अमेरिकामा व्यवसायी द्वारा शुभकामना आदान प्रदान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मेरील्याण्ड ,अमेरिका ,नोवेम्बर २४  ,२०१२  तारिखका दिन नेपाली व्यवसायीद्वारा संचालित नेपाली समुदायको चर्चित चमेना गृह (सांग्रिला रेस्टुराँ )मा वाशिंगटन डिसी क्षेत्र (वाशिंगटन,भर्जिनिया तथा मेरिल्याण्ड )क्षेत्रमा बिभिन्न पेसामा संलग्न रहनु हुने समुदाय सदस्यहरु बीच शुभकामना आदान प्रदान गरिने उदेश्य अनुरुप एक भब्य कार्यक्रमको आयोजना गरियो l नेपालीहरुको महान चाड दशैँ,तिहार,छट पुजा र अमेरिकामा मनाईने थांक्स गिविंग( कृतज्ञता दिवस)को शुभ अवसरमा प्रथम पटक उक्त कार्यक्रमको आयोजना गरिएको थियो l उक्त कार्यक्रममा सहभागी हुन् कोलोराडोबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व सभासद चन्द्र बहादुर गुरुङ , व्हाइट हिमाल टिवीका द्वय संचारकर्मीहरु सुर्य थापा तथा किशोर पन्थी अन्य लब्ध प्रतिष्ठित महानुभावहरुसंग न्युयोर्कबाट सहभागी हुन् आउनु भएको थियो lबिदेशी माटोमा नेपाली तथा भारतीयमूलकाहरुलाई बिशेष केन्द्रित गरि संचालनमा रहेको उक्त (चमेना गृह )ब्यबसाय संचालन गर्न सफल रहनु हुने सांग्रिला तथा घर -ए -कवाफका द्वय संचालकहरु लोकनाथ तिवारी तथा चेतनाथ भण्डारीले सबैलाई स्वागत तथा धन्यबाद दिनु भएको थियो l कार्यक्रम अनौपचारिक रहेको घोषणा कार्यक्रम संचालकले गरेका थिए भने उपस्थित हुनु भएका केहि व्यक्तित्व र जानकारी दिने उदेश्य स्वरूप बिभिन्न महानुभावहरुले शुभ कामना छोटकरीमा दिने आग्रह गरे बमोजिम वक्ताहरुले समय भित्रै मन्तब्य समाप्त गरेका थिए lव्यवसायी तथा संचालक चेतनाथ भण्डारीले अतिथिहरुहरुको स्वागत गर्नु भएको थियो l   द्वय लोकनाथ तिवारी तथा चेतनाथ भण्डारीले व्यवसाय बिदेशि माटोमा मात्र लगानी नभै मातृभूमिमा पनि लगानीको सुरुवात गरि सकेको जानकारी गराउनु भएको थियो l लेखा परीक्षक तथा समाज सेवी लक्ष्मण प्रधानले विश्व विकास समुदाय बारेमा जानकारी गराउदै यो परियोजनाको उदेश्य नेपाल र नेपालीको उन्नातिको लागि हो भन्नु भयो l प्रारम्भिक चरणमा व्यवसायी सांग्रिला तथा घर -ए -कवाफका द्वय संचालकहरु लोकनाथ तिवारी तथा चेतनाथ भण्डारी सहित २० जनाले ५ हजार डलर जनही लगानी गर्ने गरि एक लाख डलरको ए एन ए नेपाल ग्रामिण बिकाश परियोजनासाथ कृषि क्षेत्रमा लगानी गर्ने जानकारी गराउनु भएको थियो l वहाले सबै नेपालीलाई यो परियोजनामा आफ्नो राष्ट्रको बिकासको लागि लगानी गर्न आग्रह गर्नु भएको थियो l संचार कर्मी तथा  ( नेपाल ग्लोबल सर्भिसेस ) नेपाल बिश्व सेवाका संचालक राम खरेलले उक्त बिषयमा जानकारी गराउनु भएको थियो र ७ जना डिसी क्षेत्र रहेका युवाहरुको अगुवाईमा सुरुवात हुन् लागेको जानकारी दिदै नेपाल छोडेर बिदेशमा बस्ने नेपालीहरुको नेपालमा रहको घरको घर बहाल ,बिद्युत महसुस र आदि ईत्यादीको लागि सेवा गरिने उदेश्य रहेको जानकारी गराउनु भयो l अमेरिका नेपाल ब्यबसायी संघका अधक्ष्य मोहन ज्ञवालीले मन्तब्य व्यक्त गर्दै आज हामी सबै नेपाली एक हुनु पर्ने र आज ब्यबसाय क्षेत्रमा भारतीय र चिनियाहरुले निक्कै फड्को हानेको उल्लेख गर्दै अब नेपालीहरु पनि यसरि नै एक्बद्द हुनु पर्ने मन्तब्य गर्नु भयो l कोलोराडोबाट पाल्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व सभासद चन्द्र बहादुर गुरुङले खुशी ब्यक्त गर्दै राजनैतिक ब्यक्ति भएकोले ४ बर्ष सम्म पनि संबिधान नलेखिएकोले जनतामा नैरास्यता छाउनु स्वाभाविक हुन्छ र संबिधान नआउनुमा ४ कारणबाट भएको जानकरी दिनु भएको थियो l महाबाणिज्य दुत प्रेम राजा महतले व्यवसायको सफलताको कामना गर्नु भएको थियो र बिदेशमा मात्र न भै नेपालका कुना काप्चामा समेत व्यवसायी द्वय संचालकहरु लोकनाथ तिवारी तथा चेतनाथ भण्डारी लगानी गर्नु हुने छ भन्ने विचार व्यक्ति गर्दै शुभ कामना दिनु भएको थियो l महामहिम राजदूत शंकर प्रसाद शर्मा (पी एच डी)ले मन्तब्य ब्यक्त गर्दै द्वय ब्यबसायी लोकनाथ तिवारी तथा चेतनाथ भण्डारीको कार्यको सराहना गर्नु हुदै वहाहरुलाई दूतावासको तर्फ बाट पनि सहयोग रहने बचन बद्दता दिनु भएको थियो भने नेपालमा लगानीका थुप्रै अवसर बढ्दै गएको र यहाँ पनि लगानी र नेपालमा पनि लगानी गर्ने वहाहरुको ईक्षा देखिएकोले स्वागत गर्नु भएको थियो l र महामहिम राजदूतले अन्य नेपालमा रहेका चुनौती र अन्य बिषयमा विचार व्यक्त गर्नु हुदै सफलताको कामना गर्नु भयो l र अन्त्यमा चमेना गृहका संचालक तथा समाजसेवी लोकनाथ तिवारीले कृतज्ञता ज्ञापन गर्दै अतिथिहरु ईश्वरका रुप हुन् भन्दै अत्यन्तै सद्भाव प्रकट गर्नु भएको थियो l अनौपचारिक कार्यक्रम भएता पनि कार्यक्रमको संचालनको जिम्मेबार व्हाइट हिमाल टिवी,न्युयोर्कका संचारकर्मी सुर्य थापाले अत्यन्तै प्रभाबकारी रुपमा गर्नु भएको थियो l  विजय थापा भर्जिनिया

ANATEXAS · Nov 25, 2012 6:32 AM · 2,523 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all