यो संस्मरणलाई मैले झन्डै एक दशक अघि भिन्न शीर्षकमा प्रस्तुत गरेको थिएँ। त्यतिबेला युनिकोडको सुबिधा नभएको हुँदा रोमन लिपिमा आधा नेपाली आधा अंग्रेजी जस्तो गरी लेखेको थिएँ। सोही संस्मरणलाई केही परिमार्जन गरी नेपाली भाषामा पुन: टक्र्याउँदैछु। संस्मरणको एकाध ठाउँमा केही बयश्क शब्दहरुको प्रयोग भएको पनि पाठकहरुलाई सचेत गराउँदछु। आज भन्दा डेढ दशक अघिको कुरा हो, घर परिवार पनि भेटौं अनि त्यही बेला दोलालघाट गएर माछा खाने र पोखरा गएर माछापुच्छ्रे हिमाल हेर्ने काम पनि पुन: सम्पन्न गरौं भन्ने सोचले गुन्टा कसेर एका बिहानै ठीक परेको थिएँ। बिहानको ६:१५ बजेतिर अन्तिम तयारी सिद्धिनु र साथी आइपुग्नु एकैसाथ जस्तो भयो। ढाडेपोका र एउटा सुटकेस मैले बोकें, अर्को सुटकेस उसले। "झोला त गर्हौं छ नि गुरु" भन्छ बज्जे। "दुइ चार धार्नी त तैं @#$%ले बोकाएको छस् अहिले &(ं$ खान कराउँछस्” भन्दिऊँ जस्तो लागेको थियो तर भनिनँ। "जिम पनि धाउनु पर्यो गुरु, जुद्ध शमशेर भएर मात्रै भएन," स्त्री मामिलामा अग्रणी ती मित्रलाई जवाफ फर्काएँ। हुन पनि ती दुई सुटकेसको कूल तौलमा त्यहाँको नेपाली समुदायको शायद आधा भन्दा बढी नै प्रतिनिधित्व थियो, र त्यसमा ती मित्रको पनि उल्लेखनीय योगदान थियो। झन्डै मेरो त्यतिबेलाको उमेरको सुबरु लेगेसी स्टेशन वेगन गाडीमा सामान राखी बिमानस्थलतिर लागियो। त्यस्तै ४५ मिनट जतिको बाटो हुँदो हो, सामान्य गफगाफ गर्दै कटाइयो। सानो बिमानस्थल भएकोले चेक इन गर्न धेरै समय लागेन। सामानको तौल बढी हुने हो कि भन्ने डर थियो तर निकै बाँकी रहेछ। त्यतिबेला त प्राय: बिमान सेवाहरुले ३२ किलोसम्मका २ झोला नि:शुल्क बोक्थे, अहिले पो २३ किलोमा झारे त। अझ स्पिरिट एअरले हाते झोला बोकेको पनि $१०० ठटाउन थालेको समाचार हालै मात्रै पढेको थिएँ। सेप्टेम्बर ११, २००१को आतंककारी हमला अघिको समय थियो त्यो। त्यति बेला गैर यात्रुहरु पनि बोर्डिङ गेट सम्म जान पाउँथे। सुरक्षा जाँचमा पनि न त जुत्ता फुकाल्नु पर्थ्यो न त तरल पदार्थ बोक्न हदबन्दी थियो। टर्मिनल प्रवेश गरेको २० मिनट जतिमा त चेक इन र सुरक्षा जाँच दुबै पूरा भैसकेको थियो। बिमानमा प्रवेश गर्न अझै केही समय बाँकी थियो। दुबै जना धूम्रपान गर्ने भएको हुँदा शिशाले घेरिएको साँघुरो कोठामा एक एक खिल्ली मार्ल्बरो लाईट सल्काएर हाजिर गरियो। बाहिर निस्किंदा आफू दुर्गान्धित भएको महसूस त भयो, तर अम्मली भए पछि कि त सहन पर्यो कि त छोड्न पर्यो। हाजिरी ठोके पश्चात् केही बेर बोर्डिङ गेट नजिकै बसी गफ गरियो। बिमान प्रवेश गर्ने उद्घोषण भएपछि उठियो। "ल गुरु, राम्रोसँग जाऊ, टन्न मम खाएर आऊ" भन्दै उसले हात अघि बढायो। "ल मुला, तिमी पनि राम्रोसँग बस, बिरामी होलाऊ झरीमा रेनकोट नबिर्स"(उसको जुद्ध शमशेर चरित्रलाई लक्ष्य गर्दै) भन्दै मैले हात मिलाएँ। "ल ल, have fun in नेपाल" भन्दै उसले बिदा माग्यो। गेट एजेन्टलाई बोर्डिङ पासको ठुलो चाँही भाग सुम्पिएर मैले जेटवेमा प्रवेश गरें र युनाईटेड एक्स्प्रेसको ब्रिटिश एरोस्पेस १४६ बिमानको आफ्नो निर्धारित सिटमा बसें। एकातिर तीनजना र अर्कोतिर दुई जनाको सिट भएको उक्त बिमानमा म तीन जना बस्नेपट्टि परेको थिएँ। सँधै झैं मैले झ्यालको सिट लिएको थिएँ अनि छेउमा चाँही एक ब्रिद्ध दम्पति थिए। केही बेर सामान्य कुराकानी भयो। हङकङ बस्ने छोरा बुहारी भेट्न जान लागेका रहेछन् उनीहरु। नेपाल र तिब्बत घुम्ने चाहना चाँही अधुरै रहेको कुरा पनि बताए। उनीहरु जे होस् नेपालको बारे केही सुनेका अल्पसंख्यक अमेरिकी मध्येमा पर्दा रहेछन्। क्रमश:
chipledhunga · Nov 5, 2012 1:56 PM · 20,568 views
Ek dasak agadi lekheko kura pani kati choto ho dai?
ramronepal · Nov 5, 2012 2:42 PM
त्यै त राम दाइ , सदा झैँ राम्रो लेखाइ चिप्ले ब्रो को . अलिकति छोटो भयो कि ? मिठो भएर छोटो भएको नि हुन सक्छा है राम दाइ ?
rahulvai · Nov 5, 2012 3:06 PM
अरु ले छोटो भनेर कम्प्लेन गरे पनि ठुल्दाई ले गर्न पाउदैन है
serial · Nov 5, 2012 3:14 PM
Tyehi ta lahare..... Thuldai tapai comment nagari chupo laagera padera basnus ta.
ramronepal · Nov 5, 2012 3:28 PM
बाउचाले चाँही शत प्रतिशत सही कुरा गर्‍यो। रामे, छोटो देखेर नपढी छोडेको हो? ठुल्दाइलाई दिनुपर्ने जवाफ बाउचालाई लेखेको जवाफमै छँदैछ। पढिदिनुहुने तथा प्रतिकृया लेखिदिनुहुने (र सम्भवत: नपढी प्रतिकृया लेख्नेलाई पनि) हार्दिक धन्यवाद। अर्को भाग चुनाव पछि।
chipledhunga · Nov 6, 2012 12:29 PM
चिप्ले दाइ मा पनि पढ्दै छु है ... अर्को टुक्रा कहिले जोड्ने रे ... ये ये भोलि....धन्न फलानोले जिते मात्र हाल्छु भन्नु भएन ... ल अलिक धेरै जोद्नुस ले .... नत्र ठुल्दाईलै जस्तै भन्छन सबले .....
ThahaChaena · Nov 6, 2012 1:04 PM
Maile padherai choto ra laamo ko kura gareko ho dai...
ramronepal · Nov 6, 2012 1:20 PM
Ye chiple dai, tapainko chunaab siddiyena?
ramronepal · Nov 10, 2012 12:53 PM
kyaaaa raam daai pani..... chiple daai lai besskana harayera pathaako hola ani ranthanniyera lekhnai chodi dinu bho....
ThahaChaena · Nov 10, 2012 1:43 PM
chiple le garcha ki ta..kyai...
jira · Nov 11, 2012 9:51 AM
haina ye chiple dai, yettikai chodne ho bhane suru kina gareko ?
ramronepal · Oct 28, 2013 9:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion