एउटा कथा दशैको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्खर कामबाट आएर जसो-तसो change गरेको थिएं, laptop खोल्न मन नै लागेन - (एक किसिमको डाहा भनौ) दंशैको शुभकामना, टिका-जमराको फोटोहरु ... सबैले एही post गरेकाहोलान्; मनमा एही लाग्यो । TV मा पनि NFL को तेही बासी reporting चलिरा'रैछ । चिया पनि एक्लै खान मन लागेन, तेसोत चिया हाम्रो घरमा दुई थरीको पाक्छ - milk tea सँगै सुर्ये तान्नुपर्ने आफ्नो नानी देखिको बानी, सुधा भने lemon tea प्युंछे । मैले सोचें, अब दारुसङै केही काट्-कुट सुरु गर्छु; विचरी उ पनि थाकेरै आउली । फ्रिज खोलेर हेर्छु त अचम्म छ बा ! मेरो beer हरु सबै गाएब ! Indian Grocery बाट किनिएका सामानहरुले फ्रिज भरी-भराउ छ ! धन्न केही बोतलहरु माथि रहेछन । म दारु प्युदै आफ्नो काम गर्दै थिए सुधा आईपुगी । हजुरले चिया पिस्यो ? कि म बनाउ ? यि ... मैले whisky को गिलास देखाएं म पनि प्युदिन तेसो भए, तर ऊस्ले heineken खोलिसकेकी थी oe फुलन ! change नै नगरि !! आज दशै हो नि बुढा ! साच्ची, आज रोहित बाबुहरु कती खेर आईसिन्छ ? खोइ ढिलै आउछन होला, get together पनि छ रे ऊनिहरुको ।  अनी था'पाइस्यो .. सन्ध्या नानीले अर्को सेमेस्टर, ब्रेक लिने रे नि ! हो र !! मलाई त त्यस्तो केही भनेकी छैन, तैले कांबाट था'पाइस ? सुनिस्यो न, एदी पैसाकै problem हो भने हामी पनि help गर्थिम नि.. ऊस्को अरु पनि त केही reason हुन सक्छ नि, बरु फोन गर्ने होकी एक पटक मैले कती try गरी सके तर नानीको फोन unreachable भन्छ .. एदी तेरो कुरा भयो भने मलाई पनि update गर् ल ।   म marlboro हातमा लिंदै वरण्डातिर लागें । बुढाsss (उ kitchen बाटै भन्दै थी') आज रोहित बाबु सँग जेनी पनि आउँदैछिन शायद, be prepared है ! सांच्चै सुधा अचम्मकी छे, ऊस्कै वहिनिसँग मैले कुरा नगरेको महिनौ भईसकेको छ - ऊस्लाई पनि था'छ तर मेरा सबै इस्ट-मित्रका हालखबरहरु ऊसँग up to date हुन्छ । धेरै पहिले, Romeo-Juliet को काहानी सुरु हुनु अघी, म पनि ऊस्लाई "हजुर" नै भनी सम्बोधन गर्थें । तेस्पछी विस्तारै तपाईं-तिमी र अहिले तं मा आईपुगेकोछ । कहिले काहीं म सोच्छु .. ऊस्ले "ओए तंलाई काममा जानु ढिला भएनर ?" भनी भने .. मेरो पुरुष मनले अनी के सोच्छहोला ! तर मेरो एही प्रश्नको उत्तरमा - सहझै ऊ मुस्काउंदै भनिरहेकी हुन्छे "बुढा, आज speeding को टिकट पक्का छ" । के हाम्रो पुरुष मन यती सानो छ र ? कतै झुक्नै नचाहने, केही दिनै नखोज्ने ? म भित्र जाने सुरमा थिएं, कांबाट एउटा कुरा दिमागमा आईहाल्यो .. फेरी अर्को चुरोट सल्काएं । मलाई अहिले ट्ठ्याक्कै नाम त याद भएन तर धेरै वर्ष पहिले कान्तिपुरमा एक महिला पत्रकारको खोजमुलक लेख छापिएको थियो, तेस्मा मैजुबालतिरकी एक श्रमिक महिलाको कथन थियो "के गर्नु दिदी, त्यो मोरो कालेले जत्ती कुट्छ ऊती माया लागेर आउंछ भन्या ।" दशकौं भईसक्यो तर मेरो गिदी अहिले पनि ति महिलाको वाक्यले घन्चक्कर भईरहेकोछ । (यदी ... definitely पुरुषहरुसँग एस्को हल छैनहोला, at least मेरो बुझाईमा, अन्यथा माफि पाउं ... कुनै महिला पाठकले ति महिलाको वाक्यको आशय, explanation, meaning या mystery ऊल्था गरिदिनु भएमा धेरै आभारी हुनेछु)अनी अर्को प्रसँग; अनेकौ हिन्दी सिनेमाको नायिकाझैं सुधा पनि कुनै बेला भन्ने गर्थी "मलाई,तपाईं हैन .. तिमी नै भनिस्यो न ।" ऊतिबेला त भुइंमा खुट्टा थिएन, लौ है केटीले green signal दि' भनेर । तर अहिले सोच्दा या भनौ त्यो घटना अरु कसैकालागी कल्पना गर्दा .. सम्बोधन "भनिस्यो" तर ऊ आफुलाई "तिमी" भन्न आग्रह गरिरहेकिथी । पूर्ण मान-सम्मानका साथ मेरो महिला वर्गप्रती फेरी अर्को अनुरोध र प्रश्न छ, यो सब के हो ? हजुरको फोन ! म मासु काट्दै थिएं सुधा मेरो फोन लिएर आईपुगी । "नेपालबाट हो, speaker मा राखिस्योन" हेलो ! Sir ji happy dashain हेलो को बोल्नुभा'को America मा green label र blue label मात्रै प्युने बानी होला, blue Riband कहाँ याद हुन्छ Sir लाई । (blue riband को किस्सा म कुनै अर्को प्रस्तुतीमा ऊल्लेख गर्नेछु) ओेए साले ! कां छस तं ? मेरो नम्बर कसरी भेटिस् ? भाउजुलाई कस्तो छ ? तं त bank खोल्दै छस् रे नि ! मेरा प्रश्नहरु एक पछी अर्को गर्दै ऊस्लाई वर्षीरहे । आज तेरो घरमा गएको थिंये यार so ? तलाई नेपाल आउन मन लाग्दैन ? o'course तर त्यहाँ आएर गर्ने के भन्त ? तिमीहरु सँग त पैसा छ नि गुरु (हाम्रो सर्कल्मा प्रयोग हुने शब्द) तेसो भए, अब म पनि तिनै लन्ठु मन्त्रीहरुको सुविधा कर तिर्न नेपाल आउं ? कुरा तेसो हैन गुरु, तं यहाँ आएर चार जनालाई रोजगारी दिन सक्छस भने त्यो ठुलो कुरा हैन र ? त्यो त हो यार, तर तै भन् .. नेपालको policy अनी political condition के गर्न सकिन्छ एस्तो स्तिथिमा ? यार, हुनत तेरो आफ्नै mentality र living style होला .. ए साची, अब त तलाई भाउजुबाट पनि permission चाहिन्छ होला हैन ! "हैन-हैन बाबु, full freedom छ, कुरा गरिस्योन" । अघीदेखी हाम्रो वार्तालाप सुनिरहेकी सुधाले विचमै बोली । ओहो भाउजु पनि लाइन्मै हो ! दर्शन है ! अनी तेस्को कान्मा एक झापड हान्नुत !! भो बाबु आज माफ गरिदिये है ! दसैंको दिनमा बुढालाई के कुट्नु !     अनी नि भाउजु अरुणी ... (फोन बिच्मै कट्यो) तर धेरै यादहरु तंछाड-मछाड गर्दै थिए क्रमश: Last edited: 25-Oct-12 02:20 AM

caliber19 · Oct 25, 2012 1:42 AM · 40,504 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

मन परो है मलाई त. गुरुले लेख्दै जाने हो भने यस्तो त खोजि खोजि पढिन्छ. 

guruji · Oct 26, 2012 9:49 AM

 र्यापिड फाएर आएछ ३ भागनै !! बल्ल पढी सके !!    धेरै जिबन्त प्रस्तुतिको लागि धन्यबाद ! अरु खुराक पनि पस्किदै जानु होला

bhakte dai · Oct 26, 2012 10:29 AM

 "था'छैन मित्र ! के सारो डरलाग्दो कुरा गरेको हाउ यहाँले, त्यो "आँखा लट्ठ पार्ने वाली" मेरै सुधा परी कि क्या हो !! नर्स नै हो मेरी मन्त्रायणी पनि । .."  हाहाहाहा ल फसाद हो कि क्या हो त सुधा-जी नै पो मेरो साथी इश्कुल्को ...   पढ्न हिजै पढेको तेश्रो भाग पनि ...तर लास्ट पार्ट अलिक दौडिएर सकिएको जस्तो पो लागो है मलाई... तर जे सुकै होस् मन पारो है मलाई ....मनपारो भनेसी मनपारो बास...... अर्को संस्मरणको प्रतिक्ष्यारत रहनेछ यो साथी तपाइको .....

ThahaChaena · Oct 26, 2012 10:30 AM

धन्यवाद है guruji, नामले त यहाँ मेरै मन्डलीको पर्नु भएछ - खुशी लागो ! भक्ते दाजै, हजुरलाई पनि धन्यवाद ट्क्र्याएं । अनी था'छैन मित्र; मैले कान समातिसकें है ! गल्ती पक्डिहाल्नुभो त ! खास्मा हिंजो भयो के भने .. मेरो off त थियो तर अरु side business पनि थुप्रै थिय, माहारानी पनि के-के गन्गन् गर्दै थि, Vodka ले पनि trip दिंदै थियो, अरु लेखौं भने पनि फेरी थुप्रै कुराहरु लेख्नुपर्ने (यो विषयमा मैले ठुल्दाइसँग विन्ती बिसाइसकेको छु) .. तेसैले सकिदिएको ।

caliber19 · Oct 26, 2012 11:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all