Sandy मुईयां .. आज यो लेख तिम्रै नाममा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sandy मुईयां .. आज यो लेख तिम्रै नाममा       थाहा त थियो, भोली सुर्यजीको दर्शन हुनेवाला छैन भनेर .. तर मेरो हिजै देखिको plan थियो, यदी संसारको आठौं अजुबा भएछ र घाम लागिहालेछ भने पनि म "..." मा घाम लागुन्जेल सुत्नेवाला छु !      हामी सुतिरा'थ्यौं, सुधाको cell phone बासि'हाल्यो । हाम्रो मा ringtone बाटै लगभग था'हुन्थ्यो; कस्को र कांबाट फोन आयो भनेर । नेपालबाट एदी मेरोमा आयो भने Dhinkaa-Chikaa type को music बज्थ्यो, सुधाकोमा भने गायत्री मन्त्र वाला थियो । "बुढा मेरो फोन ऊठाइदीस्योन प्लिज" ऊस्ले भरसक मायालु स्वर बनाउदै भनी ।  तेरो फोन तै ऊठान फुलन, बिहान-बिहानै अर्डर दिन्छेस् ? ऊस्को पट्टिको सिरक पनि मैले आँफैतिर तानें ।  "यी लोग्नेमान्छेहरु विहे अघी चाँही, म आकाशको तारै झार्छु - म तिम्रोलागी ज्यानै दिन्छु भन्छन् । पछी चाँही नाथे एउटा फोन receive गर्देउन भन्दा पनि ज्यानै जाला जस्तो । यो विहे भन्ने कुरो त मेरो दुश्मनले पनि नगरोस" । उ अघिसम्म त फुलन मात्रै थि, अब भने चण्डीको रुप धारण गर्दै फोन उठाउन गै । मलाई मन-मनमा अरु पनि धेरै सराप्दै थि'होली ।  "क्यार्नु त फुलन, विहे अघी त तं पनि regular size को coke bottle जस्तो थिस् तर अब अहिले २ लिटरको family size भएसी ..." । म पनि मन-मनै आफ्नो गल्तीलाई ढाकछोप गर्ने 'प्रयास' गर्दै सिरकभित्रै गुम्सिरहें ।      हेलो मामु दर्शन ।  हजुर, भर्खरै उठेको ।  सबै ठीक छ मामु । हजुरहरुलाई कस्तो छ नि त्याहां ?  आउंछ-जान्छ नि मामु, केही चिन्ता नलिस्यो क्या हजुरले । हामी एक्दम ठीक छौं ।  ज्वाँईं bed मै होइसिन्छ, कुरा गरिसिने हो र ? ए साँच्ची सानो मामा Singapore फर्किस्यो ?  (म सिरक फ्यालेर जर्याक-जुरुक भएं, कुरा पक्का थियो; साशु आमासँग kaun banega crorepati खेल्नु पर्छ भनेर) "यी, ज्वाँईं साबको मायाले हुरुक्कै पार्‍यो रे मामुलाई" सुधाले फोन थमाई ।  .. मुवा दर्शन गरें है ।  "दर्शन राजा, हेरिस्यो न के-के कुराहरु आउंदैछ यो समाचारहरुमा, हजुरकोतिर त के-के जाती आंधी-तुफान आईरा'छ रे ! मेरो मन त कस्तो आत्तीरा'छ" (तेही कुरा, जो फुलनसँग भईसकेको थियो, अनी मेरो पनि फेरी तेही कुरा ..   हो मुवा सानो-तिनो हुरी चलिरा'छ, तर चिन्ता लिसिनुपर्ने त्यस्तो खतरा केही छैन; ढुक्क रहिस्यो हजुर, यहाँ सब ठीक छ ।  "राजा र सुधा बरु नेपाल आईसेकोभए हुन्थ्यो नि यो दशैमा, रमाइलो पनि हुने अनी यो डर पनि हुने थे'न नि"  (एतिखेर सांच्चै मलाई कुनै life-line चाहिएको थ्यो, मैले साशु'मालाई कुनै उत्तर नै दिन सकिरा'थिन । साशु'माको २'टा आशय थिय यहाँनिर १) यदी हामी नेपाल आएको भए Sandy आउने नै थिएन २) छोरी-ज्वाइं नेपाल आएर मोज गरुन् .. अरु मरे के भो र !) अर्को साल आउंला नि मुवा । (मलाई अरु केही फुरेकै थिएन एही भन्दें)     अरु पनि थुप्रै नौथरी कुरा भए, धन्न बाबा हजुर evening walk मा भईसेकोले कुरा गर्नु पर्ने 'टन्टा' भएन तर सालीज्यु सँग कुरा गर्न नपाउंदा भने  अचारमा नुन miss भए जस्तो पनि भयो ।      सुधा अंझै restroom तिरै थि' तर आफुलाई marlboro तान्न हतार थियो, आँफै चिया बसालें .. milk tea र lemon tea । यि स्त्री प्राणीको के problem हुन्छ कुन्नी ! Starbucks मा मज्जैले latte घुट्क्याउछन् तर घरमा आएर यिन्लाई lemon tea नै चाहिन्छ । मेरो गुनासो एस्कारण हैन कि म आज चिया बनाउदै छु, ऊसो त चिया घरमा सुधा नै प्राय: बनाउछे ।  ओहो ! के देख्नु परेको आज ! मेरो बुढाको संधै off भये हुने नि । (सुधा kitchen बाट बोली, म बाबा रामदेवको नित्य योग भन्दा पनि अंझ नित्य .. milk tea र marlboro का साथ वरण्डामा थिएं)     लौन बुढा, अब के गर्ने हो ? मैले त अस्ती देखी भन्दैथें कतै निक्लिहालुम् भनेर, मेरो कुरा सुनिसे पो .. (हामी news channel हेर्दै थिम्, सुधा मेरो बाँयां पाखुरामा चपक्कै टास्सिंदै .. डराउंदै बोली) ।  नआत्तेउ न हो तिमी ! (खै, मैले किन उ'ल्लाई तिमी भने) last time पनि त यस्तै भएको थियो नि, केही हुँदैन सुधा (!!)   last time त fortunately भन्नु पर्‍यो, Irene अर्कै बाटो गयर पो त; सधैं एस्तो होला र ? भाग्यमा छ भन्दैमा, डोकोमा दुध दोएर अड्दैन बुढा । (मैले react त गरिन तर माहा आश्चर्य के लाग्यो भने, normally nepal को condition मा, हुने-खाने खान्दानकी यो बालालाई, एस्तो उखान-टुक्काको अर्थ र प्रयोग गर्न पनि आउंछ र !)  के एकोहोरो भईस्या हजुर ?  हैन, I'm ओके, आजको छुट्टी कसरी काटुं भनेर नि ।  हाss हाss हाssss कहिले देखी यो problem सुरु भो हजुरको; अहिले एउटा निमन्त्रणा आईहाल्छ होलानी तास खेल्नको लागि ।  आज त तिमीसँगै पुरा दिन बिताउछुं, एही छ plan ।  हेरुम्ला म पनि, (उ किचन तिर लागि) आज त मिठो खानु पर्छ ल बुढा .. कल हो ना हो ..      news channel हेरेर दिक्क भईसकेको थें म, सबैतिर Sandy कै हाली-मुहाली चल्दै थियो । laptop खोलेर sajha हेरें - bittertruth को Sandy-update र अरु केही जानकारीमुलक posting रहेछन, सर्रर एक बाजी हेरेर त्यो पनि बन्द गरी फेसबुक खोलें । मेरो भित्तोभरी अनेकौ comment रहेछन्; एक ठाउंमा दिमाग टक्क अडियो, "stay safe Dai" अरुणिमाले लेखेकी रहिछे ।        सार्वजनिक 'जस्तै' भित्तोमा के private कुरा गर्नु भनेर मैले ऊन्लाई msg गरें, "के छ बा' तिमीलाई, सबै कुरा कुशल होला भन्ने आशा गरेको छु"  हाम्रो कुरा छोड्नुस् दाई, मलाई त हजुर र वैनीको पो चिन्ता लाईरा'छ । (सुधा र उ सहपाठी थिए तर ऊमेरले सानी भएकिले सुधा ऊस्लाई 'दिदी' भन्छे)  हामीहरु दुवै जना झकास छौं, don't worry. तिमी कतै move त भएकी छैनौ नि ?  छैन दाई तेही पुरानो थलो हो, न कतै जान सकियो - न केही प्रगती गर्न सकियो ।  अहिलेको लागि त ठीक छ बा । At lest तिमी safe zone मा त छौ ।  आss छोड्नुस् दाई, भल्खाडोमा जावोस सबै । 2012 पनि आईहाल्यो क्यारे; सबै कुरा भस्याक-भुसुक होस् जस्तो लाग्छ मलाई त कहिले काहीं ।  ओेए ! के भनेकी यो ? के भो ? तिम्लाई त्यां ठीक त छ ? अरुणीमा ..       दाई, यो सब मेरो गल्तिकै result त होलानी है ? (ऊस्ले गला अवरुद्द पार्दै भनी, मलाई पनि कस्तो-कस्तो भो) plz sis, सब भन्दा पहिले त तिमी आफुलाई blame नगर ल । तिम्रो घर बाटै__  घरबाट पो नाइ भनेकाथिए .. भन्नुस् त दाई मैले नाइ भनेको थिएं र ?  त्यो त हो, तर तेतीखेर हामी सबैको कांचो बुद्दी - तेस्तै भो । तर गुरुले सोधिरहन्छ .. मेरो कुरा भएको बेलामा ।  नंबर त मैले पनि भेटेकी थिएं दाई तर call गर्ने हिम्मत नै आएन ।  एउटा कुरा था'छ अरुणीमा, मलाई अहिले writer त याद भएन - तर हामी सबैकालागी, कहीं न कतै - कुनै यात्राको कुनै मोडमा - कुनै एउटा दोश्रो मौकाले - संधै कुरी रहेको हुन्छ रे ! तेस्लाई accept गर्ने वा ignore गर्ने - त्यो हाम्रो हातमा ।  .. दाई मेरो कामबाट फोन आयो, म हजुरलाई पछी call गर्छु ल ।        मलाई था'भो, अब उ एउटा अतीतमा हराउने छे, तर अतितका केही पानाहरु मेरो यादबाट पनि पल्टाएर गई । ऊस्को अतित शायद हामी धेरैलाई था'छ, तर मेरो 'त्यो' अतित सम्झनाको मझेरिमा मात्र छ .. कहिले एस्सै जमी बस्छ, कहिले तेस्सै विलाई जान्छ; पानीमा बन्ने फोका जस्तै ... ।  क्रमश:   Last edited: 29-Oct-12 09:33 PM

caliber19 · Oct 29, 2012 8:40 PM · 12,673 views

3 Replies

 rochak nai mannu parchha.........enjoy reading

Anishchit · Oct 29, 2012 9:29 PM

 आदरणिय पाठकहरु, मलाई लागेको थ्यो - एस्पटकको hurricane पनि पहिले जस्तै आउंछ-जान्छ होला । अनी कतिपय साझावासिहरु म जस्तै कोठामा धुम्धुम्ती बसेर bore भईरनुभा'होला, त्यसैले सोचें केही चट्पटे खुराक लेखौं भनेर । म दोश्रो भागमा नौटन्की सुरु गर्नै लागेको थिएं ... एकाएक news मा, sajha मा तथा अन्य social networking sites मा; कहीं केही डुब्यो, कतै केही भत्क्यो, कती जनाको ज्यान नै गयो भन्ने दु:खद समाचारहरु आईपुगे । विचरा कसैको श्राद्दमा ! म किन मारुनी नाचौं ? एही मनसायले म यो धागो एहीं बिट मार्ने आज्ञा चाहन्छु, माफि पाउं । 

caliber19 · Oct 29, 2012 10:30 PM

 क्याली बन्धु , लेखुम न ... माफी हैन लेख पो माग्य त हाम्ले.... स्याण्डी मैया त अलि अलि भताभुङ्ग - लथालिङ्ग परेर गईन त ... अब अगाडी बढ्ने कि ? 

ThahaChaena · Oct 30, 2012 10:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all