ए एन ए द्वारा प्राथमिक स्वास्थ्य सेवा केन्द्र (अस्पताल )लाई सहयोग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                 ए एन ए द्वारा प्राथमिक स्वास्थ्य सेवा केन्द्र (अस्पताल )लाई सहयोग  यहि मंसिर २१ ,२०६९ साल कोशी अंचल ,जिल्ला संखुवासभा ,चैनपुरमा ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ),ए एन ए का संचालक समितिका सदश्य फ्लोरिडाबाट प्रतिनिधित्व गर्नु हुने मिना शाक्यको पहलमा हाल अमेरिकामा रहनु भएका चैनपुरका दाजुभाई दिदीवहिनीहरुको सहयोगमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र चैनपुर लगायत ग्रामिण भेकका विरामीहरुको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले त्यहाँको आवश्यकता अनुसार शैया (बेड )लगायत अन्य सामग्री उपलब्ध गराउने कार्यक्रमको आयोजना अस्पताल सञ्चालक समितिले गर्यो । उक्त कार्यक्रममा १०(१० वटा शैया (बेड), म्याट्रेस,(गद्दा )तकिया, तन्ना र कम्बल (ब्लान्केट)  हस्तान्तरण गर्ने कार्यक्रम सफलतापूर्वक उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । १० वटा सेटमा ए.एन.ए.बाट ५ सेट र अमेरिकामा रहनुभएका चैनपुरलाई माया गर्ने अन्य दाताहरुबाट ५ सेट सामग्री हस्तान्तरण गरिएको हो ।  सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता अस्पताल सञ्चालक समितिका सदस्य सचिव डा. लवराज लोहनी, प्रमुख अतिथि ए.एन.ए.का सदस्य मिना शाक्य, कार्यक्रमको सञ्चालन समितिका सदस्य गोपाल श्रेष्ठ, अतिथि तथा सहभागीहरुलाई स्वागत, समितिका सदस्य मुना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु साथै त्यहाँका प्रतिष्ठित समाजसेवीहरु उपस्थित हुनुभएको थियो । जसमा नेकपा(एमाले)का गाविस अध्यक्ष दिनेश श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रिय सचिव दिपेन्द्रमान श्रेष्ठ, नेकपा(माओवादी)का जिल्ला सदस्य कमला शर्मा, पूर्व जिल्ला सभापति तुलसी न्यौपाने, शंखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत शाक्य, समितिका ज्येष्ठ सदस्य नेत्र गौतम, अस्पताललाई विभिन्न ढंगले सहयोग पुर्याउँदै आउनु भएका स्व. श्री ज्योतिमान शाक्यका छोरा प्रफुलचन्द्र शाक्य, अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तथा नेकपा(एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, विदेश विभाग सदस्य सुजिता शाक्य, सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोपाल गौतम हुनुहुन्थ्यो । कार्यक्रममा मन्तव्य दिने क्रममा वक्तहरुले शुभकामना तथा धन्यवाद र सहयोगको लागि प्रतिवद्दता दिनुको साथै यस्तो सहयोगहरु भविष्यमा पनि प्राप्त हुने अपेक्षा र साथै सुझावको रुपमा यस्तो सहयोगको लागि अस्पतालका सञ्चालक समिति तथा अस्पतालका जिम्मेवार व्यक्तिहरुलाई पहिले नै सरसल्लाह गरी आवश्यकताको पहिचान गर्न सके अझै राम्रो हुने कुरा गर्नु भएको थियो । अस्पतालको गुणस्तर वृद्दि र १५ सैयाको अस्पताल स्वीकृतिको लागि मन्त्रालयमा पहल भैरहेको जानकारी पनि पूर्व सभापति तुलसी न्यौपानेले गराउनु भएको थियो ।   ईस्वी सन् 1983 मा विश्वको सम्राट राज्य भनेर चिनिने ,अमेरिकाको न्युयोर्कमा स्थापना भएको ए एन ए सहरमा मात्र केन्द्रित नभई गाउँघरमा पनि पुगी सकेको छ lए एन ए ग्रामिण विकास परियोजना पनि नेपालमा दर्ता भै सहर र गाउँ दुवै क्षेत्रमा आफ्नो कार्य सुरुवात गरि सकेको छ l कार्यक्रममा ए एन ए का संचालक समितिका सदश्य तथा कार्यक्रमकी प्रमुख अतिथि मिना शाक्यलाई दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।     

ANATEXAS · Dec 13, 2012 5:08 PM · 2,617 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all