दोहोरो नागरिकता खारेज गर्न न्यायाधीशपुत्रीद्वारा सर्वोच्चमा उजुरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  दोहोरो नागरिकता खारेज गर्न न्यायाधीशपुत्रीद्वारा सर्वोच्चमा उजुरी   30   १४ मंसिर, काठमाडौं ।  तपाई विदेशमा उतैको नागरिक बन्न लाग्नुभएको छ ? वा विदेशको नागरिकता लिइसक्नुभएको छ र अहिलेसम्म नेपाली नागरिकता त्याग्नुभएको छैन भने अब सतर्क बन्नैपर्ने भएको छ । सम्पूर्ण गैरआवासीय नेपाली (एनआएन)हरुले प्रयोग गर्दै आएको नेपाली नागरिकता खारेज गराउने रिटमाथि यतिबेला सर्वोच्च अदालतमा गार्मागर्मी बहस भइहेको छ । आगामी आइतबार यो मुद्दामा थप बहस हुँदैछ । मुद्दा न्यायाधीद्वय सुशिला कार्की र प्रा.डा. भरतबहादुर कार्कीको बेन्चमा छ । एनआरएनको नेपाली नागरिकता खारेज गर्न उजुरी दर्ता गर्ने व्यक्ति सर्वोच्च अदालतकै बहालवाला न्यायाधीशकी छोरी हुनुहन्छ । सम्माननीय न्यायाधीश प्रकाश वस्तीकी छोरी प्रवीणता वस्ती पोखरेलले मीना कटवाललाई वारेस बनाई यो रिट हाल्नुभएको हो । रिट नं.४८६/ ०६९-WO-०४८२ को यस निवेदनमा गैरआवासीय नेपालीहरुको दोहोरो नागरिता खारेज गर्न माग गरिएको छ । निवेदक वस्ती न्यायाधीशपुत्री मात्र नभई स्वयं कानूनमा स्नातकोत्तर(एलएलएम) अध्ययन गरेकी कानून विज्ञसमेत हुनुहन्छ ।  उजुरीमा के छ ? सर्वोच्च अदालतमा परेको निवेदनको व्यहोरा-१ सर्वोच्चमा दायर गरिएको निवेदनमा भनिएको छ- ‘नेपालको नागरिकता ऐन, २०६३ को दफा १० (१) मा नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था छ । विदेशको नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिहरु नेपाल आउँदा गैर नेपाली नागरिकको हैसियतमा टुरिष्ट भिसामा नेपाल प्रवेश गर्ने गर्छन् । यसरी टुरिस्ट भिसाको छापले समेत विदेशको नागरिकता लिइसकेका व्यक्तिहरु आफैंले नै विदेशी भएको स्वीकार गरेको प्रष्ट हुन्छ ।’ निवेदनमा एनआएनले मतदानको अवसर नपाएको तथ्यलाईसमेत स्मरण गर्दै भनिएको छ-’विदेशको नागरिकता लिएका व्यक्तिहरुले फोटोसहितको मतदाता नामावली नबनाएबाट समेत मन वचन र कर्मले विदेशी भैसकेको प्रमाणित हुन्छ ।’ वस्तीका तर्फबाट सर्वोच्चमा गत कार्त्तिक २३ मा चढाइएको ३ पृष्ठ लामो निवेदनमा थप भनिएको छ- ‘नेपालको नागरिकता ऐनले दोहोरो नागरिकताको स्थिति स्वीकार गरेको छैन र हाल विदेशको नागरिकता लिइसकेका व्यक्तिहरु आफ्नो इच्छाले विदेशी भैसकेका छन् । ….ऐनमा विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग गर्ने समयसीमा नतोकिँदैमा दोहोरो नागरिकता उपभोग गर्न पाउने होइन ।’ निवेदकको माग छ- ‘सबै विदेशी नागरिकता लिएका पूर्व नेपालीको नागरिकता कायम नराख्नु भन्ने र विदेशको नागरिकता प्राप्त गरिसकेका गैर आवासीय नेपालीले नेपालको नागरिकताको प्रमाणपत्रका आधारमा गरे गराएका कुनै पनि कार्य उत्प्रेषणको आदेशले बदर गरी…. निष्कृय हुने प्रावधानलाई कानूनबमोजिम कार्यान्वयन गराउन परमादेश वा अन्य जो चाहिने आज्ञा आदेश जारी गरि पाऊँ ।’    दोहोरो नागरिकताको प्रश्न   विदेशमा रहेका गैरआवासीय नेपालीहरुको संगठनले नेपालको विकासमा लगानी गर्ने वातावरण बनाउन र गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको मान्यता दिन माग गर्दै आएको छ । लाखौं एनआरएनहरुले दोहोरो नागरिकता पाउनुपर्ने माग गरिरहेकै बेला सर्वाेच्च अदालतमा दोहोरो नागरिकता खारेज गरिनुपर्ने उजुरी परेको हो । यो उजुरीको पक्षमा फैसला भई सोही अनुरुपको नजिर निर्माण भएमा संसद्ले अदालतको आदेशलाई उल्लंघन गर्ने गरी दोहारो नागरिकता दिने कानुन बनाउन नसक्ने परिस्थिति तयार हुने छ र यसबाट दोहोरो नागरिकता पाउनेपर्ने मागको औचित्यसमेत सकिने छ । त्यसो त नेपाल सरकारले गैरआवासीय परिचयपत्रको कानूनी व्यवस्थासमेत व्यवस्था गरिसकेको छ । तर, विदेशी नागरिकता लिएका अधिकांश व्यक्तिले नेपाली नागरिकता त्यागेका छैनन् र सोही नागरिकताका आधारमा जग्गाजमीन किनबेच लगायत विभिन्न कानूनी कार्य गर्न पाइरहेका छन् । स्रोतका अनुसार २ सय भन्दा वढी व्यक्तिले भने काठमाडौं जिल्ला प्रशासनमा नागरिकता त्यागका लागि निवेदन दर्ता गराएका छन् । के छ नागरिकता ऐनमा ? नेपाली नागरिकता ऐन २०६३ को दफा १० (१) मा नेपाली नागरिकता कायम नरहने शीर्षकमा भनिएको छ-’नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।’ त्यस्तै सोही दफाको उपदफा ४ मा भनिएको छ-’ कुनै व्यक्तिलाई एकसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले १६ वर्ष उमेर पुगेको दुईवर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नुपर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन । तर, नागरिकता ऐनको दफा ११ ले नेपाली नागरिकता त्यागेका वा खारेज भएका व्यक्तिले पुनः नेपाली नागरिकता लिन पाउने प्रावधान राख्दै भनेको छ-’कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’  प्रवीणताकै अर्को एउटा व्यक्तिगत मुद्दामा उहाँका श्रीमान् विजय पोखरेलले अष्ट्रेलियास्थित नेपाली दूताबासबाट नेपाली नागरिकताको हैसियतमा बनाएको वारेसनामालाई पुनरावेदन अदालतत पाटनले सदर गरेको छ, जसबाट एनआरएनले प्रयोग गरिरहेको नेपाली नागरिकताले बैधानिकता पाएको छ । पुनरावेदन अदालत पाटनका न्ययाधीशद्वय टंकबहादुर मोक्तान र हरिकुमार पोखरेलको संयुक्त इजलासले सुनाएको आदेशमा भनिएको छ-’अधिकृत वारेसनामा दिने विजय पोखरेलले नेपाली राजदूतावास अष्ट्रलियाबाट प्रमाण्ति गरेको अधिकृत वारेसनामा हेर्दा नेपाली नागरिकको हैसियतले अधिकृत वारेसनामा दिएको देखिन्छ । कानूननतः निजको नेपाली नागरिकता समाप्त भैसकेको प्रमाणित भएको मिसिलबाट नदेखिएको अवस्थामा निवेदन मागबमोजिम गर्न मिलेन । ‘ पाटन पुनरावेदनले गैरआवासीयका पक्षमा दिएको आदेश एक लाख बढी नेपाली प्रभावित हुने सर्वोच्च अदालतले निवेदकको पक्षमा फैसला सुनाएमा नेपाली नागरिकता नत्यागी विदेशमा बसिरहेका १ लाखभन्दा बढी नेपालीहरु यसबाट प्रभावित हुनेछन् । अमेरिका, अष्ट्रेलिया, क्यानडादेखि लिएर यूरोपका विभिन्न देशमा त्यहाँको नागरिकता लिएर बसेका यस्ता नेपालीहरु १ लाखको हाराहारीमा रहेको बताइन्छ । विभिन्न देशको नागरिक बनेका नेपालीहरुको नेपाली नागरिकता अहिलेसम्म खारेज भएको छैन र सोही नागरिकताका आधारमा नेपालमा घरजग्गा किन्ने बेच्ने र आफ्नो नाममा राख्ने कार्य गरिरहेका छन् । अब सर्वोच्च अदालतले त्यस्तो नागरिकता खारेज गर्ने फैसला सुनाएको खण्डमा उनीहरुले नेपाल नागरिकता प्रयोग गर्न पाउने छैनन्, जसले गर्दा उनीहरुका नाममा नेपालमा दर्ता रहेको अचल सम्पत्ति बेचबिखन गर्न वा आफन्तका नाममा नामसारीमा समेत समस्या पर्न सक्छ । नेपाली नागरिकता नभएको व्यक्तिले अचल सम्पत्ति किनबेच वा नामसारी गर्ने बैधानिकता पाउँदैन । प्रवीणता वस्ती पोख्रेल निवेदकलाई समेत असर पर्ने निवेदकले माग गरेअनुरुप अदालतबाट फैसला भएमा स्वयं प्रवीणता वस्ती पोखरेललाई पनि यसले प्रभाव पार्ने भएको छ । किनभने न्ययाधीशपुत्री पोखरेलका श्रीमान् विजय पोखरेल अष्ट्रेलियाको नागरिक रहेको प्रवीणताको दाबी छ । गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकता खारेज भएमा विजय पोखरलेको पनि नेपाली नागरिता खारेज हुन्छ र त्यसपछि श्रीमतीका हैसियतले प्रवीणताको नेपाली नागरिकता माथि पनि प्रश्न उठ्न सक्छ । नेपाली नागरिकता ऐनको दफा ३ ले विदेशीसित विवाह गरेको महिलाबाट जन्मेका सन्तानको हकमा केही फरक व्यवस्था गरेको छ ।न्यायाधीश प्रकाश वस्तीका ज्वाइँ विजय पोखरेलले अष्ट्रेलियाको फेमिली कोर्टबाट सम्बन्धविच्छेदको प्रमाणपत्र लिए पनि नेपालमा प्रवीणताले आफू विजयको पत्नी रहिरहेको दाबी गर्दै घरेलु हिंसा, मानोचामल भराउनेलगायतका मुद्दा लडिरहनुभएको छ । तर, आफ्ना श्रीमानको नेपाली नागरिकता खारेज गराउने उहाँको उजुरीले जीतेको खण्डमा प्रवीणताले श्रीमानमाथि नेपालको अदालतमा नभई अष्ट्रेलियाकै अदालतमा ‘मानोचामल लागि मुद्दा लड्नुपर्ने हुन सक्छ । न्यायाधीशपुत्री प्रवीणता र विजय पोखरेलवीच ०६५ साल फागुन १६ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा हिन्दू परम्पराअनुसार विवाह भएको थियो । विजय हाल अष्ट्रेलियामा हुनुहन्छ भने प्रवीणता काठमाडौंको नयाँबजारस्थित माइतमा बसेर श्रीमान्विरुद्ध घरेलु हिंसा, मानोचामल भराउने आदि मुद्दा लडिरहनुभएको छ । र, यही मुद्दा मामिलाकै सिलसिलामा आफ्ना श्रीमान् विजयले अष्ट्रेलियास्थित नेपाली दूताबासबाट नेपाली नागरिकको हैसियतमा बनाएको वारेसनामा खारेज गराउने क्रममा उहाँले सबै गैरआवासीय नेपालीहरुको नागरिकता रद्द गराउने कानूनी अभियान थाल्नुभएको हो ।

_____ · Nov 29, 2012 5:39 AM · 3,717 views

3 Replies

 k k na hola bhaneko ta afno rish sadhna ko lagi logne lai mudda thokeki raichhe okil le

biwash prawashi · Nov 29, 2012 6:00 PM

तेस्तै हुन्छ आफु भन्दा बाठी बुडी बिहे गर्यो भने लोल ...ऑस्ट्रेलिया लगेर प्यारालिगल काम लगाउने बिचार गर्य थियो होला गोर्खे ले, अब नेपाल को नै नागरिकता जाने डर भयो |

SAP Dude · Nov 30, 2012 3:53 PM

  Sorry guys, I forgot to mention source, source of above posting is  http://www.onlinekhabar.com/20... My mistake

_____ · Nov 30, 2012 7:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all