किन लेखिएन तामाङसालीङ र तामाङ समुदायको इतिहास ? Created on Tuesday, 16 October 2012 11:11 Share कृष्ण बहादुर तामाङ हरुवाहरुको ईतिहास लेखिएको नै कहाँ छ र ? आफ्नो समुदायको ईतिहास लेख्ने हो भन्ने हरेक युद्धा जित्नै पर्छ । आफ्नो समुदायको जिउँदो ईतिहास लेख्नको निम्ती तामाङहरु उठ् ! मूलबासी मंगोल समुदाय हो आफ्नो जिउँदो ईतिहास लेख्नको निम्ती उठ सधै पशु जस्तो बनेर नसुत ! आदरणिय दाज्यु भाई, दिदी बहिनिहरु मृत्यु भन्ने कुरा हामी जन्मे देखिनै हाम्रो अघी पछि हिडिरहेको हुन्छ, यसैले मृत्यु देखी नडराउ । अस्तित्वबिहिन बाँच्नु भनेको पनि मर्नु सरहनै हो। हामी यस समय मृत्युको बचाँई बाँचीरहेका छौ । राजनीतिक चेतना नभएको मान्छे सिङ र पुच्छर नभएको पशु जस्तै हो । यो एक्काईसौं शताब्दिमा पनि हामी बिदेशी आक्रमणकारी बाहुनहरुको हनुमान, गोठाला, खेतला, हरुवा, चरुवा भएर बाँचीरहेका छौ । हामीले यो देशको सम्पूर्ण तामाङ समुदाय र ८० प्रतिसत मूलबासी मंगोल समुदायको मुक्तिको निम्ती पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माणको निम्ती निर्णयक बिद्रोह गर्नै पर्छ । यसको निम्ती समस्त तामाङ समुदाय र मूलबासी मंगोल समुदायको मुक्तिको निम्ती मंगोल डेमोक्रेटिक पार्टीले निर्णयक र शसक्त बिद्रोह गर्ने छ । हामिले यस खण्डमा कहिल्यै पनि बाहुनबादी शासक संग नझुक्ने तामाङ समुदायको ईतिहास कोर्ने जमर्को गरेका छौ र हामी यसरि नै सबै मूलबासी मंगोल समुदायको ईतिहास लेख्दै जाने छौ । यतीखेर मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु राष्ट्रीय मुक्ती आन्दोलनमा सहभागी भई रहेकाछन । हामी सम्पूर्ण मूलबासी मंगोल समुदायलाई यस निर्णयक र अन्तिम बिद्रोहमा सहभागी भई दिनु हुन हार्दिक अपिल गर्दछौ । तामाङ समुदाय जनजाती नभई नेपालको मूलबासी हो भन्ने कुराको पुष्टी भएको छ । विषयसूची १० वसोवास, २० इतिहास, ३० कथन, ४० तामाङसालीङ क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र ५० लोक बाजाहरू । तामाङ समुदायको वसोवास तामाङ समुदायको बसोबास नेपालको पचहत्रै जिल्लामा पाइन्छ । मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं, भक्तपूर, ललितपूर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपूर र सिन्धूलीमा भने तामाङहरु वहुसंख्यक रुपमा आवाद रहेको छ । नेपाल बाहिर भारत, मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरु बसोवास गर्दछन् । अखिल भारत तामाङ बौद्ध संघको २०५९ सालको प्रतिवेदन अनुसार भारतमा मात्रै तामाङहरुको जनसंख्या १४ लाख छ भनि प्रस्तुत गरिएकोछ । तामाङ समुदायको इतिहास तामाङ इतिहासः रचना गरिएका इतिहासहरूले तामाङ समुदायलाई यहीकाल खण्‍डमा, यही देश र प्रदेशबाट वर्तामान तामाङहरूको आदिम थलो रहेको भू-भाग स‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गर्न सकेको छैन । तामाङहरू आफुलाई नेपालको भूमीपुत्र मूलबासी समुदाय भनेर गर्ब गर्दछन् । नेपालकै एक आदिम पुरानो तामाङ समुदायको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन । तामाङ समुदायको राज्‍य, अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्‍छविकाल, उत्‍तर लिच्‍छविकाल, मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन । नेपालका शासक जातिहरूले तामाङ समुदायलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्‍कृतिक, धार्मिक, शैक्षीक, भाषिक आदिमा मात्र नभएर इतिहासमा नै तहसनहस, शोषण, दमन र उत्‍पीडन गर्दै आईरहेका छन्, जो वर्तमान सम्‍म निरन्‍तर चलिरहेकैछ । तामाङ समुदायलाई सामन्‍ती राज्‍यसत्ताका सत्ताधारि बिदेशी बाहुन जातिका इतीहासकार, मानवशास्‍त्री समाजशास्‍त्री तथा भाषा शास्‍त्रीहरूले लेखेको रचना इतिहासमा ठग्‍नुसम्म ठगेको छ । तामाङ समुदायलाई मात्र होइन सिङ्‌गो मुलुकको मूलबासी समुदायको पहिचान र अस्तित्वलाई नमेट गरी बाहुन छेत्री साशक तथा अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन् । सत्ताधारी सेन तथा विष्‍ट राजालाइ, गोर्खामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुर्बमा राइ र लिम्‍बुका राजालाई हराएको इतीहास लेखेको छ । तर ती समुदायको भन्‍दा बढि जनसंख्‍या भएको काठमाडौ उपत्‍यकाको तत्‍कालिन मल्‍ल रज्‍य याम्‍बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्त‌पुर) को वरिपरि कैयौं किपट र कविलाहरूमा रहेका स्‍वतन्‍त्र राज्यहरुको उदय हुनु पूर्ब नै वाइबा, रूम्‍बा, बल, ग्‍हीसीङ आदि थरका तामाङ राजाहरू र राज्‍य अस्ति‍त्‍वमा थिए । तामाङ राज्‍य र राजाहरूको बारेमा तामाङहरू मौखीक रूपमा अझै भनिरहेका छन्, यो-यो ठाउँमा फलानो राजा थियो । ती राजाका दरवारका अस्‍तित्‍वहरू र भग्‍नावशेषहरू विभिन्‍न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्‍छ । ताम्‍बा अर्थात मैखिक इतिहास परम्‍पराबाट पछिल्‍लो चरणमा तामाङ लिपिमा लामा बौद्ध धर्मा लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्‍पत्तिका नाम थरहरू, हाम्रा, जीक्‍तेन तामछ्योअ, रूअछेन च्‍योप्‍गे, कुक्‍पाखा छ्याअ, तामाङ च्‍युनीला ठङुसा थेन वब्‍सा आदि हस्‍तलिखित पुस्‍तकहरू पाइएको छ । तामाङ समुदायको बारेमा लेखेको भन्‍दा कैयौं गुणा बढि सूचनाहरू मौखिक परम्‍परामै संरक्षित रहेको पाइन्‍छ । यही परम्‍पराको माध्‍यमबाट तामाङहरूले एक पुस्‍ताबाट अर्को पुस्‍ता सार्दै आजसम्‍म जे जस्‍तो अवस्‍थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्‍याएका छन् । मौजुदा मौखिक र भग्‍नावशेषको रूपमा पाइएका प्रमाण तथा तथ्‍यहरूको वैज्ञानिक अनुसन्‍धान, अध्यायन, उत्‍खनन, बिश्लेषण, लेखन जस्‍ता कार्यहरू आर्थिक एवं प्राबिधिक रूपले पनि वर्तामान अवस्‍थाका तामाङ समाजको क्षमता र वशमा छैन भने हिन्‍दु सामन्‍ती राज्‍यसत्तालाई त्‍यसमा कुनै चासो र मतलब छैन । जसले गर्दा आज तामाङ समुदायको सामाजिक इतिहासका हाम्रा महत्‍वपुर्ण भौतिक सम्‍पदा, निधिहरू तथा मौखिक सम्‍पदाहरू दिनानुदिन, आज, भोलि, पर्सी हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्‍नावशेष्‍मै रहन बाध्‍य छन् । आज हाम्रो सामु विभिन्‍न देशका थुप्रै अन्‍वेषकहरू, समाजसशास्‍त्री, भाषाशास्‍त्री, मानवशास्‍त्री, प्रागैतिहासिक एवं पाषाण पुरातत्‍व विज्ञहरूले अध्‍ययन, अनुसन्‍धान, उत्‍खनन् गरेर पत्ता लगाएका तथ्‍यहरु, शोधपत्रहरू विदेशी भाषाहरूमा बग्रेल्‍ति रहेका छन् । अब ती विदेशी भाषाहरूमा भएका तामाङ समुदायका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगालेर या संग्रह गरेर आफ्नो भाषामा, पुणस् अध्यायन तथा विश्लेषण गरी भावि तामाङ सन्‍तानहरूलाई पुर्खाको इतिहास पुणस् लेखन गरी नयाँ इतिहासको सृजना गरेर भए पनि सन्‍तोष लिनुपर्ने छ । त्‍यो नयाँ इतिहास लेख्‍ने दायित्‍व आज तामाङ समुदायको संघ तथा नवसन्‍ततिहरूको थाप्‍लोमा आइपरेको छ । तामाङ इतिहास संग सम्‍बन्‍धित तामाङहरूको इतिहासका मौखिक अवशेषहरूलाई आफुले सुने, देखेको र स्‍वदेशी तथा विदेशी अन्‍वेषकहरूको विभिन्‍न पत्रपत्रिकामा लेखादि तथा पुस्‍तकादिमा विभिन्‍न रूपमा प्राप्‍त सूचनाहरूको आधारमा तामाङ समुदायको उत्‍पत्ति, उद्गम् इतिहास र मौखिक रूपमा रहेको तामाङ अधिराज्‍य र राजाहरूका इतिहासलाई समेटिएको छ । नेपालका विभिन्‍न कालका तामाङहरूको सानातिना घटनाक्रमहरुलाई तथा रीमठीम, आर्थिक लगायत अन्‍य पक्षहरूलाई छाडेर यहाँ खासगरी उत्‍पत्तिबारे संक्षिप्‍तमा र तामाङ राजा र राज्‍यको मौखिक रूपमा संरक्षित रहेको सारहरूलाइ संगालेर प्रस्‍तुत गरीएको छ । तामाङ समुदायका राज्‍य अनि राजाहरूको इतिहास खोज्‍न तथा बुझ्न पर्दा वारम्‍बार दोहोरिने र सुनिने तामाङ भाषाका शब्‍दहरू परिभाषा तथा तामाङ भाषामा खूल्‍न आउने कथा विस्‍तार प्रस्‍तुत गरिएकोछ । तामाङ समुदाय नेपालको मूलबासीहरू मध्‍ये एक महत्‍वपुर्ण समुदाय हो । तामाङ भाषा बोल्‍नेहरूलाई तामाङ भनेर चिनिन्‍छ । नेपालमा डम्फु, टुङना, मुर्चुङ्गा र सेलो भन्‍नाले तामाङ समुदायलाई बुझाउछ । अनि यो समुदायको चिनारीको रूपमा आफ्नै घरबुना सुतीको स्‍यामा लुंगी जस्‍तो फरिया, ग्‍या गाबरको, ग्‍या तोकरोक, उनी राडी, पाखी स्‍योल्‍दो सुकाअ लुकुनी, पेङ्का अल्‍लोको घरबुना लुगा अनि लोक्‍ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्‍से, नाम्‍लो बुन्‍ने, थाङ्का चित्रकला, मकुण्‍डो खोप्‍ने मास्‍क, आदि मौलिक पेशाहरू रहेको छ । तामाङ शब्‍दको अर्थबारे विभिन्‍न ब्यक्तीहरूले आ-आफ्नै मनगढन्‍ते कुराहरू गर्दै आएको हुँदा यहाँ तामाङ शब्‍दको अर्थ, प्रयोग, ऐतिहासिकता र व्‍यापकता आदि वारे निम्‍न अनुसार चर्चा गरिएको छ । तामाङ शब्‍दको इतिहास र प्रयोग तामाङ शब्‍द मुख्‍यतय नेपालको राजधानि वरिपरि घेरिएर घना बस्‍ती भएको नेपालमा प्रथम आबाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुभाउन प्रयोग भइ आएको छ । तामाङहरूले आफ्नो समुदायमा आफ्नो परिचय तामाङ भनेरै चिनाएको पाइन्‍छ । त्‍यसो त तामाङ शब्‍दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरौं । विदेशी बिध्वान म्‍याक्डोल्‍डका अनुसार हालको मुस्‍ताङ जिल्‍लाको गुन्‍थाङ जो पुराङ राज्‍यको एक भाग थियो । त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्‍म राज्‍य गरेको थिए । उनको वंशावलीमा तल्‍लो मुस्‍ताङमा रहेका शे मोन शेरिब अधिराज्‍युका तामाङहरुलाई दबाउन मूक्तिनाथमा किल्‍ला बनाउन लगाएको बृतान्‍त उल्‍लेखित छ । सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍यले तामाङ भन्‍नुमा गर्ब गर्ने तामाङहरूलाई दबाउन मूक्तिनाथमा किल्‍ला बनाउन लगाएको वृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍य उजागर गरेका छन । उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य) को पुस्टी हुन्छ । प्राग ऐतिहासिककाल देखि नै तामाङहरु काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा बिभिन्न पुरातत्वविद्हरुले अफ्नो अध्ययन र अनुसन्धानमा उल्लेख गरेकाछन । तत्कालिन नेपाल सरकार र सोभियत रुस सरकार बीच २०३४ मा भएको साँस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविबिद्धालय, पुरात्व संस्थाका प्रागऐतिहासिक पुरातत्वविद डा। एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरु फेला पारेका थिए, जुन हतियारहरु ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरुमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय भएर नेपालको काठमाडौँ सम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरु नै हुन् भन्ने प्रसंगले पनि तामाङहरु ३० हजार वर्ष पहिले देखि नै काठमाडौँमा बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ। तामाङ समुदायको कथन तामाङ समुदाय मंगोल वंशका हुनाले महामञ्जुश्रीले काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृष्टीकोणबाट विश्लेषण गर्दा तामाङ समुदाय काठमाडौँ बसोवास गर्ने पहिलो समुदाय हो भन्ने कुराको पुष्टी हुन्छ । तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरुमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्ता पूर्वक आफ्नी छोरी भृकुटीको तिब्बती राजा श्रङचङ गम्पो सँग विवाह गरि नेपाल तिब्बत बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए । तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत फर्केका थिए । उनी सँग आएका घोडाचढी सेनाहरु मध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरु नेपालमै बसेका थिए । घोडाचढी सेनाहरुलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ भयो भनेर भनिन्छ, जुन कुरा गलत छ, किनकी नेपालका लिच्छबी राजाहरु पनि तामाङ समुदायकै हुन । त्यसैगरि अंशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले शासन चलाएका थिए । धपाईएका उदयदेव तिब्बतमा शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेनाहरु लिएर नेपाल आई आफ्नो पैतृक सिंहसन पुन प्राप्त गरे । नरेन्द्र देवको सहायतार्थ आएका घोडाचढी सेनाहरुलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौन्दर्य र यहाँका बासिन्दा तामाङहरुलाई मन परेर नेपालमै बस्न थाले । केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ ककानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले। ऐतिहासिक पृष्ठभूमि र तामाङसालीङ क्षेत्र तामाङ समुदाय बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको सरकारले सूचिकृत गरेको ५९ समुदायहरू मध्ये ठूलो जनसंख्या भएको समुदाय हो । तामाङ समुदाय नेपालको सबै भन्दा पुरानो समुदाय मध्ये एक हो । मुख्यतय नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने समुदायलाई तामाङ भनेर चिनिन्छ । नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो (स्यालु) भन्नाले तामाङ समुदायलाई बुझाउँछ । अनि आफ्नै घर बुना स्यामा (लुँगी जस्तो फरिया), ग्या (गातो), गाय्।(बरको, ग्याय्। तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअ (लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का (चित्रकला), मकुन्डो खोप्ने (मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रीयताको चिनारी हो । नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखि सम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण समुदाय हो । तामाङ शब्द निर्माण बारे विभिन्न मतहरु भए ता पनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक समुदायलाई बुझाउँछ । काठमाण्डौ उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जनश्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय (टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु (काठमाण्डौ) उपत्यका आउनु भयो । श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखि आफ्नो राल्डी (खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाए भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड छ । सन १९७८ मा नेपाल रसिया सँस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्वविद्धालयका प्रागऐतिहासिक पुरातत्वविद् डा। एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो । यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष) का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए । यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा. सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ) हुँदै याम्बु (काठमाण्डौ) उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए । पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड समुदाय तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको निष्कर्ष उनले निकालेका थिए । एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाण्डौ उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ समुदाय मंगोल समुदाय सँग मिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ) ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जनआख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ। त्यसैगरी आफूलाई ज्याम्पालयाङ ९महामञ्जुश्री० कै सन्तानको रूपमा दाबी गर्ने तामाङ समुदाय आज पनि काठमाण्डौ उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु (सैंजु), सँय आदि उल्लेखित तामाङ समुदाय सँग सम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छविकाल देखि मध्यकाल सम्मकै पाइन्छ । उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा बिध्वान मानव तथा समाजशास्त्री स्व।जनकलाल शर्माले पनि उल्लेख गर्नु भएको छ । जसको धर्म, भाषा, सँस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल मूलका सँग हुबहु मिल्छ । यही ऐतिहासिक तथ्यले तामाङ समुदाय नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ । त्यति मात्र होइन, तामाङ समुदायको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ समुदाय पुरानो हो भन्ने प्रमाणित गर्छ, किन भने काठमाण्डौ उपत्यकामा प्रागैतिहासिक काल देखि रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्त्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छ । यो प्राचीन चिनियाँ तत्त्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ । अझ यसले नेपालमा यो परम्परा प्रागऐतिहासिक काल देखि नै थियो भन्ने पुष्टि गर्दछ । नेपालमा यो चिनियाँ खगोलशास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार) तामाङ समुदायले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् । अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो । नेपालको यो तत्त्वीय खगोल तथा ज्योतिष श
NALAPANI · Oct 25, 2012 8:28 PM · 5,309 views
http://rajyasatta.com/rajyasat...
NALAPANI · Oct 25, 2012 8:31 PM
जातीय नेता हरु ले सायद यूरो पाएकै कारण यस्तो पुंग न पुच्छर को कुरा गरेका होलान..एइतिहसिक् तथ्य हरु एकातिर छन यी विद्वान नेता हरु १८० डिग्री को कुरा गर्दै सोझा सिधा लाई मर्न को लागि उचाल्दै छन् | १. लिच्छवी हरु भारत को बैसाली बाट नेपाल खाल्डो भित्रिई तत्कालिन सोमबंसी ठकुरी राजा हरुको सरण मा बसेका, कालान्तर मा आफ्नो हात मा शक्ति लिई राज्य गर्ने साशक हुन भन्ने कुरा यी विद्वान ले कक्ष्या ४-५ को सामाजिक मा पढेको भुले होलान | २. लिच्छवी हरु बैश्नव धर्म मान्ने हिन्दु हरु थिए भन्ने कुरा त्यो समय मा नेपाल खाल्डो को ४ दिशा मा बैंको ४-नारायण को मन्दिर ले पुस्टि गर्दैन र ? एकातिर हिन्दु को ह सुन्न नमान्ने अनि अर्को तिर लिच्छवी हरुलाई तामांग प्रमाणित गर्न खोज्ने कुरा कत्तिको प्रासंगिक छ? ३. लिच्छवी काल मा राज्य भाषा संस्कृत थियो | राजा को नाम पछि देव भन्ने शब्द तामांग हो र ? ४. काठमाडौँ खाल्डो को कुरा छोडौ, इतिहासिक तथ्य हेर्ने हो भने तामांग हरु तिब्बतका पनि नव आगन्तुक हुन्....तिब्बत लाई प्राचिन हिन्दु ग्रन्थ हरुमा कम्बोज देश भनिएको छ...कम्बोज भनेको को हुन? विकिपीडिया मा मात्र हेरे पनि पुग्छ | valedictory note: kathmandu khaldo manjushri le katnu aghi daha thiyo....tesaile tyo daha bhitra raheka macha matra bastabik nepali hun...LOL
NALAPANI · Oct 25, 2012 8:46 PM
I dont think Lichhavis were Tamang. Many tamangs have tibetan names such as tsering and tenzing and are buddhist with few of them being hindus as well. They must have had hindu names after living in multiethnic area. Also Lichhavis predate many dynasties such as Shahs and Mallas, and Jaayadeva etc names sounds more like Indian Rajputs then Tamangs. If they were horse warriors and came from Tibet, shouldn't they have had those bhotia names instead of Hindu names? It is always good to know your past and dig into your history. If you were mistreated , then dont opt for revenge with violence , which would be a huge ignorance. Try educating yourself and fight humanely for your rights. I also truly believe that because of Bahuns and their greed for power, country is heading downhill. Not just bahuns but every ethinicity that is part of the goverment are responsible for it. Note: You cant blame all bahuns , there are many good ones ordinary people, and not all janajatis are saint.
cyrus · Oct 25, 2012 8:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion