अलिकती कथा --मलाई तिमी आउँदैनौ कि भन्ने डर थियो -- किन ? -- तिमीले कहिले आउछु भनेर फोन गरेनौ , साउट बक्स मा बोलाको भर मा.... -- तिमीले फोन गरेको भये पनि हुन्थ्यो नि त डर लागेको भये --पहिलो र अन्तिम प्रयास रेस्टुरेन्ट मा नै बोलाएर गरम भनेर फोन नगरेको --तिमि केटि त बहदुर नै हौ --बहादुर त हो नि, मैले चाट मा मलाई फोटो पठाउना भनेर इमेल देको होइन --अनि? -- फोटो मागेको त हो नि मैले, दिएनौ -- अब चाट मा फोटो माग्ने लाई, कसले फोटो पठाउछ र -- तिमीले मागेको भए मैले चाहि पठौथे -- तिमीले पनि मेरो फोटो मागेनौ, नमागीकन पठाई दिउ भने मलाई अप्ठ्यारो लाग्यो -- एस्तो कुरा मा केटी हरु लाई अप्ठ्यारो हुन्छ नि -- अब एक्कैसौ सताब्दी मा पनि के को अप्ठ्यारो -- तैपनी.. -- के पिउने विचार छ ? -- तिमि के लिन्छौ? -- म त रेड वाइन लिन्छु -- म पनि तेही लिन्छु -- अरु लिए पनि हुन्छ -- होइन मलाइ पनि रेड वाइन नै मन पर्छ -- अनि खाना मा के -- म पास्ता कार्बोनरा, तिमी के लिंछेउ? -- मा चिकन सलेद लिन्छु _______________ --ल भन तिमीले मलाई किन रेस्टुरेन्ट मा बोलाको ? --एउटा केटी ले च्याट मा गफ गरेको केटा लाई रेस्टुरेन्ट मा किन बोलाउछे? --ए त्यो कारण पो, आजको जमाना मा पनी च्याट गरेको भर मा कस्तो फसेको त तिमी म सँग --फसेको होइन क्या, तिमीले च्याट मा कुरा गरेको बाट म धेरै इम्प्रेस भये क्या --त्यो त रियल लाइफ होइन नि, म बुढो अथवा नराम्रो भएको भये के गर्थेयौ ? --मैले तिमि लाई रेस्टुरेन्ट मा कसरि चिन्ने भनेर सोधेको थिए तिमीले आफुले कुन लुगा लगाउने र आफ्नो हाइट भनेको थियौ तर तिमीले मलाइ कसरि चिन्ने भनेर सोधेनौ. मैले तेस्को फाइदा उठाए --हा, हा, अब तिमीले मलाइ चिने पछि बोल्न आइ हाल्चेउ भनेर --म चाइ तिमि लाई पैला हेर्छु, बुढो अथवा नराम्रो रैछौ भने बोल्नै जान्न भनेर बसेकी थिए --चलाख रैछौ --एस्तो कुरा म़ा जुन केटि पनि चलाख हुन्छ _ एउटा कुरा सोधुम _ सोध _ किन बिहे नगरेको, बुढो हुन लागि सकयौ _ खोइ कहिले के, कहिले के, मौकै मिलेन _ त्यो चाहि कुनै तर्क भएन है, बिहे गर्न त जसरि पनि समय निस्कन्छ _खोइ मेरो तेस्तै पर्यो _कुनै केटि संग बिछोड भएर तेस्तो गरेको त होइन _होइन, तिमि लाई म प्रेम को बिछोड ले बिबाह नगर्ने मान्छे जस्तो लाग्छ र ? _तिमि गे त होइनौ? _हा, हा, होइन , गे भएको भए तिमीले बोलाको म किन आउथे र _ केहि कारण त अबस्य होला _ होइन, खोइ के भो के भो, समय तेसै गयो _ म कस्तो लाग्छु ? -- कुन सेन्स मा ? -- राम्री लाग्छु ? भनेर सोधेको -- येह, अब के भनु, तिमीले मलाइ बोलाको, म आको, तिमि नराम्री भएपनि नराम्री भन्न मिल्छ र? -- त्यो त हो, तर म तेती बच्ची पनि होइन, साचो कुरा पचाउन नसकने -- ल ठिकै छ तेसो भए, तिमि मा नराम्रो भन्न पर्ने केहि छैन -- धन्यवाद ______________________________________ -- के यो प्रेम हो ? -- प्रेम नै त नभनुम, चाहना सम्म भन्न मिल्छ कि -- हलिवुड को जस्तो कि बलिवूड को जस्तो चाहना हो यो ? -- के फरक छ र ति दुइ मा -- हालिवूड को जस्तो हो भने मन परेपछि बेड मा जान पर्छ, बलिवूड को जस्तो हो भने गीत गाउन सुरु गर्न पर्छ -- उफ सुरु भो तिम्रो लजिक फेरी, बरू सुन आज त मैले ठुलो सहस गरेर बोलाए तिमि लाई , फेरी पनि मैले नै बोलाउन पर्नी हो कि ? -- तिमि लाइ कहिले फुर्सत छ? -- बोलाउ न मात्रै -- अर्को हप्ता, येही टाइम, येही ठाम, हुन्छ? Last edited: 17-Nov-12 08:50 PM
_____ · Nov 17, 2012 8:36 PM · 1,532 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion