http://www.nagariknews.com/soc... विनिता दाहाल, काठमाडौं, कात्तिक २१- सर्वोच्च अदालतले उमेर पुगेका दुई व्यक्ति आफूखुसी सँगै बस्न पाउने फैसला गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र गिरीशचन्द्र लालको संयुक्त इजलासले सोमबार महिला-पुरुषजस्तै महिला-महिला वा पुरुष-पुरुष सहमतिमा सँगै बस्न पाइने फैसला गरेको हो। समलिंगी रोशनी शाहीले आफू समलिंगी भएकै कारण परिवार र श्रीमान्को उजुरीमा माइती नेपालले बन्दी बनाइ राखेको भन्दै रिट दायर गरेकी थिइन्। 'उमेर पुगेका व्यक्ति आफूखुसी सँगै बस्न पाउनुपर्छ,' न्यायाधीश कल्याण श्रेष्ठले सुनुवाइपछि इजलासमै भने, 'त्यसैले बन्दीलाई रिहा गर्न रिट जारी गरेका छौं।' तेस्रोलिंगी भएकै कारण आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेदको निवेदन दिएर बसेकी शाहीलाई महिला आयोगको सिफारिसमा माइती नेपाल पठाइएको र माइती नेपालले बन्दी बनाएको भन्दै शाहीले गत मंगलबार अदालतमा रिट दर्ता गरेकी थिइन्। उनीसँगै बस्दै आएकी प्रेमकुमारी नेपालीमार्फत् शाहीले दर्ता गरेको रिटमा गत बिहीबार सर्वोच्चले महिला आयोग र माइती नेपालसँग बन्दी बनाउनुपर्ने कारण मागेको थियो। महान्यायाधिवक्ताको कार्यालयमार्फत् जवाफ पठाउन र शाहीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएकोे थियो। शाहीलाई माइती नेपाल वा पुनर्स्थापना केन्द्र मा राख्नुपर्ने कारण नभएको सर्वोच्चको सोमबारको आदेशमा छ। प्रक्रिया पुर्याइ सोमबार शाहीलाई रिहा गर्न आदेश दिएपछि शाही रिहा भएकी हुन्। शाहीका तर्फबाट अदालतमा चारजना उपस्थित भए पनि श्रीमान् र उनका परिवारका दर्जनभन्दा बढी उपस्थित थिए। अदालतको आदेशविपरीत श्रीमान् पक्षले शाहीलाई आफूसँगै घर लैजान खोजे पनि अदालतमा खटिएका प्रहरीले शाहीलाई कडा सुरक्षा दिई उनको इच्छाबारे सोधेको थियो। 'म मेरी साथीसँगै लाजिम्पाटमा बस्छु, घर जान्नँ,' उनले उत्तर दिइन्। त्यसपछि प्रहरीले श्रीमान् पक्षलाई अदालत हाताबाट बाहिर निकाली शाहीलाई अदालतभित्रै सुरक्षामा राखेको थियो। रिहाबारे अदालती प्रक्रिया भइरहँदा शाहीले आफ्नी १० वर्षीया छोरीसँग सोधिन्, 'तिमी बाबा सँग घर जान्छौं कि म सँगै जान्छौं?।' छोरीले अहिले घर जाने पछि मनलागे ममीसँग बस्ने बताएपछि शाहीलाई प्रहरीले ट्याक्सीमा राखी लाजिम्पाटसम्म स्कर्टिङ गर्दै लगेको थियो। शाहीसँगै बस्दै आएकी समलिंगी प्रेमकुमारी नेपालीले 'आफ्नो पार्टनर' लाई माइती नेपालले कसैसँग भेटघाट गर्नसमेत नदिई बन्दीझैं व्यवहार गरेको भन्दै शाहीकै तर्फबाट रिट दर्ता गरेकी थिइन्। विवाह भइसकेपछि शाहीले आफू समलिंगी भएको भन्दै काभ्रे जिल्ला अदालतमा पतिसँग सम्बन्धविच्छेदको मद्दा दर्ता गरिसकेको रिटमा बताएकी थिइन्। सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न जाँदा काभ्रे अदालत हाताबाटै शाहीलाई पति र परिवारले जबर्जस्ती अपहरण गरेको उनको दाबी थियो। शाहीलाई महिला आयोग, जिल्ला प्रहरी कार्यालय, मानवअधिकार आयोगका प्रतिनिधिको संयुक्त बैठकले भदौ २२ मा काभ्रे प्रहरी सुरक्षानजिकै सुरक्षित बासमा राख्ने निर्णय गरेको थियो। तर, निर्णयको केही दिनपछि आयोगले एक्कासि माइती नेपालमा राख्ने निर्णय गरेपछि उनलाई दुई महिनादेखि माइती नेपालमा बन्दीसरह राखेको शाहीको दाबी थियो। आफू समलिंगी भएकै कारण माइती नेपालले बन्दीसरह साथीभाइलाई भेट्नसम्म नदिएको शाहीकै भनाइ छ। माइती नेपालमा बन्दीसरह बस्नु आफ्नो प्राकृतिक यौनिक भावना र स्वतन्त्रताको मौलिक हकविपरीत भएको भन्दै माइती नेपालबाट छुटकारा पाउनुपर्ने उनले माग गरेकी थिइन्।
maxpayne · Nov 5, 2012 8:20 PM · 9,530 views
We are happy for you maxpayne !!!!
sidster · Nov 5, 2012 8:39 PM
Gindagi ma ali ramro discussion garna na sakne bhaye nepali haru le. Thukka SIDSTERE
maxpayne · Nov 6, 2012 10:11 AM
"Nepaliharule je kurama ni "Nepaliharu" bhanera generalize garna nachhadne bhaye." -Nepaliharu
Kiddo · Nov 6, 2012 10:23 AM
kiddo we are small community, thats why we say nepaliharu instead of this and that.
oli · Nov 6, 2012 12:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion