This story doesnot belong to me, PLEASE goto following link to comment and encourage the writer. Source : baabajee.wordpress.com ********************************************************************************* भोक “अस्ती भर्खर ल्याएको चामल कतिछिटो सकिन्छ हँ?”–आमाले च्याँठ्ठिदै भन्नुभो । “खै त? बिहान तिन गिलाँस, साँझ तिन गिलाँस पकाएको हो के रे मैले त । अरु मलाई के थाहा?”– मैले पनि जवाफ फर्काएँ । “यो घरमा अन्नको सह छैन । न खेतको धानले पुग्छ, न बेसाको चामलले पुग्छ” आमाले थप्दै जानुभो “तेरा बाउ, महिनावारी घरमा पठाएको पैसाको हिसाब माग्छन्, अब फेरी चामल किन्ने पैसा पठाईदेउ भनेर खबर पठाउन पर्नी भो ।” म केही बोलिन । घरमा भाई, आमा र म थियौँ । बाको सरकारी जागिर थियो । छ महिनामा एक वा दुईपल्ट दर्शन गर्न पाईन्थ्यो बाको । आमा चाँही धेरैजसो गाउँघर, सामुदायिक बन, खानेपानी, यस्तैयस्तै काममा ब्यस्त । बिहान उठेर, दैलो कुचो गर्ने, खाना पकाउने, भाँडामाझ्ने देखि गाइबस्तुलाइ घाँस काट्नेसम्मका काम प्रायः मैले नै गर्थेँ । त्यसैले गाउँका केटीहरु मलाई केटा बुहारी भनेर जिस्काउँथे । उनीहरुसंग बोल्न मलाई लाज लाग्थ्यो, अनि मैले आमाले घर अगाडी बाटोतिर फर्किनेगरी बनाएको जुठेल्नो खारेज गरेर घरको पछिल्तिर जुठेल्नो बनाएको थिएँ, ताकि मैले भाँडा माझेको कसैले नदेखोस् । सबैकुरा गरेपनि मलाई खानेकुरा पकाउँदा अड्कल्न कैल्यै आएन । त्यसैले मैले सँधै धेरै धेरै चामल हालेर भात पकाउने अनि भाई र आफुले खाएर धेरै भात बचेमा आमालाई पाटेबटुकामा खाँदी खाँदी राखेर बाँकी गाईको कुँडोमा हालिदिन्थेँ । अनि कसरी चामल धेरैदिन टिकोस् । भाई अली आरिसे स्वभावको थियो, म भन्दा धेरै सानो भएपनि उसलाई खाना भने मेरो थालमा जति छ त्यतिनै चाहिने । माग्ने बेलामा धेरै माग्ने, पछि खान नसके कुँडोको ताउलोमा हाल्दिने । एकदिन खाना पाकेर हामीले खानुभन्दा पहिल्यै आमा आउनुभो । घरमा तिनजनालाई भनेर पकाएको खाना छ जनालाई पुग्नेजति रहेछ । आमा कुर्लिनुभो–“कति धेरै भात पकाको? दुई छाक पुग्छ यो भातले । कस्ले खान्छ बासीभात साँझ?” भाईले प्वाक्क भन्दियो–“गाईले ।” **** देशमा माओवादी जनयुद्ध सुरु भैसकेको थियो । राती राती माओवादी कार्यकर्ता गाउँमा आउँछन र खाना पकाउन लगाउँछन् अनि पुलिस गाउँ आएको खबर आउँछ, उनीहरु भाग्छन, त्यतिका मान्छेलाई पकाएको खाना फालिन्छ, यो हाम्रो गाउँको प्रायः सबैले नबोलेपनि भोगेको कुरा थियो । किनकी गाउँ सदरमुकामबाट मात्र छ किलोमिटरको दुरीमा थियो । माओवादी राजनितिले हाम्रा गाउँका प्रायः सबै साथीहरुलाई छोयो । भित्रभित्रै सबै युवा ‘जनयुद्ध’का निम्ति काम गर्न थालिसकेका थिए । मलाई पनि साथीहरु मार्फत जनयुद्धका निम्ति काम गर्न मनोबैज्ञानिक रुपमा ‘ट्रिट’ गर्न थालियो। यस्तैमा माओवादीले एकरात गाउँमा बिशेष कार्यक्रम गर्ने भए । उनीहरुका लागि खानपिनको ब्यवस्था गाउँलेहरुले गर्नुपर्ने भयो । सबैका घरमा जे छ त्यो संकलन गरेर पकाउन गाउँका केटाहरुलाई भनियो । गाउँमा माओवादीको नाचगान र भाषण सहितको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । ठुलै भोज भतेर पनि भयो । राती नै कार्यक्रम सकेर माओवादीहरु अज्ञातस्थलतिर लागे । कार्यक्रम स्थलमा बाँकी रहे, डँगुरका डँगुर पकाएर फालिएको दाल, भात र जुठा भाँडाहरु । त्यत्रो खानेकुरा खेर गएको देख्दा मैले सोचेँ, पाजी छाकमा दुई गीलाँस भात खेर जाँदा उफ्रिने मेरी आमाले यत्रो भात खेर गएको देखेर मनमनै के सोचेकी होलिन? बिशेष कार्यक्रममा लागि भोजको आयोजना गरिएको ठाउँमा खेर गएको खानाले गाउँका कैयौँ सुँगुर बुँगुर, गाईबस्तुको आहारा मात्रै बनेर भोजस्थल कैयौदिनसम्म दुर्गधिन्त समेत बन्यो । “गाउँमा माओवादीको बिशेष चहलपहल र सम्पर्कलाई प्रहरीले निगरानी गरिरहेका छन अरे । माओवादीको कार्यक्रममा सहयोग गर्नेहरुको लिस्ट नै तयार छ रे जिप्रकामा । ” विशेष कार्यक्रम पछि गाउँमा यस्ता कुराहरु गाँईगुँई सुनिन थाले । कोही भन्थे, सब केटाहरु फस्नेभए अब । कुनदिन कस्लाई के हुने हो? यस्तै हल्लाका विच अन्ततः बर्खामासको एकदिन चेपुवामा परेर म सहित गाउँका केही केटाहरु केही दिनका लागि भनेर माओवादीको कार्यक्रममा जानुपर्ने अवस्था आईप¥यो । टोलीमा गएका केही साथीहरु विचैमा माओवादीको ‘होलटाईमर’ कार्यकर्ता बने भने केहीचाँही अघोशित अपहरणमा परेका थिए । आत्महत्या गर्नेहरुलाई त मृत्यु पनि सहज लाग्दो हो, तर मृत्युदण्डको फैसला सुनाईएको मान्छेले मात्र मृत्युको भयवह अवस्था महसुस गर्नसक्छ होला । रहरले गएकाहरुलाई त जनयुद्ध रमाईलै लागेको हुँदो हो, बाध्यतामा परेकाहरुले त्यहाँबाट निस्किने बाटो खोजिरहेका थिए । मलाई पनि माओवादीको साँस्कृतिक समुहसंग आवद्ध भई काम गर्न धेरै कर गरियो । किनकी मैले धेरथोर प्रगतीशिल भनिने गीतहरु यसअघि पनि लेखेर जिल्ला स्तरिय प्रतियोगिताहरु जितिसकेको थिएँ । उनीहरुले जति नै कोशिष गरेपनि मैले आफुलाई त्यहाँ अटाउन सक्ने देखिन । अन्ततः जनयुद्धको संखनाद गरेका योद्धाहरुको एकहप्ताको संगतपछि म त्यहाँबाट बाहिरिने निश्कर्षमा पुगेँ र घर फर्किएँ । तर त्यतिखेरको अवस्थामा त्यति सजिलो कहाँ थियो र माओवादीको संगत गर्नु अनि घर फर्केर स्वादले बस्नु । एकदिन फेरी केही माओवादी अगुवा कार्यकर्ताहरु घरमै आएर ‘जनयुद्धलाई धोका दिए गद्दार घोषणा गरिने र गद्दारलाई कस्तोे कारवाही हुन्छ भन्नेकुरा भनिरहनु नपर्ने’ धम्कीपुर्ण र चेतावनीपुर्ण भाषण सुनाएर गए । घरमा सबैको चेतसातो उड्यो । दशैँको भोलिपल्ट थियो सायद । ५ दिनसम्म दशैँ मनाउने चलन भएको हाम्रो समाजमा दशैँमा घरका कोहीपनि सदस्य बाहिर जाँदैनन् । बरु बाहिर गएकाहरु दशैँ मान्न घर फर्किन्छन् । तर म भने यसको ठिक बिपरित यसैबखत जीवनमा पहिलोपटक मुग्लानिँया हुन जाँदैथिएँ । जागीर खान? हैन । पढ्न? हैन । घुम्न? हैन । मात्र लुक्न । अर्थात एकातिर जनयुद्धलाई धोका दिएको भनेर माओवादीले बसिखान दिनेछैनन भने अर्कोतिर माओवादी भएको भनेर पुलिसले पक्कै मार्नेछ भन्ने डरले बा-आमाले मलाई ईण्डिया पठाउने निधो गरेका थिए । यो सबै सल्लाह दशैँका दिन राती भएको थियो । मेरा मुग्लाने साथीहरु थिए छिमेकी गाउँका केही कालिपारेहरु । कालिपारेहरुसंग कुराकानी गरेर बुवाले लागेको खर्च उनीहरुले मलाई उतै जोहो गरिदिने र बुवाले यता उनीहरुका परिवारलाई तिर्ने सल्लाह गरेर मलाई दशैँका बिचमै भारत भगाउन लागिएको थियो । भारतका नाममा रुपईडिहा भन्दा उता नगएको म एकैपटक बम्बई जाँदैथिएँ । हुन त कालिपारेहरुका लागि लखनउ उता सबै बम्बई हो भन्ने मलाई थाहा थियो । भारतका जुनसुकै ठाउँमा गएर आएको भएपनि बम्बई गएर आएको भन्थे उनीहरु गाउँ फर्किँदा । १२ हजार रुपैँया आईसी बोकेर म असोजको २५ गते दशैँको टिकाको पर्सीपल्ट ‘जीउज्यान जोगाउन’ भारत पसेँ । घरपरिवार छोडेर, पढाई छोडेर, सानोतिनो भएपनि शिक्षण पेशा छोडेर, अनि सबैभन्दा प्रिय मेरो नाट्यकर्म छोडेर । किनकी त्यहि ताका रेडियो नेपालको क्षेत्रिय प्रशारण केन्द्रमा मेरो मुख्य भुमिका भएको धारावाहिक रेडियो नाटक सुरु भएको थियो । जसमा मैले लठेब्रो लठेब्रो खालको माईला भन्ने चरित्र निर्वाह गरेको थिएँ । अब त्यो पनि मैले न खेल्न सक्थेँ न सुन्न सक्थेँ । आफु पनि रुँदै परिवारलाई पनि रुवाउँदै म घर छोडेर मुग्लान जाँदैथिएँ । रुपईडिहाबाट साँझ ५:३० बजेको दिल्ली जाने सरकारी बसको टिकट काटेर मेरा सहयात्रीहरु सबै २४ जना (म बाहेक) खाजा खान हिँडे । मलाई चाँही भोक लागेपनि खाने मन नै थिएन । अन्तिममा रहेका एकजना बुढा जसलाई उनी नभएका बेला सबैले नाम काढेर बोलाउँथे–‘छुच्चो बिर्जिते।’ बस चढ्नु अघि बिर्जिते बुढाले रुपईडिहामा मलाई सहानुभुति मिसिएको तर टर्रो मिजासमा भने–“ओइ बाउन ! खाजा खान जान्नौ कि त? बाउले कमाका पैसा बोकेर हिँड्या छौ । के पिर छ र तिम्लाई? हामीजस्तो आफै कमाएर खाने भए पो तौलीवरी यति खाने, उति खाने भन्नु त !” उनी भन्दैथिए–“तिम्लाई के को पिर? यौटा पिर हो माउवादीले लान्चन कि भन्ने, त्यै पनि बौडर काटेर आईसक्यौ ।…. जाम हिन भो खाजा खान । ….भोलि दिल्ली पुगुन्जेल फेरी सुकेर दाउरा हौला ! उसै त ज्यान सुकेर सातबेते बाख्राको जस्तो भा’छ ।” हुन पनि म त्यतिबेला दुब्लाएर टट्टु थिएँ । अल्सरका कारण र बिचको विभिन्न तनावका कारण मेरो तौल ४६–४७ किलो मात्र थिँए होला, र त बुढाले त्यतिका डाइलग मारेका नि ! साँझ साढे पाँच बजे हिँड्ने भनेपनि टनाटन् यात्रु राखेर बस साढे छ बजेतिर रुपईडिहाबाट दिल्ली प्रस्थान ग¥यो । सुनेको थिए ईण्डियाको सरकारी बस एकजना मान्छे नभएपनि आफ्नै टाईममा हिँड्छ भनेको । तर यहाँ त ठिक उल्टो भो । कुरा बुझ्दा थाहा भो, केही सिटका बाहेक बाँकी यात्रुका पैसा गाडी चालक र कण्डक्टरको गोजीमा पो सयर गर्दा रहेछन् ! <p style="border-bottom: 0px; border-left: 0px; padding-bottom: 0px; widows: 2; text-transform: none; background-color: rgb(255,2
Rudramati · Dec 13, 2012 11:31 AM · 14,882 views
जे होस प्रतिब्यक्ति २०५ भारुका दरले उनीहरुले कम्तिमा पनि २५ जनाबाट ५००० भन्दा बढि रकम आफ्नो नाफा बनाए । टाउको अड्याउने पनि नभएको सिटमा रातभर यात्रा गर्नुपर्दा साह्रै कष्ठ भयो । त्यसमाथि जंगल आउने बित्तिकै डाँकाको डर देखाउँदै गाडी एकआधा घण्टा बाटैमा रोकिन्थ्यो र २०–२५ वटा गाडीहरु जम्मा भएपछि पुलिसले स्कर्टिङ गर्दै जंगल कटाउँथ्यो । यसरी बस बिहान ११ बजेतिर दिल्ली पुग्यो । दिल्ली पुगेर गाडीबाट ओर्लन मात्र के पाएको थियो रिक्साहरुले घेरे । म दंग परेर सोच्दैथिएँ यतिका रिक्साले किन घेरेका होलान्? यत्तिकैमा समुहका अघोषित नाईके जसलाई म सिस्नेरी पुसाँई भन्थेँ, उनले भने–“के वाल्ल परेर हेरेको? लुट्छन अहिले अनि थाहा पाउला ! हिँड अरु साथीहरुसंगै ।” खासमा म धेरै मान्छे देखेर भन्दा पनि उनीहरुले ‘फलानो ठाउँ जाने हो? म सस्तोमा लैजान्छु’ भन्दै नेपालीमा बोलेको देखेर दंग परेको थिएँ । हामीभन्दा २२ गुणा ठुलो देशको राजधानीमा बसबाट ओर्लने बित्तिकै कसैले नेपाली भाषमै बोलाएर रिक्सा चढ्न गरेको आग्रह, मलाई सत्य नारायणको पुजामा छिमेकीले गरेको निम्ता जस्तै आत्मिए लागेको थियो । मेरो सोच एकातिर तर नतिजा उल्टो पो निस्क्यो त ! सिस्नेरी पुसाँईले भने–“फकाई फकाई आफ्नै भाषा बोलेर आफ्नाहरुलाई लुट्ने यीनै डाँकाहरु त हुन नि ! नेपाली भनेर मात्रै पनि केही हुन्न । बानी हो मुख्य कुरा ।” सिस्नेरीको बोली नसकिँदै हाम्रा समुहका सबैले पालैपालो गोजी पो छाम्न थाले त ! एउटा भन्छ–“मेरो त २५ सय थियो, सबै लगेछन् पकेटमारहरुले ।” अर्को भन्छ–“मेरो त भएको भनेकै १५ सय आईसी थियो, त्यो पनि गोरु बेचेर ल्याएको । अब म कसरी पुग्ने बम्बई ? म त यतै होटल खोजेर काम गर्छु बरु ।” यसरी एकएक गरेर पालैपालो सबैले लुटिएका कुरा सुनाउँदै गए । मैले लुटिएको जम्मा रकम कति भएछ भनेर हिसाब गर्न जरुरी पनि ठानिन । बस्……मेरो पैसा टोली नेता सिस्नेरी पुसाँईसंग सुरक्षित थियो, यसैमा खुसी र ढुक्क थिएँ । “ज्या…!” आईतिकाफ्ले पुसाँई पनि चिच्याउन पो थाले त ! –“सालाहरुले मेरो पकेट पनि मारेछन् । मेरो त धेरै थिएन, यी ठुला भदैको ९ हजार आईसी पो झ्वाम्म पारे मादरचोदहरुले ।…..साला भेटियोस् न मात्रै……” उनी बोल्दै त गए तर अर्कोतिर मैले तोरीका फुला देख्न थालिसकेको हुनाले उनले अरु के के भने चालै पाईन । **** बाले हिँड्ने बेला भन्नुभएको थियो– “नाटक खेल्न मात्रै गर्न जानेर के गर्नु ? अरु कुरामा त गोबरै होस नि तँ ।……यो पैसा सिस्नेरी पुसाँईलाई राख्न दिनु । तैँले तिन हजार आईसी जति राखेस् । त्यो पनि जुत्तामा लुकाएर नि फेरी । बाटोमा डाँका लाग्छन् त्यै भएर……” बाले भनेझैँ साँच्चीकै पकेटमारले लुटेका हुन कि सिस्नेरी पुसाँई बास्तविक चरित्र उतार्न सक्ने अभिनेता सिद्ध भए, त्यो चाँही बुझ्न सकिन मैले । एकछिनको साँक्कसुँक्क पछि सबै एकैठाउँमा भेला भए । भिडलाई नेताले सम्बोधन गरेझैँ कथित सिस्नेरी पुसाँई बोल्न थाले–“साथीहरु हो ! जे नहुनु थियो भैसक्यो । अब रोएर के गर्नु ? बरु सबैले मिलाएर तिर्ने हो भने ठुला भदैले बम्बईसम्मको भाडा हालिदिन्छन् । पुग्ने बित्तिकै तिर्नुपर्छ है सबैले ।” सबैले हुन्छ भने । कुराकानी फिक्स भैसक्यो त्यहाँ । मानौँ मैले उनीहरुलाई पैसा दिन पहिले नै तयार भएर आफैले प्रस्ताव राखेजस्तो गरी । हुन त मैले पैसा दिनुको विकल्प पनि थिएन त्यहाँ । किनकी म तिमीहरुलाई पैसा दिन्न, जे सुकै गर भनेर त्यहाँबाट हिँड्नका लागि त मसंग त्यहाँका बारेमा जानकारी पनि त हुनुप¥यो नि ! बडो मन नलागी नलागी जुत्ता खोलेर मोजा भित्रको पैसा निकालेँ र भनेँ–“सबैलाई पुग्ने पैसा त छैन मसंग १८ सय आईसी मात्र बाँकी छ । यसैले जतिलाई पुग्छ पुग्छ ।” हुन त मसंग ३ हजार थियो तर दिईन । किनकी सबै पैसा दिए फेरी अन्त पनि यस्तै समस्या परे के गर्नु? भएको ९ हजार त चिलिम भैसक्यो । त्यसैले १८ सय मात्र निकालेर बाँकी बाह्रसय मोजाभित्रै लुकाएँ । सिस्नेरीको अनुहार उज्यालो भयो । किनकी उ ढुक्क थियो अरु नभएपनि उ चाँही मेरै पैसाले आफ्नो गन्तव्यसम्म अवश्य पुग्नेछ । मेरो पैसाले म सहित ६ जनाको रेलको टिकट काट्न पुग्यो, चालु डिब्बाको । रेलवे स्टेशन बाहिरको चिया पसलमा राखेको नानखटाई र चिया खाएर हिँड्यौँ हामी १० जना बम्बई यात्रामा, छ जना मेरो पैसाले र बाँकी ४ जनाले आफ्नो खल्ती झारझुर पारेर । बाँकी छुटे दिल्लीमै । अघिल्लो दिन दिउसो तिनबजे सुरु भएको रेलयात्रा भोलिपल्ट ३ बजेसम्म जारी थियो । बाटोमा चिया र समोसा बाहेक तिनदिन देखि मुखमा दालभात परेको थिएन । मुख सुख्खा भएको थियो, हल्काहल्का कमजोरी सुरु भैसकेको थियो । सिस्नेरी पुसाँई चिच्याए–“ए झरौँ अब…यहीँ हो झर्ने । नत्र पुगौला फेरी बम्बईको बान्द्रा प्लेटफार्ममा ।” “यो बम्बई हैन र पुसाँई ?” म बोले । “काँ हुनु ? यो त सुरत हो । बम्बई ह्याँबाट रेलमा ६ घण्टा अँझ अघि जानुपर्छ ।” उनले भने । जाँ सुकै होस् ! आफुलाई बेलैमा उनको कोठामा गएर मजाले दालभात खाएर सुत्नपाए हुन्थ्यो अहिलेलाई, अनि भोलिदेखि आफु सुरक्षित महसुस गर्दै यो अल्सरको उपचार गर्न पाए हुन्थ्यो । यस्तै सोचेँ मनमनै र लागे उनीहरुका पछि । बिस्तारै सबै एकएक गर्दै छुट्टिए, बाँकी रह्यौँ सिस्नरी र म मात्र । म सर्कसमा तालिम दिएको बाँदर जस्तो सिस्नेरीका पछि–पछि थिएँ । उनी जताजता जान्छन उतैउतै डोरिनु मेरो धर्म अनि कर्म दुबै थियो, किनकी मेरो यहाँ अरु चिनेको वा मैले थाहा पाएको केही पनि त थिएन । करिब एकघण्टाको अल्याङमल्याङ पछि मलाई सिस्नेरीले भटारस्थित आफ्नो जागिर छ भनेर सुनाएको ठाउँमा पु¥याए । उनी सिधै मेनेजरसंग कुरा गर्न भनेर गए । म त्यही अफिसको पेटीमा बसेँ । १० मिनेटजति बितेको हुँदो हो सायद, सिस्नेरी रातोपिरो हुँदै आए, अनि मलाई त्यहाँबाट तुरुन्त हिँड्ने आदेश दिँदै आफु अघिअघि लागे । “साला गुज्राती ! आफुलाई बिलगेट्स सम्झिन्छ । एक महिना ढिलो के गरेको थिएँ ! आमा चकारेर गाली गर्छ माद्राचोद…. । “……….त्यस्का जस्ता कम्पनी गल्ली गल्लीमा छन् । चुड्कीका भरमा काम पाउँछु मैले पनि…. ।” मेरो अघिअघि हिँडेका उनी उनी एक्लै बर्बराउँदै थिए । “साला पापी पेट भर्नका लागि कस्तो कस्तो गाली सहनुपर्छ भने । किस्मतमै गरिब लेखेर ल्याएपछि साला पराया भुमिमा पनि गाली खानुपर्छ” उनले कामका लागि ईण्डिया आउनुपर्ने कारण कसैले नसोधेपनि बताउँदै बर्बराउँदै हिँडिरहे मेरा अघिल्तिर ल्याङल्याङ । उनका यति कुरा सुनिसकेपछि मैले के भो पुसाँई भनेर सोध्ने हिम्मत नै गरिन र सोध्न उचित थिएन पनि । साँझ परिसकेको थियो सायद तर मैले बत्तीको उज्यालोमा मेसो पाईन । उनी मलाई छेउको एउटा ठुल्ठुला पात भएको रुखको छेउमा बसालेर म एक्कैछिनमा आउँछु भनेर आफ्नो झोला सहित भिडतिर छिरे अनि क्रमशः मेरो आँखाबाट ओझेल परे । आउँछु भनेर बेपत्ता भएका सिस्नेरी पुसाँई आउन निकै बेर लगाए । म पनि कसरी समय बिताउँ भनेर यताउता टहल्न थालेँ । एक, दुई, तिन हुँदै सात घण्टा बित्यो तर सिस्नेरी आएनन् । बिस्तारै चिन्ताले पो सताउन थाल्यो । अब यो पराया भुमिमा म कहाँ जानु? लगातार तिनदिनको यात्राले गलेको ज्यान कहाँ लगेर बिसाउनु? पिसाब लाग्छ, दिसा लाग्छ, कहाँ लगेर बिसर्जन गर्नु ? त्यो भन्दा पनि ठुलो कुरा, भएभरको पैसा बाटैमा चिलिम भैसकेको अवस्थामा केहीगरी सिस्नेरी बेपत्ता भई नै हाले, मुखमा के हाल्नु? अनि कता जानु? यीनै कुरा एकैचोटी दिमागमा घुम्न थाल्यो । सोचेर आखिर समाधान निस्कनेवाला त थिएन । वर्तमानमा वर्तमान समस्याको समाधान खोज्नु नै उत्तम विकल्प भन्ने ठानेर कार्यआरम्भ पनि सोही अनुरुप गर्ने सोच बनाएँ । छेउमै काठको गोदाम थियो । गोदाम बाहिर चाख्लो आँगन थियो । यस्सो हेरेँ, धेरै मान्छेहरु त्यही लम्पसार परेका । म पनि छेउतिर कतै गएर पल्टीने सोचका साथ त्यतै लतारिएँ । छेउमा पुगेको मात्रै थिएँ, आवाज आयो–“अबे कौन छे?” <p style="border-bottom: 0px; border-left: 0px; padding-bottom: 0px; widows: 2; text-transform: none; background-color: rgb(255,255,255); text-indent: 0px; margin: 0px 0px 24px; padding-left: 0px; padding-right: 0px; font: 16px/24px Georgia, 'Bitstream Charter', serif; white-space: normal; orphans: 2; letter-spacing: normal; col
Rudramati · Dec 13, 2012 11:33 AM
लामा लामा जुँङा भएको बेतको लठ्ठी समातेको मान्छे बोलिरहेको रहेछ । “मै…मै हुँ” मैले जवाफ फर्काएँ । “अबे मै मै क्या लगा रखा है ? क्युँ आया है ईस टाइममे इधर?” उ बम्क्यो । म के भन्ने भन्ने अवस्थामा पुगेँ । म को हुँ? यहाँ किन आएको हुँ? मसंग उसलाई तत्काल फर्काउने कुनै जवाफ थिएन । उ छेउमै आईपुग्यो र भन्न थाल्यो– “पडालिखा आद्मी जैसा लग्ता है, लेकिन ब्याग लेकर ईस टाइममे ईधर क्युँ घुमरहा है?” मैले आधा हिन्दी चौथाई नेपाली र बचेकुचेको ठुटे अँग्रेजी सहितको खिचडी भाषामा उसलाई आफ्नो सविस्तार बताएँ । उसले पनि बडो गम्भीर पारामा मेरो कुरालाई लिएझैँ गरी टाउको हल्लायो र फिल्मी पारामा भन्यो– “मुझे लग्ता है तुने बहुद दुःख पाया है । ईस लिए आज ईधर ही ठहेर । कल ढुँड्ना तेरे रिस्तेदारको । ठिक है?” मलाई आश्रयस्थल मिलेकोमा असाध्यै खुसी लाग्यो । यही खुसीमा मैले आफु भोको भएको कुरा पनि बिर्सेछु । लामो यात्राका कारण कतिखेर सुत्न पाईएला झैँ भएको मलाई बाटोको पेटी मै सहि आश्रय दिने त्यो मान्छे फरिस्ता झैँ लाग्यो । चौकीदारले आफ्नो परिचय दिँदैथियो क्यारे, कतिखेर म चाँही भुसुक्कै भईहालेछु । **** गाडीको हल्लाखल्ला अनि छ्याङ्गै उज्यालो देखेपछि मेरो निन्द्रा भंग भयो । यस्सो हेरेको त छेउमा संगै सुतेका कोहीपनि रहेनछन त्यहाँ । म पनि उठेँ अनि आफ्नो तन्नालाई पट्याएर झोलामा राखेँ । तन्ना झोलामा राख्दैगर्दा कसैले मेरो झोला खोलेजस्तो लाग्यो अनि हेरेको त नभन्दै मेरो झोलामा भएको आईए दोश्रो बर्षको मेजर ईङ्लिसको उपन्यास द ग्रेट गेट्सबीको बिचतिर एउटा कागज राखेको देखेँ । त्यहाँ अड्कोपड्कोमा काम लाग्छ भनेर १८०० आईसी लुकाएर राखेको थिएँ । कागज ताने, हेरेँ, कागजमा लेखिएको रैछ–“तु बहुत पढालिखा और समझदार आद्मी है । एकदिन बडा आद्मी बनेगा ।” चौकीदारको चिठी महोदयले कागजमा छोडेको आशिर्बादका बदलामा लुकाएर राखेको १८०० रुपैँया चट पारेर टाप कसेछ । न रुन सकेँ न हाँस्न सके त्यो कागजको चिर्कटो पढेर । आफुसंग भएको नगद सबै स्वाहा भयो । उठेर हिँड्न खोज्दा पाईला नै नसरेजस्तो भयो । धर्ती हल्लीए झैँ भयो । घरमा फोन गरेर यस्तो यस्तो भयो भन्न त हुन्थ्यो ! फोन गर्ने पैसा समेत रहेन मसंग अब । यस्तै यस्तै सोच्दैथिएँ, कतिखेर आँखाहरु पानी बनेर ओर्लिईहालेछन् । आँशु पुछेँ, भाग्यलाई धिक्कारेँ, झोला बोकेँ, किनकी बाँकी सम्पत्ति यत्ति जो थियो, अनि हिँडे त्यहाँबाट लुरुलुरु । किनकी त्यहाँ बसेर पो के हुन्थ्यो र कागजी आशिरबाद दिने साधु त त्यहाँबाट टाप कसिसकेको थियो । दिनभर भटार चाररस्ताको वरीपरी हल्लीईरहेँ ।
Rudramati · Dec 13, 2012 11:34 AM
न कुनै अनुहार चिनेको थिए, न कुनै अनुहार देखेजस्ता भेटिए । सबै बिरानो, मान्छे बिराना । धर्ती बिरानो । साँझ भयो, मन झन् ब्याकुल भयो । अब कहाँ जाउँ? के खाउँ? कहाँ सुतौँ? यी कुनैपनि प्रश्नको उत्तर थिएन मसंग । अचानक सम्झिएँ– “हिजोकै ठाउँमा जान्छु, त्यो मान्छे फेरी भेटिनेछ । अनि उसंग अनुनय बिनय गरेर आधा पैसा भएपनि माग्छु………बरु आधा उसैले राखोस् । कमसे कम ८–१० दिनलाई पेटको डहन मार्न त काम लाग्ला, या नभए घरमा फोन गर्न त सक्छु !” काठको गोदाममा पुगेको अर्को मानिस बेतको लठ्ठी समातेर उभिईरहेको थियो । उसले बतायो, अर्को चौकीदार त मालिकसंग झगडा गरेर बिहानै त्यो काम छोडेर गयो रे ! फेरी मेरा आँखा तिल्मिलाए । जसोतसो आफुलाई सम्हालेर आफुमाथि भएको सबै कुरा बताएँ, ताकी उसले केही दया गर्नेछ । उसले सडकको पिँढी देखाउँदै मात्र यति भन्यो–“सोना है तो उधर सो जा । नहि तो ज्यादा मगजमारी मत कर ।” विकल्प थिएन, पल्टिएँ त्यहीँ । निन्द्रा नलागुन्जेल मनमा कुरा खेलिरहे । सुरतको गर्मीले लामखुट्टे त्यति थिएनन् जसले मनमा कुराखेल्दै गर्दा ध्यान अन्तै मोडोस् । राती खै कतिखेर निदाएछु । **** आज चैँ मजाले आमाले दिएको खाना खाँए । धेरै दिनको भोको भएकोले होला भात पनि धेरै पो खाईयो त । आमा भन्दै हुनुहुन्थ्यो–“दुःख पाईस छोरा दुःख पाईस् । ………..तर त्यत्तिको दुःख त छोराले भोग्नैपर्छ । नत्र कसरी चेत्छस त ? भोलि अँझ यो भन्दा पनि धेरै दुःख हुनसक्छ ।” आमाले दिएको मिठो खानाको स्वाद पुरा लिन नपाउँदै झल्याँस्स बिउँझिएछु । बिउँझिँदा पो थाहा भयो भोकले हातगोडा काँपीरहेका रहेछन् । उसैपनि ३–४ दिनमा एकपटक दिसा गर्न जाने बानी मेरो, त्यसमाथि ४ दिन देखि पेटमा केही परेको थिएन, फगत चिया बाहेक । त्यसैले आजको बिहान पनि सौचालय जानुपर्ने कष्टबाट मुक्त थिएँ । पिसाब भने फेर्न गएँ, हातमुख धोएँ अनि झोला बोकेर हिजोकै दैनिकीमा हिँडे, लखर लखर काँपीरहेका खुट्टा लतार्दै बिरानो शहरमा । दिन यसैगरी बित्यो, पेटमा चारो परेको छैन । मनमनै सोचेँ–“आज चाँही जसरी भएपनि केही खाने ब्यवस्था मिलाउनुपर्छ, नत्र भोकैले मर्छु म ।” किनकी अल्सरको बिरामी थिएँ । झोलामा औषधी समेत बोकेर हिँडेको । मनले सोच्दैमा प्राप्त हुने भए त सानोमा म सोच्थेँ-”त्यो चन्द्रमालाई टिपेर क्वाप्पै खाईदिउँ” न चन्द्रमालाई टपक्क टिप्न सकेँ, न क्वाप्प मुखमा हाल्न । यस्तै भो यो दिनको केही खाने सपना पनि । साँझपख सुरतको भटार चौरस्ता क्षेत्र धपक्कै बल्छ । झिलीमिली बत्ती, चारैतिर गाडीहरु, त्यसमाथि दिवाली आउँदै गरेको समय । पेटमा भोक नभएको भए असाध्यै रमाईलो बातावरण थियो त्यहाँ यतिबेला । तर मलाई यी कुनै कुराले ध्यान तानेको थिएन । मलाई त बस् ! कतिबेला केही खानेकुरा खाने मौका मिलाउँ र खाउँ भन्ने थियो । चौरस्ता छेउछाउतिर चाईनिज खानेकुराका लारी(ठेला) लाग्न सुरु भैसकेको थियो । एकजना गोरो गोरो निधारबाट तप्पतप्प चुहिएला झै गरी तेल हालेर बाल लर्काएको केटो बडो मजाले “धौलागिरीमा….. यो जोवन मायाँलाई, दिउँला फिरीमा” भन्ने गीत गाउँदै लारीमा सामान मिलाउँदै थियो । पहिलोपल्ट पराया भुमिमा मैले आफुसंग गएका बाहेक कुनै नौलो नेपालीको स्वर सुनेँ । बडो आनन्द लाग्यो । उसको नजिकै पुगेँ र सोधेँ– “तपैँ नेपाली हो?” “हैन, पाकिस्तानी हो ।” उसले च्याँठ्ठिएर जवाफ फर्कायो । मन अमिलो भयो, किनकी पहिलो बाक्य मै उसले प्याच्च जवाफ फर्काएको थियो । फेरी मुखमा त्यो भाव आउन नदिएर बोलेँ–“हाँसो गर्नुहुँदो रहेछ ।” “यत्राको हाँसो हो मुजी ! अर्काले काम गर्न आएका ठाउँमा आएर नेपाली गीत गाएको देखी देखी तपाईँ नेपाली हो भनेर सोध्ने त ? यही बानी बडो घटिया के यी नेपालीहरुको । पानी खान लागेको देखे.. ए, पानी खान लाग्नुभएको ? भनेर सोध्ने । बजार जान लागेको भए.. ए, बजार जान लाग्नुभएको भन्ने । माद्राचोदहरु…. ।” एकै सासमा बोलेर सिध्यायो उसले । मलाई त्यसपछि उसंग बोल्ने आँटै आएन । तत्काल त्यहाँबाट भाग्न मनलाग्यो । झोकै झोकमा हिँडे म पनि । “त्यसका बाउको केही खाईसकेको त थिईन । बरु पाईन्छ कि केही खान भनेर बोल्ने बहानामात्रै बनाएको थिएँ । त्यसरी मुखै छाडेर बोल्नु पर्ने गल्ती पनि मैले केही गरेको थिईन ।” यीनै कुरा दिमागमा आए । अनि झसंग भएँ, कतै यसले म भोकै भएको र त्यहाँ खानेकुरा माग्न गएको थाहा पाएको त थिएन? जे सुकै होस् फर्केर त्यहाँ जान मनै लागेन । हिँड्दैथिएँ अघिल्तिर गुजरातीका एक परिवार गफिँदै, होहल्ला गर्दै रमाउँदै हिँडिरहेको देखेँ । आफ्नो घरपरिवारको याद आयो । “सायद म पनि घरमा हुँदो हुँ त यस्तै गरी रमाउँथेँ होला तर आज ४ दिनदेखी भोको हुँदा पेटमा हाल्ने अन्न समेत पाएको छैन ।” मनमा खेले यस्तै यस्तै कुराहरु । अनि तप्पतप्प चुहिए आँखाबाट केही थोपा आँशुहरु । गुजरातीका छोराछोरीले मिठो भएन भनेर हातमा समातेका खानेकुराहरु चाख्दै, फाल्दै गर्नथाले । म यी सबै गतिविधिहरु हेर्दैथिएँ उनीहरुको पछिपछिबाट । अचानक सोच आयो– यत्रो दिनदेखिको भोको छु । ताजा खानेकुरा उनीहरु भटाभट आफ्नै अगाडि फालिरहेका छन् । टपाटप टिपेर कपाकप खानुपर्छ कि क्या हो ? फेरी सम्झेँ, जति भोको भएपनि अर्काले जुठो हालेको, त्यो पनि भुँईमा फालेको खानेकुरा कसरी खानु? बरु एकदुई छाक अरु भोकै बस्छु । मनले खटाउन सकेन । अन्ततः भोकका अघि म हारेँ । भोकले जित्यो । म त्यो भुँईमा फालिएको खानेकुरा टिपेर खाने निश्कर्षमा पुगेँ ।
Rudramati · Dec 13, 2012 11:35 AM
गुजराती बाउआमा आफ्ना छोराछोरीलाई खानेकुरा नखाने मन भए नखान तर बोकेर हिँड्न भन्दैथिए ताकी त्यो खानेकुरा भोलीबिहान बाटोमा हिँड्ने गाईलाई खुवाउन पाईयोस् । मैले उनीहरुले फालेको खानेकुरा टिपेँ । गुजरातीकी श्रीमतिले मैले भुँईको खानेकुरा टिपेको देखि । मैले छिटोछिटो भुँईमा फालिएका पाउरोटी बटुल्न थालेँ । उसले भन्नथाली–“अबे ! क्या कररहा है । ओ ब्रेड ईधर देदे । कल गायको देना है ।” मैले भनेँ–“मुझे जोरजोर से भुख लगि है । मुझे ये खाना है ।” “भुख लगि है तो खरिदके खा नहिसक्ते? ये ब्रेड गायको देना है, ईधर दे? हम ने खरिदा है ईसे ।” थुक्क पाजीहरु ! फालेकै खानेकुरा भएपनि अरुले लगेको देखेपछि डाह लाग्ने मान्छेको जात ! बरु गाईलाई दिन तयार तर मैले खान खोजेको मन परेन उनीहरुलाई । म पनि भोकले होला सायद त्यो पाउरोटीका लागि हिँश्रक बन्न तयार थिएँ, मतलब उनीहरुलाई कुनै हालतमा त्यो पाउरोटी सुम्पन तयार थिईन । मैले पाउरोटी बटुँलेँ र त्यहाँबाट दगुरेँ । **** बाटोको छेउमा ट्युवबेल थियो । त्यही छेउमा बसेँ । बडो मौकाले प्राप्त गरेको पाउरोटी लिएँ, अनि दायाँबायाँ आँखै नहेरी कपाकप खाएँ । धेरैदिनको भोको भएकोले होला सायद, आँत सुकेर पाउरोटी घाँटीबाट भित्र छिर्न पनि अटेर गर्दैथियो । प्लाष्टिकको ब्यागमा ट्युवबेलबाट पानी थापेर त्यसैको सुर्को लगाउँदै पाउरोटी निलेँ । मौकाले चारवटा पाउरोटी प्राप्त भएका रहेछन् । सबै खाएँ, बडो तृप्तिका साथ । जुठो थियो, त्यो पाउरोटी । भुँईमा फ्याँकिएको थियो तर त्यो मेरालागि चौरासी ब्यञ्जनभन्दा महत्वपुर्ण थियो । आफुले पाउरोटी खाईसकेर यस्सो छेउमा हेरेको, १२,१३ बर्षजतिको ध्वाँसेध्वाँसे एउटा केटो पनि मैतिर हेरेर मुस्कुराउँदै प्लासष्टिकको थैलोमा पुलाउ खाँदैरहेछ । उ भन्दैथियो– “मैने भि पाल्टीसे छिनके लाया हुँ ये पुलाव । बहुत टेष्टी है, खाओगे?” *******************************
Rudramati · Dec 13, 2012 11:36 AM
Ek ramro ani marmik Katha.. Loved the writing.
ThahaChaena · Dec 13, 2012 12:27 PM
Tragic story. I wonder how many such tragedies were created due to evil maoists and evil politicians in our country. This sounds like a true story as we read often such tragedies in Nepali newspapers. So much deception and dishonesty among our people. Have you been following the recent story of burning of nepali muslim women? What is happening to people these days? Some are blaming the family of the women. If it is true, it's very sad. On the other hand if the real criminal was the arrested one (as the dying women spoke his name), then I very much abhor these neighbors and muslim women society who is trying to save this criminal; these people won't realize until the victims are their own family members. In both scenarios, it was such a tragic story and I felt very sad to see the news.
metta · Dec 15, 2012 12:46 PM
अति नै सुन्दर लेखाई पढ्दै जादा आफैले भोगेजस्तो भान हुने; दिल छुने मन होदालिदिने
36x36 · Dec 15, 2012 5:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion