हाम्रो धर्म-भाषा संरक्षण भाषा सित हाम्रो बिशेष लगाव तथा अन्तरसम्बन्ध गासिएको हुन्छ l मानव जाति धर्तीमा जन्मन साथ उस्का अभिभावक तथा पुर्खाहरुले उसलाई स्नेहपूर्वक केहि सौगात दिने गर्दछन l त्यो कोसेली हो भाषा l जन्म देखि मानवको चोला समाप्त नहुन्जेल भाषाको माध्यमबाट नै उसले सम्पूर्ण जीवन चक्र चलाउदछ l भाषा हरेक मुलुकका प्रत्येक नागरिकलाई देह भन्दा पनि प्रिय हुन्छ किनभने भाषाले देश प्रेमको भक्ति जगाउछ l अनिश्चितता र अस्थिरताको भुमरीमा फसेको मातृभूमिलाई चटक्कै भुल्दै बिरानोमुलुकलाईकर्म भुमि बनाउने क्रम तिब्र रुपमा बढी रहकोछ l बिश्वको कुनै पनि कुनामा हामी नेपालीहरु पुगेता पनि हाम्रो संस्कृति ,परम्परा ,भाषा सम्बर्धन र संरक्षण गर्न हर सम्भव अथक प्रयास गरि रहेका हुन्छौ l नेपाली समुदायको जनसंख्या बढ्दो अवस्थामा रहेको छ l अहिले हामी पहिलो पिढीमा पर्दछौ भाषाको संरक्षण गर्नु पर्ने अपरिहार्य हुन्छ l हामीले बिदेशी माटोमा शुन्य देखि शुरुवात गरे झैँ हाम्रा समस्त पिढीहरुले भाषामा फेरीशुन्य देखि सुरुवात गर्न बाध्य हुनेछन l सबै भन्दा महत्व भाषा हुन्छ किनभने यसको विकास र विस्तारमा मात्र हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सम्भव हुन्छ l केहि पुस्ता पछि हाम्रो राष्ट्रिय भाषा नेपाली थियो भन्ने पनि सुन्न पाईन्छ कि जस्तो लाग्नु स्वाभाविक हुदो रहेछ l नेपाली भाषाको सर्वप्रथम अध्ययन रोमबाट, कसियानो बेलिगत्तिको अल्फावेट्म बह्मनिकम सेव युनिभर्सिटाइटिस काशीमा सन् १७७१ -मा भएको पाइन्छ l १८१६ मा पादरी क्यारे भारत आएका समयमा उनले भारतीय भाषाहरूको अध्ययन गरी ३३ भाषाका ३४नमूना दिएका थिए ,जसमा नेपाली पनि सामेल थियो। एक हजारभन्दा धेरै वर्ष अगाडी नै आधुनिक आर्य भाषाका रूपमा विकसित नेपाली भाषाको लेख्य परम्पराको थालनी भएको ईतिहास छ l सन्१८२० मा सर्वप्रथम नेपाली भाषाको व्याकरण लेखिएको थियो,कलकत्ताको कोर्ट विलियम कलेजका प्रा जेए एटनले नेपाली भाषाको पहिलो व्याकरण देवनागरी लिपिको प्रयोग सहित लेखि व्याकरण लेखन परम्पराको श्री गणेश गरेका थिए l प्रा जेए एटनले नेपाली भाषाको व्याकरण ए ग्रामर अव्द नेपालिज्ल्याङ्ग्वेजमा अङ्ग्रेजी भाषामा नेपाली भाषाको स्वरूपको वर्णन गरिएको छ l नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली साथै अनेपाली विद्वानहरूको योगदान स्तुत्य रहेको छ। धर्म अनि भाषा कुनै पनि सभ्य समाजका मेरुदण्ड हुन ।वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर 'अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल' नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ लगाएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालले उल्लेख गरेका छन् l नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् बीसौं शताब्दीको थालनीसितै नेपाली भाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भएको देखिन्छ । सन्१९०१ मा काठमाडौंबाट गोरखापत्र र दार्जीलिङबाट गोर्खा खबर कागत्को प्रकाशन सितै नेपाली भाषामा पत्रपत्रिकाको प्रकाशन युग सुरुवात भएको ईतिहास हामी संग छ । पत्रपत्रिकाको प्रकाशनले भाषाको अध्ययन र व्याकरण लेखनलाई अत्यन्तै ठुलो टेवा मिलेको छ l हाम्रोभाषाको बिकाश हेतु बिदेशीहरुले नेपाली भाषाको लागि अहम भूमिका खेलेको हुनाले भाषा शास्त्रीहरुले मलजल गरि यो अवस्थामा सम्म पुर्याएका छन् l बिदेशी माटोमा थुप्रै संघ तथा संस्थाहरु स्थापित भएका छन् l नेपाली परम्परा ,संस्कृति ,भाषाप्रबर्धन ,रितिरिवाज र संरक्षण हेतु अधिकांश संघ तथा संस्थाहरुले बिदेशीभूमिमा नेपाली नाम जोडेकै पाईन्छ l अधिकासं यी संघ तथा संस्था मार्फत हाम्रा संस्कृति ,परम्परा र भाषामा ठुलो प्रबर्धन गर्न सफल पनि भएका छन् l भाषा र साहित्यको संरक्षण र प्रबर्धन भन्ने मूल उदेश्य लिएर हिडेको संस्था नै अत्यधिक अंग्रेजी भाषाको प्रयोग गरिएको देखिएको छ l आगन्तुक शब्दहरुसहर्ष स्वीकार गरि प्रयोग गरिने क्रम बढ्दो हुनाले नेपाली शब्दहरु बिस्थापित हुने देखिएको छ l अनि भाषाको कसरि विकास हुन्छ ? नेपाली भाषा धनि छ l प्लेटलाई नेपालीमा रिकापी भनिन्छ ,त्यस्तै ट्रास बक्सलाई फोहोरदानी भाडो , बसलाई यात्रीबाहक यान , रिमोट कन्ट्रोललाई दुरी नियन्त्रक ,ईमरजेन्सी लाईटलाई आकस्मिक प्रकाश ,साईबर भनेको नै बिधुतिय संजाल हो ,ग्यास स्टेसनलाई ईन्धन पसल / थलो , फ्रेज़लाई पदावली ,ईडीअमलाई टुक्का ,प्रोभर्बलाई उखान भनिन्छ l अमेरिकामा नेपाली समुदायबाट संचालित अधिकांश संघ तथा संस्थाहरुले सूचना र अन्य सामाग्रीहरु पूर्ण अंग्रेजीमा मात्र प्रकाशित गरिएको देखिएको छ lबिशुद्धनेपालीभाषाकोमाध्यमबाट बिगत पाँच बर्ष देखि यो पंक्तिकार नियमित रुपमा कलमचलाउने हैसियत राख्ने हुनाले यो कुराले मन छुएको छ रकेहिखड्किएकोछ l तथ्यांक राख्ने हुनाले सत्यता देखेको छ l हाम्रो सोचमा कतै खोट त छैन? हाम्रो दरिद्र मानसिकताको कारण हामी भाषामा कतै पछि परेका त छैनौ ? यस अर्थमा नेपाली भाषा कहिले पनि गरिब छैन l अधिकांश संस्थाका पदाधिकारीहरु नेपाली भाषा नै लेख्न नसक्ने हो कि शंका र उपशंका उब्जिएको छ? अमेरिकामा कयौ संस्थाका पदाधिकारीहरु भाषण मंच (पोडियम)पाउन साथ आफ्नो मात्री भाषालाई किनारा लगाईएको देखिन्छ l युरोप ,खाडी मुलुक र एसियाली मुलुकहरुमा कुनै पनि सूचना ,अन्य सामग्री प्रकाशन , बैठक वा गोष्ठी गर्दा सर्वप्रथम नेपाली समुदायले नेपाली भाषालाई उच्च प्राथमिकता दिएको देखिएको छ l अंग्रेजी भाषा प्रति पूर्वाग्रहर तिरस्कृत गर्ने अभिप्राय कदापी होईन l हामी बिदेशी माटोमा यहि भाषा मार्फत जीवन चलाई रहेको हुन्छौ l यो बिना त मुखमा माड पनि लगाउनपाउदैनौ l हामी नेपाली हौ र हाम्रो भाषालाई हामी माया गर्दछौ l हाम्रो पन र हाम्रो मन नेपाली हुनाले नेपाली भाषाको प्रबर्धन र संरक्षण हुनु पर्छ भन्ने हाम्रो चाहना हो l बिदेशमा बस्ने अधिकांश नेपालीलाई नेपाली भाषामा गणक यन्त्र (कम्प्युटर )मा पत्र लेख्न आउदैन l गणक यन्त्र (कम्प्युटर )मा टाइप (टंकन )गर्न असमर्थ छन् l अंगेजी भाषाको कट्टर दुश्मन हामी कहिले थिएनौ l एकाईसौ शताब्दीमा प्रतिस्पर्धामा आउन अंग्रेजी भाषा बिना त परिकल्पना पनि गर्न सकिदैन l नालापानी र सिन्धुलीकोयुद्धमा अंग्रेजलाई हराउने हैशियत राख्ने हामी बिर गोर्खाली हौ l नेपाली भाषाकोसर्वप्रथम अध्ययन रोमबाट अर्थात् बिदेशी माटोमा भएको थियो भने नेपाली भाषाको पहिलो व्याकरण प्रा जेए एटनले गरेका थिए l यिनी बिदेशी थिए तर पनि नेपाली भाषाको उन्नतिरबिकाशको लागि ठुलोत्याग गरे l यस्तो ईतिहास बोकेको हाम्रो राष्ट्र ररास्ट्रिय भाषालाई हामी सबै मिलेर सम्बर्धन र संरक्षणगरेमा हाम्रा पिढीले हाम्रो त्याग र बलिदानलाई कहिले बिर्सने छैनन् l हाम्रो नेपाली भाषा कालजयी भै रहने छ र मौलाउने छ l यसको रक्षा र संरक्षण गर्नु हामी सबै नेपालीको धर्म हो l अस्तु ! विजय थापा
ANATEXAS · Nov 22, 2012 6:26 AM · 2,933 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion