पदम कुँवरले सहयोग रकम सामाजिक कार्यमा लगाउने (4 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता ० काठमाडौं, मंसिर २७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरले देशविदेशबाट संकलित सहयोग सामाजिक कार्यमा लगाउने भएका छन् । दाहालले धरौटी बापत तिरेको रकम बाहेक १ लाख ५४ हजार देश विदेशबाट सहयोग प्राप्त भएको जानकारी दिँदै उनले सहयोगस्वरुप प्राप्त रकम आफूले व्यक्तिगत कामको लागि खर्च नगरी सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरे । राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बाग्लुङका कुँवरले आफूले आवेगमा थप्पड प्रहार गरेर गल्ती गरे पनि नेपाली जनताको नेताहरुप्रति आक्रोस धेरै रहेकोले नेताहरुलाई सचेत रहन सुझाव दिए । ‘नेताहरुको ब्यवहारका कारण जनताहरु टिभी फुटाउने अवस्थामा छन्,’ जनताको आक्रोस धेरै रहेको बताउँदै उनले भने, ‘त्यसैले नेताजीहरु सचेत हुनु पर्छ ।’ आफूले गरेको घटनापछि जसरी जनताले प्रतिक्रिया र सहयोग दिए त्यसले जनता नेताहरुविरुद्ध असन्तुष्ट छन् भन्ने प्रष्ट भएको दाबी गर्दै उनले आफूले गरेको जस्तो गैरकानूनी काम अरु जनताले गर्ने सम्भावना समेत औँल्याए । उनले दलका नेताहरुले मुलुकलाई निकास नदिई लामो समयदेखि बन्धक बनाएकोले पनि निराशा बढ्न थालेको दावी गरे । आफ्नो पुरै परिवार माओवादीले चलाएको जनयुद्धमा होमिएकोले आफू पनि एमाआवादी कार्यकर्ता नै भएको तर पछिल्लो पार्टीको फुटको अवस्थादेखि आफू तटस्थ रहेको बताए । भविष्यमा राजनीतिमा आउने नआउने विषयमा भने उनले नेपालमा नेताहरुको खाँचो नभएकोले आफू नेता नबन्ने बरु गर्न सके नेताहरुलाई घच्घच्याउने सामाजिक कार्यमा लाग्न सक्ने बताए । जनयुद्धका क्रममा दिदी र दाइ घाइते भएको बुबा बारम्बार पक्राउ पर्ने गरेको तर जनयूद्धका घाइतेहरुलाई सम्मानजनक ब्यवहार नभएको आक्रोसमा आफूले अनायाशै आक्रमण गरेको भन्दै दाहालले आफूलाई क्षमा दिए पनि पहिला नै कुनै पहल नगरेको प्रति परिवारको भने आक्रोस भएको बताए । आफूले कानून विपरित काम गरेकोले आफूलाई कुट्नेलाई समेत धन्यवाद दिँदै आफूले सञ्चारमाध्यममा आए जस्तो कसैलाई मुद्दा हाल्ने मनस्थितिमा नरहेको बताए । उनले भने– ‘यदि लोकतन्त्र हो, कानुन सबैको लागि बराबर हुने हो भने मलाई क कसले कुटे टिभीमा देखाइएको छ । अरु जसले पनि मुद्दा हाले भई हाल्छ तर म हाल्दिन ।’ आफूलाई ५ पटक बयान लिएको र सो क्रममा एक पटक मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिइएको जानकारी पनि उनले दिए ।
_____ · Dec 12, 2012 6:24 AM · 3,517 views
Have you heard of saying " i am the poison, i am the remedy" That is what the Mao party is about. They create a villian and then their own Hero and then the Hero submits to the Villian again. The wave takes everyone who were worshiping the Hero to submit to the original Villian. http://www.onlinekhabar.com/20...
SAP Dude · Dec 12, 2012 10:48 AM
Looks like different newspapers pubish different details काठमाडौं, मंसिर २७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरले देशविदेशबाट संकलित सहयोग सामाजिक कार्यमा लगाउने भएका छन् । दाहालले धरौटी बापत तिरेको रकम बाहेक १ लाख ५४ हजार देश विदेशबाट सहयोग प्राप्त भएको जानकारी दिँदै उनले सहयोगस्वरुप प्राप्त रकम आफूले व्यक्तिगत कामको लागि खर्च नगरी सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरे । राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बाग्लुङका कुँवरले आफूले आवेगमा थप्पड प्रहार गरेर गल्ती गरे पनि नेपाली जनताको नेताहरुप्रति आक्रोस धेरै रहेकोले नेताहरुलाई सचेत रहन सुझाव दिए । ‘नेताहरुको ब्यवहारका कारण जनताहरु टिभी फुटाउने अवस्थामा छन्,’ जनताको आक्रोस धेरै रहेको बताउँदै उनले भने, ‘त्यसैले नेताजीहरु सचेत हुनु पर्छ ।’ आफूले गरेको घटनापछि जसरी जनताले प्रतिक्रिया र सहयोग दिए त्यसले जनता नेताहरुविरुद्ध असन्तुष्ट छन् भन्ने प्रष्ट भएको दाबी गर्दै उनले आफूले गरेको जस्तो गैरकानूनी काम अरु जनताले गर्ने सम्भावना समेत औँल्याए । उनले दलका नेताहरुले मुलुकलाई निकास नदिई लामो समयदेखि बन्धक बनाएकोले पनि निराशा बढ्न थालेको दावी गरे । आफ्नो पुरै परिवार माओवादीले चलाएको जनयुद्धमा होमिएकोले आफू पनि एमाआवादी कार्यकर्ता नै भएको तर पछिल्लो पार्टीको फुटको अवस्थादेखि आफू तटस्थ रहेको बताए । भविष्यमा राजनीतिमा आउने नआउने विषयमा भने उनले नेपालमा नेताहरुको खाँचो नभएकोले आफू नेता नबन्ने बरु गर्न सके नेताहरुलाई घच्घच्याउने सामाजिक कार्यमा लाग्न सक्ने बताए । जनयुद्धका क्रममा दिदी र दाइ घाइते भएको बुबा बारम्बार पक्राउ पर्ने गरेको तर जनयूद्धका घाइतेहरुलाई सम्मानजनक ब्यवहार नभएको आक्रोसमा आफूले अनायाशै आक्रमण गरेको भन्दै दाहालले आफूलाई क्षमा दिए पनि पहिला नै कुनै पहल नगरेको प्रति परिवारको भने आक्रोस भएको बताए । आफूले कानून विपरित काम गरेकोले आफूलाई कुट्नेलाई समेत धन्यवाद दिँदै आफूले सञ्चारमाध्यममा आए जस्तो कसैलाई मुद्दा हाल्ने मनस्थितिमा नरहेको बताए । उनले भने– ‘यदि लोकतन्त्र हो, कानुन सबैको लागि बराबर हुने हो भने मलाई क कसले कुटे टिभीमा देखाइएको छ । अरु जसले पनि मुद्दा हाले भई हाल्छ तर म हाल्दिन ।’ आफूलाई ५ पटक बयान लिएको र सो क्रममा एक पटक मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिइएको जानकारी पनि उनले दिए ।
grgDai · Dec 12, 2012 11:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion