ए एन ए द्वारा नेपालमा अन्तरक्रियात्मक कृषि कार्यक्रमको आयोजना सुनसरी ,यहि मंगसिर २२ गते ,शुक्रबार ,२०६९ ) तदनुसार डिसेम्बर ७ तारिखका दिन ए एन ए -नेपालले बोकेर हिडेको पवित्र उदेश्य अनुसार लक्षित गाउँ सुनसरी जिल्ला ,पन्चकन्या गा बि स मा एक दिवशीय अन्तरक्रियात्मक कृषि कार्यशाला कार्यक्रमको आयोजना गरेको छ l उक्त अन्तरक्रियात्मक कार्यशालामा लक्षित पन्चकन्या गा बि स का बिभिन्न किशान समुह ,बिभिन्न सहकारी संस्थाका पदाधिकारीहरु ,गाउँ बिकाश समितिका वर्तमान तथा पुर्व पदाधिकारीहरु ,राजनैतिक दलका प्रतिनिधिहरु तथा स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो lउक्त अन्तरअन्तरक्रियात्मक कार्यशाला कार्यक्रममा अत्यन्तै प्रभावकारी हुन् सकेको र उक्त कार्यक्रमलाई स्थानीय प्रशिक्षक तथा महा बिद्यालय (कलेज )का शिक्षक मोहन श्रेष्ठले गर्नु भएको थियो l लक्षित समुहको अन्तरक्रियामासहभागिता र उनीहरुद्वारा कृषि सम्बन्धि प्रस्तुति प्रभावशाली भएको थियो lउक्त एक दिवशीय कृषि कार्यशाला कार्यक्रममा केन्द्रित थियो भने ए एन ए नेपालले शिघ्र पशु पालन केन्द्रको शुरुवात गर्ने भएको छ l ए एन ए – ग्रामिण नेपाल विकास परियोजना नेपाल र नेपालीहरुको हित र विकासको लागि अमेरिकाबाट नेपाल लागिएको एक महत्वाकाक्षी परियोजना हो l ए एन ए – ग्रामिण नेपाल विकास परियोजनाका प्रमुख सुदीप श्रेष्ठ (पि एच डी)ले सुनसरी, धरान नगरपालिकाकामा उक्त परियोजनाको बारेमा प्रस्तुति गर्दै र सहयोगको अपेक्षा लिने हेतुले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गराउनु भयो l उक्त प्रस्तुति सहभागीहरुको मन छुन सकेको र अत्यन्तै सफल रहेको जानकारी सहभागीले जनाएका थिए lराजनीतिक आस्थालाई किनारा लगाउदै नेपाल र नेपालीको लागि यस्तो सुवर्ण मौका गुमाउनु नहुने बिचार राख्दै नगर पालिकाको तर्फ र सहभागी हुन् आउने सम्पूर्ण राजनैतिक दलले पूर्ण सहयोग गर्ने बचन बद्दता दिएका थिए l ए एन ए – ग्रामिण नेपाल विकास परियोजनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय लक्ष्य प्राप्ति गर्ने सोच अनुसार धरान नगरपालिकाको श्रोत र साधनको उपयोग गर्दै प्रारम्भिक चरणमा खाध्य बजारको शुरुवात गर्ने भएको छ र यो परियोजना करौडौको रहेको छ lकृषि सहकारी अथवा संस्थाको स्थापनार्थ गृहकार्य गरिरहेको यस परियोजनाका प्रमुखले जानकारी गराएका थिए l ३० बर्ष ईतिहास बोकेको सयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्तरको जेस्ठ संस्था ए एन ए ( दि एसोसियसन अफ नेपालीज इन अमेरिका ) ए एन ए नेपाल ( एन जी ओ )गैर मुनाफा संस्थाको नाममा २०६९ साल भदौ २८ गते सुनसरीमा दर्ता गरि कार्यालय धरानमा स्थापना गरि सकेको छ lयसै गरि समाज कल्याण परिषदबाट आश्विन २६ ,२०६९ सालमा आबद्दताको प्रमाण पत्र समेत प्राप्त गर्न सफल भएको छ l प्रारम्भिक चरणमा सुनसरी जिल्लाबाट यो योजना सुरुवात गर्ने र भविष्यमा यसको प्रगति र विस्तार अनुसार अधिराज्य भरि यो परियोजना लान सकिने लक्ष राखिएको छ l यस परियोजनाका प्रमुख सुदिप श्रेष्ठ (पि एच डी )सुनसरी धरान निवासी हुन् ,धरान हात्तिसार महाविद्यालयबाट खाद्य प्रबिधिमा अध्ययन गरि ,अमेरिकाको कनेक्टिकूट बिश्वबिद्यालयबाट खाद्य तथा पोषणमा बिषेशज्ञता प्राप्त गर्दै हार्वर्ड (Harvard)अनि जन हप्किन्स (John Hopkins)अस्पतालमा सेवा गर्दै यहि परियोजनालाई हाक्न अमेरिका त्यागी सुनसरी धरान फर्केका छन् l
ANATEXAS · Dec 8, 2012 3:29 PM · 3,771 views
keep up the good work ANA . So whoever attended ANA are contributing something back. Last edited: 09-Dec-12 08:03 AM
mno · Dec 9, 2012 7:35 AM
I think I have heard this world a lot --Antarkriya and seen no results.
jhapaliketo · Dec 9, 2012 8:14 AM
If those 1000s of NGO and INGO have no freaking ideas why those billions dollar pouring into Nepal every year got no result. then we only have hope. Hope like Obama the world's most powerful person will provide you all with decent jobs in america. Hope like your expensive foreign education will also show some results in your mind too. Last edited: 09-Dec-12 09:30 PM
mno · Dec 9, 2012 8:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion