सन्दर्भः २२ औँ स्मृति दिवस - प्रेमध्वज प्रधानको सम्झनामा नारायणगोपाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    सन्दर्भः २२ औँ स्मृति दिवस - प्रेमध्वज प्रधानको सम्झनामा नारायणगोपाल TUESDAY, 04 DECEMBER 2012 10:47 नागरिक 1 2 3 4 5   (3 votes, average 5.00 out of 5) हामी नगल टोलमा बस्थ्यौं। अनि नारायण गोपाल पल्लोटोल किलागलमा। भेडासिंमा अर्का साथी थिए, लक्षमण श्रेष्ठ। उसको धागो र कपास पसल थियो। म त्यहाँ बरोबर गैराख्थे। उ पनि त्यही आउँथ्यो। त्यतिबेला धेरै मान्छे हुँदैन थिए। होल भ्यालीमा ३ लाख त थिए जम्मा। एक किलोमिटरमा एउटा मान्छे देखिन्थे। त्यही पसलमा हाम्रो चिनजान भयो। पसल बाहिर काठको फलेक ओछ्याएको थियो। फलेकलाई तबला स्टाइलमा बजाउँदै गीत गाउँथ्यो। रत्नमान श्रेष्ठ, उ, म लगायत आठ जनाको सांगितिक समूह नै थियो। लक्षमण संगीतमा सौखिन। तर बजाउन र गाउन दुवै जान्दैन थियो।   १०/११ साल तिरको कुरा हो। लक्षमण कहाँ रेडियो थियो त्यो जमानामा। त्यसमा माइक लाइन इन गरेपछि स्पिकरमा बज्थ्यो। अहिलेको एम्प्लीफायर जस्तै। गीतको पारखी हामीलाई माइकबाट गाउँदा कस्तो स्वर आउँछ भनेर जान्ने रहर हुन्थ्यो। रेडियोमा माइक जोडेर पालै पालो गीत गाउँथ्यौं। पल्लोकाठामा बसेर गीत गाउने र साथीहरू वल्लो कोठामा सुन्थे। लक्षमण त पसले, हामीसँग पैसा हुँदैन थियो। उसँग हुने। हामीलाई उसले फिल्म हेराउने लैजान्थ्यो। नारायण गोपल ९ वर्ष जतिको थियो। अनि फिल्म हेरिसकेपछि त्यसको संगीत, गायक र हिरोको बारे कुरा गर्थ्यौँ। दस एघार सालतिर हामी युवाहरूले नवकला परिवार भनेर सांगीतिक समूह खोलेका थियौं। त्यही बढि मात्रामा भेट हुन्थ्यो। उ गीत गाउन लाज मान्थ्यो। हरेक प्रोग्राममा तबला बजाउँथ्यो। हामी टोलमा गीत गाउँदै हिड्थ्यौं। उ चाहिँ तबला। हामी 'सानुबाबु तबला बजाउ' भनेर भन्थ्यौं। घरमा र टोलमा पनि सबैले सानुबाबु भन्थे। पन्ध्र सालमा त्रिचन्द्र कलेजमा रियुनियन फङ्सन थियो। दुई महिना अघि नै उसलाई तबला बजाउन भनेँ। सोमा मैले उनलाई भने, 'अहिले के गरिराखेको छौं?' 'केही छैन। पढाई छाडेँ। मलाई त हिसाब गाह्रो लाग्यो।' उसले भनेको थियो। 'जेपी स्कुलमा पढेको मान्छे किन छाडेको? ल म किताव दिन्छु पढ' मैले कर गरेँ। फेरी ज्वाइन भो। उसको नी मेरोनी अािर्थक अवस्था अलि दयनीय थियो। मलाई परिवारले हप्ताको पाँच पैसा दिन्थे। उसलाई त त्यही पनि दिँदैनथ्यो। राममान उनको घरै आडमा बस्थे। मैले हिसावको किताव दिएँ, राममानले अरु। पढ्नको लागि तयारी गर्‍यो। । पछि पढेको छ की छैन भनेर हेर्न जाँदा घाम तापेर हिसाव गर्दै थियो। सेन्टअप पनि भए भन्यो। फागुनमा एसएलसी हुन्थ्यो। पछि जाँच दिएपछि पास भयो। उ र म बि.ए सँगै पढको। एकोहोरो टाइपको मान्छे हो ऊ। आफ्नो धुनमा चल्ने। नारायाण मसित मात्रै होइन मेरो आमा कहाँ बराबर आइराख्थ्यो। धेरै गफसफ गर्नु पर्ने। गाना गाएर हसाइ राख्ने मान्छे हो। जली टाइपको मान्छे। जे कुराको पनि तुरुन्त कपी गर्न सक्ने। हामी बढि हिन्दी गीत सुन्ने। आकाशवाणी रेडियोमा लण्डन पाण्डेले समाचार पढ्थे। नारायणले सुनेर क्यारिकेचर गरिहाल्थ्यो। 'आज कभी कहाँ क्या हुआ...भनेर भन्न थालिहाल्थ्यो। माइक भन्ने थिएन बाममा राखेर ठूलो आवाज निकाल्थ्यौं। अब एसएलसी पास भयौं लौ तिमीले रेडियो नेपालमा गीत गाउनुपर्छ भनेर मैले भने। २०१६ सालमा राममान तृषितले रचेको गीतमा मैले संगीत भरे। नारायण गोपालले गाए। उ स्वर परीक्षामा पास भयो। पंछीको पंखमा धर्तीको याद दियो गगनको यो मितले  पवनको यो गीतले... हामी विविध भारत, अलि इण्डिया रेडियो, सिलोन र आकाशबाणी रेडियोमा हिन्दी गीत सुन्थ्यौं। विविध भारत र सिलोनबाट मिठा मिठा हिन्दी गीत आउँथ्यो। विशेष गरी 'मेल' कै गीत गाइन्थ्यो। हामी रफि र मुकेशको गाउँथ्यौं। नारायण गोपालले चाहिँ मन्नाडेको गाउँथ्यो। राम्रोसँग रेडियो सुन्न पनि पाइदैैन थियो। राणहरूले थाहा पाउलान भन्ने डर हुन्थ्यो। गीत पनि सानो बनाएर सुन्नु पर्ने। त्यो बेला नेपाली गीत 'डेभ्लव' नै भएको थिएन। मैले त हिन्दीमा भ्वाइस टेष्ट पास गरेको। भ्वाइस टेष्ट पास गरेपछि उसले गीत गाउन थाल्यो। स्टेज पर्फम गर्न थाल्यो। अनि फेरी मकहाँ बराबर आउने जाने हुन थाल्यो। १६ सालमा मेरोघरको परिस्तिथीले जागिर खान पर्ने भो। आमाको लागि भएनी। अनि मैले रेडियो नेपालमा ट्राइ मारे। सबैको तलब १०० थियो। मैले ५० भएनी हुन्छ भने तर त्यो पनि पाइन। अनि म अमेरिकन लाइब्रेररीमा जागिरे भएँ। म जागिरे भएसी अफिस जानु पर्ने। उसको जागिर थिएन। अनि फेरी भेटघाट कम हुन थाल्यो। उसको र मेरो आउजाउ पातलियो। अनि हामी शनिबार भेट गर्न आउँथ्यो। जागिरे भएसी मैले साइकल किनेको थिएँ। साइकलको ४ सय जति पर्थ्याे। नारायण गोपाल रोडियो नेपाल र साथी सर्कलहरूसँग भेट गर्न तयही साइकल जान्थ्यो। जानको लागि साइकल लिन आउँथ्यो। मेरो अफिस सुन्धाराबाट रेडियो नेपालमा लिएर जान्थ्यो। तीन चार बजेतिर ल्याइदिन्थ्यो। १८ सालतिर उसले पहिलो गाना लय हालेेर सुनाउन आयो स्वर्गगकी रानी मायाकी खानी भन्ने गीत। रत्न शम्शेर थापाले लेेखेको। उ निकै खुशि थियो त्यो बेला। २० सालतिर गीत रेकर्ड गर्न कलकत्ता जाने कुरा भयो। चारवटा गीत रेकर्ड गर्न गए। कुञ्जमा गुन्ज्यो, हे कान्छा, आँखाको भाका, स्वर्गकी रानी भन्ने। गीतको लागि भनेर हामी जहा पनि जान्थ्यौं। सन् १९५९ मा काठमाडौंबाट मकवानपुरको भीमफेदी हुँदै हिँडेर कलकत्ता पुगका थियौं। सोखमा जान्थेऊँ। हामी १९ /२० वर्ष जतिका थियौं त्यतिबेला। उसको बानी त एकदम रमाइलो। म नभए नी मेरो आमा भएको बेला आइराख्थ्यो घर। मेरो आमा नी सिगरेट खानु पर्ने अनि उसलाई नी। आमाले मकै भटमास, गुन्द्रुक खुवाएर पठाउनुहुन्थ्यो। सिगरेट मैले चिनेदेखि नै खान्थ्यो। सानैदेखि ऊ मछिन्द्र बहालमा बुढाहरूले गाएको भजन तबला बजाएर बस्ने गर्थ्याे। अनि त्यहाँ बुढाहरूले तमाखु र गाजा खान्थे। उ पनि सर्काे तान्थ्यो। उसको बुबा आसागोपाल राम्रो सितारष्टि। उसको दाजुभाइ ६ जना। दिदी बहिनी ३ जना। अनि पैैसा कमाउन गाह्रो थियो। दुवैलाई पैसा हरिहर हुने। घरमा केही नहेर्ने। आफै मस्त। संगीतमै मस्त। बिन्दास मान्छे हो ऊ। कलकत्ताबाट रेकर्ड गरेर आएसी दाजिलिङ गयो। २२ सालतिर गोपाल योञ्जनसँग मित नि लाएर आयो। उ त्यतै बढि घुलमिल भयो। उसको सर्कल उतै हुन थाल्यो। अनि म संग छोटो समय गफ हुन्थ्यो।। फेरी म सिग्रेट नपिउने र ड्रिङ्क पनि नगर्ने। संगत मिलेन। नेवारी भाषामा छ (तिमी) भनेर सम्वोधन गर्थ्याैं। हाम्रो घरमा आउँदा ड्रिङ गर्दैनथ्यो। मान्छे एकदम स्ट्रोङ्ग पनि थियो। मोटर मार भन्ने सिगरेट पिउँथ्यो। दुइ पैसामा तीनवटा पाइन्थ्यो। उसले एक दिनमा चालिस खिल्ली सम्म खान्थ्यो। मान्छे एकोहोरो थियो। मलाई एचोटीको घटना याद छ। भेडासिंबाट बांगेमुडा जाने बाटोमा बस्ने एक बेबी नामकी युवतीलाई मन पराएछ। दुइतिन चोटी गफ गरिछ केटीले। पछि उस्ले मतलव नै गरिनछ। नारायण साइको हुन थाल्यो। एकोहोर भएछ। अनि केटीको घर अघिको पेटीमा बसेर बीसौं दिन सम्म गीत गाउन थाल्यो। विहान देखि बेलुका सम्म। हामीले धेरै सम्झाएपछि बल्ल बल्ल गीत गाउन छोड्यो। केटीलाई सुनाउन फिल्मको गीत गाउँथ्यो। उस्ले वास्ता गर्दिन भने तिमीले किन गर्ने भनेपछि चित्त बुझायो। उसलाई क्लासिकल संगीतमा राम्रो ज्ञान थियो। नारायण गोपाल पहिले तबला स्पेसलिष्ट थियो। अनि मात्रै हार्माेनियम। उसको मेन सोख गीत गाउनु र तबला बजाउनु हो। उसको स्वर रेञ्ज धेरै छ। संगीतमा लागेको लागै गर्न सक्ने मान्छे हो। गीतसंगीत सुनेको सुन्यै गर्ने। अरुको वास्तै नगर्ने। विहान आठ देखि १२ बजे सम्म साधना गर्थ्याे रे। बाइस सालपछि सालपछि आइतबार रेडियो नेपालमा भेट हुन्थ्यो। आमा र म ज्याठामा बस्थ्यौ। सन् १९६६/६७ सालको एकदिन घरमा आएर भन्यो, 'मैले विहे गर्ने सुर गरे।' अनि आमाले सोध्नु भो, 'कहाँको केटी?' 'कालिङपोङको। म देखाउन ल्याउछु,'। देखाउन पनि ल्यायो। लभ म्यारिज रहेछ। नाम पेमला। जाप्निज जस्ताी राम्रो रहेछ। 'ल ल मोज गर,' ठट्टा गर्‍यौं। केटी बिएड पास गरेकी। अनि उनीहरू पोखरामा गए। स्कुलमा पढाउन थालिन् श्रीमतीले। केही समय दुवै जना त्यतै बसे। 'नारायण गोपाललाई पोखरा बस्न मन लागेन रे। यतै जागिर खोजिदिनु पर्‍यो रे,' एक जना भाइ मलाई भन्न आयो। साँस्किृतिक संस्थानले त्यतिबेला आर्टिष्टहरूले पार्ट टाइम जागिर खुवाएको थियो। महिनावरी ६ सय रुपैयाँ दिन्थे। 'ल पख अब म सोधीदिन्छु,' मैले भने, '६ सय पाउँछौं।' उसले त्यसैमा भएनी खान्छु भन्यो। श्रीमतीले चाहिँ ओरियन्टल इन्सुुरेन्समा जागिर खाइन्। बरोदाबाट पढ्न छाडेर उ काठमाडौं आयो। 'मैले त पढाई छोडेर आएँ। पढिराखेको कुरा किन पढ्नु भनेर फर्के।' 'किन छाडेको त?' मलेे सोधेँ। 'त्यहाँ गाजा खान नपाइने। उ ट्वाइलेटमा बसेर गाजा खानेरहेछ। अनि त्यहाँ त वार्डेनहरूले गाजाको बास्ना आएसी खोज्न थाल्दोरहेछन्। उसलाई खान नदिने। त्यही भएर छोडेको,' उसले मलाई भन्यो। बरोदामा बस्दा पैसा जम्मा गरेको छु भन्थ्यो। सात हजार। 'बासबारीतिर जग्गा लिने सुर गरेको छु। साढेतीन रोपनी छ,' उसले भन्यो। 'आफुलाई खान पुगे लिग' मैले नी सल्लाह दिए। त्यो बेला पेमला सँग छुटिसकको थियो क्यारे। उसको केटाकेटी भएन। एकदिन अकस्मात हस्याङफस्याङ गर्दै आयो मेरो डेरामा, 'झन्डै खतम भएकी मेरी श्रीमती।' 'के भएको?' आमाले सोध्नुभयो। 'पाठेघरको देब्रे पाइपमा बच्चा पस्न गएछ। २४ घण्टाभित्र अस्पताल नपुर्‍याएको भए आमा नै खतम हुने। पाइप नै काट्न पर्‍यो र त्यही बच्चा भएन। एकचोटी नारायण गोपाल एकेडेमीमा स्टेज पर्फम गर्दै थिए। दर्शकले डिस्टर्व गर्न थाले। हल्ला बन्द गर भनेर करायो। उसलाई रिस उठेछ। गाउने भए गाउ, भिड्ने भए भिड् आउ,' स्टेजबाट उ करायो। कार्यक्रम सकेपछि पछाडीबाट मोटरमा राखेर लानु परेको थियो। म दार्जिलिङ जाँदा त्यहाँका मानिसले भनेका थिए, 'उ निकै रक्सी खान्छ। बोतल नै चाहिने। गाउन गएको मान्छे त्यही झ्याप हुने।' उसलार्ई कसैले हेप्यो भने सहने बानी छैन। कहिलेकाही दरबारमा रातभरी गाउनु पर्ने। अनि गाउँदा गाउँदा गति नै सकिने। मित्रसेनको हुमसारी हा गाइदिन्थ्यो। रेडियो नेपालमा एकदिन हस्याङफस्याङ गर्दै आयो। 'लौ मलाई त सुगर भएछ।' 'सुगर भनेको गुलियो खान नहुने हैन त?' मैले सोधेँ। भात पनि खानु हुँदैन। तिमी त भात धेरै खाने मान्छे। के गर्छाै?' भने, 'ड्रिङक पनि गर्न हुँदैन।' संस्थानको जिएम भैसकेपछिको हो यो कुरा। दुइ महिना भो रक्सी छोडिसके भनेको थियो। पछि फेरी दार्जिलिङमा गोपाल योञ्जनले खाउ क िखाउ कर लगायो। १२ /१३ पेेग खायो। ४५ सालतिर रेडियो नेपालमा अगाडी सर्कल जस्तो पोखरी थियो। त्यसैको आडमा खुट्टा झुण्ड्याएर बसेको थियो। 'दाई मैले ड्रिङ्क छोडँे। सात महिना भो,' भन्यो। अनि चुरोट चाहिँ हातमा सल्किराखेको थियो। 'कति खान्छौं चुरोट?' 'पच्चीस खिल्ली।' यति चुरोट पिउँदा पनि उसको लिभर केही भएको थिएन। किड्नी फेलियर भयो। दुइटै खुट्टा सुनिएको थियो। जे खान पनि रोक्न नसक्ने रे। पेमला भाउजुले भन्ने गर्नुुहुनथ्यो। न्युरोडको त्यो गुदपाक (अहिले पनि छ) पसल वरपर जाँदा बास आएसी छोड्नै नसक्ने रे। एक दुइ पाउ किनेपछि महांकलथान पछाडी पुगेपछि खान सुरु गरिहाल्थ्यो रे। पकाउन र खान दुवै सौखिन ऊ। आफै पनि पकाउँथ्यो। खिचापोखरीमा श्रीमतीसँग मासु किन्न आउँथ्योे। स्टेज सोमा जाँदा पनि उ तास खेल्ने, गाँजा खाने गर्थ्याे। सात पत्ती खेल्थे। विहानै देखि ड्रिङ गर्ने। ४६ सालतिर रेडियो नेपालमा आउन नसक्ने अवस्था भैसकको थियो। म, नातिकाजी, शिवशंकर, र योगेश गयौ भेट्न। चार पाइला हिँडेपछि थाकेर फत्याकफुतुक गल्छ भनेको थियो।। 'के खान भनेको छ डाक्टरले? भन्दा दिनमा एउटा माछा सम्म खाए हुन्छ भनेको थियो रे। उसलाई फुटवल खेल्न र हेर्ने अति मन पर्थ्याे। अनि एक्सरसाइज पनि गर्थ्याे। भित्तामा गएर ड्याङ ड्याङ हान्थ्यो। विश्वकपको बेला नसुती फुटबल हेर्थ्याै। क्यारेम बोर्ड पनि खेल्थ्यौ.। चिपेष्ट खेल्न सक्ने भनेको फुटबल नै हो। उसलाई रिस उठ््यो भने कसैलार्ई छाड्दैन थियो। किलागलमा ज्यापुुहरू दूध बेच्ने बस्ने। अनि नारायण गोपाललाई सधैँ भिड्ने हो? लड्ने हो? भनेर हेपिरहन्थे रे। साह्रै गरेसी एकदिन उठ्नै नसक्ने गरी भक्कुमारसँग पिटेछ। उसमा कुनै तडक भडक थिएन। भोजमा जादा कहिलेकाही मेरो लुगा लैजान्थ्यो। फाइवरको सेतो कलरको कमिज सुरवाल दिन्थे म। पछि धोएर पट्याएर ल्याइदिन्थ्यो। परिवार धेरै भएसी गाह्राो हुन्छ। उसको ६ जना दाइभाइ र तीन दिदी बहिनी थिए। बाउ बैेद्य पनि हो। उसलाई हस्पिटलमा राखियो। बीर अस्पतालमा भेट्न गएको थिएँ। बोल्ने नसक्ने अवस्थामा थियो उ। आँखामा इसारा सम्म गरेको थियो मलाई। दुइतीन मिनेट भन्दा बढि बस्नै सकिन। मेरा आँखा पनि रसाए। म बाहिर निस्कन लाग्दा टाउको हल्लायो। अनि त्यसदिन देखि मलाई कहिल्यै आँखा सन्काएन अनि मुन्टो पनि हल्लाएन। केवल देखेँ त आर्यघाटमा पार्थिव शरीर। (२०६६ मंसिर १९ गतेको नागरिक दैनिकमा प्रकाशित)

_____ · Dec 4, 2012 7:09 AM · 1,573 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all