'हवस्।'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खै कहाँबाट हो कुन्नी म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै बिस्तारै भन्छु 'हवस्।' शायद मैले जानेको नै यत्ति हो म हरेकलाई हवस् भन्छु,  हरेक चोटि हवस् भन्छु,  र हरेक ठाउँमा हवस् भन्छु, शायद मैले सानो छँदा देखि नै हवस् भन्दै आए । शायद मेरो बाबाआमाले नै मलाई हवस् भन्न सिकाए । तर कहाँबाट सिकें अनि कसले सिकाए मलाई यो सब सोच्न फुर्सद नै छैन । मलाई त बस यत्ति मात्र थाहा छ,  जव कसैले मलाई यसो गरिदेउ  र उसो गरिदेउ भन्छ म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै बिस्तारै भन्छु 'हवस्।'  कसै कसैले त मलाई हवसप्रसाद भनेर नामै राखे मैले सोचे यो त अति भयो म अव जसले जे गर भन्यो त्यो सबै मान्दिन,  अरुको साध्य पूरा गर्ने मात्र एउटा साधन बन्दिन, पुग्यो म अब यो नाटक अझ अरु गर्न सक्दिन,  मुखका दुई कुनालाई जवर्दस्ती तन्काएर अनुहारमा म कृतिम मुस्कान छर्न सक्दिन। त्यतिकैमा कोही मेरो अगाडि आउछ र मुसुक्क हाँस्दै मायालु स्वरमा मेरो यती काम गरिदेउ न है भन्छ तत्काल मेरो सारा अहम् लल्याकलुलुक हुन्छ,  अनि म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै बिस्तारै भन्छु 'हवस्।'    अरुलाई हवस् भन्ने चक्करमा मैले कैयौ चोटि म भित्रको मलाई नाई भनेको छु,   पिल पिल पिल आसु झारेर कैयौ चोटि रुवाएको छु। खै म यो सब किन गरिरहेको छु मलाई नै थाहा छैन। यस्तैमा एक थरी आउछन् र मलाई प्रश्न गर्छन्,  'धत् यसरी नि जीवन चल्छ? सबै ठाउँमा हवस् भन्ने होइन नाई पनि भन्न जान्नुपर्छ। यहाँ अरुबाट फाईदा लिनेहरु धेरै छन् । पहिले आफ्नोबारेमा सोच्न सिक।' अनि म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै फेरि भन्छु 'हवस्।'   Last edited: 28-Oct-12 10:12 AM

Geology Tiger · Oct 27, 2012 8:13 PM · 5,253 views

5 Replies

 atti uttam

adventurer · Oct 27, 2012 9:40 PM

Take a bow, Sir! That was amazing!

riddle · Oct 27, 2012 9:52 PM

Jitu daa , kasto mero malaai nai describe gareko jasto po lagyo..... katti le galigarisaksyo learn to say NO bhanera.... ma pani feri bhanchu "HAAS" ..... No bhannai sakiyena...audaiaudaina man mai.... kina hola....  Daa hajurko kabita sarai man khaney lagyo...

ThahaChaena · Oct 28, 2012 8:50 PM

 GT  ले नेपाली हरु को बानी लाई कविता मा उतारेको रेछ, बिदेसी को अगाडी, बिदेसी ले जे भने पनि ठुलो कुरा ठानेर "हबस" भनेर काम फत्ते गर्ने बानी परेका नेपाली हरु , राजनीति मा पनि कुनै बिदेसी ले आएर येसो गर उसो गर भनेर भन्यो भने मात्र "हबस" भन्लान नत्र सधै काटमार 

timi_mero_sathi · Oct 29, 2012 8:43 AM

कविताको भाव मनपराइदिनु हुने सबैलाई धन्यवाद!

Geology Tiger · Oct 30, 2012 9:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all