Quality of Mysansar

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I used to enjoy mysansar because they used to carry interesting pieces but as of late, the quality of posts have declined immensely. The owner umesh does not publish any negative comments which is sad. His blog only flourishes during bad times in Nepal.

funtush · Nov 29, 2012 9:44 AM · 2,517 views

3 Replies

For NRN lol http://www.vinodkumarnepal.blo... पर्ख र हेर लगानीकर्ताहरु   सामुहिक लगानीको प्रतिफल महतो र लामिछानेको सामुहिक लगानी अनि बिदेशी धनको बिटोले सानिमा बैंकको ढुकुटी भर्ने योजनामा हात हाल्नु अघि बिदेसिएकाहरुले बुझ्न सके अनि पर्खन र कुर्न सके भने पछी पछुताउनु पर्ने अनि महतो र लामिछानेलाई लोप्पा ख्वाउनु पर्ने झन्झटबाट सहजै बच्न सकिएला नत्र कर्णाली नदीमा हामफाल्दै गरेको अघिल्लो भेडोलाई पछिल्लाले पछ्छौदै गरेको अनुभूति नभए झैँ सबैको बनिबासको कहानी मस्कोदेखी लेसोथोसम्म, अलास्कादेखि क्राइस्टचर्चसम्म र नर्वेको ओस्लोदेखी चिलिको स्यानटियागोसम्मका बिदेसिएका नेपालीकै कुरो काट्ने मेलो बन्नेछ अनि हतारमा गरेको निर्णयले महतो र लामिछानेलाई ख्वाउन ठड्याएको हातका औलाहरु आफ्नै अनुहारमा लोप्पा ख्वाउन बाध्य हुन्छन, यो सुनिस्चित नतिजा बिदेसिएकाहरुले दश बर्षपछी देख्नेछन ।       नेपालको हकमा एउटा बिदेशी लगानीको जल बिद्युत परियोजना सम्पन्न हुन् र त्यसले मुनाफा वा लाभाम्स दिन कम्तिमा दश बर्ष लाग्छ यदि त्यो परियोजना सुचारु सम्पन्न हुन् सके । आर्थिक समस्या नपरे, राजनीतिक निर्णयको कैदी नबने, ट्रेड युनिएनको तारो नबने, बन्द हड्ताल र चक्काजामको मार खेप्नु नपरे अनि राजनीतिक नेता कार्यकर्ता र ब्युरोक्रेसीको कमिसनको चक्रब्युहमा नफसे डिटेल प्रोजेक्ट रिपोर्ट तयार हुँदासम्म पनि बिजुलीको प्रति युनिट मुल्य नेपालबासीहरुको तिर्न सक्ने क्षमता र भारतबाट आयात गर्ने बिजुलीको मुल्यभन्दा झन्डै दोब्बर भैसक्नेछ, त्यसको अर्को आठ बर्षमा बिदेसिएकाहरुको डलरबाट उत्पादित बिजुलीभन्दा भारत र चिनबाट आयात हुने बिजुलीले नेपाल बिद्युत प्राधिकरणलाई कब्जामा लिईसकेको हुनेछ, अनि महतो र लामिछानेले अहिले फोरकास्ट गरेको पन्ध्रदेखि पच्चिस प्रतिशत हचुवा मुनाफा विष्णुमति नदीमा बगेको टुलुटुलु हेर्नु सिबाए बिदेसिएकाको अर्को काम केहि हुनेछैन । महतो र लामिछानेले फोरकास्ट गरेको अर्को आधारहीन कुरो बिजुली नेपाल सरकारले किनिदिने ग्यारेन्टी, त्यो कामचलाउ बाबुराम सरकारले गरेको निर्णय हो, दस बर्षपछी नेपालबाट कम्युनिजम क्रमस बनबासातर्फ बाटो लाग्दै गरेको र प्रजातन्त्रले पशुपतिनगरतर्फ पाइला चाल्दै गरेको अबस्थामा बाबुरामको ग्यारेन्टी केचनास्थित मेचि नदीमा भेटिनेछ, लाखदेखि करोडसम्म लगानी गर्नेको मुनाफा र लाभाम्स महतोको आर्यघाट र लामिछानेको नारायणी ब्रिद्दाश्रममा देखिनेछ, अनि बिदेसिएकाले कति वाँग खान्छन, यो पुस्ताले त् त्यस्तै हो भाबी पुस्तालेसम्म देख्नेछ ।       नेपाली धर्तीमा लगानी गर्ने बिस्व बैंक, एसियाली बिकास बैंक र एक्जिम बैंक जस्ता अन्तररास्ट्रिय लगानीकर्ताहरुको लगानी गोलखाडी गैरहेको बर्तमान, नेपाल-श्रीलंका बैंक, नेपाल-बंगलादेश बैंक, नेपाल अरब बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यानडर्ड चार्टर्ड बैंक जस्ता चालु बैंकहरुको वित्तीय स्थिति र खराब कर्जाले उठिबास हुन् आटेको निबर्तमान अनि अनन्त राजनीतिक अस्थिरताको सिकार भएको नेपालमा महतो र लामिछानेको तथ्यहीन मुनाफा र लाभाम्सको फोर्कास्टमा नेपाली वा बिदेसी फस्न खोज्नु र दुखले कमाएको धन लगानी गर्नु दुनियाको अगाडी लज्जाबोध नहुनु मात्र हो । जानाजान भीरबाट हाम्फाल्नेलाई दुनियाले राम राम मात्र भन्ने हुन् काँध थाप्न कोहि जानेछैन ।       नेपालको बिकासमा जापान, भारत, चिन, अमेरिका, बेलायतको लगानी कति दुरुपयोग भएको छ, पैसा कमाउन हिंडेका बिदेसी नेपालीको कमाई त्यसको तेब्बर दुरुपयोग नहुने महतो, लामिछाने र बाबुराम सरकारले किन ग्यारेन्टी गर्न सकेनन? दश बर्षसम्म फ्रिज हुने नेपालीको कमाईले बिजुली बल्न र बिक्रिभै लाभ आर्जन नगरुन्जेल लगानी उपर साबिकको दर बमोजिम सानिमा बैंकबाट ब्याज उपलब्ध गराउने प्रतिबद्दता किन जाहेर गर्न सकेन? पन्ध्र देखि पच्चिस प्रतिशत मुनाफा ग्रस मुनाफा मात्र हो, नेट मुनाफा किन आंकलन गर्न सकेन? नेट मुनाफा मध्य कति प्रतिसत बिदेसियका नेपाली लगानीकर्ताले प्राप्त गर्ने हुन् त्यसको लेखाजोखा किन हुन सकेन? बिजुली पावरहाउस, बाबुराम सरकारले दिएको खोला वा नदीको रोजाई र त्यो सरकारलाई दिएको कमिसनको फोरकास्ट किन हुन् सकेन?       बिजुली निश्चितै लाभदायी ब्यबसाय हो तर नेपालमा बिजुली उत्पादन सहज रुपमा हुन सक्दैन । नेपालस्थित बिस्व बैंक र एसियाली बिकास बैंकका अनौपचारिक एजेन्ट, भारत र चिनका सरकारी एजेन्ट, प्रमुख दलका नेता-कार्यकर्ता, नेपाल सरकार, नेपाली ब्युरोक्रेसी, खोला वा नदि आसपासका गाउ वा नगरका छोटे नेता-बासिन्दा, ट्रेड युनीएनहरुका गुण्डा, नेताहरुको सम्रक्षणमा जीवित पेशेवर अपराधीहरुले प्राप्त गर्ने कमिसन महतो र लामिछानेले पन्ध्र देखि पच्चिसप्रतिशत मुनाफाबाट कति बाड्ने हो किन फोरकास्ट गर्न सकेनन? महतोको आफ्नै सानिमा बैंकले बिजुलीको लागि संकलित हुने रकम बैंकका अन्य ग्राहकलाई लगानी नगर्ने प्रतिबद्दता किन जाहेर हुन् सकेन?       समृद्द नेपाल सबैको साझा सपना हो तर सपना देख्दा देख्दै राजा महेन्द्र, बीरेन्द्र, बिश्वेस्वर, गणेशमान, कृष्णप्रसाद, मनमोहन, मदन भण्डारी, रामराजा प्रसाद र गने भण्डारीले जिब्रो टोके । उनीहरुमा त् समृद्द नेपाल बनाउने सपना मात्र होइन रोडम्याप नै थियो तर आपसी हानथाप गर्ने धनि पद्दति उनीहरुले कदापि त्याग्न सकेनन र रोडम्याप काठमान्डूका गल्लीहरुमा सिमित रहँदै आएको छ । नेपालमा अहिले बिजुली होइन, राजनीतिक स्थिरता, पद्दति र प्रजातन्त्र चाहिएको छ । शान्ति चाहिएको छ । असल साशन, असल आचरण, पारदर्शिता, भ्रस्टाचार उन्मुलन, संबिधान, कानून, निती र नियम चाहिएको छ । दण्डहिनताको अन्त्य र नेताहरुको मनपरीतन्त्रको समाप्ति चाहिएको छ । जहाँ स्थिरता हुन्छ अनि बिजुली बल्छ, जहाँ अस्थिरता हुन्छ अनि पावर हावस बन्द हुन्छ । साठ्ठी बर्ष देखि अस्थिर राजनीतिको सिकार भएको मुलुकमा महतो र लामिछानेले महत्वाकांक्षी योजना ल्याए तर अस्थिर राजनीतिले दुखले कमाएको धन लगानी भै उत्पादन गरिने बिजुलीलाई अस्थिर नबनाउने फोरकास्ट गर्न सकेनन ।       यत्रो बिकराल स्थितिमा बिजुली बल्न त् के बिजुलीको लागि खोलो रोज्ने स्थितिमै गाउलेले कुटो, लाठो उचाल्ने स्थितिको सामना गर्ने रणनीति फोरकास्ट गर्न असमर्थ महतो र लामिछानेको संयुक्त प्रयास बाबुराम र प्रचण्डले थेग्न सक्ने स्थिति नेपालमा छैन । इन्द्रावती बिजुली परियोजनाले सिन्धुपाल्चोकमा भोगेको अनुभव हो यो । बैंक माफिया जीत बहादुर श्रेष्ठ र पूर्ण बहादुर श्रेष्ठले गिरिजा प्रसाद कोइरालालाई कमिसनको मोटो रकम बुझाएर बिजुली किनिदिने सम्झौता त् भयो तर माओबादी र एमालेका गुण्डा पाल्दै र मेलम्चिका बासिन्दाको मुआब्जा बाड्दै श्रेष्ठ द्वयको बिटो सकियो । झन्डै पन्ध्र बर्ष देखि बिजुली इन्द्रावती नदिमै बगिरहेछ ।       के त् यी यस्ता तिता बास्तबिकतालाई कानो आँखाले हेरेर महतो र लामिछानेको बिजुलीमा लगानी गर्ने की नेपालको सम्पत्ति बेचेर ल्याई बिदेशमा सानै भए पनि दोकान थाप्ने? कमाई गर्न हिंडेका विदेशीले सोच्ने कुरो हो । नेपालमा लगानी गर्ने होइन, भएको सम्पत्ति बेचेर पहिले बिदेशमा रेस्टुरेन्ट, सेभेन इलाभेन, डलर स्टोर, क्राफ्ट स्टोर, लिक्कर स्टोर, ग्याँस, ग्रोसरी स्टोर थाप्ने हो धन कमाउने हो वा आफ्नो गच्छे अनुसारको ब्यबसाय गर्ने हो । महतो र लामिछाने अनि उनीहरु जस्तै बेलैमा बिदेसिएका चौसठ्ठी देशका करिब तीन सय टाउकाहरुले अकुत धन थुपारेका छन । एक्लाखदेखि एक करोडसम्म डुबे पनि वा बिजुलीले लाभांस झर्दै नझारे पनि उनीहरुको भुत्लो झर्दैन, बुद्दी पुर्याउने हो भने सामुहिक लगानी वा बिजुली परियोजना यिनै सभ्रान्तहरुलाई छोडी दिंदा बेश होला ।       अमेरिकाको टेक्सासमा पच्चिस जना यस्तै लाइक माइनडेड सभ्रान्तले पाँच-पाँच हजार डलरको लगानी सहित गैरआबासीय नेपालीको सामुहिक लगानी समिति (सीआईसी) एक हप्ता अघि दर्ता गरे र लामिछाने र महतोको नाक जोगाउने मन्त्र रचे । बिदेसिएका कामदारले बुझ्नु पर्छ यस्तै सभ्रान्तहरुलाई एनआरएनए छोडी दिने हो, लगानी पनि यिनले गर्छन, नेपालको बिकास पनि यीनैले गर्छन किनकी नेता र दात्री निकायले नेपालको बिकास गर्न सकेनन । धन पनि यिनकै देश पनि यिनकै । कसैमा अविस्वास भए सीआईसीका धनपतिहरु अन्जन श्रेष्ठ, डाक्टर शम्भु ढुंगाना, पुनम रिसाल, रमाकान्त खरेल, सोनाम लामा, मुकेश सिंह र प्रल्हाद केसीलाई सोध्नु ।

mno · Nov 29, 2012 1:19 PM

I really want to understand this post. I understand each word, but the whole post is not getting into me. Can somebody enlighten why the blogger is ripping apart these people? What's the reasoning given for this, besides the fact that many have failed already.

Kiddo · Nov 29, 2012 2:47 PM

Just another blogger to entertain you all.

mno · Nov 29, 2012 3:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all