एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति डा. रामबरण यादबबीचको छलफल पछि सहमति गर्न दलहरुले फेरि ६ दिनको समय पाएका छन् । आज विहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले चार दलको निर्णय बारे जानकारी गराउँदै राष्ट्रपतिसँग सहमति गर्ने समय माग गरेपछि राष्ट्रपतिले ६ दिनको समयअवधि थप गर्नुभएको हो । अध्यक्ष प्रचण्डले दलहरुबिचको छलफल भईरहेको भन्दै पाचँदेखि सात दिनको समय थप गर्न आग्रह गर्नुभएको थियो । जवाफमा लामो समयसम्म पनि दलहरुबिच कुनै सहमति हुने नसकेको प्रति चिन्तित हुँदै राष्ट्रपतिले सहमतिका लागी ६ दिने समय दिनुभएको हो । शितल निबासबाट बाहिरिनुभएका माओबादी अध्यक्ष प्रचण्डले सरकार लगाएतका बिषयमा दलहरुबिच निरन्तर छलफल भईरहेको भन्दै केहि समय थप गर्न आग्रह गरिएको जानकारी दिनुभयो
neta no 101 · Dec 6, 2012 10:35 PM · 3,316 views
Thapeko thapai cha ta. Kaanchi ko vatti ko tin panee jaad jasto. Ratrapati ho ki kaancha ? We need king back !
facebook · Dec 6, 2012 10:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion