एउटा सम्बन्ध :

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 एउटा सम्बन्ध :   आज अनायसै एउटा सम्बन्ध गास्न मन लाग्यो अद्रिस्य, शायद तारा वा जुंन सँग  अन्तरआत्मामा, एउटा अख्ण्ड अनी अगाध सम्बन्ध जहाँ कुनै पूर्णबिराम नहोस्  एउटा अटुट सम्बन्ध, सागर जस्तो कतै नलेखिएको, कतै नभनिएको  नसुनिएको, अंमुर्त अनी इस्वरिय सम्बन्ध निस्चल, गंगा जल जस्तो अत्यन्त सरल अनी सुन्दर  मानौ, अलकापुरी कान्तिपुरी नगरी जस्तो  जहाँ कुनै त्रिस्णा,  आशा र अांकान्छा बिना  म त्रिप्त बनु  एक अपवाद बनी      -अस्विन भुसाल

Abhusal · Nov 18, 2012 3:42 AM · 11,071 views

1 Reply

  तिम्रो मेरो सम्बन्ध !!!!! अनन्त  यात्रा, अनिगिन्ती सहयात्रा, संग संगै हिड्यौ, संग संगै पुग्यौं .   तिमी मेरो मेरो तिमी छाँया मात्र थिएन,   तिमीलाई दुख्दा, दुख्ने तन मेरो, मेरो पिडामा   रुने मन तिम्रो माया मात्र थिएन   सुखमा रमायौं, दुखमा रसायौं, एक अर्कालाई पीर मर्कालाई यसरी बुझ्यौं यसरी पुज्यौं मानौ इश्वर र नश्वर बिचको सार धरती र स्वर्ग बीच जोडिने तार हामी बिचको सम्बन्ध, हामी बिचको आस्था   कसरी  परिभाषित गरुं म? कसरी बिभाजित गरुं म ?   माया पिरती भन्दा संग्लो , आकाश धरती भन्दा अग्लो, न तृष्णा थियो न वासना थियो, न राधा थियो न कृष्णा थियो .   एउटा नचुडिने, कतै  नमुछिने भावना थियो सदभावना थियो. पबित्र, निश्चल अविचलित, अविरल हाम्रो सबन्धलाई, कुन नाम दिउँ, राम त बदनाम हुने जगतमा  फगत कुन नाम दिउँ ?    

rahulvai · Nov 18, 2012 1:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all