स्बामि आनन्द अरुणले देखेको अमेरिका · तीन वर्षभन्दा बढीको बच्चालाई आफ्नै सुत्ने कोठामा सुताउन गैरकानूनी हुन जान्छ, बच्चालाई छुट्टै सुताउनुपर्छ । नत्र बाल दुर्व्यवहारको मुद्दा लाग्न सक्छ । तर त्यही देशमा ४७ प्रतिशत कुकुरहरू भने परिवारकै ओछ्यानमै सुत्छन् । · ३० करोड जनसंख्या भएको अमेरिकाले प्रतिदिन ३ अर्ब, १७ करोड, ९६ लाख लिटर तेल खपत गर्छ । १ अर्ब ३१ करोड जनसंख्या भएको विकसित देश चीनले खपत गर्ने भन्दा यो ४ गुणा भन्दा पनि बढी हो । · आधा अमेरिकी आफ्नो जन्मभूमिबाट ५० माइल टाढा जादैंनन् । · सपिंग अमेरिकीहरूको सबैभन्दा लोकप्रिय घरेलु क्रियाकलाप हो । · अमेरिकाको १ प्रतिशत जनसंख्या अर्थात् करिब ३० लाख मानिस जेलमा छन् । · अलास्कामा भालुको शिकार स्वीकृत छ तर तर फोटो खिचाउनकै लागि सुतिरहेको भालुको न्रि्रालाई बाधा पुर्‍याउनु कानूनको उल्लंघन हुनजान्छ । · अमेरिकामा सपिंग मलको संख्या त्यहाँका हाइस्कुल भन्दा बढी छ । · अमेरिकाले जुवातासमा खर्चिने पैसा जम्मा खानामा खर्चिने भन्दा बढी छ र घरमा ल्याएको २७ प्रतिशत खाद्य पदार्थ अमेरिकीहरू फाल्छन् । · संसारमा भएको जम्मा कारको संख्याको ३५ प्रतिशत भन्दा बढी अमेरिका एक्लैमा छ । · ७६ प्रतिशत अमेरिकी एक्लै कारमा यात्रा गर्छन् । · औसत आफूलाई चाहिने भन्दा ६ गुणा बढी प्रोटिन अमेरिकीहरू खान्छन् । त्यसले गर्दा ६० प्रतिशत जनसंख्या मोटोपनबाट पीडित छ । अमेरिकी स्त्रीहरूको कुरा गर्ने हो भने सन् १९९१ मा ब्राको औसत आकार ३४ बी थियो भने अहिले यो बढेर ३६ सी भएको छ ।
juction4love · Nov 12, 2012 8:57 PM · 26,081 views
स्वामीलाइ Cultural Shock भए जस्तो छ!
casino · Nov 12, 2012 9:06 PM
Funny part, swami Ji figure out the Bra size, LOL 36 C, He must be in real good mood to research that particular stuff... :P, no offence to Swami Ji Bhakta...
koho-koho · Nov 13, 2012 12:04 AM
Swami needs to get a job.
Nepali_American · Nov 13, 2012 8:24 AM
स्वामी आनन्दले ३६सि को दुध मादेर ति अमेरिकी स्त्रीहरुलाई आनन्द पनि दी आफुले पनि आनन्द प्राप्त गर्नु भएकोमा सारा नेपाली बोकाहरुको तर्फ बाट हार्डडिक अभिबादन गाँड ब्लेस यु , गाँड ब्लेस नेपाल
bokaman · Nov 13, 2012 9:54 AM
एक कार्यक्रममा बोल्दै स्वामी अरुणले भन्नुभयो, सुखको खोज मनुष्यको सनातन खोज हो। सारा संसार आनन्दको खोजीमा छ, तर त्यो पैसा, भौतिक सुख सुविधा, बार वा क्यासिनोमा भेटिदैन। बाहिर भेटिने सुख तुरुन्तै दुखमा परिणत हुन्छ। अमेरिका, जापान तथा स्क्यान्डिनेभियाली मुलुकहरुमा भौतिक सुख, सुविधा चुलिंदै गएपनि त्यहां मानिसहरुमा डिप्रेसन, अनिद्रा, मानसिक स्वास्थ्य संबन्धी समस्याहरु र आत्महत्याको दर बढ्दै गएको छ। त्यसैले मानिसहरुले रक्सी, वेश्यावृत्ति वा लागूपदार्थको सहारा खोजीरहेका छन्। यदि यी कुरामाथि रोक लगाईदिने हो भने संसारको आधा जनसंख्या तत्काल पागल बन्न पुग्नेछ। यस्तो स्थितिलाई बदल्न मानिसमा मौलिक परिवर्तन नल्याइकन हुंदैन।
juction4love · Nov 13, 2012 10:06 AM
Teso vaya swami ajai boka juni ma nai hoo ta...swami ley 36d bahira bata matra darshan pako jasto chha.....
Yaaku · Nov 13, 2012 1:01 PM
आधा अमेरिकी आफ्नो जन्मभूमिबाट ५० माइल टाढा जादैंनन् । and ३० करोड जनसंख्या भएको अमेरिकाले प्रतिदिन ३ अर्ब, १७ करोड, ९६ लाख लिटर तेल खपत गर्छ । १ अर्ब ३१ करोड जनसंख्या भएको विकसित देश चीनले खपत गर्ने भन्दा यो ४ गुणा भन्दा पनि बढी हो milena justo lagcha malai.
untrusty · Nov 13, 2012 1:09 PM
स्वामीले तथ्यांक फलाक्नु भयो: हो भौतिक सुविधाले मानसिक सुख र शान्ति दिदैंन त्यो पनि नौलो कुरा हैन ? वहाले फलाक्नु भएको दिब्योपदेस गरिबी अशिक्षा र पिडित हरुको माझमा भए वाहि वाहि पाउनुहुने कुरामा कुनै दुई मत छैन - हाम्रा नेताको भासन जस्तो ; निर्क्यौल के त ? केहि छैन ? खोकाईको लागि नया खोकाइ मात्रै हो !
MaGorkhe1 · Nov 14, 2012 2:04 PM
स्बामी जि बैकाल ताल रसिया पुगे पछि: बैकाल ताल अति विशाल भएकोले त्यसको कुन किनारमा गएर बस्ने भन्ने निर्णय गर्नु पनि अप्ठ्यारै रहेछ । स्थानीय मित्रहरूको सहायताले हामीले बैकाल तालबीचमा अवस्थित अल्होन भन्ने टापुमा बस्ने निश्चय गर्‍यौं । सो टापु ७२ किमि लामो छ र बैकालको मुटु मानिन्छ । यो भौगोलिक, एतिहासिक र पवित्र स्थान मानिन्छ । यो टापु धेरै कथा र मिथकको केन्द्र तथा बैकालको आत्माको बासस्थानको रुपमा प्रसिद्ध छ । यसका मुख्य रैथानेहरू शमन धर्म मान्ने बुर्यातिहरू हुन् । यो धर्म मृतलोकका आत्मा तथा प्रकृतिको पूजा गर्ने हाम्रो यहा“ भएको झाक्री परम्परा जस्तै हो । यो क्षेत्र रुसी गणराज्यको स्वशासित राज्य बुरयातियामा पर्छ । जसमा बुद्ध धर्म र शमनधर्म मान्नेहरूको बाहुल्य छ । यसमा करिब २ हजारको बसोवास छ । इरकुट्सबाट ५ घण्टाको ड्राइभबाट हामी टापुको हृदयमा अवस्थित निकिता गेष्ट हाउसमा आइपुग्यौं । कोठा र वाथरुम अति साधारण देखेपछि एकछिन मन खिन्न भयो । तर त्यो भन्दा राम्रो त्यो क्षेत्रमा अन्य कुनै स्थान नभएकाले हामीले त्यही बस्ने निधो गर्‍यौं । कुनै बेला रुसका टेबलटेनिसका च्याम्पेन तथा प्रकृत्रि्रेमी निकिता र उनकी सुन्दर पत्नी नतालिया मस्कोको कोलाहलमा बस्न नसकी सुदूर साइबेरियामा आई प्रकृतिको काखमा सानो गेष्ट हाउस चलाएर बसेका रहेछन् । यी दम्पती भद्र र सज्जन लागे । पैसा कमाउने व्यवसायिकता उनमा थिएन । हामी साकाहारी हौं भन्ने थाहा पाएपछि शाकाहारी भोजनको पनि व्यवस्था गरिदिए । बेलुका हामी घुमेर फर्किदा डायनिंग हलमा एकरडियनमा हिन्दी फिल्मी धुन बजेको सुन्यौं । प्रत्येक रात्रि त्यहाँ पर्यटक र गेष्ट हाउसका मित्रहरू भेला भएर नाचगान गर्दा रहेछन् । सोवियत संघमा कुनै बेला भारतीय फिल्महरू खुब लोकप्रिय थिए । पुराना पुस्ताले राजकपुर र त्यसपछिकाले मिथुन चक्रवर्तीलाई राम्ररी चिन्दा रहेछन् । गेष्ट हाउसको वातावरण बडो सौहार्दपूर्ण थियो । लामो बस्ने पाहुनाहरूको पैसा कम भएमा भान्छामा खाना पकाउन र बाड्ने कार्यमा सहयोग गरेर पनि बस्ने गर्दा रहेछन् । यस्ता युरोपेली दम्पती केही युरोपेली दम्पतिहरू त्यहाँ सित्तैमा बसेका पनि देखिए । बैकाल ताल प्रकृतिको एउटा चमत्कारै हो । यसको निलो पानीको विशालता, जलको शुद्धता, वरिपरिको प्राकृतिक निर्वस्त्र छटा देखेर हाम्रो मन नतमस्तक हुन बाध्य हुन्छ । यसको लम्बाई नेपालको लम्बाइ भन्दा थोरै मात्र कम छ - ६५० किमि । चौडाइ ४० किमि र गहिर्राई १६३७ मि छ ।
juction4love · Nov 15, 2012 1:42 AM
युके को शिबिरमा स्बामी जीले भन्नु भयो, "शिविरमा भाग लिन लण्डनमा पढिरहेकी लाटभियन एक नवयौवना पनि आएकी थिइन् । व्यक्तिगत भेटमा उनले बताइन कि उनी एचआईभि पोजिटिभ हुन् । त्यो थाहा पाएपछि दुःख र विषादले उनले आत्महत्या गर्ने प्रयास पनि गरिन् । अनेक चर्च र मनोवैज्ञानिक काउनसिलिंग गइन् तर कहीं उनमा आशाको सञ्चार भएन । उनले शिविरमा भाग लिइन्, र सोधिन्, 'के म दीक्षा लिन सक्छु -' मैले उनलाई ससम्मान दीक्षा दिएँ । दीक्षा कै क्षणमा उनी ट्रान्समा गइन् र पछिका दिनमा आश्रम आई नियमित ध्यान गर्न थालिन् । केही दिनमै उनको जीवनबाट विषाद, दुःख र निराशाले सधैका लागि विदा लियो । उनी अत्यन्त आशा, उमंग र उत्साहले पुलकित थिइन् । शरीरको प्रत्येक कोषकोषमा आनन्द र अहोभाव भरिएको हामी सबैले देख्यौं । उनले जीवनका बाँकी वर्षहरू अध्यात्मिक साधिकाको रूपमा बिताउने र ओशोको कार्य बिस्तारमा लाग्ने संकल्प गरिन् । एक साधारण मानवीय भुलले पूर्ण अन्धकार र निराशाले घेरिएकी एक किशोरीको जीवनमा उदाएको आशाको नयाँ किरण र विधायक परिवर्तन देख्ता मैले यस भ्रमणलाई सार्थक ठानेको छु ।
juction4love · Nov 15, 2012 1:53 AM
Who is this swami ji? I think most of "facts" he throws out there are reasonable; except for the first one. It's ridiculous to even think it is illegal. This reminds me of most people who visit America for a momth and think they have figured this country inside-and-out. "There's no family value in America," "Everybody is rushing all the time for work," "Kids and dogs rule that country." I guess it's the same for any tourist or any human being for that matter, to formulate an opinion based on their observation. To believe it or not is upon you.
Kiddo · Nov 15, 2012 8:12 AM
What is the background on this swami anand? General herd population is always looking for someone to follow. Do you think this man does not have any hidden secrets that would blow his divine personality?
nepaluk · Nov 15, 2012 10:30 AM
Bollywood movie ko swami ji jasto chan,,kura sunda ta..
kgarnehola · Nov 15, 2012 4:12 PM
who is this swammi jee?
abc999 · Nov 15, 2012 6:58 PM
About the Swami, Osho disciple Bodhisattva Swami Anand Arun is the co-ordinator of OshoTapoban – An International Commune and Forest Retreat Center. He is an spiritual teacher, a strong orator, a respected engineer, a celebrated Nepalese writer, and over all these things a very simple man. Swami Arun works with people as an Osho meditation camp facilitatorand has touched many lives. So far he has helped thousands of peopleand has already conducted more than 600 meditation camps in Nepal, USA, India, Japan, Malaysia, England, Germany, Italy, Czech, France, Switzerland, Canada, Ukraine, Russia. He has also initiated about 65,000 people from 80 countries into Osho neo-sannyas and has initiated and inspired 83 Osho centers in Nepal and 50 in other countries. His undying efforts to spread Osho and his message have today culminated into five active Osho communes in Nepal. Swami Anand Arun has helped drug addicts, depression patients and his approach is based upon meditation, love, understanding. He ignites the hidden divine potential of everty individual and inspires the devotion. It’s even surprising to medical practitioners and psychologists how people with such problems come out clean from such a free environment as Tapoban where no medicine or clinical methods are used to cure these patients. Swami Arun also conducts Stress Management classes based on Osho vision for high executives, businessmen and officials of the Nepal Government. For Swami Arun, the greatest human gifts are love and freedom. On the basis of this, he has developed many meditative communities all over the world that are based upon Osho vision where love and freedom is of the highest value and individual spiritual growth is given priority. On 29th March 1969, he first met Osho and later took initiation from him in 1974 in Poona. As instructed by his master he returned to Nepal and pioneered the Osho movement in Nepal by opening Asheesh Rajneesh Meditation Center at his residence on 21st December 1974, the first Osho Center in Nepal. Later in June 29, 1984 Osho titled him as Acharya and Bodhisattva and later in November, 1986 declared him as the Director of Meditation and Spiritual Growth at the Rajneesh Mystery School. Apart from being a meditation facilitator, Swami Arun is a goodwriter and has two bestselling books in Nepali to his credit, Santa Darshan and Antar Yatra. He is a frequent columnist in major Nepalidailies and magazines and has also given many beautiful programs about Osho vision and spirituality on National and International Television and International magazines. Recently Swami Arun also opened the first Osho School of Music, Laughter and Arts where people from all over the world can come and learn, share and express creativity in a meditative and liberal environment. Swami Anand Arun is a true devout and lover of Osho. His undying love for the master, his simplicity in life and his compassion for everyone are his true gifts that have given birth to beautiful Oasis of Osho around the world. In his own words which reflects his true spirit, “I am only a seeker on the path and I am honored to be Osho disciple. And I don’t need any other adjective other than that. I am only an ardent lover of my master.”
juction4love · Nov 16, 2012 8:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion