म्याद माग्ने र भाका नघाउने संस्कारको विकास बन्द गर ! ईस्वी सन् १९९३ को सर्बाधिक लोकप्रिय हिन्दि चलचित्र 'दामिनी'मा अधिवक्ताको भूमिका निर्वाह गरेका भारतीय नायक सन्नी देवलले अदालतमा तारिक माथि तारिख ,तारिख माथि तारिख ,तारिख माथि तारिख भनिएको सम्बाद (डाईलोग)ले दर्शकमा अमीट छाप छोड्न सफल भएको छ l त्यो सम्बादको बिशेस अर्थ छ l निर्णय र टुंग्याउनु पर्ने कुरा ढिला सुस्ती ,आलटाल नगरी अबिलम्ब गर्नु पर्छ भने आसय चित्रण गरिएको छ lनिर्णय देश सर्वनास र पहिरो जानु भन्दा अगावै गर्नु पर्छ l,समयमा हिरा फोड्नु पर्छ सिद्दान्त अपनाउनु पर्छ l ४ बर्ष सम्म पनि संबिधान नलेखी केवल सत्ता टिकाउने फोहरी खेल खेली अन्तत्वगत्वा हातमा लाग्यो सुन्य बनाई जनताको अपेक्षा माथि तुशारोपात पारिएको घटना स्वाभिमानी जनताले बिर्सिएका छैनन् l संबिधान लेख्न नसकी एक अर्कामाथि दोषरोपण गर्दै आफु ओभानो माथिको चोखो हुन् खोज्ने सबै राजनैतिक दलको नियति पर्दाफास भै सकेको छ lपूर्वी टिमोरले ९० दिन ,कम्बोडियाले ९० दिन र इराकले १२ महिनामा संबिधान लेख्न सकेको ईतिहास छ तर हामीले पाठ सिक्न सकेनौ l ४ बर्ष सम्म पनि सहमति गर्न सकेनौ l नेतृत्वले सह्मति र सम्झौताको द्वार खोल्नु पर्छ l भर्खरै मात्र अमेरिकाको राष्ट्रपतिको चुनाबमा ओबामासंग पराजित भएका मिट रोम्निलाई ओबामाले राष्ट्रपति बस्ने सेतो घर ( व्हाईट हाउस )मा आमन्त्रण गरे र सहयोग गर्ने बचन पनि दिए र यसबाट हाम्रा देशका नेताहरुले शिक्षा लिनु पर्दछ l दम्भ र हठपन नेतृत्वमा होमिनेले त्याग गर्न सकेन भने त्यस देशका नागरिकले दुख पाउदछन l सिरियाका नेताले सहमति र निर्णय गर्न म्याद माथि म्याद र आलटाल गर्दै आफ्नै राष्ट्रका निर्दोष जनतालाई बिमानबाट गोला बारुदद्वरा ज्यान मारी रहेका छन् lबिश्व एकै ढिक्का हुदा पनि शाषक आफ्नो हठ र दम्भको कारण बागडोर छोडदैनन् l विश्वका तमाम मानिस बासर अल आल्शादलाई कालले टपक्कै टिपी लगोस भनि ईश्वरसंग प्राथना पनि गरि रहेका होलान् l म्याद माग्नु ,पुन निवेदन गरि फेरी लम्ब्याउन आग्रह गर्नु ,पुन :भाका नाघ्यो र राष्ट्रिय सहमति गर्न र समस्याको गाठो फुकाउन सकिएन पुन: थप गरि पाउ भनि दरखास्त दिनु हाम्रा नेताहरुको आदत बसी सकेको छ ,संस्कार बनि सकेको छ l राष्ट्रपतिले दिएको हप्ते म्याद गुज्र्यो ,पुन: हप्ते म्याद थपियो तर पनि अहोरात्र केवल नेतृत्व कसलाई दिने भनि राजनीतिक दलहरु केवल निर्णय गर्न असमर्थ छन् lभोलि बाह्य देशले आक्रमण गर्यो भने राष्ट्रिय सहमति गर्न नै धेरै बर्ष लाग्ने हुन्छ l हाम्रो देशको लालपुर्जा र मुलुक अरुले कब्जा गरि हाली मुहाली गरि सक्दा पनि सहमति भएकै छैन कसलाई भन्ने ?देशलाई अनिर्णयको बन्दिबाट मुक्त गर्नु पर्दछ l आखा खोल्न सिक्नु पर्दछ l ईस्वी सन् १९९१ को सर्वाधिक लोकप्रिय नेपाली चलचित्र 'चिनो' का एक उत्कृष्ट तथा वरिस्ठ कलाकार सुनिल थापाले बोलेको सम्बाद अझ पनि दर्शकहरुको स्मृति पटलमा गुन्जी रहेकों छ त्यो सम्बाद हो ' यो कुरा रातेलाई मन पर्यो' सुनिल थापा भारतमा समेत ख्याती प्राप्त कलाकार हुनु हुन्छ l वहालाई चिनिने यहि सम्बादले उचाईमा पुर्यायो अब यो सम्बादलाई परिवर्तन गरि 'यो कुरा रातेलाई मन परेन' भनि यस्तै अर्को चलचित्र मार्फत हाम्रा नेताहरुलाई दिन सके सद्बुद्धि आउथ्यो होला lअर्थात् नेताहरुले गरेको क्रियाकलाप र म्याद माथि म्याद माग्ने र भाका नघाउने संस्कार तुरुन्तै त्याग्नु पर्छ ,अबिलम्ब निर्णय गर्न सहमति हुन् सके 'यो कुरा रातेलाई मन पर्यो' नत्र 'यो कुरा रातेलाई मन परेन 'भन्ने सम्बाद जनताले भन्ने छन् र आम नेपाली जनताको भावना पनि यहि हो l 'मिलेर काम गर्नाले हुन्छ अत्यन्तै फाईदा एकता हेर त् मौरीको महमा कस्तो हुन्छ सदा 'कबि शिरोमणि लेखनाथ पौडेलले यहि सेरो फेरोमा रही नेपाली बीच सदैब गुट बन्दि हुनाले यसले केहि शिक्षा दिन्छ भन्ने हेतुले कथेको हुनु पर्दछ l भनिन्छ एकतामा बल हुन्छ र अनेकतामा खल हुन्छ ,एकतामा बिकाश हुन्छ र अनेकतामा बिनाश हुन्छ l नेपाल आमा अहिले यहि खिचलोमा परि चैनको निन्द्रामा सुत्न सकेकी छैनन l म्याद माथि म्याद र भाका माथि भाकाको अन्त्य होस् भन्ने शुभेक्षा सहित सहमति साकार हुने छ भन्ने विश्वास साथ पूर्ण बिराम l विजय सयुक्त राज्य अमेरिका
ANATEXAS · Dec 5, 2012 7:49 PM · 1,825 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion