कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                      कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित l   नेपालको प्रथम शहीद लखन थापा मगर ले ' म मरेको एक हप्ता भित्र जंगे मर्नेछ' भनि जंग बहादुर राणालाई भविष्य वाणी गरे l संयोगबस जंग बहादुर सोहि मिति भित्र नै यस संसारबाट बिदा भए lनिर्दोष ,हक्की र तत्कालिन समयमा राणा शाषण बिरुद्ध सशस्त्र बिद्रोह गर्ने आँट राख्ने यी स्वाभिमानी शहिद लखन थापा जहानिया राणा शाषणलाई अन्त्य गर्न चाहन्थे lतर नेपालको ईतिहासमा प्रजातन्त्रको बिकुल फुक्ने नेपाल आमाकि एक बिर सपुत लखन थापाको निर्मम हत्यापछि तत्कालीन राणा सरकारले उनका शाखा सन्तानहरूलाई सताउने गरे l   उनको लडाई भनेको कुर्शीको मोह र सिंहासन सदैब कब्जा गर्नु हुदैन भन्ने थियो l उनको दूरदर्शिताले यो देखेको थियो कि राणाहरु बागडोर कदापी छोड्ने छैनन् l पिढीहरुको भविष्यको लागि बुलन्द आवाज उठाए र जीवनको पर्वाह नगरी राष्ट्रको लागि शहिद भए lउनको भविष्य बाणी ढिलै भए पनि अन्तत्वगत्वा जहानिया राणा शाषणको अन्त्य भयो lकुर्शीको खेल र कुर्शीको शक्ति एक पछि अर्को पिढीलाई हस्तान्तरण गर्दै १०४ बर्ष सम्म कुर्शीमा हाली मुहाली गरे lकुर्शीको मोह मानब प्राणीमा अधिकतम हुन्छ l विराजमान भए पछि त्यसको नशाले मानवको सम्पूर्ण आदर्श ,मुल्य मान्यतालाई भत्काई दिन्छ l कुर्शीमा एक अदृश्य चुम्बकीय शक्ति निहित हुन्छ किनभने यसको प्रतापले मानिसलाई आफुतिर आकर्षण गर्दछ lमानब एक सचेत प्राणी भएको हुनाले उ कुर्शीको मोहमा फस्दछ अनि त्यो स्वाद चाखे पछि कुर्शी छोड्ने बिषयमा छलफल नै गर्दैन र आफ्नो निजि कुर्शी बनाउने र अनेकौ तिकडम गरि कुर्शीको आयु लम्बाउने प्रयाश गर्दछ lकेवल कुर्शीको लागि रगतको आहाल बनाउन ,कोतपर्व र भण्डारखाल पर्व बनाउन उ तत्पर हुन्छ lतर कुर्शी त्याग गर्ने र सत्ता बलिदान गर्न चाहदैन किनभने कुर्शिको चुम्बकीय शक्तिले नराम्रो संग तानेको हुन्छ र उ उम्कने सक्दैन l   सिरियाका शाषक,ईजिप्टका शाषक ,ईरानका शाषक ,लिबियाका शाषकहरु पनि यिनै कुर्शीको चुम्बकीय शक्तिले गर्दा कुर्शी छोड्न कतै नसकेको त हैन भन्ने अनुमान पनि लगाउन सकिन्छ l यिनीहरु ठुलो भुमरीमा परे र कोहि परि रहेका छन् l यस पृथ्वीमा कैयौ शाषक र असल मानिसहरुको जन्मिएका छन् जसलाई यो कुर्सिको चुम्बकीय शक्तिले कहिले छोएन र कुर्सिको मोहले तान्न सकेन l समाज र राष्ट्रका लागि आज पनि उनीहरु धर्तीमा अमर रहेका छन् र अनुकरणीय भएका छन् l स्वाभिमानी नेपालीले सदैब उनीहरुलाई सम्झन्छ र हरेकको हृदयमा उनीहरुको आदर्श संचित रही रहेको हुन्छ lकुर्सिको चुम्बकीय शक्तिको काल्पनिक बिचार खेलाउनु र सेरोफेरोमा कुरा गुथ्नु भन्दा पहिले मानव जाति एक विवेकशिल प्राणी भएको हुनाले मानव भित्र निहित अहंकार ,दम्भ र अहमताको उपचार गरेमा र ठिक र बेठिक छुट्याउन सके कुर्सिको मोह र सत्ता बागडोरको लालच कहिले नआउने हुन्छ lतर मानव कुर्शीको लागि भोको हुन्छ र कुर्सि हडप्ने मृग तृष्णा बन्दछ अनि मानव भासिदै जान्छ lहात्तीलाई फसाउने गरि ठुलो खाडल खाने जस्तै मानिस दलदलमा फस्दछ अनि उम्कन सक्दैन र अन्त्यमा उसको अवसान हुन्छ l ईतिहासको कालो पन्नामा मात्र लेखिन्छ l   २०४७ सालको आन्दोलन समाप्त पश्च्यात गणेश मान सिंहलाई प्रधान मन्त्रि लिन आग्रह गर्दा सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई दिनु भनी सिंहले राजालाई आग्रह गरेका थिए ,त्यो हो नेतृत्वको एक अनुकरणीय उदाहरण lभारतमा अहिले पनि सोनिया गान्धी प्रधान मन्त्रि हुन् सक्दछिन तर उनीले मनमोहन सिंहलाई बनाई राखेकी छिन lकुर्सिको मोह यिनीहरुमा आएन र राष्ट्रले सदैब उच्च दर्जामा राखेको छ lअंग्रेज संग बिरता पुर्वक लड्ने नेपालका ख्याती प्राप्त बिर बलभद्र कुवंरले नालापानीको युद्धमा गरेको साहसिक बिरताको जतिनै ब्याख्या गरे पनि अपुरो र अधुरो हुन्छ lतत्कालिन युद्धमा अंग्रेज सरकारले बलभद्र कुवंरलाई पत्र लेखि बेलुका भेट्न आउनु भनि संदेश दिदा युद्धबिर साँझको समयमा आउन मिल्दैन र बिर नेपाली युद्ध मैदानमा भेट्ने जवाफ दिए lयति मात्र नभई लडाई त्याग अर्थात् आत्मसमर्पण गरे पश्चिम गढवालको राज्यपाल बनाई दिन्छु भनि कुर्सि अर्थात् बागडोर दिने प्रस्ताब राख्दा बिर बलभद्र कुँवर देशको खातिर अन्त्य सम्म लडे र कुर्सिको मोहले उनलाई छोएन l    कुर्सिकों मोह प्रति त्याग र बलिदान दिन जान्ने राष्ट्र भक्त अनन्त अनन्त काल सम्म अमर रहन्छन lदेशका जनता श्रदा गर्न बाध्य हुन्छन र यिनीहरु कालजयी हुन्छन lकुर्सिको लागि मारामार छ ,काटाकाट छ ,केवल सत्ता टिकाउन तिकडम बाजीमा नेपालका नेताहरु ब्यस्त छन् lराष्ट्रिय सहमति भनि टुडिखेलमा भाषण माथि भाषण दिदै घोक्रो सुकाएता पनि कुर्सिको मोह र चुम्बकीय शक्तिको कारण विश्वका केहि राष्ट्रका सरकार तथा वर्तमान सरकार पनि आयु लम्ब्याउने धूनमा छ lहाम्रा पुर्खा र अग्रजहरुले देखाएको सुमार्ग ,आदर्श बलिदानका गाथाहरुलाई शिरोधार्य गर्न नसके स्व मदन भण्डारीले राजालाई चुनौती दिदै श्रीपेज खोलि आए आफु चुनाब लड्ने र जनताको बलले हराउने छौ भनि भने जस्तै कुर्सिको मोहलाई बलिदान दिन नसके यो सामुन्द्रिक आंधीले ठुलो तहस नहस अवश्य गर्ने छ lकुर्सिको मोह र सत्ता कब्जा गर्ने नियति र कूबिचार कुनै पनि स्वाभिमानी नेपालीमा नउब्जियोस l यसले कसैको भलाई गर्दैन र यो पाठ हामी सबैले सिक्नु पर्ने हुन्छ l   अस्तु    विजय थापा  भर्जिनिया  अमेरिका   

ANATEXAS · Dec 11, 2012 2:32 PM · 2,459 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all