्नुभयो । पहिलेदेखि नै प्रेमसम्वन्ध रहेका राजन र सुमित्राले करिव २ महिना अघि भागेर विवाह गरेका थिए । ‘प्रेम विवाह गरेर भागेका उनीहरु फर्किएपछि राजनको घरमा भित्र्याउने क्रममा भोज भत्तेर र जग्गेको काम भइरहेको थियो’ ढकालले भन्नुभयो । उनीहरुलाई बालविवाहको मुद्धा चलाएर शुक्रबार नै अदालत उपस्थित गराइएको थियो । अदालतले बेहुला–बेहुलीलाई अविभावकको जिम्मा लगाउन र अन्य ५ जनालाई ५/५ हजार धरौटी लिएर तारेखमा छोड्न आदे दिएको छ । ‘हामीले आजै अदालत पेश गरेका थियौं’ प्रहरी निरीक्षक ढकालले भन्नुभयो-’धरौटीमा छोड्ने भनेपछि छाडिएको छ ।’

cybernepali · Dec 14, 2012 10:23 AM · 3,448 views

3 Replies

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} I didn&rsquo;t like this activity of Nepal&nbsp;Police at all. If both parties are agreed and family members were happy, what government wants to do breaking up their relationship? Normal 0 false false false EN-US X-NONE X-NONE <w:LsdException Locked="false" Priority="70" SemiHidden="fals

IT_Guy · Dec 14, 2012 11:29 AM

it _guy , कुरो तेस्तो होइन रैछ नि | ब्राम्हण र दलितबीच अन्तर्जातीय विवाह अनि केटिको बाउ आमालाई मन नपरेको रैछ केटि भागेर केटाको घरमा बस्न गएको , तेस्माथी १८ वर्ष भन्दा मुनिकी केटि | केटा-केटि १८ वर्ष माथि भएको भएता पुलिस ले केहि गर्न सक्ने नै थिएन | http://kantipuronline.com/nep/...

nepalilaure · Dec 14, 2012 12:07 PM

धमला र घिमिरे मध्हे कुनचाहि दलित जातिको हो ?

Magorkhe1 · Dec 14, 2012 2:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all