गाजलु ति ठुला ठुला आंखा (कथा)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 गाजलु ति ठुला ठुला आंखा (कथा)     चित्रकलामा सानै देखी रुची थियो मेरो । बाबा कहिले देवी-दानवको कथा भन्नु हुन्थ्यो, कहिले झन्डै आफुलाई खाएको बाघको र कहिले काहीं, वर्माको युद्ध पनि वर्णन गर्नुहुन्थ्यो । म सबै कुरालाई आफ्नो drawing book मा ऊतार्ने भर्सक कोशीस गर्थें ।      "हेर् बाबु, एस्तो पो चित्र कोर्नु पर्छ" (बाबाले तस्विर ऊतारेको चित्र देखाउंदै भन्नुभो)। एस्सो हेरें .. गमलामा १०-१२ वटा सुर्यमुखी फुलहरु बनाएको चित्र थियो । एस्तो नाथे त मै बनाइहाल्छु; बाबाले मलाई किन उदाहरण दि'रनु भा'होला भन्ने लाग्याथ्यो त्यो बेला । तर मलाई के था ,महान Van Gogh को महान कृति थियो त्यो ।      बच्चैदेखी मलाई आंखा औधी मन पर्ने (महिलाको, भन्नै परेन)। जानी नजानी कोरिएका थुप्रै आंखाका चित्रले मेरो कोठा सजी-सजाउ थियो (अस्त -व्य्स्त) भनुम्न । मान्छेहरु किन blue eye को पछी दौडन्थे कुन्नी, मलाई भने hazel eye नै मन पर्थ्यो । कुनै दिन मेरो जीवनमा पनि यस्तै hazel eye भएकी राजकुमारी आऊनेछिन् भन्ने मिठो कल्पना बुन्दै सुत्थें म, हरेक रात । बजारको तल-माथि र क्लासमा भने सबै ठिटीका आंखा रिठ्ठाको डल्लो झैं काला थिए । यो ज्यानलाई फसाद थियो, कां खोज्नु hazel eye वाली ? नौ कक्षा सम्म एक्लई परियो, अरु सबैका GF र BF थिए । ... खै, कस्को सरापले गाई मर्दैन भन्थे, मोज गर्ने गर्दै थिए - आफु चाहीं थुक निल्दै !       १० कक्षाको पहिलो दिन थियो । ऊसो त त्यो 'रूम'ले दिमागमा डेरा पहिले देखिनै जमाएको थियो, senior दाई र senior पट्ठीको रूम भनेर झ्यालबाट कहिले चिहाईन्थ्यो भने; कहिले - स्कूल छोड्नुपर्ने र गुरुबाहरुको अब ऊप्रान्त दन्ड भोग्नु नपर्ने म्याराथुनको रातो रिबन एही हो भनेर हेरिन्थ्यो । जे होस् आज म पनि भर्ती भा'को थें कक्षा १० मा । हाम्रोमा co-education त थियो तर छुट्टा-छुट्टै बसेर .. २'टा row हुन्थे, २-२ वटा desk र चारवटा कुर्सी जोडेर बनाएको । एकातिर कोइलिदेवीहरु बस्थे, अर्कोतिर कोइलादेवहरु .. यो नियम त थिएन स्कूलको तर अघोषीत चलन तेस्तै थ्यो । कोठामा छिरेर एस्सो हेरेको, अगाडिको first र second desk त पढन्ते कोइलादेवहरुले सुरक्षित गरिसक्नु भा'रैछ, तेसो त म पनि 5th भन्दा तल कहिले झरेको थि'न तर आज 3rd desk मै झोला बिसाएं । क्लासमा, धेरै जसो त मै सँग नौ बाट ऊक्लिएका अनुहारहरु थिए तर दशमै गुल्टी बसेका थोर-बहुतको पनि दर्शन प्राप्त भो .. अनी अरु २-४ जना विल्कुलई नयाँ पनि देखिन्थे, शायद बाहिरबाट आएकाथे । घण्टी बज्यो; हामी सबै चौरतिर लागिम् । अहिले त अच्छा-खासा assembly hall छन् धेरै जसो स्कुलमा तर हाम्रालागी तेही चौर थियो, हावा-हुरी र पानी परेको बेलामा हामीलाई माफि हुन्थ्यो, श्रीमान गम्भिर .. र सरस्वती वन्दना गाउनलाई ।        (मलाई यहाँ एउटा कुरा share गर्न मन लागो है !) जतिबेला पनि "श्रीमान गम्भिर" सुनिन्थ्यो, हामी सतर्क मुद्रामा हुन्थेऊं । कक्षा कोठामा, चौरतिर जाँदा-जादै वा स्कुलको गेटमा .. हामी ठिङग ऊभिन्थेउं । गुरुजनहरु पनि एसै गर्नुहुन्थ्यो । मैले यहाँ राजाबादको राग अलाप्न खोजेको होइन, young generation लाई जानकारी मात्र दिंदैछु .. एस्तो पनि हुन्थ्यो हाम्रो बेलामा ...        हिंड्न यार पछाडि जाउं, गुरुले मेरो झोला तान्दै भन्यो ।  बल्ल-तल्ल त 3rd बेन्च मिल्याछ, यिं बस्न यार ।  पछाडि प्वांट मालहरु आकाछन् के हिन्न (ऊस्ले मेरो कानमा साउती गर्दै भन्यो) माल भने पछी शिवजिका पनि तीन नेत्र खुल्छन रे ! आफु बबुरो सामान्य मनुज न ठहरीयो .. लागें ऊस्कै पछी झोला च्यापेर । तर ऊस्ले ठाउँ देखायो, कोइलिदेवी पट्टिको last bench !  यार यो त केटीको __ छोड्न यार, अन्त कतै ठाउँ मिलेन भन्दिम्ला सरलाई ।  तर ऊता त खाली छ त गुरु !  कोही आएर बसी हाल्लानी, बस्न यार - हामी भन्दा अगाडिकी एक 'माललाई' आंखाले ईशारा गर्‍यो ।  यो मन फेरी पग्लियो, तेहीं बसें । हामी केटी पट्टी बसेकाले हो वा ईर्श्याले हो, केही भलाद्मीहरु खास्-खुस गर्दै थे, बाल भो ।        अगाडि एउटा कुर्सी खाली नै थियो, अरुमा तिन्वोटी देवीले आशन जमाउनु भाथ्यो । सबै नया थिए क्यारे अनी छुट्टा-छुट्टै स्कुलबाट आएका, एक-अर्कासँग कुरा नगरि बसेकाथिए । पछाडिबाट ठम्याउन गार्हो थियो कुन चाँही राम्री हो भनेर तर मेहेन्दिले हो कि natural नै हो, side वालिकी, जो ठीक मेरो अगाडि थि, ऊस्को कपाल कफी कलरको थियो .. बास् आफुलाई तेही मन परी । "यो खैरो कपालवाली, मेरी है" - म कुनै मुकाबला गर्ने पक्षमा थिन, गुरुलाई सुट्क्क स्पस्ट पारीदिएं । ऊस्ले पनि हुन्छ भन्ने पारामा टाउको हल्लायो, यो ज्यान स्वप्न नगरिमा मोतिचुरको लड्डु खांदै थियो, गुरुबाको entry भो । पहिलो दिन, पहिलो क्लास । केही introduction वाला नाटक गर्छन् कि भनेको, होइन रेछ । गुरुबा सिधै chapter 1 फलाक्न थाले, ऊस्को नाम नि था भएन ।         गुरुबाको भाषणमा खास्सै रुची थिएन .. म अरु नै के-के सोच्दैथिएं, ऊस्को scale झर्यो ! ऊठाइ .. र ऊठाउंदा-ऊठाउंदै एउटा NOT INTERESTED लुक पनि दि । यो ज्यानलाई सत्र पर्‍यो ! ऊस्को अंखाको रङ थियो - hazel ! मैले प्रशन्न मुद्रामा गुरुतिर केही भन्न हेरें तर ऊस्ले पहिलेनै केही लेखिसक्या रइछ, कापी मतिर पास गर्‍यो । (हामी हल्ला गर्न नपाउने बातावरणमा एसरिनै कापिमा लेखेर वार्ता गर्थिम्) कापिमा लेखिएको थियो "तेरी आमा पैले नै book भईसक्या रईछे भने !"  क्रमश: 

caliber19 · Nov 2, 2012 9:53 AM · 43,256 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

 prabhu !!! kati ramro katha. aafaile bhoge jasto lagyo. 

tesko_baje · Dec 3, 2012 3:38 PM

 त्यै त त्यसको बाजे, कति सुन्दर ढंगले घटनाक्रमलाई बुनेको भने नि .... धेरै दिन पछी मज्जाले मज्जाको को कथा पढियो . माने प्रभु मानें....

rahulvai · Dec 3, 2012 3:51 PM

 ऊस्को खुशी नै मेरो खुशी हैन र ? मेरै स्वार्थ मात्र यदी ताक्ने हो भने के जाबो माया लाएं त मैले ? त्याग पनि जीवनको एउटा पाटो हो भने ठिकै छ, यो जुनी तिम्रै नाममा भो ." Reminds me somebody" Arko jawos, chitai aawos, aba biyoganta hoina samyoganta jawos.  

koho-koho · Dec 3, 2012 4:00 PM

गज्जब को गयो, प्रभु  ! सायद सबै आधुरो प्रेमीको कथाहरु  आफ्नै लाग्छ | सबै यादहरु मडारिएर एकै चोटी आए | लेख्दै जाम फेरी पनि येस्तै कथाहरु |

Phatte · Dec 3, 2012 5:20 PM

थाने,  कां हलुवा र बालुवामा अल्झिरा' ! ह्यां केके जाती भईसकेर कथा नै सक्की सको, कता गाएब हो भन्या ?  सबै कुशल- मंगल नै त छ ?      यात्रिजी,  आशा छ तपाईंको गुनासो पनि मेटिए होला ।      सुकुचा प्रभो,  यहाँको कमेन्ट मिस्टर ईन्डिया वाला परेछ ! आफुसँग रातो चश्मा नाइ, केइ नि देखिन पर्भो मैलेत !      बाजेलाई जदौ गरें,  मनपराइ दिनुभेकोमा धन्यवाद ।      ठुल्दाइ,  सुरुमा माफि नै चढाएं । दाइबाट प्रशंसा पाउनु मेरो अहोभाग्य, पैलो जुनीमा ठुलै पुण्य गरेको रइछु भन्ने ठानेको छु ।      कोहो-कोहो जी, सम्योगान्त विधामा यो ज्यानको हात तेत्ती चल्दैन, तेइपनी म कोशीस गर्नेछु । कसैको याद आएछ खुशी लाग्यो, अब सम्झना मात्र छ भने त म के भनुम् तर सम्झनाको साथ-साथमा समय पनि छ भने ढिला नगरुम मित्र - फुत्केको माछो ठुलो हुन्छ नि फेरी !      फत्ते बन्धु,  धन्यवाद यहाँलाई पनि । र, अन्य मौन पाठकहरु प्रती पनि आभार प्रकट गर्दछु । 

caliber19 · Dec 4, 2012 10:40 AM

 क्याली मित्र ,  मन रोएको नदेख्ने , आँखामा भएको मायाको भाका पनि नबुझ्ने कस्तो निष्ठुरी ति गाजलु आँखा ,    प्रेम र पिडाको जुहारीलाइ कति सुन्दर शब्दमा ढल्न सकेको भन्यानी ...... हजुरको लेखमा सुरुमा त जेरी र स्वारीको मज्जा अको थ्यो मुख पनि गुलियो मन पनि तेसैमा भुलियो अन्त्यमा चाहि मन अमिलो भयो तर पनि मुखमा तेही अगिको जेरीको गुलियोले मिठो रहिरह्यो ......  बिहामा जाँदा चाही मन्दिरै गाको जस्तो गरेर गएछन हाम्रा हिरो ...    प्रितको नशा त्यो कम्पौन्दरिय एवं रासयाँशास्त्रिय नशा भन्दा कति गहिरो कति सुसुप्त अनि कति गढ़िलो हगी ?   कति सुन्दर शब्दरचना "..... मायाको शाब्दिक वा पर्यायवाची अर्थ केवल प्राप्ती होइन भन्ने निष्कर्शमा पुग्थें म..." एउटा मेरो एकदम मनपर्ने गित याद आयो अरुण मामाको "...साँचो प्रिती लाएकै थिएँ , चोखो जोबन दिएकै थिएँ, बुझ्ने ले कुरा नबुझेपछि मनमा कुरा नालियेपाची मनमा  पिर त पर्ने नै भयो यो मन तेसै मर्ने नै भयो ...."   "....ह्यां केके जाती भईसकेर कथा नै सक्की सको, कता गाएब हो भन्या ?  सबै कुशल- मंगल नै त छ ?" -ज्यानलाइ सबको मायाको छात्रछाया छ कसको के हुति लौ मलाई अमंगल गर्न ...  तेस्मथी हजुर जस्तो मित्र को साथ् ....   

ThahaChaena · Dec 4, 2012 12:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all