भाषा पतन भए हाम्रो पहिचान मासिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                     भाषा पतन भए हाम्रो पहिचान मासिने     नेपाल बहु जाति, बहु संस्कृति र बहुभाषी राष्ट्र भनेर विश्व मानचित्रमा पृथक पहिचान बनाउन सफल भएको छ l ४८.६१ प्रतिशत नेपाली जनताको मातृभाषा र ८७ प्रतिशत नेपाली जनताको साझा सम्पर्कको माध्यम बनेको नेपाली भाषा हामी सबैको धुकधुकी हो l धेरै लामो समय देखि सरकारी कामकाजमा प्रयुक्त यो नेपाली भाषाले नेपालीहरू बिच आपसमा भावनात्मक एकताको सूत्रमा बाधेको छ l नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा बन्न पुगी सकेको छ l भारतमा समेत राष्ट्रिय भाषाको रूपमा स्वीकृत भै सकेको हुनाले यो भाषा एक जीवन्त भाषा हो । यसलाई बिभिन्न खस, पर्वते, सिञ्जाली तथा गोरखा भाषा नामले पनि चिनिन्छ । सत्रौँ शताब्दी पूर्वदेखि नेपाल बाहिर फैलिएको नेपाली भाषा र साहित्य एसिया महाद्वीपको जिउँदो र शक्तिशाली सामाजिक सम्पति भएको छ l    पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे जस्तै भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तले नेपाली भाषामा दिएको योगदानको कारण नै विश्वभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सम्भव भएको छ ।नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्' भनि लेखनाथ पौडेलले भन्नु भएको थियो l पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेको पछिल्लो वर्ष बालाजुमा एक बृहत कवि सम्मेलन गराएका थिए l यसबाट के पुष्ठी हुन्छ भने साझा फुलावारिका माली पृथ्वीनारायण शाह भाषा प्रति धेरै चिन्तनशील थिए l ऐतिहासिक उक्त कबि सम्मेलन द्वारा भाषा तथा साहित्यको श्रीबृद्दी हुन् सकोस भन्ने हेतु तत्कालिन समयका प्रशिद्ध कबि तथा साहित्यकारहरु काशी, अयोध्या, काश्मीर, गुजरात, मध्यदेश, महाराष्ट्र, मिथिला र गोर्खा दरबारका ७३ गरी ८७ जना कविहरूले भाग लिएका थिए lकेहि कबिहरुलाई सम्मानार्थ नगद पुरस्कारको समेत प्रदान गर्नु भएको थियो भने यस अर्थमा नेपाल एकिकरणका पिताले दुखले आर्ज्याको यो मुलुकमा चौबिसे र बाईसे राज्यलाई मात्र एकत्रित नगरि भाषा प्रति गर्नु भएको योगदान हामी कसैले पनि भुल्नु हुदैन l त्यसैले हामी हाम्रो भाषा प्रति गर्व गर्दछौ किनभने यसले हाम्रो शान बढाएको छ lहाम्रो अस्तित्वलाई जोगाई रहेको छ l पृथ्वी नारायण शाहले नेपाली भाषाको श्री गणेश नगरि दिएको भए हामी सबै असहज परिस्थितिबाट गुज्रने थियौ l कुर्शी र सत्ताको मोहको लुछाचुडी भन्दा केवल भाषा कै लागि युद्द भूमिमा उत्रनु पर्ने थियो l अनिश्चितताको भुमरी र धमलिएको वातावरणमा नेपालीहरुको दिन चर्या व्यतित हुने थियो l र त्यस्तो अवस्था भै दिएको खण्डमा उपनिवेस भएका मुलुक जस्तै अन्य राष्ट्रको भाषा बोल्न हामी बाध्य हुने  थियौ l     नेपालभरि र हाल विश्व भरि छरिएर रहेका तमाम नेपालीहरुको बुझ्ने भाषा नेपाली नै रहेको तथ्य सर्व विदित छ । परदेशमा पुगेको एउटा तामांग नेपालीले नेवार नेपालीसँग कुरा गर्न नेपाली भाषाकै प्रयोग गर्नु पर्छ ।नेपालीले अर्को नेपालीसँग कुरा गर्ने गर्ने माध्यम नेपाली भाषा नै हुन्छ । यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाएको हुन्छ । त्यसैले नेपाली भाषाप्रति अनास्थाको भ्रम फैलाउनु आफ्नै पहिचानलाई अवमुल्यन गर्नु हो । हामी सबै नेपालीका आ-आफ्ना मातृभाषा छन् l सबै मात्री भाषाको सम्बर्धन र प्रयोग बढाउनु पर्दछ र यो हाम्रो जिम्मेबार पनि हो l भाषाप्रति कसैले पनि वैरभाव किमार्थ राख्नु हुदैन । एकले अर्काको भाषा एवं साहित्यको सम्मान गर्न सिक्नु पर्छ l आधिकारिक भाषाको ज्ञान राख्नु अझ उत्तम हुन्छ l भाषा शब्द, आकाश तथा ब्रहमाण्ड, पशुपंक्षी चराचर जगत्मा सञ्चारित छ । नेपालीभन्दा धेरै पुरानो झन्डै करीब ४० करोड प्रयोक्ता भएको हिन्दीमा संस्कृतका वाणी, संकेत, हिज्जे अझ यथावत् रुपमा सुरक्षित छन् र उनीहरूलाई बदल्नु पर्ने आवश्यक परेन। तर हाम्रा गुरुहरूले चार दसक भित्र तीनपल्ट भाषा बदलिएका छन् । भाषालाई राजनीतिक रुपले कदापी हेर्नु हुन्न l वर्तमान अवस्थामा नेपालका नेताहरूले जात, धर्म, भाषा र क्षेत्रको नारा दिएर राजनीति गरि भाषामा हिलो छ्याप्ने काम गरि रहेका छन् ।    हाम्रो छिमेकी मुलक पाकिस्तानमा बहुसङ्ख्यक मातृभाषी पन्जाबी र सिन्धी भाषी भए पनि उर्दु भाषालाई राष्ट्रभाषा मानेको छ । इन्डोनेसियामा साझा सम्पर्कको भाषा भएको हुँदा बहासा भाषालाई राष्ट्रभाषा मानेको पाइन्छ । भारतले हिन्दी भाषालाई राष्ट्रभाषा माने पनि अंग्रेजीलाई पनि सह-सम्पर्क भाषालाई स्वीकारेको छ।विश्वका केहि मुलकमा एकभन्दा बढी भाषालाई राष्ट्रभाषाको मान्यता पनि दिइएको छ । उत्तर अमरिकाको क्यानाडामा अंग्रेजी र फ्रेन्च भाषाले मान्यता पाए पनि अंग्रेजी भाषाकै व्यापक प्रयोग पाइन्छ । यी सबैको अध्ययन र स्थिति हेर्दा राष्ट्रभाषा भनेको मूलतः त्यस राष्ट्रका बासिन्दाहरू बिच विचार विमर्शका लागि बढी सरल  र सक्षम भाषा हुनु पर्ने बुझिन्छ । पूर्वी पाकिस्तानका बंगाली भाषीहरू अन्ततः भाषिक आन्दोलनकै कारणबंगलादेश स्थापना हुन् पुग्यो l    एक भाषाले अर्को भाषालाई घृणाको दृष्टिले होइन, सम्मान दिन सिक्नुपर्छ । भाषिक सम्मान सभ्यताको परिचय हो । विश्वमा अस्तित्वमा रहेका ६ हजार भाषामध्ये अहिले ३ हजारमात्र अस्तित्वमा छन् । हामीले हाम्रो भाषा प्रति ऐक्यबद्दता देखाउनु पर्दछ l स्वीट्जरल्यान्डको संसदमा केही सांसदहरू फ्रेन्च भाषामा बोल्छन्, तर त्यसको अर्थ स्वीस भाषाको घृणाका दृष्टिकोणले हेरीदैन l भाषिक अपनत्वमा मात्र जोड दिने राष्ट्रहरु विकासमा पछाडि परेका हामीसंग प्रशस्त उदाहरण छन् ।केन्यमा स्वाहिली भन्ने प्रमुख भाषा छदा छदै त्यसलाई प्रचलनमा नल्याई ५ कक्षासम्म स्थानीय, जातीय भाषामा शिक्षा दिने नीति बनाइयो, तर तान्जानियाले यस्तो भाषिक संर्कीणतालाई किनारा लगाउदै जन जिब्रोमा अत्यधिक प्रचलित भाषालाई उच्च स्थान दियो । जसको परिणाम केन्याको विकास र क्षमता अभिवृद्धि तान्जानियाको तुलनामा धेरै पछाडि पर्यो ।नेपाली भाषाले गरेको उन्नतिलाई पाखा लगाउने सोच राख्नु कदापी स्वीकार नहुन् सक्दछ l हजारौं वर्षदेखि संस्कृत व्याकरण अटल र स्थिर रहेको देखेका छौ । युरोपमा बोलिने जर्मनी,रूसी, फ्रेन्च लगायतका भाषाहरूको जननी भाषा संस्कृत हो । संस्कृत भाषा स्थिर भएता पनि त्यसका सन्तानहरू गतिशील हुन् पुगेका छन् । संस्कृत नेपाली भाषाको जननी नै हो l नेपाली भाषा संस्कृतसंग नजिकको साईनो मात्र हैन l सरल ,गतिशील र इतिहासमा असाध्य दु्रतगतिमा विकास भएको भाषा छ l ११औं शताब्दीमा अस्तित्वमा आएको यो भाषा नेपाल पछि भारतमा बेसी बोलिने गरिन्छ l    भानुभक्तको बाल्यकालीन समयमा नेपालमा अत्यधिक रुपमा संस्कृत भाषाको प्रयोग र संस्कृत भाषाकै बोलबाला थियो । संस्कृत भाषाको तुलनामा नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । भानुभक्तले आफ्नो मात्री भाषा तथा नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । सानै देखि कविता लेख्ने भएकोले नेपाली भाषाको कवितामा बोल्थे र कवितामा गाउँथे  यसरि नेपाली भाषालाई जीवन्त दिने काम भानुभक्तले गरे l  l भानुभक्तलाई काधमा बोकी मोतीराम भट्ट पनि आफै पनि चम्किए । भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर l   नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि संस्कृतको पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तले नेपालीमा रामायण लेखे पछि सबैका घरघरमा रामायण राखिन थालियो । सबै महिला पुरुष र जातजाति सबैले समान रूपमा रामायण पढ्ने अवसर पाए । भानुभक्तको रामायणले देश देशान्तरमा प्रसिद्धि कमाउन थाल्यो किनभने नेपालीमा सबैलाई सरल भयो l भाषा रहे हाम्रो अस्तित्व रहने र भाषा नरहे हाम्रो पहिचान गुम्ने हुन्छ l हाम्रा पिढीहरु यसमा बिषयमा गम्भीर हुन् आवश्यक छ l    भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ l हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो l सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुनेछ l    अस्तु    विजय   

ANATEXAS · Dec 3, 2012 6:02 PM · 2,032 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all