नेपाली वैज्ञानिक भण्डारीलाई अन्तर्राष्ट्रिय अवार्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नेपाली वैज्ञानिक भण्डारीलाई अन्तर्राष्ट्रिय अवार्ड MONDAY, 03 DECEMBER 2012 22:59 नागरिक काठमाडौँ, मंसिर १८ - अस्ट्रेलियाको क्वीन्सल्यान्ड विश्वविद्यालयमा कार्यरत प्रोफेसर भेष भण्डारीलाई फलफूल पकाउन प्रयोग गरिने पाउडर उत्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै अन्तर्राष्ट्रिय स्तरको "एक्सीलेन्स इन ड्राइङ अवार्ड" प्रदान गरिएको छ।  चीनको झियामेनमा हालै आयोजित खाद्य प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा प्रोफेसर भण्डारीलाई उद्योग र कृषिमा ड्राईङसम्बन्धी फ्रान्सेली सङ्घ (अफ्सीया) को संयोजनमा स्थापित सो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। यो अवार्ड प्रत्येक चार वर्षमा कृषि क्षेत्रमा उत्कृष्ट अनुसन्धानको कार्य गर्ने एकजना वैज्ञानिकलाई प्रदान गरिने प्रोफेसर भण्डारीले बताए। क्वीन्सल्यान्ड विश्वविद्यालयका अनुसार प्रोफेसर भण्डारीले आविष्कार गरेको नयाँ प्रविधिले फलफूल पकाउन प्रयोग हुने परम्परागत इथाइलीन ग्यासलाई धुलो (पाउडर) मा रूपान्तरण गर्न सक्छ। यो प्रविधिको विकासले बजारमा फलफूल पुर्‍याउनुअघि सुरक्षित, प्रभावकारी र सहजरूपमा त्यसलाई पकाउन मद्दत गर्नेछ। विगतमा बगैँचाबाट फलफूल टिपेर बजारसम्म पुर्‍याउनेक्रममा सिलिन्डरमा राखिने इथाइलीन ग्यासको प्रयोग गर्ने गरिन्थ्यो। इथाइलीन ग्यासका सिलिन्डर विस्फोट हुने खतरा विगतमा रहने गरेकामा अब त्यस्तो ग्यासलाई पाउडरमा रूपान्तरण गरिएको छ, प्रोफेसर भण्डारीले भन्नुभएको छ। प्रोफेसर भण्डारीले आविष्कार गरेको नयाँ पाउडर केरा, आँप, घिउफल (एभोकाडो) र गोलभेडाजस्ता फलफूलमा छर्किएर निश्चित तापक्रम र आद्रता कायम गर्नासाथ त्यो ग्यासमा पुनः रूपान्तरण भई फलफूल पकाउन थाल्छ।  "सिलिन्डरमा राखिएको ग्यास महङ्गो, चलाउन कठिन र असुरक्षित हुने गरेको थियो," प्रोफेसर भण्डारीले भने, "यी बेफाइदा हटाउने प्रयासस्वरूप हामीले पाउडर बनाउने प्रयास थाल्यौं र अहिले सफल भएका छौं। अब यसको व्यावसायिक उत्पादन चाँडै हुनेछ।" प्रोफेसर भण्डारीको अनुसन्धानको कार्यमा क्वीन्सल्यान्ड विश्वविद्यालयमै विद्यावारिधि अध्ययनरत बीन होले सहयोग गरेको विश्वविद्यालयले जनाएको छ। रासस

_____ · Dec 3, 2012 11:41 AM · 1,738 views

2 Replies

Congratulations to Mr. Bhandari. Sounds like a real good invention; wonder if he patented it. The possibility is HUGE for this in the world market, including US as I believe they use ethylene in its natural state (gaseous) for many vegetables and fruits to ripen them.

Kiddo · Dec 3, 2012 12:14 PM

डा. भण्डारीको नाम चै हराए जस्तो छ ? वहाको नाम के हो ?

Magorkhe1 · Dec 4, 2012 1:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all